लकडाउनमा देखेकाे काठमाडाैँकाे कुरा गर्न मन लाग्याे।

सधैँ जाम हुने काठमाडौँ उपत्यकाकाे नयाँ रुप देख्न पाए लकडाउनमा। खुल्ला निलो आकाश मुनि खाली बाटाेमा परिणत भएको काठमाडाैँ । लाखौ संख्यामा गुड्ने गाडीहरु अनायसै स्थिर भए।सधैँ धुवा धुलोले अस्तव्यस्त भएका जनावर अनि मान्छेहरूले स्वस्थ श्वास लिन पाए। सधैँ गाडीको अनि मानिसको चापबाट थिचिएका सडकहरुले पनि आनन्दको महशुस गरे हाेलान् ! 
सधैँ सवारी साधन अनि मानिसको भिड अनि हल्लाखल्ला हुने ठाउँमा विभिन्न चराचुरुङ्गीको सुमधुर आवाज आफ्नै कोठामा नै सुन्न सकेँ ! मानिस सर्वश्रेष्ठ  प्राणी भएर पनि सोचेका थिएनौ होला कि यो सारा संसार एकदिन यसरी रोकिन्छ भनेर । यदि रोकिन्छ  भने पनि कस्तो रुप लिन्छ भनेर !!

लकडाउन भन्दा अगाडिको अवस्था सम्झन चाहन्छु। दिनहुँ आधा घन्टा कोटेश्वरको जाममा परेको त्यो क्षण। त्यतिबेला निकै गाह्रो महसुस गर्थे । जाम परेको बेला कलेज पुग्न ढिलाे भएका ती क्षणहरू। म सम्झन चाहन्छु ती हवाइजहाजहरु अवतरण र take off  गरेको। म त्यही आफू चढेकाे गाडीको झ्यालबाट खाडीको लागि उडेका नेपालीहरु र आफ्नो देश भित्रै आवतजावत गरिरहेका नेपालीहरु चढेकाे विमान हेरेर सोच मग्न हुन्थे ! ती नेपालीहरुसँगै अहिले कति सपनाहरु उडिरहेका हाेलान्! बिहान देखि बेलुकीसम्म दिन रात नभनेर, गर्मी जाडाे नभनेर सडकमा खटिएका ट्राफिक प्रहरीहरुलाई हेरिरहन्थे ! र सोच्थे जाम अलि सहज भए वा गाडीहरु कम भएकाे भए कति जाती हुन्थ्यो भनेर!!

राजधानीमा बस्दा, एकान्तकुनाको त्याे ओरालोबाट झरिरहँदा देखिने वरिपरिका हरिया डाँडाकाँडाहरु कहिले पनि देख्न पाइन। काठमाडौँमा गुड्ने लाखौ सवारीसाधन अनि कलकारखानाले उत्पन्न धुवा धुलो र  वायु प्रदुषणले सहर नै बादलले ढाकिएकाे हुन्थ्यो!  “काठमाडौँ उपत्यकाबाट नजिकै पर्ने जुगल हिमाल “सधैँ हाजिरीजवाफमा दोहोरिएर प्रश्न आउँथ्यो। तर SEE  उतिर्ण गरेर राजधानी छिरेपछि ती हिमालय शृङ्खला कहिल्यै राम्ररी देख्न पाएकाे थिइनँ। उपत्यकाबाट सधैँ मधुरो देखिने चन्द्रागिरी डाँडा र शिवपुरी नागार्जुन निकुञ्ज याे बेला प्रष्टै देख्न पाएँ। वाग्मति अनि बिष्णुमति पनि केही हदसम्म सफा देखिए। सडकभरि ज्याकरान्डा फुलेका फोटाेहरु सामाजिक सञ्जालमा देखेर मनलाई सञ्चाे भयाे।

बानेश्वर ,माइतीघर रोड छेउछाउ फुलेका फूलका सामुन्ने आफ्नो तस्बिर लिन मन थियाे,  डाँडाकाडा हेर्दै केबलकार चढ्न मन थियाे, त्यो जुगल हिमाल हेर्न धित मरुन्जेल हेर्न मन थियाे, सुन्दरीजलसम्म hiking जान मन थियाे, कलेजका साथीहरुसँग भेट्न मन थियाे। तर लकडाउनले बाँधेकै हाे। भयकाे लक्ष्मणरेखाले हामी बाँधियाैं। र त्याे जरुरी पनि थियाे।

अहिले संसार एकातिर र कोरोना अर्काे तिर भएकाे छ। यो संसारमा सधैँ मानिसले राज गर्थ्याे तर आज प्रकृतिले चुनौती दिएकाे छ। तर अब याे समस्या चाँडै नै साम्य हुनेछ भन्ने आशा छ  र आशा पनि राख्नु पर्छ !!   Keep Social Distancing #GoCoronaGo# Thank you !!!

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply