162: मगन्ताका कथा

कतिपय पुर्ख्यौली पेशाहरु हराउन थालेका छन् । तीनलाई जोगाउनु पर्छ भन्ने आवाज सुनिन्छ । तर नेपालमा एउटा यस्तो समुदाय छ जसको पुर्ख्यौली पेशा जोगाइराख्न यही समुदायलाई पनि मन छैन । नेपालगन्ज वरपरका केही गाउँमा भेटिने मगन्ता समुदायको पुर्ख्यौली पेशा नै माग्नु हो । मगन्ताका कथा बाँकेको डुडुवा गाउँ पालिकाको हिरमुनिया महाउत टोल पुग्दा यहाँका धेरै …

EP161:Dehatka Guru

धनुषाको एउटा सुदूर देहात । एकातिर कमलाका विशाल बगर र काँसघारीहरु, अलिक पर भारतको छेउ । शहर बजार र मूलबाटाहरु  बाट टाढा टाढा – जनक नन्दिनी गाउँपालिकाको कठाल गाउँ । यो टाढाको गाउँमा अलि अलि उज्यालो छर्दैछन् संजय यादव । देहातका गुरुको कथा कुनै हिउँदे साँझ हामी अचानक पुगेका थियौं संजयको आँगनमा । गाउँभरिका केटाकेटी …

EP160:Danako Katha

पारि डाँडो खाँदबारी । वारि दिङ्ला बजार । बिचमा अरुण सलल । जमानामा बालागुरु षडानन्दले रुमाल ओछ्याएर अरुण तरेका चमत्कारी कथाहरु बिस्तारै सुनिन छाडेको छ । बरु तिनै गुरुजीले रोपेको भनिएका रुद्राक्षका दानाहरुले आजकल यो भेगमा चमत्कार गरेका छन् । दानाको कथा रुद्राक्षलाई यहाँ बोलिचालीको भाषामा दाना भनिन्छ । कार्तिक-मंसिरमा भोजपुर र सङखुवासभाका यी पाखाहरु …

EP159:Dho, Aamchi and Yarsa

सदरमुकाम दुनैबाट खोला र भिरको बाटो कस्सेर हिँड्यो भने दुई दिनमा धो उपत्यका पुगिन्छ । ४ हजार १ सय मिटरको उचाइमा रहेको धो – उपल्लो डोल्पाको प्रवेशद्वार मानिन्छ । मुस्ताङतिरबाट डोल्पा छिरेका हामी चाहिँ छार्काभोट र तिन्जेहुँदै धो उपत्यका पुगेका थियौं – यसपालिको डोल्पो यात्राको हाम्रो अन्तिम गन्तव्य । धो, आम्ची र यार्सा तिन्जेबाट पेम्मा …

EP158:Mailo Bajeko Kalo Maya

हेटौंडाबाट पश्चिम बसामाडी भन्ने ठाउँ छ । मध्य वर्खा छ । छिनछिनमा पानी परिरहन्छ । बारीमा मकैका ढोडहरु ढाडिएर लडेका छन् । भिजेको मौसम रापिलो छ । राजमार्गमा एक तमासले गाडीहरु हुइँकेका छन् । बाटो छेउमा अग्ला भएका झारहरुले वर्षौं पुराना मोटरसाइकलका अस्थिपन्जरलाई छोपेका छन् । त्यहिँनिर ढकाल मोटरसाइकल वर्कशपको बोर्ड देखिन्छ । वर्कशपपछाडि सुदर्शन …

EP157- Pahadma Sun Falauneharu

धनकुटाको सुन्तलाले सुनको भाउ पाउन थालेको त उहिल्यैदेखि हो । आजकल यो सुन्तले शहरले नयाँ पहिचान बनाउन थालेको छ – एभोकाडोको राजधानी । धनकुटा बसपार्क छेउछाउका कोसेली बेच्ने पसलहरुमा सिजनमा एभोकाडोका थुप्रो देखिन्छन् । यी एभोकाडो बजार छेउछाउका गाउँबस्तिमा फलेका हुन् । धनकुटा बजार छाडेर हिलेतर्फ उकालो लाग्दै गर्दा स्याउले भन्ने ठाउँ देखिन्छ । बाटो …

EP156: The Porters of Khumbu

लुक्लाबाट नाम्चे बजार हुदै सगरमाथा बेसक्याम्प पुग्न हिँडेका हामी हतारमै थियौँ । यात्रामा उचाइ र थकाइले गलाउँदै थिए । तर ढाकरमा सगरमाथा बोकेर हिँड्ने साहसी भरियाहरुले हामीलाई उर्जा दिए । खुम्बुका भरिया हिमाल चढ्नेका अक्सिजनदेखि, पदयात्रामा डुल्नेका झोला, बेसक्याम्पका टेन्टदेखि होटलका रासन – सबैको भारी उनीहरुको थाप्लोमा हुन्छन् ।   ओखलढुङ्गाका फूर्वा शेर्वा १५ वर्षदेखि खुम्बुमा भारी …

153-Tetang Ko Katha

कुनै समय तेताङ गाउँले सारा मुस्ताङलाई ऋण दिन्थ्यो रे । आजकल बिस्तारै मान्छेहरु बसाइँ सर्न थालेका छन् । अरु हिमाली गाउँहरुमा जस्तै यहाँ पनि हिउँ पर्न छाडेको छ, पानीका मुल सुक्न थालेका छन् ।

EP152-Tsum ko Chalan

सेराप दोर्जेको चौंरी गोठ अहिले गाउँ छेवैमा आइपुगेको छ । १३ वर्षको उमेरदेखि गोठालो  बनेका सेराप अहिले ४४ वर्षका भए । सेराप ६ महिना मात्र घर बस्न पाउँछन् । बाँकि ६ महिना चाहिँ टाढा टाढा हिमालतिर । घरमा सेरापका दाजु छिरिङ छन् । अनि यी दाजु-भाइका साझा श्रीमती छेवाङ । छोराछोरी कोही लामा पढ्दैछन् कोही …

EP151 – Ujyalo Asam

विश्वनाथ चारिआली शहरबाट उत्तरतिर  अरुणाचल प्रदेशको छेउमा मोनाबारी भन्ने गाउँ छ । यो लिम्बु गाउँ हो । हामी पुग्दा कोही धान काट्दै थिए । कोही चाहिँ मोटरसाइकलले दाइँ गर्दै थिए । असममा चिया खेति फस्टाएपछि धान खेती घटेको रहेछ् । गाउँलेहरुले लुती भनेर बोलाउने धनमाया दिदिको खेतमा चैँ धानका बाला लहराइरहेका छन् । ताप्लेजुङ र …

EP150 Tusa ko Katha

माछापुच्छ्रे हिमालफेदिका घना जङ्गलहरु वर्षायामको ४० दिन टुसा टिप्नेहरुका लागि खुल्ला हुन्छ । भिराला निगालाघारीमा भालु र जुकासँग लड्दै टुसा खोज्न जानेहरु मध्यरातमै जाग्छन् ।    टुसाको कथा   माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा पर्ने प्रुन्धु (Prundhu) गाउँमा अघिल्लो साँझ पुगेका हामी, राति २ बजे नै तयार हुन थाल्यौं । मूख्य डर जुकाको थियो …

EP149 Chharka Bhot ko Katha

प्राय हिमाली गाउँका कथा उस्तै उस्तै हुन्छन् । हिउँद छल्ने र बर्खा पछ्याउने उकाली ओरालीका कथा । चौंरी र च्याङ्ग्रा गोठका कथा । अलिअलि खेतीका कथा । तिब्बतसँगका व्यापारका कथा ।  चिसो कथा । शान्त कथा । कठीन कथा ।    नेपालकै अग्लो मानव वस्तीका रुपमा चिनिने उपल्लो डोल्पाको छार्का भोटको कथा पनि उस्तै उस्तै …

EP148 Amlighat ko Katha

असमको राजधानी गुवाहाटीबाट ६५ किलोमिटर जति पूर्व लागेपछि राजमार्ग छेवैमा एउटा नेपाली बस्ति भेटिन्छ । ठाउँको नाम हो अम्लिघाट ।    अम्लिघाटको कथा   अम्लिघाट गाई पाल्नेहरुको लागि प्रख्यात छ ।    यहाँबाट कपिली नदी धेरै टाढा छैन । तर आजकल भुपेन हजारिकाको गीतमा जस्तो कपिलीपारि गाई हराउँदैनन् । यहाँका मान्छले जङ्गलमा बसेर गाई पाल्न …

EP147 Mustang to Dolpo

यसपालि हामीले उपल्लो डोल्पाको यात्रा गर्ने भयौं । मुस्ताङको बाटो हुँदै ।    मुस्ताङदेखि डोल्पासम्म   बर्खा लागिसकेको छ । कागबेनीमा पर्यटकहरुको उत्ति सारो चहलपहल छैन । एका विहानै हिँड्ने तयार गरिरहँदा डोल्पाका पेम्मा भेटिए । आफ्नी पत्नी शेरापलाई काठमाडौंमा ३ महिनासम्म उपचार गराएर डोल्पा फर्किन लागेका । पेम्माका दम्पत्ती  पनि हामीसँगै डोल्पा जाने भए …

EP146 Three Stories of War

तीन सपनाको अवसान   रोल्पा सदरमुकाम लिवाङ बजार हिउँदे झरीमा भिजेको छ । पहाडको भिरालोमा नयाँ बनेका अग्ला सिमेन्टीका घरहरुले माटोको एउटा पुरानो घर छेकिदिएको छ । यो घरमा डेरा गरी बस्छन् कामरेड मिसाइल, कामरेड आशा र १३ वर्षको छोरो लोकेन्द्र ।    आशा राना १४-१५ वर्षको उमेरमा माओवादीमा लागिन् । पार्टीको अभियानमा हिँड्दा गिरफ्तारीमा …

EP145 The Wild Flowers

प्युठानको उत्तरतिर – स्याउलीवाङ । स्याउलीवाङमाथि खलेजवाङ । खलेजवाङमाथि कोठीभिर ।    कोठीभिरका हिउँ पग्लेर चट्टानहरुसँग लुकामारी खेल्दै झर्ने पानीका लहरा – नौ बहिनी छहरा । छहराको शिरमा गोठ बस्ने पाटन । पाटनको गोठमा जुनी बिताएका दुई बहिनी । भिमला घर्ती र ललिमा घर्ती ।    कोठीभीरले उत्तरतर्फका धौलागिरी सेरोफेरोका हिमालचुली छेकिदिन्छ । हिमालबाट आउने …

EP144 Icefall Doctors

खुम्बुको पदयात्रा गर्नेहरुका लागि सगरमाथाको फेदि अर्थात् आधारशिविर एउटा मिठो थकान बिसाउने गन्तव्य हो । सगरमाथाको टाकुरा चुम्ने सपना बोकेर आउनेहरुको लागि भने आधारशिविर गन्तव्य होइन, सुरुवात हो ।    आधारशिविरबाट सगरमाथा शिरतिर पाइला मोड्दैजाँदा अरु थुप्रै क्याम्पहरु छन् । क्याम्प वान, क्याम्प टु, क्याम्प थ्री, क्याम्प फोर ।    बेसक्याम्पदेखि क्याम्प 1 सम्मको बाटोलाई …

EP143 Kokrajhar ko Katha

असममा गाई पाल्न जानेहरुले शायद जल र जङ्गल रोजे ।    सर्बाङ खोलालाई पछ्याउँदै कति मान्छे भुटानबाट झरे । कति नेपालबाट पुगे । कोक्राझार जिल्लाको खलासी भन्ने ठाउँमा जङ्गलका माझमा गाई पाल्नेहरु अझै भेटिन्छन् ।    कोक्राझारको कथा   झारबारी गाउँमा नेपालीभाषीको बाक्लो बस्ती छ । हामी  जङ्गलको गोठ ताकेर हिँडेका थियौं । रात पर्यो …

EP142 Gulmi Express

स्कटल्यान्डको पर्थ शहरको मुटुमा ग्र्याम्पिन नामको होटल छ । होटल बाहिर इँगल्यान्ड र स्कटल्यान्डको झन्डासँगै नेपाली झन्डा पनि फरफराइरहेको छ । स्कटल्यान्डको ग्र्याम्पिन पर्वत श्रृंखलाको नामबाट राखिएको होटलका मालिक हुन् काशिराम भण्डारी ।    काशिरामको कथा   गुल्मीको एउटा विकट गाउँबाट ४२-४५ सालतिर  काशिराम कमाउन भनी भारत गएका थिए । जसरी सारा गाउँ पैसा कमाउन …

EP141 Bagar ko Katha

सिराहा सदरमुकाम माडर छेवैमा बग्ने कमला नदीले धनुषा र सिराहालाई छुट्याएको छ । भर्खरै बनेको झोलुङ्गे पुलले दुई जिल्ललाई जोडेको छ ।   दुबैतर्फ नदी किनारामा गाउँहरु छन् । गाउँका मान्छेहरुलाई नदीले जीवन दिन्छ ।    बर्खाको उर्लेको भेलमा कमलाका दायाँ बायाँ परपरसम्म पानी पानी देखिन्छ । पहाडका मलिला माटो थुपार्दै कमलाले हरेक साल आफ्नो …

EP140 Finding Juntara

  २०७६ वैशाख ३ / २०१९ अप्रिल १६   आजभन्दा झन्डै ६ वर्षअगाडि हामीले भेटेका थियौं १३ वर्षकी जुनतारालाई काठमाडौंको एउटा इँटाभट्टाको झ्याउलीमा ।  ६ वर्षपछि रोल्पा पुगेका बेला हामीलाई जुनतारालाई खोज्न मन लाग्यो ।   मध्यपश्चिमको कुनाको कुनै गाउँको साँघुरो आँगनको डिलमाथि उभिएर पनि, अग्ला पहाडका खोँचबाट, पर पर क्षितिजमा हेर्दा देखिँदो रहेछ सपना …

EP139 Jatra London Ko

लन्डन शहरको ग्रिनविच भेगतिर नेवारहरुको बाक्लो बसाई छ । नेपालका जात्राका रौनक र भोजका बास्नाहरुलाई यतै छाडिदिएर परदेशिएकाहरुलाई  बेला बेला घरको यादले सताइरहन्थ्यो । अनि उनीहरु जुट्न थाले । सिक्न र सिकाउन थाले । आजकल लन्डन शहरमा धिमे र धाँ बाजा घन्किन्छन्, बिस्केट जात्रामा रथ तानिन्छ, कुमारी र भैरव नाच हुन्छन् ।  लन्डन शहरबाट १ …

EP138 The American Dream

  एटलान्टिक पारिको अमेरिका र रुकुमका विकट गाउँहरुलाई के ले जोडेको छ होला ? सपनाले !   सपना अमेरिका   पश्चिम रुकुमको बाफिकोट गाउँपालिकाको स्याँला भन्ने कुनाको गाउँ जान अझै पनि डोजरले बाटो खन्दैछ । भर्खरै खुलेको ट्य्राकबाट तन्नेरीहरु अमेरिका गइरहेछन् तल्लो बाटो ।    कति घरहरु ताला लागेका छन् । गाउँमा भेटिन्छन् केही जागिरे …