Posted inHerne Katha Episodes

Bhedi Gothko Katha EP48

https://www.youtube.com/watch?v=8szW37VMHhQ यो म्याग्दीको दोबा गाउँ हो ।  पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी गोठाला भएर उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ ।  अहिले जाडो बढेको छ  । नेत्र दाइले गाउँ छेउमै […]

Posted inHerne Katha Episodes

Baliyo Katha EP45

https://www.youtube.com/watch?v=2Vxl9SBTmW0 १६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला् कि बाङ्गाटिङ्गा ? दुःखको कथा होला कि सुखको कथा होला ?  सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् । हेर्ने कथामा  बलियो […]

Posted inHerne Katha Episodes

Panche Bajako Katha EP44

https://www.youtube.com/watch?v=SBBh0Z8jn2k बालखै छँदा त खासै रोकतोक हुँदैन थियो । बिहे बर्तुन र भोजमा दमाहा बजाउने बुबाको पछि लाग्दै हिँड्न कमला नेपालीलाई कम्ता रमाइलो लाग्दैन थियो ।  कमला ठूली हुँदै गएपछि पन्चे बाजाका तालहरुमा उनी रमाउन पाइनन् । केटी मान्छेले यी बाजा छुन समेत हुन्न भनिन्थ्यो ।  हिरा परियार बजारमा लुगा सिलाउँछिन् । उनका बाबुबाजे पनि […]

Posted inHerne Katha Episodes

Maun Katha EP42

https://www.youtube.com/watch?v=i8Hwn5CGmOQ उनीहरु हामीले बोलेका आवाजहरु कानले सुन्न सक्दैनन् ।  धेरैजसोले आमाले माया गरी बोलाएको, चरा कराएको, हावा चलेको, रेडियो बजेको, सडकमा गाडीले हर्न बजाएको, कसैले गाली गरेको यी आवाजहरु सुन्न सकेनन् । आवाजको दुनियाँसँग उनीहरु बेखबर छन् ।  मिठो आवाज कस्तो हुन्छ, कर्कश आवाज कस्तो हुन्छ । मसिनो आवाज, ठूलो आवाज, मायालु आवाज, रुखो आवाज, […]

Posted inHerne Katha Episodes

Ghumanteko Katha EP40

https://www.youtube.com/watch?v=oQzPca0Luzk उनीहरु घुमन्ते जीवन बिताउँछन् । वस्तुभाउको अाहारविहार र खान्की अनुसार जिन्दगीकाे रुटिन पनि फेरिन्छ । जता जता तिनले डोर्याउँछन् यिनको यात्रा त्यतै सोझिन्छ ।

Posted inHerne Katha Episodes

Sapanako Katha EP38

https://www.youtube.com/watch?v=YKG_ZvruttU रौतहटको चन्द्रनिगाहपुर महिला फूटवलमा नाम चलेको ठाउँ रहेछ । यहाँका चेलीहरु कसरी फूटवलमा पोख्त भए भनेर बुझ्न हामी त्यही पुगेका थियौं ।  एकाविहानै जंगल छेउको चौरमा धमाधम अभ्यास हुँदै थियौं ।  पहिले शेरबहादुर दर्लामी केटीहरुले पनि फूटबल खेल्नु पर्छ भनेर घर घर पुग्थे । त्यो बेला छोरीहरुलाई हाफ प्यान्ट र टिसर्ट लगाएर खेल्न पठाउन […]

Posted inHerne Katha Episodes

Sangeetko Katha EP37

https://www.youtube.com/watch?v=58UYS2M1B3A संगीतजस्तै, जिन्दगी आरोह अवरोहको धुन रहेछ । कहिले उज्यालो कहिले अँध्यारो आकाशको जुन रहेछ । जिन्दगीका कतिपय लयहरु यसै यसै विलय भएपछि संगीतलाई साथी बनाएका जीवन्त जिन्दगीहरु इटहरीमा भेटिए । #HerneKatha #SangeetkoKatha Stories of three different lives from Eastern Nepal who have befriended music. We met them at a music school run by Sunita […]

Posted inHerne Katha Episodes

Ekadeshka Dakaharu EP34

https://www.youtube.com/watch?v=7ZdMqLNvZGo एकादेशमा धनुषा जिल्लाको झिँझा भन्ने गाउँमा डाँकाहरु बस्ने गर्थे । माधव पासवान र राजलाल पासवानहरु उ बेलाका कुख्यात डाँकु थिए । उनीहरु टाढा टाढासम्म डकैती गर्न जान्थे र परिवार पाल्थे । झिँझाका अधिकांशको पुर्ख्यौली पेशा नै डकैती थियो । बाबु बाजेले गरेको पेशा माधव र राजलालहरुले सिकेका थिए ।  ३५ सालतिर धनुषाका डाँकुहरुलाई सर्लाहीको […]

Posted inHerne Katha Episodes

Akashko Katha EP33

https://www.youtube.com/watch?v=UWofOk4UUx4 सगरमाथाबाट हाम्फालेर बंगालको खाडीमा पुग्ने लाक्पा शेर्पा, लाहुरे बन्न नसकेपछि घर फर्किन पनि नसकेका गोर्खाका जुद्ध गुरुङ र पोखरा पश्चिमको हर्पन डाँडा जस्तै उकाली ओराली खेपेका दीपक पौडेल । यी तिनै जनाको भेट विशाल आकाशमा भएको थियो । लाक्पा  कहिले हिमाल चढ्न हिँडिदिन्थे कहिल हावामा कावा खान । आकाश र हिमाललाई मोबाइलको टावरले के […]

Posted inHerne Katha Episodes

Mayako Katha EP31

https://www.youtube.com/watch?v=2QZAUVMkKg8 माया हराउँदै गएको शहरमा मायाको कथा भेटियो । ललितपुर कुपन्डोलको गल्लीमा एउटा गाडी वर्कशप भित्र । यही वर्कशपमा राम दाइ र उनको ठूलो परिवार बस्छन् । परिवारमा मान्छे ४ जना । कुकुरहरु चाँही १७ जना। विहान उनीहरुसँगै कुकुरहरु उठ्छन् । राम दाइ वर्कसपको एउटा थोत्रो जिपको धुलो झार्छन् । मासु किन्न जाने तयारी हुँदैछ […]

Posted inHerne Katha Episodes

Jhyaulika Juntara EP30

https://www.youtube.com/watch?v=SLeeshpO9V8 राजनीतिक परिवर्तनको उर्बर भूमिमा उनीहरु जन्मिए । दाङ र रोल्पामा खान लाउन पुगेन । काठमाडौं छेउका उर्बर भूमिमा खुलेका इँटाभट्टाले उनीहरुलाई बोलायो । उनीहरु गाउँलाई छाडेर आए । रहरलाई छाडेर आए । परिवारलाई छाडेर आए ।  किर्तिपुरपारि फाँटको इँटाभट्टा एकाविहानै जाग्छ । सँगै जाग्छन् यहाँका मिनी रोल्पा र दाङहरु ।  हरेकका अनेक कथा छन्। […]

Posted inHerne Katha Episodes

Duita Katha EP27

https://www.youtube.com/watch?v=mJenRWmwbHY आज हेर्ने कथामा दुइटा कथा देखाउदैछौ । फरक फरक जीवन र परिवेश बाँचिरहेका दुई जना नेपाली महिलाको कथा । एक – गीत मेरो साथी पहिलो कथा झुप्री कुमारी भण्डारीको । गएको असोजमा हामी अछामतिर थियौं । ठूलासेन नजिकै तारेखा गाउँको एउटा झुप्रोमा हामीले झुप्रीलाई भेट्यौ । झुप्री उदास थिइन् । जिन्दगीसँग विरक्तिएकी । झुप्रीलाई […]

Posted inHerne Katha Episodes

Netako Katha EP25

https://www.youtube.com/watch?v=fUtZ5i45zIo गत वर्षको फागुनमा हामी देउखुरीको यो गाउँ पुगेका थियौं । महादेवा गाउँको नाम फेरिएर गढवा नगरपालिका भएको थियो । अनि गाउँकी गीतगाउनेआइमाइ भनेर चिनिने निर्मला चौधरीको नयाँ चिनारी बनेको थियो ।  जिन्दगीका धेरै फागुन र साउनहरु खेतबारी र चुलो चौकोमै बिताएकी निर्मलालाई खोज्दै अघिल्लो फागुन मान्छेहरु उनको घरमै आइपुगे । 

Posted inHerne Katha Episodes

Belly Blues EP24

https://www.youtube.com/watch?v=_7ik4xi9fjU स्टोर रुम भित्रको ओछ्यानछेउमा विहानै मोबाइलको अलार्म बज्छ । उनी आँखा मिच्दै उठ्छन् र हतार हतार गृहकार्य सक्छन् । राति सँधै अबेर भइसकेको हुन्छ । थाकेको ज्यानले ओछ्यान रोज्छ ।  मूल ढोकाका साँचो लिएका मानिस मस्त निद्रामा हुन्छन् । उनलाई उठाउन मन लाग्दैन । झ्यालबाट निस्किन्छन् र क्याम्पस जान्छन् ।  १० बजे क्याम्पस छुट्टी […]

Posted inHerne Katha Episodes

Head Mistriko Katha EP23

https://www.youtube.com/watch?v=NgqrYKHu_Ck जिन्दगीका असंख्य दुःख र पीडाहरुलाई जितेकी दाङ देउखुरीकी कमला चौधरीको संघर्ष, साहस र सफलताको कथा – हेड मिस्त्रीको कथा – हेर्ने कथा अंक २३

