Posted inHerne Katha Episodes

Bahundangi ko Katha EP96

बाटै बाटो हिँड्दा बाटोमै बस्तिसँग ठोकिन थालेपछि आत्तिएका हात्तीको कथा हो यो । पसिनाले वर्षभरि माटो भिजाएर फलाएको अन्न एक रातमै हराएपछि आहत बनेका मान्छेका कथा हो यो । यो, मान्छेले लखेटेका हात्ती र हात्तीले लखेटेका मान्छेका कथा हो । यो बाहुनडाँगीको कथा हो । https://www.youtube.com/watch?v=xkJ1-hBhCA8 मेची किनारको बाहुनडाँगीमा खबर नगरी जंगली हात्तीका बथान आउन […]

Posted inLetters

यादहरु … नि ?

प्रिय तपाईं, चिठ्ठी कताबाट सुरू गरौं ?  चाडबाड कस्तो भयो भनेर सोधौं कि, हाम्रो पछिल्लो यात्राबारे सुनाउँ ? आउने हप्ताको कथा भनौं कि अघिल्लो कथाको कुरा गरौं ? नयाँ खबर, पुरानो खबर ! के सुनाउँ ? महिना दिनमा भन्ने कुरा धेरै भइसकेछन् ।  पहिला त सन्चो बिसन्चो नै सोधुँ होला नि ! मेरो मन सञ्चै […]

Posted inHerne Katha Episodes

Safar ko Katha EP95

https://youtu.be/A7s1GiPXrNc वीरगन्ज महानगरबाट २७ किलोमिटर टाढा जंगलको छेउमा बागवाना गाउँ छ । गाउँबाट शहर आउन हरेक विहान दुई वटा बस छुट्छन् । एउटा बस असिया देवीको र अर्को बस साधना देवीको । असिया र साधना बसका साउनी पनि हुन्, खलाँसी पनि । बागबानाको बसमा चढेर हामीले असिया र साधनाका विगत सफर गर्यौं ।  बिहान ८ […]

Posted inHerne Katha Episodes

Didi Bhai ko Katha EP94

https://www.youtube.com/watch?v=87O36eLYg8I मध्य जेठको गर्मीमा अनिशा लिम्बुले लाबर बगानमा आजको हाजिरा पुरा गरिन् । डेढ घन्टा टाढाको घर उनलाई पर्खिरहेको छ ।  उकालो बाटो काटिरहँदा रातोमाटोका पाखाहरु पसिनाले भिजाउँदैछन् अनिशाका भाइ अनिस । अलि बढि कमाइन्छ कि भनेर अनिस आज दोब्बर काम गर्दैछन् ।  हामी पनि अनिसासँग उनको घरसम्म जाने भएपछि अनिसालाई एउटै कुराको चिन्ता थियो […]

Posted inLetters

चिठ्ठी ३ – मनका कुरा

प्रिय तपाईं, मनमा भएका सप्पै कुरा भन्न सकिन्छ त  ? खै ! मनको कुरा गर्ने प्रसंग खासै केही थिएन । तर के के न लेख्छु भनेर सुरु गरेको पत्र ‘मन’ मै अल्झियो । ‘मनको कुरा मनमै रह्यो’ भने झैं!  शायद कत्ति कुराहरु मनमै मात्र सुहाउँछन् ।  सधैंको वर्ष जस्तै यसपाला पनि दशैं आयो, गयो।  खै किन […]

Posted inHerne Katha Episodes

Sikaribas ko Katha EP93

https://www.youtube.com/watch?v=6lGVdePNlkU Episode 93 – Sikaribas Ko Katha हुलाकी राजमार्ग हुँदै पर्सा जिल्लाको ठोरी नपुग्दै विजयवस्ती भन्ने ठाउँबाट एउटा साँघुरो कच्चीबाटो जंगलतिर लाग्छ । घना जंगल छिचोलेपछि एउटा गाउँ पुगिन्छ । एकातिर चितवन र अर्कातिर पर्सा राष्ट्रिय निकुन्ज । जंगल माझको यो गाउँ हो शिकारीबास । शिकारीबासको कथा  जंगल सकिने बित्तिकै गोठालाहरु भेटिए । जंगलको छेउमा […]

Posted inHerne Katha Episodes

Baganko Katha EP92

https://www.youtube.com/watch?v=4C9ZKXfivcY Episode 92 – Baganko Katha बगानको कथा छेउछाउका पश्चिम बंगालको सिको गर्दै २ हजार १६ सालमा झापामा पहिलो निजि चियाबगान खुल्यो । यो त्यही बगान हो । उ बेलाका जमिन्दार बुधकरण राजवंशीले सुरु गरेको बगानका मालिक अहिले उनका नाती राजेन्द्र राजबंशी हुन् ।  चियाका बोट रोप्नेहरु उसैगरी झारखन्डबाट ओसारिए ।  विहान साँढे ६ बजे […]

Posted inHerne Katha Episodes

Pani Magne Katha EP91

https://www.youtube.com/watch?v=eul6qe3Kfdk Episode 91 – Pani Magne Katha पर्सा जिल्लाको गोडपसरा गाउँमा यसपालिको बर्खामा पनि पुग्दो पानी परेन । खेतका धान सुक्न थाले । माटो तिर्खाउन थाले । ६ वर्षअघि यस्तै खडेरी परेको थियो । यसपालि पनि पानी नपरेपछि गाउँलेहरुले पानी माग्ने निधो गरे ।  पानी माग्ने चाहिँ देउतासित । एक छिन, एक दिन माग्ने हैन […]

Posted inLetters

चिठ्ठी २  

प्रिय तपाईं, सुन्दर क्षणहरु छिटो बित्दारहेछन् कि क्या हो ! पहिलो चिठ्ठीमा आएका तपाईंका जवाफहरुमा रमाउँदै गर्दा अर्को चिठ्ठी लेख्ने बेला भइसकेछ । वाचा गरेकी थिएँ नि महिना दिनमा फेरि लेख्छु भनेर ।  खुशी बाँड्न मन लाग्छ । यसपालिको खुशीको कारण चाहिँ तपाईं । मेरो चिठी पाउन रुचि देखाएर इमेल ठेगाना टिपाउनेहरु झन्डै ४ हजार […]

Posted inHerne Katha Episodes

Mitho Katha EP90

https://www.youtube.com/watch?v=UBkUAO0gLV4 Episode 90 – Mitho Katha झापा रङ्गे डाँडामा अकस्मात भेटिएका थिए अर्जुन मुखिया । रबर बगानमा राखिएका घार वरपर बढेका घाँस उखेल्दा पसिनाले निथ्रुक्क भिजेका अर्जुनसँग हामी हतारमै छुटियौं । उनको कथा सुन्ने धित मरेकै थिएन । अर्जुनलाई खोज्दै हामी दुधेमा रहेको उनको घर पुग्यौं । एकाविहानै आमा छोरा घरधन्दामा व्यस्त थिए ।  शन्तकुमारीले […]

Posted inHerne Katha Episodes

Julabi Chowk ko Katha EP89

https://www.youtube.com/watch?v=kspJ98RJSBU Julabi Chowk ko Katha जहाँ गए पनि बाँचुन्जेल साथ नछोड्ने त सम्झनाले पो  रहेछ । मोरङ को सुन्दरहरैचा भन्ने ठाउँको जुलबी चोकले पनि आफूले छाडी आएका पहाडी गाउँहरुलाई बेलाबखत सम्झी बस्छ ।  जुलबी चोकको कथा  गाउँको माझलाई पहिले जुलबी चोक भनिन्थ्यो । बाख्राले खाने  जुलबी भनिने डाले घाँसको बुटो थियो रे । आजकल दुर्गामन्दिर […]

Posted inLetters

पहिलो चिठ्ठी

प्रिय तपाईं, रमाइलो लाग्दैछ। खाम त अस्ति नै पाइसक्नुभयो होला। चिठ्ठी आज। चिठ्ठी भन्ने शब्द नै प्यारो। चिठ्ठी माया, चिठ्ठी गुनासो, चिठ्ठी संवाद। मैलै पठाउने चिठ्ठी पनि यी सबै । हुन त कागज छाम्दै र अक्षर छुँदै पढ्ने चिठ्ठीमा जति भावना त अन्त कहाँ साटिएला र ! पुगे जस्तो, नपुगे जस्तो । भए जस्तो, नभए […]

Posted inHerne Katha Episodes

Ama ko Katha – EP88

https://www.youtube.com/watch?v=T6jz2ga-6H8 अनुहारमा छाइरहने मुस्कानले उनको उमेर छोपिदिन्छ । वरपर आइरहने नानीबाबुहरु पुतली जस्ता लाग्छन् । उनी चाहिँ पुतलीको पछाडि दौडिने नानी जस्तो । उनी आमा हुन् । गीता को उमेर ७२ वर्ष कट्यो । पुराना सम्झनाहरु उमेरसँगै ओइलाइसके । तर दैलो छेउ टेबुलमा राखिएको गीताको सादा तस्वीरले विस्मृत कथाहरु अलि अलि सम्झाइदिन्छ । अरु कसैले […]

Posted inHerne Katha Episodes

Bhote Gaunko Katha EP87

https://www.youtube.com/watch?v=nG0v79tJbkA हिउँको बाटो र भीरको बाटो कति हिँड्नु ! उत्तरी मुगुका १२ गाउँका मान्छेहरु खेती हुने जग्गा खोज्दै जुम्लातिर झर्न थाले । बसाइँ सर्दा केही पाइन्छ, केही गुमाइन्छ । चिसा दुःख बिर्सिन हिमनदीसँगै उँधो झरेका हिमालका मान्छेका सम्झना हिमालतिरै हराए । भाषा हराए । परिचय हराए । पानी र जोगी एकै ठाउँ बस्दैनन् रे । […]

Posted inHerne Katha Episodes

Sangam Ko Katha EP86 

https://www.youtube.com/watch?v=z6I5wfOpIIc Herne Katha – Episode 86 मान्छेलाई कथाले डोर्याउँदो रहेछ । भेटाउने छुटाउने पनि कथा नै रहेछ ।  अआफ्नै कथाले पोखरा महानगर आइपुगेका एक हुल मान्छेहरु छन् । पेट पाल्नु र बाँच्नु फरक कुरा रहेछ । पेट मात्रै पाल्न त यी मान्छेहरु कोही औषधी पसल चलाउँछन्, कोही दोहोरी साँझमा काम गर्छन् । कोही घरका भित्तामा […]

Posted inHerne Katha Episodes

Harayeko Batoko Katha EP84

पैले पैले मान्छेहरु बास बस्दै बस्दै कैयौं दिन लगाएर मुक्तिनाथ पुग्ने कथाहरु धेरै पुराना भइसकेका छैनन् । अहिले मोटर गाडी चल्न थालेपछि हिँड्ने मान्छे हराए । सँगसँगै हराए घोडा खच्चड र पुराना बाटाहरु । बाटोसँगै ससाना होटल हराए, भरिया हराए, बास बस्ने ठाउँका रमझम हराए । https://youtu.be/-m1GU47LPBM

Posted inHerne Katha Episodes

Tapuko Katha EP83

https://www.youtube.com/watch?v=30KCABR4A2c Herne Katha – Episode 83 सुनसरी र उदयपुरको सिमानामा बग्ने कोशी नदीका भँगालाले साना ठूला टापुहरु बनाएका छन् । यी टापुले मान्छेलाई जीवन दिएका छन् । तर टापुको जिन्दगी सजिलो चाहिँ छैन ।   सुनसरी, प्रकाशपुर नजिकैको ठाकुरबारीबाट हाम्रो टापु यात्रा सुरु भयो । हामीलाई धर्मेन्द्र यादवले बाटो देखाउने भए । घुँडा घुँडा आउने पनेलो […]

