Posted inलकडाउन डायरी

मलेसियाबाट देशको चिन्ता

म यति बेला मलेसियामा छु।मलेसिया सरकारले मार्च १८ तारिखदेखि मार्च ३१ तारिखसम्म लकडाउन घोषणा गरेको थियो। कोरोना सङक्रमितको सङख्या बढ्दै गएपछि फेरि दुई हप्ता थपेको छ। दुई हप्ता भनेको मार्च १८ देखि ३१ हुँदै अब अप्रिल १४ सम्म लम्बिएको छ। हामी होस्टेलमा क्वारेनटाईनमा छो‌। बहुत गाह्रो छ समय बिताउन तर पनि यहाँको जनताले सरकारको आदेश, […]

Posted inलकडाउन डायरी

प्यारो डायरी

Day – zero एउटा शून्य दिन प्यारो डायरी , धेरै भयो तिमीसँग नभेटेको ।दिनको के कुरा,वर्षाै वर्ष भयो । न्यास्रो नलागेको हैन । तर खै , के ले रोक्यो, रोक्यो !  केही त पक्कै थिए भन्ने कुरा तिमीलाई । केही त पक्कै थिए सुनाउने कुरा तिमीलाई । कहाँबाट सुरु गराैं ?  सम्झना पनि हराउँदो रहेछ […]

Posted inलकडाउन डायरी

समयको प्रश्न

बाबालाई विश्व अर्थतन्त्र, इतिहास र समसामयिक कुराहरुमा रुची भएर होला यी बिषयमा हाम्रो घरमा पहिला देखि नै बेलाबेलामा छलफल हुने गर्थ्यो। हाम्रो घरमा हाँसो,ठट्टा, रमाइलो भन्दा बढि छलफल, कुराकानी बढी हुनेगर्छ। चिनबाट सुरु भएर एक दुई देशमा संक्रमित देखिन पाएको छैन, बाबा चाहिं हाम्रै घरको परिवार मध्ये कोही  संक्रमित भएजत्तिकै गम्भीरताका साथ कुरा गर्नु हुन्थ्यो। […]

Posted inलकडाउन डायरी

टोल नथर्काइ हुन्न !

टिडिङ….. टिडिङ….. आजभोलि मेरो अलार्मको धुन फेरिएको छ ।  “हेलो ! उठ्याै ? ६ बज्न लागिसक्यो।” आमाले ठ्याक्कै यतिबेला फोन गरेर यही प्रश्न सोध्न थालेको आज साता दिन भइसकेछ । परिवारका सबै गाउँ जानुभएको छ । दश गतेबाट लामो दुरीको सवारीसाधन नचल्ने भनेपछि कोठा भाडामा बस्ने अंकल र उहाँको परिवार पनि गाउँ हिँडिसके । घर […]

Posted inलकडाउन डायरी

हलुङ्गो, हलुङ्गो

लकडाउनका दिनहरु हलुङ्गा छन् । यो समयले हलुङ्गो हुन सिकाएको छ ।  महामारिको त्रासदीले यतिखेर सारा मानवजातिलाई समयको बन्दी बनाइरहँदा म पनि बन्द भएको छु पर्खालभित्र । अस्तिसम्म खै कहाँ पो पुग्न हो दिनरात दौडिरहने म, बसेको बस्यै छु ।  वल्लो झ्यालबाट हेर्दा हरिया गहुँबारी देखिन्छ । पल्लो झ्यालमा हिमाल मुस्काइरहेको । आजकल मौसम पनि […]

Posted inलकडाउन डायरी

डर

२०७६/१२/११ मंगलबार आजको बिहानी हरेक दिन जस्तो थिएन अलि भिन्न थियो । आजको बिहानीमा डर थियो त्रास थियो । मेरो आमाको मुहारमा चिन्ता थियो, बुबाको मुहारमा आश । हिजो मात्र हामीले आफिसमा अब घर बाट काम गर्ने कि भनेर सल्लाह गरेका थियौँ । भोलिपल्ट सरकारले ‘७’ दिनका लागि लकडाउनको आदेश सुनायो । एकछिन त म […]

Posted inब्लग

गाउँ टाढा माया गाढा

काठमाडौंको जाम र धुलो छिचोलिसक्दा, ‘वाउ !’ खुसी । थानकोटको ओरालो सकेर मुग्लिनतिर तेर्सिदै गर्दा, ‘उफ् !’ दुःखी । “यो पालि त लास्ट गर्मी खाने भइयो है ?” चार जना यात्रीको मुखबाट कम्तिमा एकपटक त यो वाक्य निस्किएकै थियो । हाम्रो जिप जता–जता जान्छ उतै–उतै बगेको छ त्रिशूली । त्यहि नदी हेर्दै कविता फुराउने साथीहरु […]

Posted inसपना श्रृंखला

इलम – सपना श्रृंखला | Ilam – Sapana Srinkhala EP06 – Herne Katha

https://www.youtube.com/watch?v=SxkzXMW6Hlw थर्क गुरुङको चौैंरी गोठमा आजकल उनका छोरा छेटु गुरुङ रमाउन थालेका छन् । दुबइको मरुभूमिमा मजदुरी गरिरहेका २५ वर्षे छेटु आफ्नै हिमालमा रमाउने सपना देखेर दुई वर्षअघि घर फर्किए । बुढा बाउलाई फूर्सद दिए र सुरु गरे गोठाले जीवन । भारतसँग सीमाना जोडिएको पाँचथरको फालेलुङ गाउँछेउमा छेटुको हिउँदे गोठ आइपुगेको छ । #HerneKatha #SapanaSrinkhala […]

Posted inHerne Katha Episodes

Geetko Katha EP49

https://www.youtube.com/watch?v=9IZMdVCOH6M Herne Katha – Episode 49 बिहे गरेकै बर्ष हो माइती गाउँमा दोहोरी गाउँदा र नाच्दा रात छर्लङग भएको थियो । राम्रो नाच्यो भनेर फुल लगाइदिएका पैसा गन्दा २५ सय पुगको थियो । ति सम्झना अझै ताजा छन् । गाउँका माझमा बसेर गीत गाउन न लाज थियो न धक । त्यतिबेला कास्की फेदिपाटनकी गोमा पौडेल […]