Posted inलकडाउन डायरी

प्रकृति र प्रेम

सधैँ जसो आज बिहान सबेरै उठी हस्पिटल जान निस्किए तर आज मलाई मेरो वरिपरिको वातावरण निक्कै नौलो अनि  रोमाञ्चक लागिरहेको थियो । एकातिर विश्व कोरोना अर्थात COVID -19 को माहामारीमा जुझिरहेको थियो भने अर्को तर्फ बढ्दो जनसंख्या, वैज्ञानिक आविष्कार र  ठूला-ठूला कलकारखाना बाट निस्केको प्रदूषित हावाले गर्दा कुरूप बनेको वातावरणले कोल्टो फेर्दैथियो । आफ्नो शैशवकाल […]

Posted inलकडाउन डायरी

जिन्दगी नामको किताब

शरीर चिडियाखानामा थुनिएको गोही जस्तै भएतापनि मन भने खुल्ला गगनमा उडेको चरी जस्तो हुँदोरहेछ। पत्तो नपाइ कुन बेला कता पुगिदिन्छ,पुगिदिन्छ। फरक त यति हो कि आकाशमा चरा चाराको लागि हराइदिन्छ। अनि यो मन साहाराको लागि। अनि त्यहीँ कहीँ कतै हराएको मनलाई काबुमा राख्दै दुइचार शब्द कोर्न मन लाग्यो। अक्सर आफ्नाहरु अनि आफ्ना नजिक रहेका कुराहरु […]

Posted inलकडाउन डायरी

जीवनका रङहरु

म ललितपुरको खुमलटारकाे एउटा सानो कोठामा बसिरहेको छु। केही दिनदेखि लगातार मौसममा बदली देखिरहेको छ । घरी पानी पर्छ, घरी घाम लाग्छ। अहिले घामपानी छ। यो घामपानी र लकडाउनलाई तुलना गर्छु उस्तै उस्तै लाग्छ।  सानो कोठा भित्र थुन्निरहँदा घर परिवार साथीसंगीको याद पनि निकै आउँदाे रहेछ। मेरो घर प्रदेश नं ५ संघियताले जन्माएको कान्छो जिल्ला […]

Posted inलकडाउन डायरी

ध्यानमा मन

चीनको वुहान प्रान्तमा कोरोना भाइरस भेटियो। दैनिक सयौं हजारौ संक्रमित, मृत्यु हुनेको संख्या बढ्दै थियो । मिडियाहरुमा समाचार छ्यापछ्याप्ति आउन थाले।विभिन्न देशमा सरकारले लकडाउन गरे। मानिसहरु घरबाहिर निस्कन पाएका छैनन् आदि आदि। कल्पना गर्दा पनि कति भयावह अवस्था। तर लाग्यो केही समयमा औषधि पत्ता लागिहाल्छ। सबै ठिक हुन्छ विज्ञानले कस्तो कस्तो चमत्कार गरि सक्यो यति […]

Posted inलकडाउन डायरी

फ्राईडे vs सनडे

म परदेशिएको ७ बर्ष भएछ। सन् २०१२ देखि २०१५ सम्म ३ बर्ष कतार स्थित मल अफ एसिया हाइपर मार्केटमा (डिपार्टमेन्ट स्टोर) सेल्सम्यानको रुपमा काम गरेँ। त्यसपश्चात् म स्वदेश फर्किएँ र पुन: २०१६ मा मध्यपूर्वकाे विकसित देश युएइको दुबई शहरमा आएँ र एक प्रतिष्ठित रिटेल मार्केटमा सेल्सम्यानको अहोदामा अहिलेसम्म कार्यरत छु।  मेरो ७ बर्षे रिटेल मार्केटको […]

Posted inलकडाउन डायरी

भाका

महामारीले ठप्प पारेको राजधानी भित्रको ३५ औ दिन। दिनहुँ ज्याला मजदुरी गरेर परिवार चलाउनेको कथाले सधै मन पिरोलिरहेको त हुन्छ नै , तर खै के नमिले नमिले झैँ आभास हुन्छ । समयमा अफिस पुग्न पर्ने हतारो छैन हिजो-आज। त्यसैले मन परेको किताब पढ्ने, लेख्न मन लागे लेख्ने, व्यस्त शहरभित्र आफै पनि यति व्यस्त भइन्थ्याे कि […]

Posted inलकडाउन डायरी

शिक्षककाे दैनिकी

कोरोना भाइरस कोभिड १९ को कारण देश लकडाउन भएको समयमा पहिलाे पटक डायरी लेख्ने प्रयास गर्दैछु । देश लकडाउनमा जानु भन्दा पहिले राज्यले एसइइ स‍ंगसंगै शिक्षा क्षेत्रलाई बन्द गर्यो। कक्षा ११ र १२ को परीक्षा बैशाख ६ गते देखि संचालन हुने भएकाले विद्यालयमा कक्षा १२ को आन्तरिक र प्रयोगात्मक परीक्षा संचालनको तयारी थियो। यता बिएड […]

Posted inलकडाउन डायरी

बुवाको पैदलयात्रा

कोरनाको कहरमा लकडाउन भएको आज ३९ दिन भएछ। भक्तपुरको सानो कोठामा म र मेरो भाइ बसिरहेका छौं। केही दिन यता लगातार पानी परिरहेको छ। आज दिउँसो केही समय घाम लागेता पनि अहिले रिमझिम पनि परिरहेको छ। झरि र लकडाउनको अनिश्चितता उस्तै उस्तै छ कहिले सम्म हो थाहा छैन। उकुसमुकुस भै कोठा भित्र थुन्निरहँदा घरको निकै […]

Posted inलकडाउन डायरी

आमाकाे उडान

सबैभन्दा ठूलो कुरा त राेगलाई जित्नु र राेगबाट बच्नु रहेछ । बाँच्ने रहर त सबैलाई हुन्छ नि हैन र? यसपटक मलाई सबैभन्दा धेरै फुर्सद भयाे,मलाई लागिरहेको छ यो नै मेरो जीवनको सबैभन्दा लामाे घर बसाइ हो। ३९ दिनमा धेरै कुरा नजिकै बसेर नियनलिरहेको छु। लकडाउनको सुरुको हप्तामा फुलेको गमलाकाे फूल अब त ओइलाउन थालेसकेछ।घर अगाडिको […]

Posted inलकडाउन डायरी

स्वार्थी ‘म’

तपाईंको बारेमा बताउनुहोस? यो प्रायले जिन्दगीमा सबैभन्दा बढी सामना गरेको प्रश्न मध्य एक हुनुपर्छ । यो प्रश्नको प्रतिउत्तरमा हामी आफ्नो सामान्य परिचय, हासिल गरेका शैक्षिक योग्यताहरु अनि आफ्ना कामका बारेमा बताउँछौं । तर के तपाईं ‘त्यही हो’ जो तपाईले दुनियाँलाई बताउनुभएको छ? मैले लकडाउनमा आफैंलाई नियाल्ने प्रयास गरेको छु । व्यवस्थापन बिषयको बिद्यार्थी भएर पनि […]

Posted inलकडाउन डायरी

मन जस्तै हुन पाए…

आज लक्डाउनको ३७ औं  दिन, यी दिनहरु पनि कति छिटै बित्दा रहेछन् ! नेपालमा मात्र नभएर विश्वका थुप्रै देशका मानिसहरु  लकडाउनका कारणले काम ठ्यापै बन्द गरेर घरमै बसिरहेका छन्। तर सुर्य र चन्द्रमा भने निरन्तर आफ्नो काममा लागिरहेका छन्। त्यसैले त हाम्रो दिन र रातको प्रक्रिया चलिरहेको छ! अहिलेको यस्तो अवस्थामा हरपल हरक्षण परिवार, साथीभाइ, […]

Posted inलकडाउन डायरी

एक झोला खुसी

“बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस् ” गीत हाम्रो घरको रेडियोमा बिहानै गुन्जिको अझै याद छ मलाई। तर गीतमा भनेजस्तो प्रत्यक्ष महसुस भने अझै गर्नपाएको छैन। तर हिमाल देख्न नपाए पनि बिहान उठ्नासाथ देखिने हराभरा वातावरण र कौसीमा ढकमक फुलेका फूलले मलाई थप उर्जा दिएको छ। म अमतृ साइन्स क्यामपस,लैनचौर काठमाडौंबाट स्नातक सकेको बिद्यार्थी हो। […]