The wait is over. Herne Katha Episode 08 – Story of Zubeda Khatun is finally here.

हेर्ने कथाको आठौं अंकमा जुबेदा खातुनको कथा लिएर आएका छौं । यो कथा बर्दियाको बाँसगढीस्थित एउटा मुस्लिम परिवारको कथा हो । र कथाकी मुख्य पात्र हुन् जुबेदा खातुन ।

सात कक्षा पढ्दा पढ्दा उनकै बिहे भयो । चार छोरीको आमा भइसकेपछि उनलाई फेरि पढ्ने रहर जाग्यो । मुस्लिम समुदायमा यो असम्भव जस्तै थियो । तर जुबेदाको दृढताले सबै असम्भवलाई जित्यो । जुबेदा खातुनको संघर्ष र प्रेरणाको कथा । सँगसँगै बन्द समाजभित्र अपवाद जस्तै बनेको उनको परिवारका रमाइला पाटाहरु । हेर्ने कथा अंक ०८ जुबेदा खातूनको कथा ।

Zubeda Khatun, like most of her friends got married at the age of 14 when she was studying at grade 7 . Despite being born in a ‘conservative’ Muslim society in Nepal how she managed to continue her study after 10 years of her marriage. Zubeda’s struggling journey from a girl married at early age to an aspiring politician in her area.

कथा हेरिसकेपछि मनमा लागेका कुरा कमेन्टमार्फत व्यक्त गर्नुहोला । यो कथा अरुले पनि हेर्नु पर्छ जस्तो लाग्यो भने सामाजिक सन्जालमा सेयर गर्नुहोला । इन्टरनेटमा पहुँच नभएका परिवार, आफन्त र साथी सँगीहरुलाई पनि देखाउनु होला ।

तपाईंका पनि यस्तै संघर्ष र प्रेरणाका कथा अथवा अनुभव छन् भने ‘पढ्ने कथा’ स्तम्भको लागि आफ्ना कथा लेखेर पठाउन सक्नुहुन्छ ।

हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गरी हामीलाई हौसला दिन सक्नुहुन्छ । हेर्ने कथासँग फेसबुक, ट्वीटरइन्स्टाग्राममा पनि जोडिन सक्नुहुन्छ ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply