Posted inलकडाउन डायरी

प्यारो डायरी

Day – zero एउटा शून्य दिन प्यारो डायरी , धेरै भयो तिमीसँग नभेटेको ।दिनको के कुरा,वर्षाै वर्ष भयो । न्यास्रो नलागेको हैन । तर खै , के ले रोक्यो, रोक्यो !  केही त पक्कै थिए भन्ने कुरा तिमीलाई । केही त पक्कै थिए सुनाउने कुरा तिमीलाई । कहाँबाट सुरु गराैं ?  सम्झना पनि हराउँदो रहेछ […]

Posted inब्लग

यात्रा पहिलो दिन – काठमाडौं र चितवन

हेर्ने कथा खोज्न हामी पश्चिम नेपालको यात्रा मा निस्किएका छौं । यात्राका अनुभव भ्याएसम्म लेखेर तपाईंलाई सुनाउनेछौं । हामीले खोजेका कथाहरु हेर्ने कथामा बिस्तारै देखाउँदै जानेछौं काठमाडौं भित्रिन मात्र होइन बाहिरिन पनि सकस छ । तुँवालो र मोटरका धुँवाले सर्लक्कै छोपेको काठमाडौंको घना बस्तीलाई हामीलाई वल्ततल्ल छिचोल्यौैं । कलंकीबाट नागढुङ्गा उम्किन सम्भवत दिनभरिको धैर्य चाहिने […]

Posted inब्लग

हरेक मान्छे एउटा कथा

एक साँझ अनायसै भेटिएका आँखा देख्न नसक्ने एकजना भाईले आफ्नी प्रेमिकाको रुपरंगको व्याख्या गरे । त्यो प्रेम कति मिठ्ठो । ह्लीलचियरमा अन्नपूर्ण पदयात्रा गरेका पत्रकार गजेन्द्र बुढाथोकीको यात्राको बखान: त्यो यात्रा कत्ति मिठ्ठो । वर्षदिन अघि भोजपुरमा भेटिएका सेन्मिखा भाईले आफ्नो नामको बखान गरे । त्यो नाम कति मिठ्ठो । अघिल्लो महिना दाङमा भेटिएका चन्द्रवीर बाले खुसीको बखान गरे । त्यो खुसी कत्ति मिठ्ठो । बाग्लुङको ढोरपाटनमा भेटिएकी सुर्विता आमाले साउदीमा मरेको छोराको बखान गरिन् । त्यो ममता कत्ति मिठ्ठो ।

Posted inब्लग

जिन्दगीका बाटाहरु – विद्या चापागाई

जिन्दगीका बाटाहरु – विद्या चापागाई – बुवा दुध बेच्न जानुहुनथ्यो । घरका वस्तुभाउका दूधले मात्र पुग्दनथ्यो । गाउँबाट दूध किन्नुहुन्थ्यो । हल्का पानी मिसाउनु हुन्थ्यो । अनि दूधको स्वाद नपाएका शहरियाहरुलाई बेच्न जानु हुन्थ्यो क्यानमा बोकेर । आमा साग बेच्नुहुन्थ्यो । कठै, सागमा त के मिसाउनु । साग, सागै हुन्थ्यो । हरिया कलिला साग । गोबरको […]

Posted inब्लग

‘चौकिनीको कथा’को कथा – विद्या चापागाई

‘चौकिनीको कथा’को कथा – विद्या चापागाई – अघिल्लो साता हामी काठमाडौंमै थियौं । शहरमा नारी दिवसको रमझम थियो । मान्छेहरु महिलाका अधिकारबारे आफ्ना बेजोड धारणाले सामाजिक सन्जालका भित्ताहरु रङ्गीन बनाइरहेका थिए । ‘भजाइना मोनोलोग’ जस्ता नवीन विषयहरुले नारी दिवसका एजेन्डाहरुलाई थप रोमान्चित बनाएको थियो । हामी भने ढोरपाटनमा भेटिएका चौकिनीहरुको कथाका पानाहरु पल्टाउँदै सम्पादनको चरणमा […]

Posted inब्लग

‘एउटा स्कूलको कथा’ को कथा

कपिलवस्तुका  पत्रकार गोपाल भण्डारीले फोनमा सुनाएका थिए “केटीहरु मात्रै पढ्ने यहाँका धेरै मदरसामा पुरुषहरुले पढाउँछन् तर पर्दाभित्रैबाट । शिक्षक र विद्यार्थीले एक अर्कालाई देख्दैनन् ।” सुन्दै अनौठो लाग्यो । “के हामीलाई त्यहाँ जान अनुमति मिल्छ ?”  मैले सोधेकी थिएँ । “प्रयास गरौं” – उनले भने । यो कुराकानीको झन्डै एक सातापछि हामी पुगेका थियौं कपिलवस्तुको […]