Posted inलकडाउन डायरी

जीवनको फरक यथार्थ

यो महामारीको संकटबाट एकमात्र अभिलाषा जिउ कसरी जोगाउने भन्ने भएकाे बेला दैनिकी अँह कत्ति पनि सामान्य छैन ।करिब करिब दुई महिना त अरु जस्तै म पनि घरभित्रै सिमित रहेर दिनहरु कटाए । सुरुका दिनहरुमा मेरो जिल्ला बाग्लुंग पनि कोरोनाको उच्च जोखिममा थियाे। नजिकैको बस्तीका केही व्यक्तिहरुमा संक्रमणको देखिएको हुनाले लकडाउन एकदम कडाइका साथ पालना गरियो। मनमा […]

Posted inलकडाउन डायरी

एउटा लामो विश्राम

दिनहुँ हुने व्यस्तता, शारीरिक अनि मानसिक पीडालाई भुलाउन हामी सबैलाई सायदै एउटा लामो विश्रामको जरुरत थियो। त्यस्तो मनोटोनस जीवनशैलीबाट ब्रेकडाउन भएर यति लामो समय आफैमा भुल्न पाउनु सायदै जीवनको एक अमूल्य उपहार पनि हो। एकान्तमा आफूलाई पर्याप्त समय दिन पाउनु आफैलाई चिन्ने एउटा अवसर हो। त्यसैले महामारीले निम्त्याएको बन्दाबन्दीको समयलाई चुनौती भन्दा पनि आफैलाई चिन्ने […]

Posted inलकडाउन डायरी

भित्र न बाहिर…

चितवनको पल्लो छेउ, सदरमुकामबाट झण्डै ३० कि.मी. को दूरी भन्न मिल्छ; जसलाई चितवनकै मान्छेले पनि चितवनमा पर्छ भनेर चिन्न मुस्किल छ। यही कारण हो, ‘अनि घर कता नि तिम्रो’ यो प्रश्न मनै पर्दैन मलाई। चितवन हो भनौँ भने चितवन कता भनेर सोध्छन्; अनि मेघौली भनौँ भने ‘त्यस्तो ठाउँ पनि छ चितवनमा?’ भन्छन्। त्यति नै चासो […]

Posted inलकडाउन डायरी

भयकाे लक्ष्मणरेखा

 लकडाउनमा देखेकाे काठमाडाैँकाे कुरा गर्न मन लाग्याे। सधैँ जाम हुने काठमाडौँ उपत्यकाकाे नयाँ रुप देख्न पाए लकडाउनमा। खुल्ला निलो आकाश मुनि खाली बाटाेमा परिणत भएको काठमाडाैँ । लाखौ संख्यामा गुड्ने गाडीहरु अनायसै स्थिर भए।सधैँ धुवा धुलोले अस्तव्यस्त भएका जनावर अनि मान्छेहरूले स्वस्थ श्वास लिन पाए। सधैँ गाडीको अनि मानिसको चापबाट थिचिएका सडकहरुले पनि आनन्दको महशुस गरे […]

Posted inछोटो कथा

हरेक बर्खामा डुब्छ बखरी

‘घर सम्म पानी भरिएपछि नानीसँगै बाटोमा आएर बस्छु,  पानी बढेपछि कतै जान सकिँदैन । सानो नानी च्यापेर बाटोमा बस्छु ’ विराटनगर–१२ बखरीकी संगिता ऋषीदेवले प्रत्येक वर्षको वर्खामा भोग्नु पर्ने कहर हो । ऋषीदेव टोल हरेक बर्खामा डुब्छ ।  पहिले पहिले उनीहरु  आफ्ना सर–सामान बोकेर नजिकै रहेको विद्यालयमा आश्रय लिन पुग्थे । यो वर्ष पनि उनीहरु […]

Posted inलकडाउन डायरी

हराएको चारपाई

जिन्दगीको गतिमा कतै छुटेको साथ हौ तिमी हराएर पनि मन भित्र दबेको याद हौ तिमी आज शुक्रबार हामी गाउँ जाने दिन। हप्ता भरिको मेरो प्रिय दिन। मेरो गाउँ चौधरिया अहिले हामी बस्ने हवल्दारपुर भन्दा ठिक ४ कि .मि टाढा। बाबाले हाम्रो पढाइ सजिलो होस् भनेर यहाँ ल्याउनुभएको पनि धेरै भयो। तर मलाई मेरो आधा परिवार […]

Posted inलकडाउन डायरी

न मरिजानु न गरिखानु !

म दिउँसोको खाजा लिएर पल्लो कोठामा पस्दै गर्दा हातमा पैसा बोकेर आमा छोरा बिच यस्ताे गन्थन चल्दै थियाे। छोरा: हेर्नुस त मम्मी मैले घरभाडा अनि सागसब्जी किन्न पुग्ने गरि पैसा ल्याएको छु । मम्मी: खै खै हेरु त। तलब दियाे कि कसो ?  म: ए ! ATM जाने काम छ भन्दै हुनुहुन्थ्यो। त्यति भको नि […]

Posted inछोटो कथा

बहुला कुकुरले टोकिदिएको एउटा सपना

रौतहटको चन्द्रनिगाहपुरबाट उत्तरमा पर्ने असनवा गाउँकी प्रल्हादिया देवी चौधरीको सानो संसारमा पुरा हुनै लागेको एउटा सानो सपना कसरी तुहियो?

Posted inलकडाउन डायरी

मायाकाे गाउँ

 उच्च शिक्षाको लागि भनेर घर छोडेर हिडेको पनि आज सम्म आउदा ५ बर्ष बितिसक्यो । सानै थिए घर छोड्दा। परिवारमा म भन्दा अग्रज मेरा दाजुहरु नै हुनुहुन्छ । सबै कुरा बन्दोबस्त मिलाउने । घरपरिवारको जिम्मेवारी उहाँहरूले नै लिइसक्नुभएको थियाे र आजसम्म पनि त्यसमै तल्लीन हुनुहुन्छ ।  हृदय देखि सम्मान छ मेरा दाजुहरूलाई….. परिवारमा कान्छो सन्तानको रुपमा […]

Posted inछोटो कथा

कलकल नदी, तलतल गाउँ

जुम्ला सदरमुकाम छेवैको गाउँ बाइराँका । हेर्दा सुन्दर देखिए पनि गाउँलेहरु वर्षौंदेखि तिर्खाएका छन् । नदीको पानी तानेर गाउँसम्म ल्याउने खानेपानी योजनामा थुप्रो पैसा खर्च भइसक्यो । ट्याङ्की र पाइप अलपत्र छन् । जेनेरेटरमा खिया लागेको छ । तल तिला नदी कलकल बगेको छ । गाउँलेहरुलाई पानी खान नपाएर तलतल भएको छ । त्यही नदीको […]

Posted inलकडाउन डायरी

आशा, निराशा र खुसी

मार्च २७, २०२० – आनन्द, केही दिन विश्राम। टेबलको कुनाबाट मलाई हेरिरहेको डायरी आज खोलेँ । केही दिनको विश्रामले केही महिना छोइसकेछ । सधैँ आफूलाई समय नदिएको भन्दै, मलाई आखाँ तर्दै, कलेजका कामहरुलाई कराउने डायरी शान्त हुँदा वातावरण नै आनन्दमय लागेको थियो ।  सुरुमा त हेर्न बाँकी सबै सिरियल, फिल्म सकेर केही हप्ता पछि आरामले […]