Ghodeko Katha – Herne Katha Episode 07 ।  । घोडेको कथा । अंक ०७

दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा । घोडेको कथा । गाउँको नाउँ हो बनगाउँ । दाङको तुल्सीपुरनजिकै पर्छ । यही बस्छन् घुमलाल चौधरी । उनले एउटा घोडा पालेका छन् । बनगाउँका अरु ४० घरमा पनि घोडा छन् । यी घोडाका मालिकहरु सबेरै घोडा चढेर निस्कन्छन् । एक विहान घुमलाल चौधरी र उनका साथीहरुलाई हामीले पछ्यायौं ।

घुमलालका बाजेले पनि यसैगरि घोडा स्याहारे । बाबुले पनि त्यसै गरे । घरमा पालेको घोडासँगै उनी हुर्कीए ।  बाउबाजे घोडा लिएर ब्यापार गर्न कोइलाबास र नेपालगंजदेखि सल्यान र प्युठानसम्म पुग्ने गर्थे ।

उनका बाउबाजेले घोडामा लादेर ओसार्ने नुनतेल र अन्नपात आजकाल मोटरगाडी चढेर गाउँ गाउँ पुग्छन् । तर बनगाउँका घुमलाल र साथीहरुले घोडा पाल्न छोडेका छैनन् । र घोडाले नै उनीहरुको परिवार पालेको छ ।

आजकाल घोडा चढेर उनीहरु बाउबाजेको जस्तो लामो यात्रामा निस्कदैनन् । घोडाहरुले पनि घरबाट निस्कदा आफ्ना मालिक र आफ्नो खान्की बोके पुग्छ । तुलसीपुर बजार र  वरपरका गाउँमा चैं उनीहरु गइरहन्छन् । सिजन अनुसारका अन्नबालीको खोजीमा । आज उनीहरु धान खोज्न हिडे ।

हेर्ने कथाको अंक ०६ मा यसअघि ‘चिया बगानका सिकारीहरु’ प्रसारण भएको थियो । अंक ०८ मा प्रसारण भएको जुबेदा खातुनको कथा यहाँ हेर्न सकिन्छ । 

हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply