EP142 Gulmi Express
स्कटल्यान्डको पर्थ शहरको मुटुमा ग्र्याम्पिन नामको होटल छ । होटल बाहिर इँगल्यान्ड र स्कटल्यान्डको झन्डासँगै नेपाली झन्डा पनि फरफराइरहेको छ । स्कटल्यान्डको ग्र्याम्पिन पर्वत श्रृंखलाको नामबाट राखिएको होटलका मालिक हुन् काशिराम भण्डारी । काशिरामको कथा गुल्मीको एउटा विकट गाउँबाट ४२-४५ सालतिर काशिराम कमाउन भनी भारत गएका थिए । जसरी सारा गाउँ पैसा कमाउन …
