यो जुम्ला बजार नजिकैको कुलालबाडा गाउँ हो । कुलाल जातका मान्छेहरु बस्ने भएकाले कुलालबाडा । 

खेतीकिसानी र मजदुरी  गरेर गुजारा चलाउने यहाँका गाउँलेहरु अरुको हली र गोठालो बने । खान लाउनकै सेरोफेरोमा थुप्रो पुस्ता बित्यो ।  

हवाइजहाजले उडाइ ल्याएका भारीहरुमा कुलालहरुले नै नाम्लो लगाउँथे । जुम्लामा थपिँदै गरेका पक्की घरहरु बनाउन कठ्याङ्ग्रिने चिसोमा तिला नदीका ढुङ्गा बालुवा बोक्ने पनि कुलालहरु नै थिए । 

अभाव र दुःखका कथाहरु कुलालबाडामा आज पनि उस्तै छन् । तर कथाको लय अलिअलि फेरिएको छ । सदियौं विभेद र अशिक्षा बाँचेको कुलालबाडालाई त्यो अलिअलि पनि धेरै पो हो त । 

Herne Katha – Episode 79

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply