हेर्ने कथामा आज घोडेको कथा – आज जुन महिनाको १ तारिख । अर्थात् हेर्ने कथामा नयाँ कथा हेर्ने दिन । हेर्ने कथाको सातौं अंकमा हामी आज लिएर आउँदैछौं ‘घोडेको कथा’ । यो कथा दाङ जिल्लाको तुल्सीपुर आसपासमा खोजिएको कथा हो । घोडेको कथा आज राति ठीक ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब् च्यानल https://youtube.com/hernekatha मा प्रसारण हुनेछ । तपाईं आफ्नो अनुकुल समयमा हेर्ने कथाको यो नयाँ अंक पनि हेर्नु हुनेछ भन्ने अपेक्षा छ । साथै विगतका अंकहरुमा झैं यसपटक पनि कथा हेरिसकेपछि आफूलाई मनमा लागेका कुरा कमेन्टमा लेख्न नबिर्सनुहोला ।

तपाईंलाई हाम्रा कथाहरु मन पर्छन् भने इन्टरनेट चलाउन नजान्ने आफ्ना आफन्त र साथीसँगीलाई पनि ती हेर्ने कथा देखाउनु होला । अहिलेलाई हेर्ने कथा टेलिभिजनमा प्रसारण नहुने भएकोले हेर्ने कथा हेर्ने एक मात्र माध्यम हाम्रो युट्युब च्यानल नै हो । च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने आजै गर्नुहोला । साथै हाम्रो फेसबुक पेजमा पनि हामीले हेर्ने कथाका नयाँ अंक र ट्रेलरहरु राख्ने गरेका छौं । फेसबुकमा पनि हेर्ने कथासँग जोडिन सक्नुहुन्छ ।

तपाईंको सम्झनाको लागि: हेर्ने कथा महिनामा २ पटक आउँछ । अँग्रेजी महिनाको १ तारिख र १५ तारिख । आज बेलकुी ९ बजे घोडेको कथामा भेटौंला है त । घोडेको कथाको ट्रेलर हेर्नु भएको छैन भने तल हेर्न सक्नुहुन्छ ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply