Herne Katha – Episode 77

वीरगंजको माइस्थान मन्दिर छेवैको एउटा पुरानो गल्लीमा एउटा पुरानो कपडा सिलाउने पसल छ । बौवा टेलर्स । सोध्यो भने जसले नि बताइदिन्छ !

रहरै रहरमा दर्जी पेशा सुरु गरेका बौवालाई अहिले वीरगंजमा यही कामले चिनाएको छ ।  बौवा टेलरका बौवा दाइ । 

बौवा टेलर्समा बौवाका जिगरी दोस्त मनोज परियार पनि भेटिन्छन् । बौवा जस्तै आफ्नो कर्ममा गर्व गर्ने शिल्पी । 

मनोजलाई चाहिँ केटीको आवाज निकालेर गीत गाउन पर्छ । टेलर्समा उनी गुनगुनाइरहन्छन् । 

बौवा र मनोजको दोस्ती चाहिँ यो कपडा सिलाउने पसलभन्दा पनि पुरानो हो । 

बौवा बाहुन, मनोज चाहिँ दमाई । तर उनीहरुको प्रेमलाई जातले कहिल्यै रोक्न सकेन । 

दुबै जनाले मोबाइलमा अआफ्ना श्रीमतीका फोटो खोज्न थाले ।  

बौवा र मनोजलाई आफ्नो मित्रता र कर्मप्रति असाध्यै गर्व छ । 

यो त भयो टेलरको कथा । फिल्म अब सुरु हुन्छ ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply