Posted inHerne Katha Episodes

Kulalbada Ko Katha EP79 

यो जुम्ला बजार नजिकैको कुलालबाडा गाउँ हो । कुलाल जातका मान्छेहरु बस्ने भएकाले कुलालबाडा ।  खेतीकिसानी र मजदुरी  गरेर गुजारा चलाउने यहाँका गाउँलेहरु अरुको हली र गोठालो बने । खान लाउनकै सेरोफेरोमा थुप्रो पुस्ता बित्यो ।   हवाइजहाजले उडाइ ल्याएका भारीहरुमा कुलालहरुले नै नाम्लो लगाउँथे । जुम्लामा थपिँदै गरेका पक्की घरहरु बनाउन कठ्याङ्ग्रिने चिसोमा तिला नदीका […]

Posted inHerne Katha Episodes

Doctor Gaun ko Katha EP78 

मोरङ जिल्लाको टंकी सिनुवारी भन्ने ठाउँमा रहेको यादब टोल । झन्डै ८० घर रहेको यो बस्तिले थुप्रै डाक्टरहरु जन्माएको थाहा पायौं ।  राजमार्गका होहल्ला र सिमेन्टीका पक्की घरहरु डेढ किलोमिटर जति छिचोल्दा यो सुन्दर गाउँ पुगिन्छ ।   राजबिहारी यादव आँगनमा बाँधिएका गाई भैंसीको सेवा गर्दै थिए । हामीले उनीसँग जिज्ञासा राख्यौं । उनले उत्साही हुँदै […]

Posted inछोटो कथा

 बाँदर धपाउने ठ्यापठ्यापे

ल है ल है लाेखर्केहाम्राे मकै नखाइदेगैरी गाउँकाे धान खाइदेल है ल हैss ल है ल हैssएका बिहानै याे आवाज मेराे कानमा गुञ्जियाे । धेरै पछि म यसपाली खोटाङको आफ्नाे गाउँ पुगेकाे थिएँ । बाँदर धपाउन ठ्पाठ्यापे बजाउने केटाकेटीहरुले मलाई उडाएर बाल्यकालमै पुर्याइदिए । हामी पनि सानाे छँदा ठ्यापठ्यापे बजाउथ्या़ैँ । दिउँसो स्कुल जाने अनि […]

Posted inछोटो कथा

खच्चडसँगै हुम्ला जुम्ला

हुम्लाको चखेली लेकबाट सयौँ खच्चर भारी बोकेर आइरहेका थिए ।  कुनै खच्चडले  ग्यास, कुनैले पानी, कुनैले अन्नपात तथा दालचामल बोकेका थिए।  खच्चडको बथानसँगै  अघिपछि दाैडिरहेका थिए सिहं रावल । जुम्लाका सिहं रावलले आफ्नो खच्चड हुम्लातिर ल्याएका छन् । अप्ठ्यारा बाटा अनि भिरपाखा छिचोल्दै उनी हुम्ला जुम्ला गरिरहन्छन् ।   २२ बर्षे रावललाई न बिदेश जाने बाध्यता […]

Posted inछोटो कथा

भैलो

हिउँदको महिना । माथि पहाडलाई हिउँले ढाकेको छ । भरखरै घामको न्यानो ताप्दै गरेको गाउँमा जुम्लीका भाकाहरू गुन्जिन्छन् । जुम्ला चन्दननाथ गाउँमा आज भैलो खेल्दैछन् । गाउँलेहरू जम्मा भएर प्रत्येक घरमा ५ दिनसम्म भैलो खेल्ने गर्दछन् । मौलिक शैलीमा भैलेराभैलेरी(भैलाे खेल्ने पुरुष महिला)हरूले हरेक घरमा सुख शान्ति र समृद्धिको कामना गर्छन् । अनि भैलो खेलिएका […]

Posted inछोटो कथा

हज्जुकाे अटो एम्बुलेन्स

सुर्खेतका हज्जु अलि एकदिन प्रदेश अस्पताल पुगेका थिए । त्यहाँ उनले एम्बुलेन्स नपाएर बिरामी र उनका आफन्तहरु अलपत्र परेको देखे । एकातिर एम्बुलेन्स नपाएको दुख, त्यसमाथि अस्पताल वरपरका अटोहरुले धेरै भाडा लिएको देखेपछि हज्जुले आफ्नो घरमा थन्काएर राखेको अटो निकाले र कोभिडका बिरामी बोक्न थाले । अटाेबाटै आम्दानी हुने हज्जुको अटोमा काेराेना संक्रमण यता कुनै […]

Posted inछोटो कथा

चिडिमार

बाँके हवल्दारपुरको भित्री गाउँ । गाउँमा चिडिमार समुदाय बस्छन् ।चरा शिकार गर्ने उनीहरुलाई चिडिमार जाती भनेरै चिन्दछन् । चरा शिकार गर्नु उनीहरुकाे पुर्खाैली पेशा हो । त्यही समुदायमा मनवा चिडिमार बस्छन् । मनवा चिडिमारले १२ बर्षको उमेरदेखि जङ्गलमा शिकार गर्थे ।टाढा-टाढा जङ्गलमा गएर चरा शिकार गर्ने अनि नेपालगञ्ज लगेर बेचेकाे सम्झना ताजै छ ।पहिले त […]

Posted inब्लग

साइकलको भर

झिसमिसे बिहानमा काठमाडाैँबाट गाडी तरहरा चाेक आइपुग्छ ।चाेकमा फ्याट्टफुट्ट मान्छेहरुकाे आवत जावत हुन थाल्छ । मनाेज पाैदार पनि साइकल चढेर त्यहीँ पुग्छन्, गाडीले ल्याएकाे पत्रिका लिन । सधैँ यसरी नै उनकाे दैनिकी सुरु हुन्छ । सानाे छँदा मनाेज फुटबल खेल्थे । उनले सानैमा फुटबल खेलाडी बन्ने सपना बाेकेका थिए । तर एकदिन अचानक मनाेजकाे खुट्टामा […]

Posted inछोटो कथा

 पुनमकाे कर्म

दाङको घोराही बजार । बजार नजिकै पुनम नेपाली जुत्ता चप्पल सिलाउँछिन् । यहीँ बाटो भएर ओहोर-दोहोर गर्नेहरू उनैलाई फर्कि फर्कि हेर्छन् । किनकी घोराही चोकमा जुत्ता चप्पल सिलाउने उनी एक मात्र महिला हुन् । सुरु सुरुमा त पुनमलाई यो काम गर्न आउदैन थियो । पहिले घर धन्दामा मात्र व्यस्त हुने पुनमले जुत्ता चप्पल सिलाउन थालेको ६ वर्ष […]

Posted inछोटो कथा, ब्लग

नवाज मिर्जा

नवाज मिर्जा र्‌याप हान्न मात्र होइन, क्रिकेटको कमेन्ट्री गर्न पनि पोख्त छन् । कपिलवस्तको बहादुरगंजमा क्रिकेटको मेहफिल जमेको थियाे । मानिसहरु क्रिकेट हेर्न मात्र होइन उनको कमेन्ट्री सुन्न पनि आएका थिए । गाउँठाउँका स्थानीय क्लबका म्याचहरुमा समेत दर्शकहरुको भिड देखेर हामी छक्क पर्यौं । तर यो भिडमा महिलाहरु भने देखिएनन् । पुरुषकाे मात्र उपस्थिती थियाे […]

Posted inब्लग

झरिलाल

गाईघाट बजारदेखि परको कुनै एउटा गाउँ । झमझम बर्खे झरी परिरहेको थियो । त्यसैबेला झरिलाल यादव झोला बोकेर पहाडतिर लागे । झरिलाल काम गर्न हिडेका थिए तर के काम गर्ने उनलाई नै थाहा थिएन । हिड्दै, खोज्दै जादा पहाडका खोलानालामा सिँचाइको काम गरे । अप्ठ्यारा र भिराला पाखाहरुमा बाटो बनाउने काम गरे। यसरी काम गर्दै […]

Posted inछोटो कथा

शितल छहारी पीपल चाैतारी

सिरहाको हुलाकी मार्ग हुँदै‍ सन्हैठा ‍‍‍‍चोक पुगिन्छ ।चोकदेखि दाँयातिर लाग्दा एउटा ठूलो पीपल चौतारी भेटिन्छ । हामी अटाे चढेर सन्हैठा चाेकमा ओर्लियाैँ । चाैतारीमा मान्छेहरुकाे भीड देखेपछि हाम्राे पाइला त्यतैतिर लम्कियाे। गर्मी महिना । गाउँका मान्छेहरु आराम गर्न, खाना खान, नानीहरु खेल्न, सुत्न पीपल चाैतारीमा आउदा रहेछन् ।मान्छेलाई मात्र हैन गाइँवस्तुको लागि पनि शितल छहारी […]

Posted inछोटो कथा

कुम्फुका साना गुरु

पश्चिम रुकुम बाँफिकाेटका डाँडाकाँडा बिहानैदेखि कुहिराेले ढाकेकाे छ ।कुहिराे छिचाेल्दै १४ वर्षका जनक साथीहरूसँग मैदानतिर लाग्छन् ।उमेरले सानै भए पनि उनी आफ्ना साथीहरूका गुरु भएका छन् । मजदुरी गर्न हिडेका आमाबुबासँगै जनक पनि काठमान्डाैँ पुगेका थिए ।डेरा नजिकै अरुले कुम्फाे सिकेकाे देखेर जनकलाई पनि सिक्ने रहर पलायाे । बुबा कमाएकाे पैसा रक्सिमै सक्थे । आमा […]

Posted inछोटो कथा

धनसिंह माईला

‘उनी त धनसिंह माइला पाे हुन् ।’ काँधमा रेडियाे बाेकेर गीत गाउदै हिडिरहेकाे व्यक्तिलाई औंलाउदै कसैले भन्याे । गाउँलेका लागि उनी नाैलाे थिएन । तर त्यस गाउँमा पुग्ने नाैलाे मान्छेका लागि उनी नाैलाे थिए तर नजरमा परिहाल्ने । जाे कसैले उनी बारे चासाे नलिने र साेधीखाेजी नगर्ने त कुरै भएन । काेराेना संक्रमन जुम्ला जिल्लाकाे […]

Posted inछोटो कथा

भीमबहादुरका भेडा

बागलुङ सोलेडाँडा नजिकैको तमान गाउँ वरपर आजकल भीमबहादुरका भेडा भेटिन्छन् । भीमबहादुर दुई तीन सय भेडाको बथान लिएर जाडो छल्न गाउँ झरेका हुन् । तर ती भेडा अब बिस्तारै उकालो लाग्नेछन् ।गर्मी बढ्न थालिसक्यो । भीमबहादुर भेडाहरु लिएर हिमालतिरको लामो यात्रामा निस्कने तयारीमा छन् ।भेडाको पछि लागेर यसरी उकाली ओराली गरेको चार दशक नाघिसक्यो । […]

Posted inछोटो कथा

रुमाकाे गुजुल्टा

गाउँमा आज मत्थै दिनपछि डमडम डमडम डमरु बजाउँदै डमरुवाला आया छुन् । बाेहरागाउँका नानाे भाउ चन्दन, डमडम गरि डमरु घुन्कियाकाे सुन्यापछि आफ्नो घरतिर दाैडिया । चन्दनकी आमाले कपाल कोर्नया बेला झरेका रुमाका गुजुल्टा बान्नाका चेपमा काेचेई छिइन् । चन्दनले ति रुमाको गुजुल्टा देखाइकन डमरु बजाउन्यासँग माेलमोलाई गरे। एक्कैचाेटिमै कुणाे मिलेन । चन्दनले रबणा नान्नानाे बल […]

Posted inछोटो कथा

सिउरुङका खेलाडी

लमजुङको सिउरुङ गाउँमा आमा पुस्ताका समूह छन् । उनीहरू चुलाचौका, घास दाउरा, मेलापातबाट निस्किएर मैदानमा भेला हुन्छन् । फुटबल खेल्नलाई । गाउँ नजिकैको स्कूलमा फुटबल खेल्ने मैदान छ । त्यहीँ मैदानमा लुङ्गी लगाएका आमाहरू दिनहुँ फुटबल खेल्छन् ।जितेर पाउनु केही छैन । पुग्नु पर्ने कतै छैन । उनीहरूलाई बल तोट्नु छ ।कसैलाई रहर मेटाउनु छ […]

Posted inब्लग

गाँसकाे लागि घाँस

नेपालगञ्जको त्रिभुवन चौकदेखि उत्तर तर्फ जादा घसियारन टोल भेटिन्छ ।  घसियारन टोलमा हरेक साँझ घाँसकाे बजार  लाग्छ । घसियारन टाेलका महिला केटाकेटीहरू दिनभरि टाढा-टाढाका जङ्गलसम्म पुग्छन् । अनि घाँस काटी ल्याउँछन् ।  साँझ त्यही घाँस बेचेर उनीहरकाे गुजारा चलाउछन् । याे उनीहरूकाे पुर्खौली पेशा हो ।  मिना केवट पनि छोरीसँगै घाँस बेच्न आएकी थिइन् । […]

Posted inब्लग

घर-घरमै उपचार

बागलुङकी नितु खड्का पेशाले स्टाफ नर्स हुन् । काेराेना संक्रमण भए यता नितुलाई फुर्सद छैन । नितु आफ्नो घरबाट सबेरै निस्किन्छिन् र पुग्छिन् काेराेना संक्रमितहरुका घर । अनि संक्रमितको निःशुल्क उपचार गर्छिन् ।कोराेना संक्रमण भएर घरमै आइसाेलेसनमा बसेकाहरुको गाह्रो साह्रो साेध्नु,अक्सिजन, ब्लडप्रेसर नाप्नु, कसैलाई ओखती दिनु उनकाे दैनिकी बनेकाे छ । कसैका लागि त उनको […]

Posted inब्लग

बुबाले स्कुल जाँ भन्दा दाउरा बोक्छु भनें : कान्छा तामाङ

दोलखा चरिकोटबाट २ वर्षको उमेरमा आमाबुबासँग काठमाडौं आएका उनको जिन्दगीको ७६औँ वसन्त काठमाडौंमै बितिसके ।काठमाडौंमा पहिले घर थिएन, तर आमाबुबा साथमा थिए ।अहिले घर छ, तर आमाबुबा साथमा छैनन् । अहिले त उनी आफैं बुबा बनिसके । उनी अर्थात कान्छा तामाङ ।”मेरो अर्कै नाम छ तर भन्नू हुदैन । सबैले कान्छा भन्छन् । आमाबुबाले पनि […]

Posted inछोटो कथा, ब्लग

बगान

पूर्वी झापा, मेचिनगर नजिकैको चिया बगान । बगानभित्र कथा बाेकेर आइपुगेका थुप्रै अनुहारहरु भेटिन्छन् । उनीहरु कहाँबाट आएका हाेलान् ? पूर्व कि पश्चिम, पहाड कि तराई ? बगानमा उनीहरु कोसँग आए ? किन आए ? एक्लै आए कि परिवारसँग ? यस्ता थुप्रै प्रश्नहरु मनमा बाेकेर हामी चिया बगान पुगेका थियाैँ । पारीलो घाम लागेको थियो । बगानका […]

Posted inHerne Katha Episodes

Bauwako Katha EP77 

https://www.youtube.com/watch?v=3t4P5eq6BmY Herne Katha – Episode 77 वीरगंजको माइस्थान मन्दिर छेवैको एउटा पुरानो गल्लीमा एउटा पुरानो कपडा सिलाउने पसल छ । बौवा टेलर्स । सोध्यो भने जसले नि बताइदिन्छ ! रहरै रहरमा दर्जी पेशा सुरु गरेका बौवालाई अहिले वीरगंजमा यही कामले चिनाएको छ ।  बौवा टेलरका बौवा दाइ ।  बौवा टेलर्समा बौवाका जिगरी दोस्त मनोज परियार […]