Posted inछोटो कथा

 बाँदर धपाउने ठ्यापठ्यापे

ल है ल है लाेखर्केहाम्राे मकै नखाइदेगैरी गाउँकाे धान खाइदेल है ल हैss ल है ल हैssएका बिहानै याे आवाज मेराे कानमा गुञ्जियाे । धेरै पछि म यसपाली खोटाङको आफ्नाे गाउँ पुगेकाे थिएँ । बाँदर धपाउन ठ्पाठ्यापे बजाउने केटाकेटीहरुले मलाई उडाएर बाल्यकालमै पुर्याइदिए । हामी पनि सानाे छँदा ठ्यापठ्यापे बजाउथ्या़ैँ । दिउँसो स्कुल जाने अनि […]

Posted inछोटो कथा

खच्चडसँगै हुम्ला जुम्ला

हुम्लाको चखेली लेकबाट सयौँ खच्चर भारी बोकेर आइरहेका थिए ।  कुनै खच्चडले  ग्यास, कुनैले पानी, कुनैले अन्नपात तथा दालचामल बोकेका थिए।  खच्चडको बथानसँगै  अघिपछि दाैडिरहेका थिए सिहं रावल । जुम्लाका सिहं रावलले आफ्नो खच्चड हुम्लातिर ल्याएका छन् । अप्ठ्यारा बाटा अनि भिरपाखा छिचोल्दै उनी हुम्ला जुम्ला गरिरहन्छन् ।   २२ बर्षे रावललाई न बिदेश जाने बाध्यता […]

Posted inछोटो कथा

भैलो

हिउँदको महिना । माथि पहाडलाई हिउँले ढाकेको छ । भरखरै घामको न्यानो ताप्दै गरेको गाउँमा जुम्लीका भाकाहरू गुन्जिन्छन् । जुम्ला चन्दननाथ गाउँमा आज भैलो खेल्दैछन् । गाउँलेहरू जम्मा भएर प्रत्येक घरमा ५ दिनसम्म भैलो खेल्ने गर्दछन् । मौलिक शैलीमा भैलेराभैलेरी(भैलाे खेल्ने पुरुष महिला)हरूले हरेक घरमा सुख शान्ति र समृद्धिको कामना गर्छन् । अनि भैलो खेलिएका […]

Posted inछोटो कथा

हज्जुकाे अटो एम्बुलेन्स

सुर्खेतका हज्जु अलि एकदिन प्रदेश अस्पताल पुगेका थिए । त्यहाँ उनले एम्बुलेन्स नपाएर बिरामी र उनका आफन्तहरु अलपत्र परेको देखे । एकातिर एम्बुलेन्स नपाएको दुख, त्यसमाथि अस्पताल वरपरका अटोहरुले धेरै भाडा लिएको देखेपछि हज्जुले आफ्नो घरमा थन्काएर राखेको अटो निकाले र कोभिडका बिरामी बोक्न थाले । अटाेबाटै आम्दानी हुने हज्जुको अटोमा काेराेना संक्रमण यता कुनै […]

Posted inछोटो कथा

चिडिमार

बाँके हवल्दारपुरको भित्री गाउँ । गाउँमा चिडिमार समुदाय बस्छन् ।चरा शिकार गर्ने उनीहरुलाई चिडिमार जाती भनेरै चिन्दछन् । चरा शिकार गर्नु उनीहरुकाे पुर्खाैली पेशा हो । त्यही समुदायमा मनवा चिडिमार बस्छन् । मनवा चिडिमारले १२ बर्षको उमेरदेखि जङ्गलमा शिकार गर्थे ।टाढा-टाढा जङ्गलमा गएर चरा शिकार गर्ने अनि नेपालगञ्ज लगेर बेचेकाे सम्झना ताजै छ ।पहिले त […]

Posted inब्लग

साइकलको भर

झिसमिसे बिहानमा काठमाडाैँबाट गाडी तरहरा चाेक आइपुग्छ ।चाेकमा फ्याट्टफुट्ट मान्छेहरुकाे आवत जावत हुन थाल्छ । मनाेज पाैदार पनि साइकल चढेर त्यहीँ पुग्छन्, गाडीले ल्याएकाे पत्रिका लिन । सधैँ यसरी नै उनकाे दैनिकी सुरु हुन्छ । सानाे छँदा मनाेज फुटबल खेल्थे । उनले सानैमा फुटबल खेलाडी बन्ने सपना बाेकेका थिए । तर एकदिन अचानक मनाेजकाे खुट्टामा […]

Posted inछोटो कथा

 पुनमकाे कर्म

दाङको घोराही बजार । बजार नजिकै पुनम नेपाली जुत्ता चप्पल सिलाउँछिन् । यहीँ बाटो भएर ओहोर-दोहोर गर्नेहरू उनैलाई फर्कि फर्कि हेर्छन् । किनकी घोराही चोकमा जुत्ता चप्पल सिलाउने उनी एक मात्र महिला हुन् । सुरु सुरुमा त पुनमलाई यो काम गर्न आउदैन थियो । पहिले घर धन्दामा मात्र व्यस्त हुने पुनमले जुत्ता चप्पल सिलाउन थालेको ६ वर्ष […]

Posted inछोटो कथा, ब्लग

नवाज मिर्जा

नवाज मिर्जा र्‌याप हान्न मात्र होइन, क्रिकेटको कमेन्ट्री गर्न पनि पोख्त छन् । कपिलवस्तको बहादुरगंजमा क्रिकेटको मेहफिल जमेको थियाे । मानिसहरु क्रिकेट हेर्न मात्र होइन उनको कमेन्ट्री सुन्न पनि आएका थिए । गाउँठाउँका स्थानीय क्लबका म्याचहरुमा समेत दर्शकहरुको भिड देखेर हामी छक्क पर्यौं । तर यो भिडमा महिलाहरु भने देखिएनन् । पुरुषकाे मात्र उपस्थिती थियाे […]

Posted inछोटो कथा

शितल छहारी पीपल चाैतारी

सिरहाको हुलाकी मार्ग हुँदै‍ सन्हैठा ‍‍‍‍चोक पुगिन्छ ।चोकदेखि दाँयातिर लाग्दा एउटा ठूलो पीपल चौतारी भेटिन्छ । हामी अटाे चढेर सन्हैठा चाेकमा ओर्लियाैँ । चाैतारीमा मान्छेहरुकाे भीड देखेपछि हाम्राे पाइला त्यतैतिर लम्कियाे। गर्मी महिना । गाउँका मान्छेहरु आराम गर्न, खाना खान, नानीहरु खेल्न, सुत्न पीपल चाैतारीमा आउदा रहेछन् ।मान्छेलाई मात्र हैन गाइँवस्तुको लागि पनि शितल छहारी […]

Posted inछोटो कथा

कुम्फुका साना गुरु

पश्चिम रुकुम बाँफिकाेटका डाँडाकाँडा बिहानैदेखि कुहिराेले ढाकेकाे छ ।कुहिराे छिचाेल्दै १४ वर्षका जनक साथीहरूसँग मैदानतिर लाग्छन् ।उमेरले सानै भए पनि उनी आफ्ना साथीहरूका गुरु भएका छन् । मजदुरी गर्न हिडेका आमाबुबासँगै जनक पनि काठमान्डाैँ पुगेका थिए ।डेरा नजिकै अरुले कुम्फाे सिकेकाे देखेर जनकलाई पनि सिक्ने रहर पलायाे । बुबा कमाएकाे पैसा रक्सिमै सक्थे । आमा […]

Posted inछोटो कथा

धनसिंह माईला

‘उनी त धनसिंह माइला पाे हुन् ।’ काँधमा रेडियाे बाेकेर गीत गाउदै हिडिरहेकाे व्यक्तिलाई औंलाउदै कसैले भन्याे । गाउँलेका लागि उनी नाैलाे थिएन । तर त्यस गाउँमा पुग्ने नाैलाे मान्छेका लागि उनी नाैलाे थिए तर नजरमा परिहाल्ने । जाे कसैले उनी बारे चासाे नलिने र साेधीखाेजी नगर्ने त कुरै भएन । काेराेना संक्रमन जुम्ला जिल्लाकाे […]

Posted inछोटो कथा

भीमबहादुरका भेडा

बागलुङ सोलेडाँडा नजिकैको तमान गाउँ वरपर आजकल भीमबहादुरका भेडा भेटिन्छन् । भीमबहादुर दुई तीन सय भेडाको बथान लिएर जाडो छल्न गाउँ झरेका हुन् । तर ती भेडा अब बिस्तारै उकालो लाग्नेछन् ।गर्मी बढ्न थालिसक्यो । भीमबहादुर भेडाहरु लिएर हिमालतिरको लामो यात्रामा निस्कने तयारीमा छन् ।भेडाको पछि लागेर यसरी उकाली ओराली गरेको चार दशक नाघिसक्यो । […]

Posted inछोटो कथा

रुमाकाे गुजुल्टा

गाउँमा आज मत्थै दिनपछि डमडम डमडम डमरु बजाउँदै डमरुवाला आया छुन् । बाेहरागाउँका नानाे भाउ चन्दन, डमडम गरि डमरु घुन्कियाकाे सुन्यापछि आफ्नो घरतिर दाैडिया । चन्दनकी आमाले कपाल कोर्नया बेला झरेका रुमाका गुजुल्टा बान्नाका चेपमा काेचेई छिइन् । चन्दनले ति रुमाको गुजुल्टा देखाइकन डमरु बजाउन्यासँग माेलमोलाई गरे। एक्कैचाेटिमै कुणाे मिलेन । चन्दनले रबणा नान्नानाे बल […]

Posted inछोटो कथा

सिउरुङका खेलाडी

लमजुङको सिउरुङ गाउँमा आमा पुस्ताका समूह छन् । उनीहरू चुलाचौका, घास दाउरा, मेलापातबाट निस्किएर मैदानमा भेला हुन्छन् । फुटबल खेल्नलाई । गाउँ नजिकैको स्कूलमा फुटबल खेल्ने मैदान छ । त्यहीँ मैदानमा लुङ्गी लगाएका आमाहरू दिनहुँ फुटबल खेल्छन् ।जितेर पाउनु केही छैन । पुग्नु पर्ने कतै छैन । उनीहरूलाई बल तोट्नु छ ।कसैलाई रहर मेटाउनु छ […]

Posted inब्लग

गाँसकाे लागि घाँस

नेपालगञ्जको त्रिभुवन चौकदेखि उत्तर तर्फ जादा घसियारन टोल भेटिन्छ ।  घसियारन टोलमा हरेक साँझ घाँसकाे बजार  लाग्छ । घसियारन टाेलका महिला केटाकेटीहरू दिनभरि टाढा-टाढाका जङ्गलसम्म पुग्छन् । अनि घाँस काटी ल्याउँछन् ।  साँझ त्यही घाँस बेचेर उनीहरकाे गुजारा चलाउछन् । याे उनीहरूकाे पुर्खौली पेशा हो ।  मिना केवट पनि छोरीसँगै घाँस बेच्न आएकी थिइन् । […]

Posted inब्लग

घर-घरमै उपचार

बागलुङकी नितु खड्का पेशाले स्टाफ नर्स हुन् । काेराेना संक्रमण भए यता नितुलाई फुर्सद छैन । नितु आफ्नो घरबाट सबेरै निस्किन्छिन् र पुग्छिन् काेराेना संक्रमितहरुका घर । अनि संक्रमितको निःशुल्क उपचार गर्छिन् ।कोराेना संक्रमण भएर घरमै आइसाेलेसनमा बसेकाहरुको गाह्रो साह्रो साेध्नु,अक्सिजन, ब्लडप्रेसर नाप्नु, कसैलाई ओखती दिनु उनकाे दैनिकी बनेकाे छ । कसैका लागि त उनको […]

Posted inछोटो कथा, ब्लग

बगान

पूर्वी झापा, मेचिनगर नजिकैको चिया बगान । बगानभित्र कथा बाेकेर आइपुगेका थुप्रै अनुहारहरु भेटिन्छन् । उनीहरु कहाँबाट आएका हाेलान् ? पूर्व कि पश्चिम, पहाड कि तराई ? बगानमा उनीहरु कोसँग आए ? किन आए ? एक्लै आए कि परिवारसँग ? यस्ता थुप्रै प्रश्नहरु मनमा बाेकेर हामी चिया बगान पुगेका थियाैँ । पारीलो घाम लागेको थियो । बगानका […]

Posted inछोटो कथा, ब्लग

नन्दलालकी माेति

भैरहवाका नन्दलाल बढई कुनै बेला मूर्ति बनाउने काम गर्थे । अहिले उनकी श्रीमती नै मूर्ति जस्तै अचल भएकी छिन् । ८६ वर्षका नन्दलाल बिरामी श्रीमतीको शरीरमा प्राण भरिरहन्छन् । अढाई वर्षदेखि नन्दलाल दम्पती अस्पताल धाएको धायै छन् । ‘धेरै चेकजाँच गराए तर के रोग हो पत्तै लागेको छैन ।’ नन्दलाल ‌‌ओछ्यानमा लडिरहेकी श्रीमतीलाई हेर्छ । […]

Posted inछोटो कथा

तराइको घर

OLYMPUS DIGITAL CAMERA जङ्गलको बीचमा यो एक्लो घर छ । अरू घरहरू यहाँबाट निकै टाढा छन् ।नरनाथ घिमिरेले कुनैबेला ठूलठूला चट्टान र जङ्गल फाँडेर यहाँ घर बसाएका थिए ।उनलाई कसैले भस्मेली भन्थे त कसैले तराइ ।त्यस ताका तराइले घर वरिपरिका पाखामा सुन्तला, आँप,कटहर फलाएका थिए । खेतका गह्राहरूमा धान फलाउथे । तराइका छोराछोरीहरु हुर्के बढे […]

