gharko katha with english subtitles

हामीलाई धेरै दर्शकहरुले बारम्बार एउटा आग्रह गर्नुहुन्छ ‘हेर्ने कथाका कथाहरुमा अँग्रेजी सबटाइटल पनि राख्नुपर्यो’ । दर्शकहरुको चाहना हुन्छ कि हामी हाम्रा कथाहरु गैरनेपालीभाषी विश्वलाई पनि देखाउन सकौं । हुन त हामीलाई पनि सुरुदेखि नै अँग्रेजी सबटाइटल राख्न मन नलागेको होइन । तर हामीले हाम्रा बाध्यता बेलाबेला सामाजिक संजालका कमेन्टमार्फत नि व्यक्त गरिसकेका छौं ‘हामी असाध्यै सिमित स्रोत साधनमा हेर्ने कथा लिएर आएका छौं’ । अँग्रेजी सबटाइटल राख्न हामी आफैं भ्याउँदैनौं/सक्दैनौं ।

तर कसो कसो यसको पनि समाधान भेटेका छौं हामीले । यसको सुरुवात हेर्ने कथाको तेस्रो अंक ‘घरको कथा’ बाट गरिएको छ । अब तपाईंले नेपाली भाषा नबुझ्ने आफ्नाहरुलाई घरको कथा अँग्रेजी सबटाइटलसहित देखाउन सक्नुहुन्छ ।

हामी वाचा गर्छौं विस्तारै हेर्ने कथाका सबै अंकमा अँग्रेजी सबटाइटल राख्दै जानेछौं । तर तपाईंका अपेक्षाका गतिसँग हाम्रो काम गराईको गति अलिक ढिलो हुन सक्छ त्यसको लागि अहिले नै क्षमा माग्छौं ।

संसारले नै हेर्न र बुझ्न सक्ने गरी ‘हेर्ने कथा’हरु पस्किँदै जाने प्रण फेरि गर्छौं ।

अहिले चाहिँ घरको कथा हेर्नु भएको छैन भने अँग्रेजी सबटाइटलसहित यहाँ हेर्न सकिन्छ

हेर्ने कथाको अंक ०२ मा यसअघि चौकिनीको कथा प्रसारण भएको थियो । 

Join the Conversation

1 Comment

  1. What a beautiful account of the life journey of two Bhutanese refugee families who spent over 17 years in refugee camps in Nepal. For meena and Kaushila the journey started when they left their homesteads in Bhutan where their forefathers through their sweat and hard work had established their homesteads. As Kaushila said for her it became hard to continue to live in Bhutan when the Bhutan army continuously threatened to beat her up if she didn’t surrender her husband who was in hiding. No able men could stay at home for fear of being arrested and thrown in the prison. Also she painfully describes the hard life they spent in refugee camp with her four children and husband. How she used to break stones to supplement food for her children. Meena said she remembers the Nepalese from the nearby villages who would bring firewood for sale and stop by her hut for a cup of tea. She remembers the hard life they have and send them money from Canada to help out. For the young girls, huts they grew up in the refugee camp is the only home or the roots they remember as they were born and brought up in the camps. How they tear up reminiscing their childhood in the camp. Though they live a comfortable life in Canada their heart is still in refugee camp where they used to play with their friends, go to school together, fetch water from the community tap.
    Thank You producer, camera man and the reporter for capturing the journey of two families walking down the memory lane.

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply