Posted inलकडाउन डायरी

राईली दिदी

देश लकडाउनमा फसेको ५० दिन पुग्यो। दिनहुँ संक्रमितहरु बढेको देखिएकाले हामी संयमित र सजग हुन जरुरी छ। देश लकडाउनमा भएपनि हाम्रो दिमाग लकडाउनमा छैन।दिमागको अनन्त शक्तिलाई पूर्ण प्रयोग गर्न मैले बुझेसम्म अलि कठिन नै कार्य हो। लकडाउनकै प्रसङ्गमा बिगतका कुरा गरौँ। सन १६६५ मा लन्डन शहरमा बुबोनिक प्लेग भन्ने रोगको महामारी फैलियाे। कलेजकाे पढाइ बन्द […]

Posted inलकडाउन डायरी

आर. जे. उमेश

जिन्दगीले पनि नसोचिकन अनौठो कोल्टे फेर्छ। सानै देखि एउटा असल अनि कुशल सञ्चारकर्मी हुने धोको यो मनको कुनामा खोपिएको थियो। आफ्नो लगाव र मेहनतले एस एल सि दिएको ३ महिने छुट्टीमा म सञ्चार माध्यममा काम गर्ने भैसकेको थिए। ११-१२ पत्रकारिता पढ्दै काम गर्दै गरेँ। रमाइलो थियो त्यो पल जब घरको जिम्मेवारी म माथि थिएन। तर जब […]

Posted inलकडाउन डायरी

याद गर् त!

यो बन्दाबन्दीको समयमा घरमै थन्केर ,लामा कपाल झुस्स दारी कालो अनुहारसँगै  फुर्सदिलो जिन्दगीमा त्यही पुरानो सम्झनाको वाल्यकालमा फर्केर केही शब्द कोर्न मन लाग्यो साथी, तिमीहरुको यादमा। याद गर त साथी! त्यो गाउँको चौतारीमा सँगै बसेर हरेक दिन बेलुका लगाएका गफहरु, साथमा थिएन मोवाईल। थियो त केवल समय। अनि त्यो मोजाका बलहरु बनाएर सँगै खेलेका दिनहरु, […]

Posted inलकडाउन डायरी

बाबाकाे जाँगर

भनिन्छ जीवन एउटा मिठाे भ्रम हाे अनि मृत्यु यसकाे शास्वत सत्य। एकदिन मरिन्छ भन्ने थाहा हुँदाहुँदै पनि जीवन प्रतिको माेह कहिले सकिँदैन। बरू बढ्दै जान्छ । त्यही भएर त हाेला नि अहिले सारा दुनियाँ धन-एश्वर्य कमाउन छाेडेर प्राणरक्षाका निम्ति भूमिगत भएकाे छ। लकडाउन। क्वारेन्टाइन। इमानदारीपूर्वक भन्नुपर्दा याे काेराेनाकाे कहर अघिसम्म यी शब्दसँग चिनजान नै थिएन […]

Posted inलकडाउन डायरी

चिउरा, दालमोठ र ड्युटी

म नेपाल प्रहरी संगठनको प्रहरी कर्मचारी। २०७६ चैत्र १० गते देखि नेपाल सरकारले लकडाउन घोषणा गर्यो। लकडाउन घोषणा हुनासाथ सम्पूर्ण सरकारी गैर सरकारी वित्तीय सघं संस्था उद्योग कलकारखाना शिक्षण संस्था बन्द भए। कर्मचारी बिदामा बस्ने भए। प्रहरी कर्मचारीको ड्युटी झन बढ्यो। ड्युटी मात्र बढेन आफन्त इष्टमित्रलाई  चिन्ता पनि बढ्यो। देशमा  परेको संकटसँग जुध्न  प्रहरी कर्मचारी कहिले […]

Posted inलकडाउन डायरी

मानवरुपी डायरी

मैले डायरी नपल्टाएको धेरै वर्ष भएछ। लेखुँ पनि के लेखुँ। हुन त आजभोलि मनमा कुरा धेरै छन् , तर त्यसलाई बुझाउन सक्ने शब्द कम। सानो हुदाँ डायरीका पानामा चित्र समेत कोर्थे, आजभोलि भने कालो मसीले पनि ठाउँ पाएन। जीवनका अनगिन्ती बिर्सन नसक्ने यादहरुलाई लेख्न मन लाग्छ, तर कसैले मनमा चलेका सबै कुरा थाहा पाउने हो […]

