समय सधैं सफल भएर अघि बढ्ने गर्छ । कहिले घाम कहिले पानी हावा, हुरी त कहिले आँधीबेहरी सबै परिस्थितिलाई छिचोल्दै अघि बढ्छ र त हरेक अवस्थामा सफल हुन्छ । समयलाई नै चुनौती दिदै सफलताको यात्रामा भाग दौड गरिरहेको म । जन्म त मेरो सहजतामा नै भएको रहेछ तर जब आफूले आफूलाई बुझ्न थाले। त्यतिनै जिम्मेवारी […]
May 2020
व्यस्त दिनहरु
लकडाउनको समय कार्यालय र घरायसी काममा व्यस्त हुन्छु। कार्यालय सुरु हुनभन्दा अघि व्यक्तिगत र घरायसी काममा बित्छ। कार्यालय विहान ८:३० बजे सुरु हुन्छ।आधा घण्टा अघिल्लो दिन र आकस्मिक सेवाको रिपोर्टिङ हुन्छ। त्यसपछि छानबिन क्लिनिकमा नयाँ बिरामीहरुको स्क्रिनिङमा व्यस्त रहन्छु। अहिलेको दैनिक क्रियाकलाप टाढा टाढाबाट विशेष छालाको समस्या लिएर आउछन्। उनीहरुमा कतै कोभिड १९ सक्रमण छ […]
उही चमक फेरि कसाे नफर्किएला!
एकनास गतिमा बगिरहेको थियोे समय, संसार निकै सुन्दर लाग्थ्यो, पूर्वदेखि पश्चिमसम्म उत्तरदेखी दक्षिणसम्म स्वतन्त्र भइ हिड्ने हामी नेपाली आज एक अर्काकाे समिपमा जान पनि डराउनु पर्ला भन्ने कदापि साेचिएकाे थिएन। राेक्दा राेक्दै याे महामारी एवं रितले अराजक गीत गाउँदै हिड्दैछ। के मन्दिर के मस्जिद के गुम्बा के विहार हरेक स्थानलाई लकडाउनले छाेयाे हरेक बिहान खुलेर […]
लकडाउन कि लभडाउन
आज म घर आएको ५७ दिन हो। कलेज पढ्न काठमाडौँ छिरेदेखिको मेरो सबैभन्दा लामो घरबसाइ हो यो। कोरोनाको असर दिनदिनै चुलीचुली हुँदैछ। स्थिति अस्सनिस्स छ। पढाइको चक्कर, जागिरको रुटिन अनि साथीहरुको रमझममा भुल्ने मेरा दिनरातहरु अचेल घरकै यात्रु हुन पुगेका छन्। लकडाउनको सुरुवातमा यति लामो बसाइ होला भनेर सायदै कसैले सोचेको थियो। पाल्पाको कुनै क्याफेमा […]
तरकारीकाे स्वाद
अहिले विश्वव्यापी रूपमा आतंक फैलिरहेको कोभिड -19 नोबेल कोरोना भाइरस को कारणले स्वदेशी उत्पादनहरुले निरन्तर बजार पाइरहेका छैनन। कयौं कुहिएर नष्ट पनि भएका छन्। यसले कृषक अनि देशलाई धेरै नोक्सान भएको छ। बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दैछौं। जुन नेपाली स्वाभिमान अनि कृषिकर्मको आदर्श विरुद्ध हो भन्दा फरक […]
गाउँकाे माटाे र मुग्लानकाे बाटाे
बिहानैदेखि आकाश निकै कालो भएर धुम्मिएको थियो। कालो बादल आकाश मडारिएको देख्दा मनमा ठूलो पहिरो गएको अनुभूति भएकोे थियो। बिहान १० बजे पछि भने आकाश हल्का खुल्दै गएर सौर्यकिरण देखिन थालेकोले मनमा हर्षको सिमा नै थिएन । यसो चारै भञ्ज्याङ्मा देखिएका पहाडहरुलाई नियालेर हेरेँ, आज धर्ती पनि रोइरहेको प्रतित भयो। भनिन्छ प्रकृति आमा हुन्, आमा […]
१९ वर्षमा नफेरिएकाे मेराे गाउँ
एउटा गाउँको सामन्य परिवारमा जन्मिएकी मलाई आफ्नो बाल्यकाल हजुरबुवाआमाकै काखमा बिताउने साैभाग्य मिल्यो। गाउँमा गुणस्तरीय शिक्षाको अभावले सहर सम्मको यात्रा गर्नु पर्यो। पढ्नका लागि सहर गए पनि, मेरो मन मस्तिष्कमा भने गाउँकै आकृति सलबलाउँथ्यो। कहिले शुक्रबार आउँला र गाउँ जान पाइएला भनेर अति उत्सुक हुने म र मेरा भाइका कलिला हातका अौलाहरु आइतबार, सोमबार गर्दै […]
मौन युद्ध
एउटा सानो घाउ लाग्दा, एक हप्तासम्म रुने म। जिन्दगीमा केही आपत आइ पर्दा साथीलाई नसुनाइ बस्न नसक्ने म। अनि साथीहरुलाई समस्या पर्दा सबै भन्दा पहिले समाधान खोजिदिने म। सबैसँग परिचित तर स्वयंसँग अपरिचित म। सम्भवत: यो समय मेरो लागि एना बनेको छ। मैले अब आफूलाइ आफ्नै नयनबाट नियाल्न थालेकी छु। सधैँ हतारमा हराउने मलाई स्थिरता […]
चरी भए भुरूरू जान्थे उडेर…
चरी भए भुरूरू जान्थे उडेर, सन्चो छ कि बिसन्चो छ आउथेँ बुझेर । जब प्रत्येक पटक बबिना किराँती दिज्यूको गीत सुन्छु,मन नै अमिलो भएर आँउछ। जीवन जोखिम, सर्वत्र लकडाउन र बन्धनले स्वतन्त्रताको धज्जी उडेको भान हुन्छ। तर के गर्नु! सामान्य जीवन कस्तो हुन्छ नै विर्ससकेँ।बाहिर निस्किनु निकै नौलो लाग्छ। लकडाउनले मेरो दैनिकी नै परिवर्तन […]
‘९ दिनमा नौलो, २० दिनमा बिर्सियाे’
चाइनामा कोरोना कहर शुरु हुनुभन्दा २ महिना अघि नै मेरी आमालाई श्वास प्रश्वासको समस्याले थला पारेपछि २ हप्ता आइसियु कक्षमा उपचार गराइ निको भएपछि घर ल्याइएको थियो। घरको २ छोरा मध्य म कान्छो छोरो, बुवाआमासँगै मेरी श्रीमती र छोरा छोरी गरि ६ जना बस्दछौं। दाइ, भाउजु अनि भतिज कामकाे सिलसिलाले छुट्टै बस्दछन्। आमाले जति धेरै […]
उपचार पनि ‘हाेम डेलिभरी’ भए…
आजभोलि मान्छेहरू चुरोटको धुवाँ उडाएर सडकमा धुँलोबाट बच्न मास्क लगाएको देख्न पाइँदैन। बरू कोरोनाबाट बच्न मास्क लगाएको देख्न पाइन्छ। भट्टीमा टन्न रक्सी खाएर लड्बडाउँदै सडकको नालीमा सुतेको पनि देख्न पाइँदैन। न भेटिइन्छन् अँगालो हालेर सडकमा हिँड्ने प्रेमील जोडिहरू। आफ्नो जीवनको गति भन्दा तिव्र गतिमा हुइकँने मोटरहरूले आराम गरेका छन्। सहरमा उज्यालो हुन नपाउँदै मध्यरात सम्म […]
म थाकेँ
९ महीना आमाको कोखमा बस्दा बस्दा थाकेर म यो धर्तीमा जन्मिएको थिए। आमा को दुध खाँदा खाँदै थाकेपछि मैले पहिलो पटक अन्न खान सुरू गरेँ। बाल्यकाल कहिले बाबाको काँधमा पिसाब फेरेर र कहिले मायाले काखमा राखिरहेकाहरूको कपडा पहेँलै बनाएर, कहिले हाँसेर त कहिले रोएर, घरमा अनेक रमाइला र उटपट्यांग गर्दा गर्दै थाकेर म मेरा कलिला […]
मेराे अनलाइन कक्षा
कोभिड १९ ले हाल संसारभरि नै असर गरी रहँदा यसबाट प्रभावित हुने विभिन्न क्षेत्रहरु मध्ये महत्वपूर्ण एक शिक्षा पनि हो । भर्खर सुरु भएको हाम्रो स्नातकोत्तर तहको पहिलो सेमेस्टरको कक्षा के हुन्छ होला? क्याम्पस लाग्छ कि बन्द हुन्छ? पठनपाठन के हुने हो? जस्ता प्रश्नहरु मनमा उब्जिरहेका थिए। स्नातक तह उत्तिर्ण भइसकेपछि स्नातकोत्तर तह यानेकि मास्टर […]
पङ्ख
घरबाट टाढा आफ्नो सपनालाई पंख दिन गएका ती हजार पढन्ते,जागिरेहरू यो लकडाउन अगावै घर फर्कन पाए पाएनन् कुन्नि! तर म चाहिँ घर आइपुग्न भ्याए। यो कठिन समयमा सबै सँगै भएर बस्नु पर्ने घडीमा रहले टाढा भएका त भै हाले तर नजिकै भए पनि अहिलेको यो अवस्थाले गर्दा परिवारका सदस्यहरूकाे सामिप्यताबाट टाढा रहनु परेको छ। यो […]
तारा झैँ छरपष्ट सपना
भोका पेट!!अक्सर यी रातहरुमा म एक्लै हुनेगर्छु! कथा सुनिदिने, सुनाउने मान्छे नि छैन। जसोतसो दिन त यतिकै बित्छ, तर रात? रात एकदम कष्टकर, सुतौँ निद्रा लाग्दैन, नसुतौँ अनेकौं प्रश्नले सताउँछ। यी रातमा मुख भन्दा बढी आँखा र मन बोल्ने रहेछन्।पीडाको सागरबाट बगेर पनि यही सिरानीमा सकिन्छ। सुने पनि नसुने पनि यहीँ चार भित्ता हुन्, कान […]
२२ घण्टे कर्फ्यु
न हरेक बिहान चाँडो उठेर नुहाई धुवाई गर्नु हतार छ। न त बेलुकी फ्रीजमा राखेको खानलाई टिफिन बक्समा राख्नलाई आतुर छौँ । न गाडी नै छुट्छ कि भन्ने चिन्ता। न त आज बोसको भिजिटर धेरै आउँछ कि भन्ने त्रास नै। हप्तामा आउने बिदाको पर्खाइमा बस्ने म हरेक दिन छुट्टी मनाउँदैछु । तर आजभोलि छुट्टी धेरै […]
आकाश कस्तो थियो ?
सधैँ बसन्तले नवीनता भित्र्याउन सक्दो रहेनछ। अहिलेको बसन्त उदारहण बनेर बसेको छ। यो बर्ष हामीलाई एउटा यस्तो दुःखद परिस्थितिको सामाना गर्नुपरेको छ । जुन सायद कालन्तरमा सबैलाई याद रहनेछ। बिए. सि एजिमा आफ्नो शिक्षा र भविष्य खोज्ने म अहिले लकडाउनमा आफूले माटो विषय पढ्नुको फाइदाजनक कुराहरू खुब नजिकबाट नियाल्ने अवसर पाएको छु। करिब करिब १६ […]
चुनुमुनु
पेसाको हिसाबले म ड्राइभर। समय र परिस्थिति पनि कस्तो भएर आइ दियो भने जब म साउदीमा थिए। ४ वर्ष लगाएर दुःख सुख एउटा घर बनेको थियो। घर बनाइसके पछि खुसीले गदगद हुँदै छुट्टी म घर गकाे थिए। झ्याल ढोका थुन्दै थिए। डकर्मीहरुलाई विदाइ गरेर सुतेर बिहान उठेर नास्ता खाँदै थियो। भुइँचालोले सब खुसी छिन्याे। मेराे […]
हजुरआमाको सम्झना
“हल्लो नानी सन्चै छौ?” “नमस्ते आमा, ठिक छ अनि हजुर!” “त्यहीँ त हो यो घुँडा दुख्ने समस्याले कहिल्यै नछोड्ने भयो,कोरोना हो कि के आछ अरे बाहिर फेर ननिस्क है। गाडी नि बन्द भयो अरे नत्र यही आए हुन्थ्याे” म झसङ्ग बिउँझिए “ओहो! सपना पो रहेछ।’ आँखा भरि आँशु आयो। हजुरआमालाई सस्झिएर ! हन, यो कस्तो माया […]
डामाडाेल पढाइ
ओहो ! आज त लकडाउन भएको पनि ५१ औँ दिन पो भइसकेछ त। यति लामो बिदा त धेरै विद्यार्थी र कर्मचारीलाई सायदै पहिलो पटक भयाे। हुन त यति बिदा म जस्तो विद्यार्थी अर्थात एक सरकारी क्याम्पसमा अध्ययनरत विद्यार्थीको लागि नौलो भने होइन। म त घर आएको पनि ५ महिना पूरा भएर ६ महिना लागिसकेछ। म […]
सिरियस्ली!
स्नातक तेस्रो वर्षको फाइनल परीक्षा नजिकदै थियाे। कोर्स सकिएको थिएन। त्यसैले हामीले एक्सट्रा क्लासको व्यवस्था गर्नको लागि डिपार्टमेन्ट प्रमुखलाई पत्र पठाएका थियौं। सरले पनि केही दिनमा सबै प्रबन्ध मिलाउने कुरा बताउनु भएको थियो। हामी परीक्षा कै तयारीमा थियौं। यसैबीच कोभिड-१९ अर्थात कोरोना भाइरस सुरू भो चाइनामा। म जान्ने भएदेखि कुनै पनि यस्ता भाइसहरुको हल्ला सुनिएको […]
पूर्णविराम।
पेशाको हिसाबले म केटाकेटी पढाउँदै हिडेँको एक शिक्षक हुँ। विगत चार वर्षदेखि म काठमाण्डौँको मुटु न्युरोडमा अवस्थित एक सरकारी विद्यालयमा पढाउँदैछु। दुर्गम गाउँमा जन्मिएर मुस्किलले शिक्षा आर्जन गर्दै करिब आधा दशक पिछडिएका गाउँ बस्तीहरुका विभिन्न विद्यालयमा पढाएपछि देशको राजधानी काठमाण्डौको शिक्षक हुने साैभाग्य मिलेको थियो। आर्थिक, सामाजिक र शैक्षिक धरातलको असाध्यै पिंधबाट आएको मान्छे म। उच्च शिक्षा […]
उल्टाे चप्पल
आजकाल म चराहरूसित गुनासो गर्छु। मलाई चरासँग आरिस लाग्छ। भनौँ म आरिसे भएको छु। म कुकुरहरूसँग गनासो गर्छु। मलाई कुकुरसँग आरिस लाग्छ। भनौँ म आरिसे भएको छु। केही काम नभए घरमा बस्नु जस्तो मजा संसारमा अन्त कतै आउँदैन। तर होइन रहेछ। आफू बस्ने कोठा पनि वा आफू बस्ने घर पनि यतिसम्म दिग्दारलाग्दो बन्छ? सायदै कसैले […]
बन्दले मामाघरै
मेरो पुर्ख्यौली घर दैलेख जिल्लाको आठबिस नगरपालिका हो। म पढ्नकाे लागि ममीसँग सुर्खेतमा बस्छु। मेरो घरमा हजुरबुबा, हजुर आमा, बाबा,मामु, भाइबहिनी, काकाहरु, काकीहरु र फूपू हुनुहुन्छ। मेरो बाबा गाउँको स्कुलमा बिज्ञान बिषय पढाउनु हुन्छ। म सुर्खेतमै बसेर पढ्छु। कक्षा २ को एउटा परीक्षा बाँकी नै थियाे। तर बिद्यालय बन्द भयाे। त्यसपछि बाबा, मामु र म मामाघर […]