रारा ताल भन्दा अली तल चुँगा भन्ने गाउँ छ । त्यहाँ बस्छन् लक्ष्मी विक र कृष्णदेवी विक । उनीहरु साथी साथी हुन् । दुबै जनाकाे एक एकवटा घाेडा छ । लक्ष्मीकाे घाेडाकाे नाम हिमाल कृष्णमायाकाे लक्की । आज हामी यी साथीका कथा देखाउँछौं । 

लक्ष्मीकाे ‍घाेडाले विहानकाे पारिलो घाम ताप्दैछ । लक्ष्मीलाई आज पनि रारा ताल जानुछ । उनी रारा ताल घुमाइदिने गाइड हुन् ।

लक्ष्मीकाे आमालाई घाेडा चलाउन आउदैन रे तर छाेरीले घाेडा चढेर हिडेकाे देख्दा भने उनलाई खुसी लाग्छ ।

कृष्णदेवीकाे घाेडा लक्कीले काेदाेकाे नल खादैछ । लक्की र कृष्णदेवी पनि आज रारा जानेछन् ।

लक्ष्मी र कृष्णदेवीले घाेडालाई लगाम लगाइदीए । उनीहरु सँगै गाेपाल विक पनी मिसिन आए । उनकाे घाेडाकाे नाम चाहीँ बादल ।

उनीहरुको विद्यालय पनि टाढा छ । रारा ताल पनि टाढा छ । घोडा लिएर रारा गयो भने २-४ पैसा कमाई हुन्छ । 

हिमाल, लक्की र बादल भिरै भिर दाैडिए, उकालै उकालाे दाैडिए, ओरालै ओरालाे दाैडिए, साँघुरा बाटाेमा पनी दाैडिए अनी पानीमा पनी दाैडिए ।

सल्लेरीमा कती घेरै घाेडा ! उनीहरुले पनी घाेडा विसाए । 

उनीहरु, अब !  रारा घुम्न जाने मान्छे खाेज्दैछन् ।

सेताे जिप चढेर मान्छेहरु आए । लक्ष्मी, कृष्णदेवी र गाेपाल ती मान्छेहरुलाइ फकाउन गए ।

घुम्न आएका मान्छे घोडा चढ्न राजी भए । लक्ष्मी र कृष्णदेवीले पाहुना चढेको घोडा डोर्याउन थाले । 

घाेडाहरुले बाटाेमा धुलाे उडाउँदै हिडे । 

निलाे तालकाे छेवै छेउ घाेडाहरु हिडे । हिउँ जमेकाे ठाँउमा चाहिँ घाेडालाई अप्ठ्याराे हुने रहेछ । 

तालकाे पल्ला छेउको होटेलमा पुगेपछि यात्रा सकियाे । घोडा चढेर जानेहरूले उनीहरुलाई पैसा दिए ।

साँझको घाममा टिलपिल टिलपिल टल्किरहेको राराको किनारै किनार यी घोडचढीहरु घर फर्किए ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply