Posted inHerne Katha Episodes

Dhunga ra Mayako Katha EP116

यो ढुङ्गा हो । अनि उनी चाहिँ माया । माया कुशबन्दिया । माया ढुङ्गालाई माया गर्छिन् । ढुङ्गाले उनको परिवार पाल्छ ।  मायाले बुबाको माया पाउन छाडेको ४ वर्ष भयो । आफ्नी आमा अनि भाइलाई माया गर्ने माया ।  मायाको गाउँ । नेपालगंजको धम्बोजी चोकबाट लगभग ४ किलोमिटर मात्र टाढा छ । जानकी गाउँपालिकाको इन्द्रपुर […]

Posted inHerne Katha Episodes

Chhangru to Tinkar Pass EP 115

अघिल्लो अंकमा हामीले दार्चुला सदरमुकामदेखि छाङ्ग्रुसम्म यात्रा गरेका थियौं । कालापानी छेउको छाङ्ग्रुका मान्छेहरुले देश चलाउनेहरुसँग गोरेटो बाटो मागेका थिए । आज हामी ३ हजार २ सय मिटरको छाङ्ग्रुबाट अझै टाढाको गाउँ टिङ्करतिर उक्लिँदैछौं ।अनि ३ हजार ८ सय मिटरको उचाइमा रहेको टिङ्कर गाउँदेखि झन्डै ५ हजार ३ सय मिटरको उचाइमा रहेको नेपाल चीनको सिमाना […]

Posted inHerne Katha Episodes

Tadhako Gaun ko Katha EP114

काठमाडौंबाट मोटर गाडीमा हिँडेको तेस्रो दिनमा हामी दार्चुला सदरमुकाम खलङ्गा पुगेका थियौं ।  हामीलाई यहाँबाट अझै टाढा उत्तरतिरका छाङ्ग्रु र टिङ्कर पुग्नु थियो । चीन र भारतका सिमा छेउका यी टाढाका गाउँ पुग्न भने सजिलो थिएन ।  दार्चुलामा भेटिएकाहरुले शंकालु प्रश्न गर्थे, तपाईंहरुलाई जान देलान् त ?  व्यास गाउँपालिकाको एक नम्बर वडाका यी गाउँहरु जान […]

Posted inHerne Katha Episodes

Phunjoko Katha EP113

गणेश हिमालले छेकिदिएको फुन्जोको छेकोङ गाउँ । सम्झनाहरुलाई त के ले नै पो छेक्न सक्छन् र ।  आजकल गाउँ आएको बेला फुन्जोका वाल्यकालका सम्झनाहरु यसरी बर्सिन्छन्, जसरी बर्सिन्छ हिउँ यो हिमाली गाउँमा ।  https://youtu.be/DMAtSHKZ84E?si=S86WYa67wWUeWx_3 फुन्जोको सानो संसारमा माया गर्ने बाजे थिए । फुन्जो थिइन् । अनि थिए चौंरीहरु । बाजे र चौंरीले हिउँमा टेकेका पैतालाका […]

Posted inHerne Katha Episodes

The Last Village of Tsum Valley EP112

चुम भ्यालीको अन्तिम गाउँ निलेमा रातभरि हिउँ पर्यो । पारिलो  विहानीमा सेताम्य डाँडाकाँडा चम्केका छन् । गहुँका मन्जरीले  ढाकेका हरिया खेतबाट हिम वाष्फहरु बिस्तारै हावासँगै उकालो लाग्दैछन् ।  https://youtu.be/RLO3SV2tF5k?si=ReeRTFMlPNtYDZOQ निले चुम भ्यालीको अन्तिम मानववस्ती हो । यो भन्दा अलि माथि एउटा गुम्बा मात्र छ । त्यसपछि चौंरी चर्ने खर्कहरु । यार्सा गुम्बा टिप्ने पाखाहरु । […]

Posted inHerne Katha Episodes

Tsum Valleyka Kathaharu EP111

नेपालको नक्सा हेर्दाखेरि मनास्लु र गणेश हिमाललाई दायाँबाया पारेर एउटा भुगोल तिब्बततिर चुच्चो परेर धकेलिएको देखिन्छ । यही हो लुकेर बसेको चुम उपत्यका ।  १५ वर्षअघि मात्र विदेशी पर्यटकको लागि खुल्ला गरिएको चुम भ्याली पुग्न भने सजिलो छैन ।  धादिङबेसी छेउबाट सल्यानटार हुँदै आरुघाट पुगेपछि बुढी गण्डकीको तिरैतिर उत्तर लाग्नुपर्छ । पहिले पहिले आरुघाटबाटै १०-१२ […]

Posted inHerne Katha Episodes

Aago Aaran ra Aatmako Katha EP110

बैतडीको सिगास गाउँपालिका गोलेधारका काशिराम लोहार धार लगाइरहेका हुन्छन् । आँसी, बन्चरा र खुकुरीहरुमा ।  भाइ दीपक र उनको घर गाउँभन्दा माथि जंगलको छेउमा अलग्गै छ । जिन्दगीका भोगाइहरु पनि अलग्गै छन् । मानौं उनीहरु अलग्गै मान्छै हुन् ।  https://youtu.be/SLx1BEdFdh8?si=TawkK0j_xrCbfS7u काशिराम आज कोइला बनाउँदैछन् । घर छेउको सल्लाको रुख दनदन बल्दैछ कोइलाको खातिर । काशिरामका […]

Posted inHerne Katha Episodes

 Asafaltako Katha EP109

कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । दन्त्यकथाका मायावीहरुले जादूका छडी घुमाएरै अमृत वर्षा गराउँदा हुन् ।  कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । भूइँमा उभिएको मान्छेको जीवन त; कहिले फूल, कहिले  काँडा ।  आँखा चिम्लिँदा पो शितल सपना, आँखा खोल्दा त पोल्ने यथार्थ । सफल मान्छेका […]

Posted inHerne Katha Episodes

Bandarle Lakheteka Gauharu EP108

आजकल पहाडका गाउँहरु रित्तिन थालेका छन् । बसाईं सर्नेहरुको ताँती छ । कसैलाई सपनाले बोलाएको छ । कसैलाई बाध्यताले लखेटेको छ । बैतडी सदरमुकाम छेवैका गाउँहरुलाई चाहिँ बाँदरले लखेटेको छ ।  https://youtu.be/tz-l8py4uDg?si=SDvYxl1z4RZ6L7Jd उनी हुन् लिला गुरु – दशरथचन्द नगरपालिकाको ८ नम्बर वडाकी वडा सदस्य । आज हामी उनीसँग गोठालापानी बजार छेउछाउका गाउँहरु डुल्दैछौं । रित्तिँदै […]

Posted inHerne Katha Episodes

Rara ka Ghodchadhi EP107

रारा ताल भन्दा अली तल चुँगा भन्ने गाउँ छ । त्यहाँ बस्छन् लक्ष्मी विक र कृष्णदेवी विक । उनीहरु साथी साथी हुन् । दुबै जनाकाे एक एकवटा घाेडा छ । लक्ष्मीकाे घाेडाकाे नाम हिमाल कृष्णमायाकाे लक्की । आज हामी यी साथीका कथा देखाउँछौं ।  https://youtu.be/a9IjUPPSNPA?si=E3FJSdkF2Whbifeq लक्ष्मीकाे ‍घाेडाले विहानकाे पारिलो घाम ताप्दैछ । लक्ष्मीलाई आज पनि […]

Posted inHerne Katha Episodes

Naya Katha EP105

केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी बस्तिबाट आएका फूल जस्ता नानीहरुले घेर्थे र आफ्ना जादुयी आवाजका बास्ना छर्थे । यसपालि बाटोमा गीत गाउने नानीहरु नदेखेपछि हामी उनीहरुको बस्तितिर लाग्यौं । नाम नयाँ बस्ती – तर अझै पुराना पीडाहरु | https://youtu.be/w11eum_aiLM Naya Katha – Episode 105 Naya Katha केही वर्षअघि दैलेखको तल्लो […]

Posted inHerne Katha Episodes

Durgamki Doctor ko Katha EP104

आँखाभरि बस्ने निला आकाश, कावा खाइरहेका चराहरु, सङ्ला नदीहरु, हिउँले छपक्कै ढाकेका बुकीहरु । आहा दुर्गम त कस्तो सुन्दर । यी मुस्कुराइरहेका हिमालमन्तिर जब तुल्सीले जिङ्ग्रिङ्ग परेका रोगी गाउँहरु देखिन्, उनले मनमा खोपिएका अक्षर पढिन् – उनको काम सन्चो पार्ने हो । Durgamki Doctor ko Katha https://youtu.be/KCBWbgthmMU Episode 104 – Durgamki Doctor ko Katha बितिसकेको […]

Posted inHerne Katha Episodes

Ausadhiko Yatra EP106

Ausadhiko Aspatal Yatra मुगु सदरमुकाम गमगढीबाट छायला भन्ने ठाउँसम्म मुगु-कर्नालीको तिरैतिर बल्लतल्ल गाडी जान्छ । बर्खामा त यो पनि सम्भव छैन । मुगुम कार्मारोङ गाउँपालिकाका १२ गाउँका रासन छायलादेखि कि मान्छेले कि खच्चडले बोक्नुपर्छ । औषधी पनि खच्चड चढेरै गाउँ पुग्छन् । https://youtu.be/jVbSNDNn65o Ausadhiko Aspatal Yatra – EP106 छायलामा मान्छेभन्दा धेरै खच्चड देखिन्छन् । कोही […]

Posted inHerne Katha Episodes

Lauroko Katha EP103

वैतडी देहीमाण्डुका कृष्ण लावडको सानो संसारमा चट्याङले हानेको घर छ । बाटोले लगिदिएको आँगन छ । लाखापाखा लागेका सन्तान छन् । एउटा मन छ । टाढा ग्वाल्लेकको वन छ । अनि त्यही वनका बुट्याउने खान दिन्छ । Lauroko Katha https://youtu.be/YLMmGalFY-k Episode 103 – Lauroko Katha वरपरका बजारमा कृष्णलाई लौरोवाला भनेर चिन्छन् । गाउँका चाहिँ उनी […]

Posted inHerne Katha Episodes

Bagh ko Bangara – The Tiger’s Jaw EP102

जाजरकोटको अक्करे भीरहरुमा भीर मौरीको मह खोज्न गरिएको डरलाग्दा यात्राको कथा – बाघको बङ्गारा । https://youtu.be/qwpo2WJufXs Bagh ko Bangara – Episod e 102 Bagh ko Bangara उनीहरु आज जुम्लाको सिमानातिरबाट फर्केका थिए ।  साँझ पर्न लागेको थियो । लाग्नामा उनीहरुले थकाइ मारे । बारेकोट, जाजरकोट लाग्ना, △ २८७७ मिटर  उनीहरु आज जुम्लाको सिमानातिरबाट फर्केका थिए […]

Posted inHerne Katha Episodes

Kumaon ko Katha – EP101

Kumaon ko Katha | बाजुराको डोगडी गाउँदेखि भारतको कुमाउँ-गढवालसम्मको दूरी कति टाढा होला ?  यो पहाडदेखि त्यो पहाडसम्मको दूरी किलोमिटर र माइलमा मात्र होइन, बाध्यता र भोकमा पनि नापिँदो रहेछ । बाजुरादेखि पिथौरागढ दुई छाक खाना र केही रोटी मात्र टाढा छ ।  नेपालका दुःखका पहाडहरु छाडी, काली तरेर भारतका पहाडहरुमा सुख खोज्न पुग्ने मान्छेहरुले […]

Posted inHerne Katha Episodes

Ghanaghasyako Ukalo Feri Katda EP100

Our journey, which began with “Eauta Schoolko Katha” has now reached its 100th milestone with “Ghanaghasyako Ukalo Feri Katda”. We are extremely grateful towards all of you for walking this beautiful journey of life. एउटा स्कुलको कथाबाट ५ वर्षअघि सुरु भएको हेर्ने कथाको एक सयौं अंकमा हामीले घनघस्याको उकालो फेरि काटेका छौं। मान्छेका जीवनका सुन्दर […]

Posted inHerne Katha Episodes

Jungle ko Katha EP99

Jungle ko Katha यो बर्दिया राष्ट्रिय निकुन्ज हो । घना जंगल अनि बाघको घर । निकुन्ज छेउछाउका गाउँहरुलाई बाघसँग जोगिने चिन्ता छ । जीवजन्तुको संरक्षणमा काम गर्नेहरुलाई चाहिँ बाघ जोगाउने चिन्ता । https://www.youtube.com/watch?v=b5Hlj8lECSQ Jungle ko Katha – Episode 99 जंगलको कथा झुल्के घामसँगै एक हुल प्राविधिकहरु बर्दिया राष्ट्रिय निकुन्जको जंगल छिर्ने तयारीमा छन् । उनीहरुको […]

Posted inHerne Katha Episodes

Postmortem ko Katha EP98

Postmortem ko Katha Trigger Warning: Death This episode contains graphic and auditory depictions of death and dead bodies. Viewer discretion is advised. https://www.youtube.com/watch?v=kz6xrdR9aoY पोस्टमार्टमको कथा सावधान !यस कथामा मरेका मान्छेका चिरफार, रगत र अन्य विचलित बनाउन सक्ने संवाद र दृश्यहरु छन् । Postmortem ko Katha – Ep 98 “ बोका बङ्गुरको तौली पैसामा बिक्छ जिन्दगीबिक्दैन किन्तु […]

Posted inHerne Katha Episodes

Barekotko Katha EP97

हाम्रो गन्तव्य त मुगु थियो । तर बाटोले नै साथ नदिएपछि यात्रुको केही नलाग्ने रहेछ । वेमौसमी झरिले ठाउँ ठाउँमा कर्णाली राजमार्ग बगाएपछि हामीले बाटो फेर्यौं ।  जाजरकोटको उत्तरी भेग बारेकोट हाम्रो नयाँ गन्तव्य बन्यो ।  https://www.youtube.com/watch?v=ipvU3-7WxDo Barekotko Katha – Episode 97 बारेकोटको कथा ठाउँ ठाउँका पहिरो पन्छाउँदै हामी खारा भन्ने ठाउँ पुग्यौं ।  यहाँबाट […]

Posted inHerne Katha Episodes

Bahundangi ko Katha EP96

बाटै बाटो हिँड्दा बाटोमै बस्तिसँग ठोकिन थालेपछि आत्तिएका हात्तीको कथा हो यो । पसिनाले वर्षभरि माटो भिजाएर फलाएको अन्न एक रातमै हराएपछि आहत बनेका मान्छेका कथा हो यो । यो, मान्छेले लखेटेका हात्ती र हात्तीले लखेटेका मान्छेका कथा हो । यो बाहुनडाँगीको कथा हो । https://www.youtube.com/watch?v=xkJ1-hBhCA8 मेची किनारको बाहुनडाँगीमा खबर नगरी जंगली हात्तीका बथान आउन […]

Posted inLetters

यादहरु … नि ?

प्रिय तपाईं, चिठ्ठी कताबाट सुरू गरौं ?  चाडबाड कस्तो भयो भनेर सोधौं कि, हाम्रो पछिल्लो यात्राबारे सुनाउँ ? आउने हप्ताको कथा भनौं कि अघिल्लो कथाको कुरा गरौं ? नयाँ खबर, पुरानो खबर ! के सुनाउँ ? महिना दिनमा भन्ने कुरा धेरै भइसकेछन् ।  पहिला त सन्चो बिसन्चो नै सोधुँ होला नि ! मेरो मन सञ्चै […]

Posted inHerne Katha Episodes

Safar ko Katha EP95

https://youtu.be/A7s1GiPXrNc वीरगन्ज महानगरबाट २७ किलोमिटर टाढा जंगलको छेउमा बागवाना गाउँ छ । गाउँबाट शहर आउन हरेक विहान दुई वटा बस छुट्छन् । एउटा बस असिया देवीको र अर्को बस साधना देवीको । असिया र साधना बसका साउनी पनि हुन्, खलाँसी पनि । बागबानाको बसमा चढेर हामीले असिया र साधनाका विगत सफर गर्यौं ।  बिहान ८ […]