सौराहाभन्दा अलि पर जङ्गलछेऊमा आजभन्दा १८ वर्षअघि ओम रिजाल र छुना रेग्मीको परिवारमा भित्रेको थियो रामु । रामु एउटा सपना थियो, भरोसा थियो र यो परिवारको भविष्य थियो । रामु उनीहरुको पहिलो हात्ती थियो । अहिले उनीहरुसँग ९ वटा हात्ती छन् । एउटा ब्याउने छ । गोठभरिका हात्तीहरु उनीहरुको लागि बोझ हुन थालेको छ ।