Posted inHerne Katha Episodes

Durga Bajyai ko Katha EP22

डडेलधुराकी ६० वर्षकी दुर्गा पाण्डेको कथा । साथीहरु उनलाई दुर्गा बज्यै भनेर बोलाउँछन् । दुर्गा बज्यै कक्षा २ मा पढ्छिन् । हेर्नुहोस् दुर्गा बज्यैको कथा

Posted inHerne Katha Episodes

Gajendra Sirko Katha EP17

https://www.youtube.com/watch?v=EB95io-Notc बालखैमा आमा बासँग विछोड हुन्छ । गजेन्द्र राना मगर अनाथाश्रममा हुर्किन्छन् । एक से एक राम्रा स्कुल पढ्ने मौका पाउँछन् । विकास अध्ययनमा डिग्री गर्छन् । सँगैका साथी युरोप अमेरिका लाग्छन् । काेही एनजिओमा जागिर खान्छन् । गजेन्द्र चाहिँ गाउँ फर्किन्छन् र एउटा सानो स्कुलको मुहार फेर्छन् :  सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित जहरे भन्ने ठाउँबाट […]

Posted inHerne Katha Episodes

Raharko Katha EP16

रहरको कथा – साँझ विहान उनका दौंतरीहरु आँगन छेउमा आएर उफ्री उफ्री खेलिरहन्छन् । उनी मुसुमुसु हाँस्दै हेरिरहन्छन् । दिनभरि बा आमा काममा जान्छन्, एउटा भाइ स्कूल जान्छ । उनी बार्दलीमै बसिरहन्छन् । वरपरका किताब कापीमा घोत्लिरहन्छन् । हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा हेर्नुहोस् […]

Posted inHerne Katha Episodes

Bau Chhoriko Katha EP15

https://www.youtube.com/watch?v=J06N-hgsRlU Bau Chhoriko Katha – युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए ।६ वर्षपछि हामी तिनै बाउछोरीलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौं । झापाको सबैभन्दा दक्षिणी भेग केचना […]

Posted inHerne Katha Episodes

Zindagiko Katha EP14

https://www.youtube.com/watch?v=x712l1yIPRc जिन्दगीको कथा – समयका फरक फरक छालहरुमा तैरिँदै केही जिन्दगीहरु धनकुटाको मुलघाटस्थित तमोर नदी छेउ सुसाइरहेका छन् । मन्दिरमा बेला बेला बजिरहने घन्टका आवाज, आँपका डालीमा आएर कराइरहने कागहरु, एक तमासले सुसाइरहने तमोर, साँझ विहानको हरिकिर्तन । यस्तै छ यहाँको चित्र ।  प्राय सबै शान्त छन् । बिस्तारै हिँड्छन् । सुस्तरि बोल्छन् । कोही […]

Posted inHerne Katha Episodes

Babanpurka Gothalaharu EP13

https://www.youtube.com/watch?v=HX6puwP3VEA बबनपुरका गोठालाहरु – बर्दियाको बाँसगढी नगरपालिकाको बबनपुर । यादब गाउँ । पुरै गाउँ शाकाहारी ।माछामासु खाने त परको कुरा गाउँमा हाँस कुखुरा र बाख्रा समेत कसैले पाल्दैनन् । सबैका गोठमा गाई भैंसी मात्र छन् । गाई भैंसी पाल्नु नै यो गाउँको पुर्ख्यौली पेशा हो । सानैदेखि बाउबाजेसँगै गाई भैंसीको पछि लागे । गाई भैंसीसँगै हुर्किए […]

Posted inHerne Katha Episodes

The Story of Zubaida Khatun EP08

The wait is over. Herne Katha Episode 08 – Story of Zubeda Khatun is finally here. हेर्ने कथाको आठौं अंकमा जुबेदा खातुनको कथा लिएर आएका छौं । यो कथा बर्दियाको बाँसगढीस्थित एउटा मुस्लिम परिवारको कथा हो । र कथाकी मुख्य पात्र हुन् जुबेदा खातुन । सात कक्षा पढ्दा पढ्दा उनकै बिहे भयो । चार छोरीको […]

Posted inHerne Katha Episodes

Chaukini ko Katha EP02

Herne Katha Episode 02 – Chaukini ko Katha – हेर्ने कथाको दोस्रो अंक चौकिनीको कथा । असोज अन्तिम साता ढोरपाटनका बुकीहरु ओइलाउन थाल्छन् र मानिसहरु बेँसी झर्न थाल्छन् । मध्य हिउँदका केही महिना यहाँका बाटाघाटा, चौर चौतारी, खोला नाला, अनि वन जंगलहरु लगभग एक्ला हुन्छन् । घरहरुमा ताल्चा लाग्छन् । तर पुरै गाउँ रेखदेख गर्ने जिम्मा […]