Posted inलकडाउन डायरी

ढ्वाङ्… ढ्वाङ् ….ढ्वाङ्

लकडाउनमा अप्रिय घटनाको परिणामबाट बचियो। यो मानेमा लकडाउनको अनुभव अक्षरमा उतारीरहँदा एकप्रकारले खुसी छु।यो लकडाउनमा घरबेटीको कोठामै लक्ड भएर बस्दा ‘घर जाने हो ? पास बनाएर जाउन/आउन’ भन्ने मेरा मित्रहरु धेरै थिए।   मन त किन नहुनु! एक्लै बस्नु भन्दा परिवारसँग बस्नुको आनन्द नै मिठो हुन्छ, हर तरहले। जागिरको सिलसिलाले आफन्तदेखि करिब ५०० किलोमिटर दुर […]

Posted inलकडाउन डायरी

लकडाउन ‘क्रान्ति’

हाल म काठमाडौँ स्युचाटारकाे एउटा कोलोनी भित्र अस्थायी बसोबास गर्छु। कोलोनी भएकाले यहाँ राजधानीकाे अन्य स्थानको तुलनामा अलि बढी व्यबस्थित छ। घरहरु कोही भन्दा कोही कम छैनन्। सबैका घरअगाडि ठूला र पीच गरेका बाटा पुगेका छन्। पानीको असुविधा छैन। यसको मतलब यहाँ घर भएका अधिकांशहरुको आर्थिक हैसियत राम्रै छ। मेरो घर पछाडि करोडौं मूल्यको रोपनी […]

Posted inलकडाउन डायरी

‘सुपारी’ गाई

नाम जस्तै चाम्रो र टर्रो थिएथ्यो उसको व्यबहार पनि। उसो त चाम्रो र टर्राेलाई नराम्रो भन्न भने मिल्दैन । चाैरमा चर्ने नियमलाई कतिखेर छिर्कने मारेर खरबारीमा बालीघाँस चोरी खान पुग्थ्यो स्वयं गोठालोलाई थाहा हुँदैनथियो। दाम्लो घाँटीबाट जब गोठालाले निकालेर बनमा चराउन लैजान्थ्यो तब उ निर्बाध स्वतन्त्रताको खोजिमा हिड्थ्यो। उसको मनले चिताएको र दृष्टिले देखेको ठाउँ […]

Posted inलकडाउन डायरी

काम, झोला र म

मेरो घर अगाडि हुँदै गएको सिद्धार्थ राजमार्गले मलाई खाेजिरहेकाे होला! दिनहुँ आउने मान्छे किन आएन भनेर। मेरो मोटरसाइकल दिनहुँ कुदिरहन्थ्यो, तर नचलेको धेरै भयो। मलाई किन चलाएकोे छैन भन्दो हो त्यसले पनि। निराश हुँदो हो कि खुसी हुँदाे हाे ! मौन एकै ठाउँमा बस्दो हो। त्यो झोला दिनहुँ बोक्ने गर्थें, जसको फिताले आज मलाई किन […]

Posted inलकडाउन डायरी

मिलेर बस्नुस रे !

लकडाउन सुन्दा पनि मनै चिसो भएर आउँछ मलाई। तर बिडम्वना आज लगभग डेढ महिना भै सक्यो लकडाउनमा लक्ड भएको। देशले लकडाउन सुरु गर्नु भन्दा दुई दिन अघि नै घरैबाट अफिसको काम गर्ने सुरु गरेका थियाैं। त्यसैले कामको हिसाबमा लकडाउन खासै लागेन भन्नु पर्छ। बरु केही रमाइला र राम्रा कामहरु गरियाे। हुन त दिनभरि काम नै […]

Posted inलकडाउन डायरी

लकडाउन नोस्टाल्जिया !

सधैँ एकनासले चलिरहने समय। समयसँगै एकनासले चल्न नसक्ने म। अहिले एउटै लयमा चलिरहेकाे छु। मेरो दैनिकी सेकेन्ड, मिनेट, घन्टा रूटिङ बनेर कैद छैन। बिहान अलार्मकाे घन्टीमा जबरजस्ती ब्युउँझनु पर्दैन। सायद त्यसैले म र समय निकट साथी जस्तै भएका छाैं। देशभर लकडाउन छ। लकडाउनका कारण घर भित्रै कैद भएपनि मन भने स्वतन्त्र चरा जस्तै आकाशमा उडिरहेको […]

Posted inलकडाउन डायरी

नमस्कार !

सधैँ कोलाहल हुने सहरमा लकडाउनका कारण सुनसान भएका सुनसान बाटाहरु, चोकहरु, गल्लीहरु महिनौ दिनसम्म  अनिश्चित रुपमा सुनसान भैदिँदा सायद  शहरले पनि पुरानो चहलपहल सम्झिरहेको छ । चिडियाखानामा भएका जनावरहरुले पनि मान्छे खोजिरहेका छ्न् होला। अनि बाटोमा मान्छे देखेर रमाउने, मान्छेले नै दिएको खाने कुरा खाएर अघाउने कुकुरहरुको हालत के भए होला? हो संकटले सबैलाई छोएको छ , […]

Posted inछोटो कथा

टाढा हुनुको पीडा

केही सपना, खुशी  र सुन्दर भबिस्यको अभिलाषा बोकेर  पोर्तुगल आएको तीन बर्ष बितेछ। जीवन बगेको खोला जस्तै लाग्छ।समय पनि कयौँ पीडा, छटपटाहट, चित्कार रोदन सहदै  संघर्ष गर्दै अबरोध पन्छाउदै एकनास अबिरल बगिरहेको हुन्छ। जीवन नदी जस्तै नबग्ला। तर नदी र जीवनकाे संघर्ष उस्तै लाग्छ्न्। बर्खा र हिउँदमा नदीको तागत पनि फरक हुन्छ। हाम्रो जिन्दगीमा पनि […]

Posted inलकडाउन डायरी

खेतबारीमा पढ्दै

जन्मेको ४ वर्ष देखि स्कुल पढ्न सुरु गरेकी म कृषि बिषयमा स्नातक सकेर अहिले स्नाकोतर गर्दै छु । एस.एल सी पछि पढाइको सिलसिलामा घर बाहिर बसेँ। घरमा लामो समयसम्म बस्न कि त दशैं तिहार नै कुर्नु पर्थ्यो कि त कलेज बन्द नै हुनु पर्थ्यो। त्यसैले घरमा बस्ने यति लामो अवसर जुरेको यो पहिलो पल्ट नै […]

Posted inलकडाउन डायरी

उकुसमुकुस

सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेसँगै झन्डै डेढ महिनादेखि ललितपुरको सातदोबाटोमा छु । रहरले भनौं या बाध्यताले उच्चशिक्षाको लागि काठमाडौ छिरेपछि परिवारबाट टाढा टाढै भइयो । लकडाउन सुरु भएसँगै मेरा दिनचर्या पनि बदलिएको छ। हरेक दिन विहान निन्द्रा खुल्न बित्तिकै खाटको छेउमै रहेको टेवुलबाट मोबाइल तान्छु अनि सामाजिक सञ्जाल फेसबुक ट्विटर तिर हेर्छु, कोरोनाको […]

Posted inलकडाउन डायरी

हेलम्बुकाे हावा

सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेसँगै झन्डै डेढ महिनादेखि म राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको पदमार्ग सुन्दर पर्यटकीय गन्तव्य सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा छु। रहरले भनौ या बाध्यता, झन्डै दश बर्ष अघि एसएलसी दिएर उच्चशिक्षाको लागि काठमाडौँ हानिएपछि परिवारको सामीप्यताबाट सधैँ टाढै भइयो। घरको यादमा टोलाउनु नै दैनिकी बन्यो। बर्षमा दुई तीन पटक चाडपर्वहरुमा हुने केही […]

Posted inलकडाउन डायरी

देखेकाे सपना

पिडा हाम्रो सुन्दर शक्ति हुन सक्छ। सङ्घर्षबाट हामीलाई शक्ति आउने गर्दछ। चिजहरु परिवर्तन हुन्छन् जब हामी वास्तवमै तिनीहरुलाई परिवर्तन गर्न चाहन्छौ। आखिर देखेकै सपना साकार हुँदो रहेछ। नदेखेको सपनाको आकार पनि कहाँ हुँदो रहेछ र! आज लकडाउन भएको पनि महिना नाघिसकेको छ। लकडाउन भन्दा पहिले धेरै सपनाहरु कोरेको थिएँ र त्यहाँ पुग्ने लक्ष्य लिएको थिएँ। […]

Posted inलकडाउन डायरी

मेराे घरको कौसी

म सधैँ झैँ कौसीमा नै रमाउँछु आजकाल। लगभग ४१ दिन यतादेखि म जतिबेला कौसीमा जान्छु केही न केही नयाँ चिज देख्छु। कहिले पूर्वतिरका हात्तीवन, सेतीपाखा, लाकुरी भञ्याङ्गका दृश्य त कहिले पश्चिमपट्टि देखिने चन्द्रागिरिको चुचुरो र ससाना पहाडका टाकुराहरु। उत्तरदेखि पूर्व पश्चिमसम्मै देखिने दन्तै लहर मिलाइ हाँस्ने हिमश्रृंखलाहरु । सबै यही काैसीबाटै त देखिन्छन्। मलाई हिमाल […]

Posted inलकडाउन डायरी

नामकाे कथा

लकडाउनले मेरो दैनिकी नै परिवर्तन गरिदिएको छ। अझ जीवनशैली नै परिवर्तन गरिदिएको छ भन्दा पनि फरक पर्दैन । दैनिक साढें चार वजे बिहान उठेर एक घण्टा मर्निङ वाकमा पशुपति क्षेत्र परिक्रमा गर्ने रुटिन बदलिएकाे छ। मर्निङ वाकको समय साँघुरिएर आधा घण्टामा सिमित भएको छ भने स्थान पनि परिवर्तन भएकाे छ। अहिले आफ्नै घरको छत मर्निङ […]

Posted inलकडाउन डायरी

ब्रेकिङ न्युज र फास्टफुड जिन्दगी

संसारका मानिसहरुसँग असिमित चाहनाहरु हुन्छन् जसलाई प्राप्त गर्न दैनिक भौतारिरहेका हुन्छन् । मानिस मात्र यस्तो प्राणी हो जो विगतभन्दा वर्तमान र वर्तमान भन्दा भविष्य राम्रो चाहन्छ । बिडम्बना परिस्थिति सदावहार एकनास हुँदैन कहिलेकाहीँ हिड्दा हिड्दै पाइलाहरु टक्क रोक्नुपर्छ । सधैँ एकनास अगाडि बढिरहनलाई जिन्दगी घडीको काटा होइन, न कोर्रा लगाउँदै दौडाउने कुनै घोडा नै हो। […]

Posted inलकडाउन डायरी

‘म रामेश्वर महतो हुजुर’

अरु दिनझैँ आज पनि भारतीय च्यानलमा प्रसारण भइरहेको रामायणको स-परिवार आनन्द लिदैं थियौ। यत्तिकैमा एउटा अज्ञात नम्बरबाट मोबाइलको रिङ्ग बज्छ। फोन गर्ने व्यक्ति भोजपुरी लवजमा नेपाली बोल्न सुरु गर्छन्। व्यक्ति – ‘हेलो, म रामेश्वर महतो हुजुर। हुजुर घरमा पैसा डाल्नु छ। बड दिक्कत छ हुजुर घरमा। बाल बच्चा भोकै छन हुजुर।’ उहाँको भनाइमा निक्कै भारीपना […]

Posted inलकडाउन डायरी

उपहार

म एक महिला स्वस्थ्य कर्मचारी। कुष्ठ प्रभावित ब्यक्तिहरुको बिचमा आजभन्दा लगभग २, ३ दशक अगाडि देखि नै सेवारत छु। उतिबेला कुष्ठरोगीहरुलाई समाजमा, परिवारमा साथै सार्वजनिक स्थलहरुमा निकै भेदभाव गरिन्थ्यो। हाल म घाउ हेरचाह इकाइमा कार्यरत छु र कोरोना भाईरसको कारण संसारभरि त्रास भएको वेलामा म काम गर्दाकाे अनुभवहरु लेख्ने प्रयास गरिरहेकी छु । सरकारले कोरोना […]