'एउटा स्कूलको कथा' अँग्रेजी सबटाइटलसहित

धेरै दर्शक र श्रोताले ‘हेर्ने कथा’ का अंकहरु अंग्रेजीमा पनि राख्नुपर्यो भनेर सुझाव दिनुभएको थियो । तपाईहरुको त्यही सुझावलाई ध्यानमा राखेर हामीले ‘हेर्ने कथा’का अंकहरुमा अंग्रेजी सबटाइटल राख्न सुरु गरेका छौ । यसपालि ‘हेर्ने कथा’को पहिलो अंक ‘एउटा स्कूलको कथा‘को अंग्रेजी सबटाइटल गरेका छौ ।

आशा छ हामीले गरेको यो प्रयासले कार्यक्रम धेरै भन्दा धेरै दर्शकसम्म पुग्रेछ । नेपाल र नेपालीको जीवन भोगाई र यहाँको समाज बारे चासो राख्ने र बुझ्न चाहने तर नेपाली भाषा नबुझ्नेहरुकालागि अंग्रेजी सबटाइटल गरिएका यी अंकहरु सहयोगी बन्नेछन् भन्ने हामीले अपेक्षा गरेका छौ ।

कपिलवस्तुको मायादेवी नगरपालिका-२, भै‌सकुण्डाको मुस्लिम केटीहरु मात्र पढ्ने मदरसामा एकदिन बिताएर तयार पारिएको कथा हो ‘एउटा स्कूलको कथा’ । उम्मे उम्मार कन्या क्याम्पसभित्र अरु कोही संचारकर्मीले प्रवेश पाएका थिएनन् । हामीले त्यो दुर्लभ मौका पाएका थियौं । यस विद्यालयकी छात्र शायजाँ नर्गिसलाई सम्झिनुहुन्छ ? उनले गाएको गीत धेरैले मनपराउनुभएको छ । उनलाई सुन्न छुटाउनुभएको भए अथवा फेरि सुन्न चाहनुहुन्छ भने यो लिंकमा उनले गाएका अरु गीतहरु पनि सुन्न सकिन्छ है

 

घरको कथा पनि

यसअघि हामीले ‘हेर्ने कथा’कै तेस्रो अंक ‘घरको कथा‘ पनि अंग्रेजी सबटाइटल गरिसकेका छौ । ‘घरको कथा’ झन्डै १ दशकपछि आफू बसेको पुरानो घर आँगनमा फर्किएर पुराना दिनको सम्झना खोजिरहेका भुटानी शरणार्थीहरुको भोगाईको कथा हो । यसमा अहिले क्यानडामा बसोबास गर्ने भुटानी शरणार्थीको एउटा परिवारको अनुभव समेटिएको छ ।

तपाईले हेर्न पाउनु भएको छैन भने यो कार्यक्रम पनि हेर्नेुस् है । अनि नेपाली भाषा नबुझ्ने आफ्ना साथीभाई आफन्तसँग यो लिंक शेयर गर्न नबिर्सनुस् ल । कस्तो लाग्यो प्रतिक्रिया चाहिँ हामीलाई दिनुहोला ।

आगामी दिनमा थप कथाहरुको अंग्रेजी सबटाइटल राख्दै जानेछौ । तपाईका यस्तै महत्वपूर्ण सुझाव र सल्लाहको हामीलाई सधै खाँचो पर्छ । हामीलाई यसैगरि सुझाव दिदै जानुहोला ।

अनि तपाईको जीवन भोगाईका कथाहरु पनि पठाउदै गर्नुहोला ।

 

भोलि नयाँ अंक

तपाईंको सम्झनाको लागि भोलि शुक्रबार जुन १५ तारिख बेलुकी ९ बजे हेर्ने कथामा नयाँ कथा ‘जुबेदा खातूनको कथा’ आउँदैछ । यो कथाको ट्रेलर हेर्नु भएको छैन भने यहाँ हेर्न सकिन्छ

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply