मन बेचैन छ एकनासले। “फुच्चु चिया सेलाइसक्यो“ भन्ने आमाको मधुर स्वरले झसङ्ग हुन्छु। मोबाईलको अलार्म बज्नु अघि आँखा खुल्ला भैसकेका छन्। यी आँखाहरु पनि अचेल त सपना देख्नकालागि बन्द भएका छन्। चियासँगै सपना पनि सेलाएका छन्। कोरोना माहामारीले विश्व आक्रान्त भइरहेको बेला नेपालमा बन्दाबन्दी जारी रहेको (सायद)६६औं दिनमा यो डायरी लेख्दैछु । “सायद” यस मानेमा […]
May 2020
‘म’ वर्तमान मात्रै
हिजो कहीँ कतै नसुनिएकाे यो लकडाउन भन्ने शब्द आज सम्पूर्ण जनमानसमा पुगिसकेकाे छ। यसले निस्फिक्रि हिड्ने हामीजस्ता मान्छेकाे मन मस्तिष्क बेचैन बनाइदिएकाे छ। रात अनिदाेँ बनाइदिएकाे छ। अनायासै हुन्डरी बनेर आयो COVID-19 नामक महाब्याधि। बेतोडले आयाे,बेजोडले आयाे। जब म स्वतन्त्र थिएँ, मैले सोच्दा नि सोचिन बन्दाबन्दिको बारेमा। यस्ताे हुन्छ भन्ने थाहा पाएकाे भए पाे पूर्वाभ्यास […]
बीरबहादुर बाहुनडाँगी आइपुगे
लकडाउनका बेला झापाका बीरबहादुर आले मगरको कोलकातादेखि बाहुनडाँगीसम्मको यात्रा । घर पुग्न जसले घस्रिँदै मेची तरे । कथा कोरोनामा बीरबहादुरको कथा ।
दाेस्राे डायरी वीथ दाेस्राे सन्तान
दोस्रो सन्तान, २२३ दिने छोरा काखमा निदाइरहेको बेलामा याे डायरी लेख्न मन लाग्यो। खास डायरी भनेर लेखेको पनि याे दोश्रो पटक नै हो। पहिलो पटक,आज भन्दा ठ्याक्कै १० बर्ष अगाडि, सायद म कक्षा ७ तिर पढ्दाकाे कुरा हो। हाम्रो बुवालाई बाथ रोगले सताएको थियो। त्यस बखत म उहाँको कुरुवा बस्थे अस्पतालमा र घरमा पनि। अस्पतालकाे […]
जे हुन्छ राम्रोको लागि हुन्छ !
म काठमाडौF आएको पनि पाँच बर्ष पुगेछ। कोरोना भाइरस फैलनु दुई महिना अघि मेरो जर्मनी जाने सपना भिजा नलागेको कारण सपनामै सिमित भयो। कक्षा १२ को परीक्षा सकिने बित्तिकै एकाएक बिदेश जाने सुरु चढ्याे। एक बर्ष लगाएर जर्मन भाषा सिकेको थिएँ।भिजा नलागेको दिन खुब रोएँ। देश छोडेर जान नपाउँदा रुने मूर्ख रहेछु म जस्तो लाग्छ […]
बहालमा बस्ने विद्यार्थीकाे दुःख
लकडाउनले हामी सबैको दैनिकी फेरिएको छ र पहिला भन्दा निकै फरक बनेको छ।सबैभन्दा धेरै मानिसकाे बसोबास भएकाे निकै व्यस्त मानिने राजधानी सहर काठमाडौं यतिबेला सुनसान छ। मान्छेको भिड, घुईंचो र सवारी साधनको एकोहोरो चाप हुने अनि हिड्ने गल्ली बाटोहरुसम्म खाली नहुने सहरको स्वरुप बदलिएको छ। निजी अस्पतालहरु, विश्वविद्यालय मठ, मस्जिद, मन्दिर, पाटी, पौवा, पार्क, ठूला […]
घरजस्तै घर
आज लकडाउनको भएकाे पनि दुई महिना कटिसकेको छ। हाम्रो कलेज त अझ १५ दिन अगाडि देखि नै छुट्टी भएको थियो।सुरुका दिनहरुमा त सामाजिक सञ्जालमा लेखिएका भ्रामक कुराहरुले निकै चिन्तित र ग्रसित भएका थियौँ। त्यसैले यो गरौँ, त्यो गरौँ भन्ने लागेकै थिएन, कसरी चाहिँ दिन कटाउने होला भन्ने मात्रै हुन्थ्यो। तर लकडाउनको तीन–चार दिनपछि भने हामी […]
विभेद कहिले सम्म?
मैले सोचेकी थिएँ, जातीय भेदभाव धेरै हदसम्म निर्मूल भइसकेको छ। तर रुकुमको घटनाले फेरि पनि पहिला सुनेका सबै घटना ताजा गराइदियो।अझै पनि यो कुरिति हटेको रहेनछ। याे घटनाले मनमा आगो बलिरहेको छ। कस्ता ह्र्दय नभएका मान्छे?यतिसम्म मानवता हराएका मान्छे पनि हाम्रो समाजमा रहेछन् झैँ लाग्याे। विश्व कहाँबाट कहाँ पुगि सक्यो। पहिलेकाे परिवेसलाई हेर्ने हो भने पनि समाजमा […]
ऋण कसरी तिर्नु!
गलत साझेदारहरुको चयनले घिटघिट गरेर कछुवा गतिमा चलिरहेको सुपरमार्केट व्यवसायलाई जेनतेन घिच्याइरहेको बेलामा एकाएक विश्व हल्लाउने कोरोनाको सन्त्रास नेपाल भित्रियो। बैशाखको अन्त्यमा नै टुंगो लाग्नुपर्ने काम काेराेना सन्त्रासले पेण्डुलम जस्तै भएको थियाे। कैयौ आर्थिक लेनदेन र हिसाबकिताब त्यसै अलपत्र परे। एकहप्ता सम्म खासै केही सोच्नै सकिन मैले। दिमाग खाली कसरी अनगिन्ति समस्याले घेरेको आफ्नो व्यवसायलाई फेरि […]
समयसँगको मित्रता
भनेको जस्तो के नै हुन्छ र ! म त समयको सिमा भित्र जे पनि अनिश्चिता मात्र देख्छु। यो अनिश्चित बन्दाबन्दीले मलाई मेरो घरको चार पर्खालमा घेरेर राखेको आज दुई महिना भन्दा नि बढी भएछ। महामारीले सिर्जेको बन्दाबन्दी मेरो लागि कल्पनीय थिएन। दुई-तीन हप्ता त इन्डोर भ्याकेसन नै जस्तो भयो। तर जब दिन गन्ती लम्बिदै गए, […]
सानी नानीकाे अनाैठाे बानी
भनिन्छ, संसारमा सबैभन्दा ठूलो कुरा भनेको स्वास्थ्य हो, स्वास्थ्य शरीर हो। र यही शरीरलाई कोरोना (कोभिड—१९) भाइरसबाट टाढा राख्न आज हामी आफूलाई घरभित्र बन्द गरेर बाध्य छौं। म पनि बन्द छु यो चार पर्खाल भित्र, तर पनि बारम्बार आइरहने अनेकौं समाचारहरुले मनभित्र त्रासलाई बास बसाउनबाट भने रोक्न सकिरहेको छैन। यही लकडाउनको समयका केही भोगाइहरू । […]
म एम्बुलेन्स चालक
कक्षा १० को परीक्षामा बिज्ञान बिषयमा एउटा यस्तो प्रश्न आउँथ्यो कि यति सानो सियो पानीमा डुब्छ तर यति ठूलो जहाज किन डुब्दैन भनेर। अनि म सबै भन्दा अगाडि हत्तपत्त उत्तर दिन्थे कि जहाज पानीमा डुब्नको लागि बनाकै हैन त कसरी डुब्छ! ….. त्यसैले होला बिज्ञान विषयमा मेराे नम्बर सधै रातो घेरा भित्र हुन्थ्यो। त्यत्तिका बर्ष घोकेर […]
‘तारा’ र मेरी हजुरआमा
विश्वका अधिकांश मुलुकले कोभिड-१९ सॅंग जुध्दनु परेको छ। धेरै मुलुकले यस महामारीको फैलावटलाई न्युन राख्न आफूलाई लकडाउनमा राखेका छन्। हामी नेपाली पनि यस महामारीबाट कहाॅं बच्न सक्छौॅं र? कर्म अनुसारको फल भने जस्तै आज विश्वलाई वातावरणले ठूलो चुनौती दिएको छ। त्यसको स्वरूप हो कोभिड-१९ र यसबाट बच्न अरू मुलुकले जस्तै नेपालले पनि आफूलाई लकडाउनमा राखेको […]
एक गेम हान्दिम न त !
आफ्नै घरको छतमा म एक्लै बसेर आकाशका तारा नियालिरहेको छु, मनसँग मनका कुरा खेलाइरहेको छु। दिन पनि कस्तो आएका हुन्, घर भित्रै कुहिएर बस्न पर्ने। यो लकडाउनले गर्दा घरबाट बाहिर निस्किन पनि पाएको छैन, बजार गएर मम, चाउमिन, पिज्जा जस्ता मन पर्ने परिकार खान पनि पाएको छैन । छेउ मै रहेको गोठिकाँडाको डाँडा घुम्न जाने […]
काेराेनाका कारण मृत्यु र गाउँमा त्रास
लकडाउनको दिनहरू अरू दिनभन्दा निकै लामोलामो लागिरहेको थियो। पढ्न किताबहरू थिएनन्। साथीहरू काठमाडौँमै थिए। यता गाउँमा सधैँ एउटै लयमा बगिरहेको थियो दैनिकी। यसैबिच हाम्रै तिर घर भएकी २९ वर्षीय सुत्केरीकाे २०७७ ज्येष्ठ १ गते धुलिखेल अस्पतालमा मृत्यु भयो। म काठमाडौँ बसेर पढ्दै आइरहेको भएता पनि हजुरबाको बर्खान्तको लागि भनेर सिन्धुपाल्चोक बाह्रबिसेकाे त्यही गाउँमा अाएको थिए। […]
‘पानी बाराबार’
आमा बाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुङामुढा माथि जस्तै त होइन, तर सोचाइ यस्तै परेको हुन सक्छ।काठमाडौँको सुदुर पूर्व पेप्सिकोलामा लकडाउनको २४ औं दिन पार गर्दासम्म घरमा त्यस्तै परेको हुन सक्छ। एक्लो बसाइ अनि अक्सर आफ्नो नजिकको मान्छे कोही नभएको ठाउँमा बसिरहँदा मलाई व्यक्तिगत रुपमा केही समस्या त थिएन। उपलब्ध पुस्तक पढ्ने, फिल्म हेर्ने […]
हजुरबुवाकाे सम्झनामा
लक डाउन भएकाे ६० दिन बित्याे। सङ्क्रमित र मृत्यु हुनेकाे सङ्ख्या बढेकाले लक डाउन दुखदायी त छँदै थियो, त्यसमाथि झन डर र त्रास थपिदैछ।। डर र त्रासलाई हटाउन आफ्नाे course book पढेँ । युवामञ्च, मधुपर्क, बालपत्रिका , काेपिला लगायतका थुप्रै साहित्यिक लेख तथा रचनाहरु पढेँ। त्यसैगरी केही समय नेपाली, हिन्दी, अङ्ग्रेजी र प्रेरणादायी चलचित्र हेरेर […]
कर्मघर चिन्दै
म रामेछापको एउटा सामान्य गाउँको सामान्य परिवारमा जन्मे हुर्केकाे हुँ। सानोमा चन्चल र जिज्ञासु थिएँ। गाउँमा SLC सम्मकाे पढाइ सकेर म उच्च शिक्षा अध्ययनकाे लागि सहर हानिए। सहर छिरेपछि आफ्नो पढाइ अनि करियरकाे कारणबाट सालमा दुई पटक मुस्किलले गाउँ जाने गर्न थाले। सहर आएकाे करिब तीन वर्षपछि मैले जिन्दगीको अर्काे महत्त्वपूर्ण निर्णय लिएँ। मैले विवाह गरेँ। विवाह […]
‘पागल’सित मलाई प्रेम जो छ!
“विना कोसेली रित्तै हात आउँछ मेरो दिन विना समाचार निस्तै मुख फर्कन्छ मेरो दिन” भैरव अर्याल “हुरीको पतकर” कविताका यी हरफले केही दिन अघि मलाई झल्याँस्स बिउँझाए। कोसेली त धेरै बोकेर आउँथे मेरा दिनहरु। कानूनका किताबहरु, साहित्यका किताबहरु, मेरो ‘अन्लाईन कक्षा’, संगीत र धेरै फुर्सदिलो समय बोकेर आएका मेरा दिनहरुलाई मैले रित्तो हात र निस्तो […]
माकुरो
साँझ बिहान कैयौ बितेर गए। कैयौ दिन निदाए, उठे, दिन बिताए। दिन बिताउने क्रममा कसैले केही लेखे। सिके। सिकाए। हेरे। देखाए। उनीहरु सबैको योगदानले केही अर्थ राख्यो होला। राख्यो नै। मैले के गरेँ? म पनि बिहान उठेँ। सामान्य घरधन्दा गरेँ। यस बाहेक सम्झन लायक मैले केही गरिनँ। नयाँ किताब नभएपछि घरमै जालो लागेको एउटा किताब उठाएँ। जालो पुछेँ। माकुरो पनि […]
फर्किने आशा
चारैतिर झ्याल अनि एउटा फराकिलो ढोका। तर पनि थुनिएको मान्छे म। फरक सोच फरक पहिचान बनाउँदै अघि बढ्ने सपना बोकेको मान्छे म। पढाइमा अब्बल दर्जा त पाइएन तर सन्तुष्टि चाहिँ पाए। गहिरिएर सोच्ने अनि मनमा इख गाडिएर हिड्ने व्यक्ति म आज भौतारिएको संसारबाट महिनौ अघि देखि आराममा छु। कोभिड १९ को कारण चीन पश्चात त्राश […]
अत्यासका बिच अक्षरहरुको खेती…
साँच्चै आश्चर्य लाग्दो छैन त वर्तमान ?सायदै कसैले सोचेको थियो, विज्ञान प्रविधिको युगमा एउटा रोगको औषधीको अभावले लाखौँ मानिस निरीह भएर मृत्युवरण गर्नुपर्छ र सन्त्रासपूर्ण समय बाँच्दै आफ्नै कोठामा कैद हुनुपर्छ। विश्व अहिले ठप्प छ, मौन छ तर भित्र कतै सर्वज्ञानी मानिस चित्कार छोडिरहेको छ। क्रन्दन अलापिरहेको छ र जीवनको भिख मागिरहेको छ। ती मानिसहरु […]
फुर्सदिला आँखाहरु
अकल्पनीय लामो लकडाउनका कारण अचेल समयै समय छ म सँग। यो समयलाई संचय गर्न मिल्ने भए, बैंकमा लगेर संचित गर्थें।जब समयको अभाव हुन्छ, तब बैंकबाट समय निकालेर समय कै बजारमा खर्च गर्थेँ। तर यी सब त स्वप्न न हुन्। हुन त मैले म सँग समय छ भनेर फगतमा लेखेँ जस्तो लाग्यो। समय त उसैसँग हुन्छ, […]
खिचडी !
अस्पतालको जागिर ! बिहान १०:०० बजेबाट ५:०० बजे सम्म काममा जानै पर्ने। रोजीरोटी पनि त्यहीँ। अनि आफूसित भएको सीप देश संकटमा परेको बेला लुकाउने कुरो पनि आएन। घरमा भएका मान्छेहरु पनि पहाड तिर उकालिए , घरमा एक्लो भइयो। अस्पताल जस्तो कोरोना संक्रमण जोखिम ठाउँमा काम गर्ने भएपछि एक्लै क्वारेन्टाइनमा बस्नु नै मेरो अनि परिवारका लागि […]