Posted inLetters

यादहरु … नि ?

प्रिय तपाईं, चिठ्ठी कताबाट सुरू गरौं ?  चाडबाड कस्तो भयो भनेर सोधौं कि, हाम्रो पछिल्लो यात्राबारे सुनाउँ ? आउने हप्ताको कथा भनौं कि अघिल्लो कथाको कुरा गरौं ? नयाँ खबर, पुरानो खबर ! के सुनाउँ ? महिना दिनमा भन्ने कुरा धेरै भइसकेछन् ।  पहिला त सन्चो बिसन्चो नै सोधुँ होला नि ! मेरो मन सञ्चै […]

Posted inLetters

चिठ्ठी ३ – मनका कुरा

प्रिय तपाईं, मनमा भएका सप्पै कुरा भन्न सकिन्छ त  ? खै ! मनको कुरा गर्ने प्रसंग खासै केही थिएन । तर के के न लेख्छु भनेर सुरु गरेको पत्र ‘मन’ मै अल्झियो । ‘मनको कुरा मनमै रह्यो’ भने झैं!  शायद कत्ति कुराहरु मनमै मात्र सुहाउँछन् ।  सधैंको वर्ष जस्तै यसपाला पनि दशैं आयो, गयो।  खै किन […]

Posted inLetters

चिठ्ठी २  

प्रिय तपाईं, सुन्दर क्षणहरु छिटो बित्दारहेछन् कि क्या हो ! पहिलो चिठ्ठीमा आएका तपाईंका जवाफहरुमा रमाउँदै गर्दा अर्को चिठ्ठी लेख्ने बेला भइसकेछ । वाचा गरेकी थिएँ नि महिना दिनमा फेरि लेख्छु भनेर ।  खुशी बाँड्न मन लाग्छ । यसपालिको खुशीको कारण चाहिँ तपाईं । मेरो चिठी पाउन रुचि देखाएर इमेल ठेगाना टिपाउनेहरु झन्डै ४ हजार […]

Posted inLetters

पहिलो चिठ्ठी

प्रिय तपाईं, रमाइलो लाग्दैछ। खाम त अस्ति नै पाइसक्नुभयो होला। चिठ्ठी आज। चिठ्ठी भन्ने शब्द नै प्यारो। चिठ्ठी माया, चिठ्ठी गुनासो, चिठ्ठी संवाद। मैलै पठाउने चिठ्ठी पनि यी सबै । हुन त कागज छाम्दै र अक्षर छुँदै पढ्ने चिठ्ठीमा जति भावना त अन्त कहाँ साटिएला र ! पुगे जस्तो, नपुगे जस्तो । भए जस्तो, नभए […]