Posted inHerne Katha Episodes

Dolpa Jane Batoko Katha EP82

https://www.youtube.com/watch?v=29m9CJNBgJ0 Herne Katha – Episode 82 तरेली परेका पहाडहरु – परेलीमा त सुन्दर देखिन्छन् । पहाडिया जिन्दगी बाँच्न भने  उत्ति सजिलो छैन ।  नुन तेल किन्न र बिरामी हुँदा उपचार गर्न कठीन यात्रा गर्नु पहाडका सूदूर गाउँहरुका नमिठा नियती हुन् ।  भिमकाय पहाडका फेदीमा बग्ने नदीसँग कहिले भेटिँदै कहिले छुट्टिँदै कर्णाली राजमार्ग जसोतसो जुम्ला पुगेको […]

Posted inHerne Katha Episodes

Sainoko Katha EP81

रामेछापका पहाडी दुःखबाट भाग्दा भाग्दा भाग्दा माला तामाङका बुबा लक्ष्मण तामाङ भारतका चियाबगानमा बरालिए । अनि उदयपुरको रामपुर बजार छेउको कालीखोलामा थातथलो बनाइ बसे ।  खोटाङका पहाडबाट उस्तै उस्तै कथाहरुले दुर्गा पौडेलको परिवारलाई पनि मधेस बोलायो ।  यी दुई संयोगहरुले कालीखोलामा दुई किशोरीहरु दुर्गा पौडेल र माला तामाङलाई एउटै टोलमा भेट गरायो । आजभन्दा ३३ […]

Posted inHerne Katha Episodes

Giddha Ko Katha EP80 

कति मान्छेका मात्रै कथा देखाउनु । कहिलेकाहिँ पशुपंक्षीका कथा पनि हेरौं न । आज हामी गिद्धको कथा देखाउँदैछौं । गिद्धको कथा खोज्दै कहिले पोखराको सेती नदीका बगरतिर डुल्नेछौं । कहिले चाहिँ घाचोकमा रहेको गिद्ध रेष्टुरेन्टमा गिद्धको पर्खाइमा बस्नेछौं ।  चलचित्र लुटमा काठमाडौंलाई गिद्धै गिद्धको शहर भनिए पनि वास्तवमा काठमाडौंमा गिद्ध देखिन चाहिँ मुस्किल छ ।  […]

Posted inHerne Katha Episodes

Kulalbada Ko Katha EP79 

यो जुम्ला बजार नजिकैको कुलालबाडा गाउँ हो । कुलाल जातका मान्छेहरु बस्ने भएकाले कुलालबाडा ।  खेतीकिसानी र मजदुरी  गरेर गुजारा चलाउने यहाँका गाउँलेहरु अरुको हली र गोठालो बने । खान लाउनकै सेरोफेरोमा थुप्रो पुस्ता बित्यो ।   हवाइजहाजले उडाइ ल्याएका भारीहरुमा कुलालहरुले नै नाम्लो लगाउँथे । जुम्लामा थपिँदै गरेका पक्की घरहरु बनाउन कठ्याङ्ग्रिने चिसोमा तिला नदीका […]

Posted inHerne Katha Episodes

Doctor Gaun ko Katha EP78 

मोरङ जिल्लाको टंकी सिनुवारी भन्ने ठाउँमा रहेको यादब टोल । झन्डै ८० घर रहेको यो बस्तिले थुप्रै डाक्टरहरु जन्माएको थाहा पायौं ।  राजमार्गका होहल्ला र सिमेन्टीका पक्की घरहरु डेढ किलोमिटर जति छिचोल्दा यो सुन्दर गाउँ पुगिन्छ ।   राजबिहारी यादव आँगनमा बाँधिएका गाई भैंसीको सेवा गर्दै थिए । हामीले उनीसँग जिज्ञासा राख्यौं । उनले उत्साही हुँदै […]