Posted inछोटो कथा, ब्लग

हवल्दार्नी आमा

पूर्वपश्चिम राजमार्ग । राैतहट चन्द्रनिगाहपुरको मुख्य चाेकमा एउटा चिया पसल छ । त्यसाे त याे चिया पसलकाे कुनै नाम छैन, न कुनै साइनबाेर्ड नै छ । तर सबैले यसलाई नाम दिएका छन्- ‘आमाकाे चिया पसल’ यहाँ चिया खुवाउने आमा हुन् नरकुमारी गुरुङ । बिहान ४ बजे उठेर उनलाई  अगेनाेमा चियाको कित्ली बसाल्न हतार हुन्छ । छोराछोरीले आमालाई सघाउछन् । धेरैले उनलाई ‘हवल्दार्नी आमा’ पनि भन्दछन् । उनका श्रीमान् हवल्दार थिए रे । जमजुङबाट तनहुँहुँदै हवल्दार श्रीमानकाे कर्मले डाेर्याएर राैतहटसम्म ल्याएकाे थियाे ।  सबेरैदेखि हवल्दार्नी आमाकाेमा चिया पारखीहरुकाे भिड लाग्छ । यहाँ सबैखाले मान्छे आउँछन् । नेतादेखि विद्यार्थीसम्म, साहुदेखि मजदुरसम्म । आमाकाे चियाकाे स्वादले कसैलाई भेदभाव गर्दैन। ‘चिया खान काे-काे आउछन् काे-काे, यादै हुँदैन । सबैतिरका मान्छेहरु यहीँ भेला हुन्छन् । उनीहरुलाई […]

Posted inछोटो कथा, ब्लग

चिमारा पाटनका गाेठालाहरु

पहाडकाे अग्लाे डाँडाहरुमा गुन्जिन्छन् बैराग भरिएका भाकाहरु ।अनि त्यही डाँडामा भेटिन्छन् गाई बाख्रा चराउने गाेठालाहरु । जुम्लाकाे याे बुकि फुल्ने चिमारा पाटनमा गाेठालाहरु आएकाे केही महिना भयाे । उनीहरु धेरै जसाे महिलाहरु छन् । यतै बस्ने खाने उनीहरुले बस्ने आँटी(अस्थाई घर) बनाएका छन् । आँफूलाई चाहिने सर-सामान, खाना बनाउने भाडाकुडा पनि साथै ल्याएका छन् ।हरेक […]

Posted inछोटो कथा

कुम्फुका साना गुरु

पश्चिम रुकुम बाँफिकाेटका डाँडाकाँडा बिहानैदेखि कुहिराेले ढाकेकाे छ ।कुहिराे छिचाेल्दै १४ वर्षका जनक साथीहरूसँग मैदानतिर लाग्छन् ।उमेरले सानै भए पनि उनी आफ्ना साथीहरूका गुरु भएका छन् । मजदुरी गर्न हिडेका आमाबुबासँगै जनक पनि काठमान्डाैँ पुगेका थिए ।डेरा नजिकै अरले कुम्फाे सिकेकाे देखेर जनकलाई पनि सिक्ने रहर पलायाे । बुबा कमाएकाे पैसा रक्सिमै सक्थे । आमा […]

Posted inछोटो कथा, ब्लग

बिदेशबाट सिप ल्याएं गाउँमा पैसा कमाएं

हरिश महरा कोही बिदेशबाट पैसा कमाएर फर्कन्छन् त कोही सिप र जाँगर । बैतडीका हरिश महरा भने सिप लिएर फर्किए । बैतडी पाटन नगरपालिकाका हरिश महरा ३ वर्ष कतार बसे । उता हुँदा ग्राफिक्स डिजाइनको काम गर्थे । बिदेशकाे ठाउँमा बसेर काम गरिरहदा देशमा नै केही गर्न सकिन्छ भन्ने उनकाे साेँच आयाे । साेँचलाई व्यवहारमा […]

Posted inछोटो कथा

महाकालीकाे तुइन

दार्चुलाको उत्तरी भेग, दुहुँ ब्याँस गाउँ । गाउँकाे फेदबाट महाकाली नदी बगेको छ ।यहीँ महाकाली नदीले नेपाल र भारतलाई जोडेको छ ।अनि मान्छे जोड्नलाई चाहिँ तुइन बनेको छ । यहाँका स्थानीयहरु नुन तेल गर्न तुइनबाटै भारत जान्छन् । मजदुरी गर्न पारि जानेहरुको बाटो पनि यहीँ नै हो ।तुइनलाई स्थानीय भाषामा ‘घाट’ भन्दछन् । महिलाहरु घिर्नी […]