केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी बस्तिबाट आएका फूल जस्ता नानीहरुले घेर्थे र आफ्ना जादुयी आवाजका बास्ना छर्थे । यसपालि बाटोमा गीत गाउने नानीहरु नदेखेपछि हामी उनीहरुको बस्तितिर लाग्यौं । नाम नयाँ बस्ती – तर अझै पुराना पीडाहरु |

Naya Katha – Episode 105

Naya Katha

केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी बस्तिबाट आएका फूल जस्ता नानीहरुले घेर्थे र आफ्ना जादुयी आवाजका बास्ना छर्थे । 

यसपालि बाटोमा गीत गाउने नानीहरु नदेखेपछि हामी उनीहरुको बस्तितिर लाग्यौं । नाम नयाँ बस्ती –  तर अझै पुराना पीडाहरु बाँचिरहेका केही झुपडीहरु । 

नयाँ कथा

भोको पेटमा कतिन्जेल गाउनु कतिन्जेल नाच्नु । सरकारले बनाइदिएका ३० वर्गमिटरका दिवालभित्र न खोला भेटिन्छ, न माछा भेटिन्छ । न त भेटिन्छन् न्यानो लुगा र किताबहरु । 

मान्छेहरु कालापहाडतिर कमाउन जान्छन् । 

नयाँ बस्तिबाट टाढा कतै सुर्खेतमा एउटा नयाँ घर छ । यो घर यही बस्तिका वालवालिकाले भरिएको छ । 

यहाँ बस्ने १ सय १० जना वादी वालवालिकाको अभिभावक बनेका छन् हिक्मत वादी । छोरा र छोरीहरु छुट्टा छुट्टै घरमा बस्छन् । 

उही माटोमा हुर्केका हिक्मतले एसएलसीसम्म पढ्न पाए । आमा र दिदीबहिनीका दुःख देखे । आफ्नो समुदायमाथि भएका हेला र विभेद भोगे । 

थोरबहुत पढाईले हिक्मतलाई अलिकति सुधारिएको जिन्दगी दियो । उनले भारी बोक्ने देखि पसल थाप्नेसम्मका काम गरे । 

व्यापार व्यवसायले आफ्नो मात्र जिन्दगी फेरियो । वादी बस्ति अझै मागेरै गुजारा गर्दैथियो । 

हिक्मतलाई लाग्यो वादी वस्तीका नानीबाबुलाई नपढाएसम्म विभेद र गरिबीको कथा सकिने छैन । 

हिक्मतले चलाएका होस्टलका कथा  कुनै फ्लप चलचित्र भन्दा कम छैन । कहिले साहुले लखेट्छन् । कहिले बाटोमै कुटाई खान्छन् । कतिपटक डेरा सरियो भनी साध्ये छैन  । 

लाज नै लजाउने गरी शहर भरी बदनाम बनिदिन्छन् हिक्मत यी अवोध नानीहरुको मुस्कानको खातिर । 

हिक्मत थाकेका छैनन् । न त थाकेकी छिन् उनकी सँगिनी सङ्गीता । जसको घडी यिनै नानीबाबु वरिपरि मात्र घुमिरहन्छ ।

Join the Conversation

2 Comments

  1. Can Hikmat’s contact information be shared please. We want to provide some assistance towards the great cause.

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply