Posted inलकडाउन डायरी

मेरो पहिलाे डायरी!

डायरी, याे शब्द नै यस्ताे छ जसले हरेक कुराहरूलाई सम्झाइदिन्छ। तर अहिले १९ वर्ष पुग्दा पनि मनका कुरा मजाले लेखेर राख्न सक्या छैन। खाली अल्छिपनले त जित्या हाेला नि! लेख्न त धेरै खाेजियाे, कक्षा ४ तिर पढ्दा म्यामले डायरी लेख्नुपर्छ है भनेपछि बेलुका स्कुलबाट फर्केर लेख्न खाेज्थेँ तर जान्दै जानिन। डायरी लेख्ने मेराे पहिलाे प्रयास […]

Posted inलकडाउन डायरी

झ्याउ छ यार !

दिनहुँ मेरो झ्याल बाहिर कराउने चरा अनि मेरो मोबाइलमा लगाएको अलार्म, आजभोलि म देखेर झर्किंदो हो। रिसाउँदो हो, मनमनै गाली गर्दो हो, अनि भन्दो हो आफूलाई सुख भएपछि अरुको मतलब नगर्ने? हुनपनि अन्याय नै भएको छ। म सधैँ उनीहरुकै सहायतामा उठ्ने गरेको थिए। आजभोलि उनीहरुलाई वास्ता नगरी घण्टौसम्म सुतिदिन्छु। यसको मूल कारण लकडाउन नै हो। दैनिक […]

Posted inलकडाउन डायरी

फूर्ति

कोरोना आउनु, लकडाउन हुनु राम्रो कुरा त हुँदै होइन। तर यो नराम्रो भित्र पनि सकारात्मक भएर खोज्यौँ भने धेरै राम्रा कुराहरु पाउँछौँ हामीले। त्यो हो गाउँमा देखिएका फरकपना र केही नयाँ कुराहरु। त्यही कुराहरु हेर्ने कथा मार्फत तपाईंसामु पुर्याउनु मेरो प्रयास हो । केही रहरले र केही कहरले गाउँ छोडेर सहर पसेकाहरु लकडाउन अघि नै […]

Posted inलकडाउन डायरी

सम्झना

ओइलाएका फूलहरु , बसन्तमा फुल्दारैछन् पुराना ती यादहरु , मस्तिष्कमा झुल्दारैछन् बिर्सिएका कुराहरु , बिउँझदामा खुल्दारैछन् । यो लकडाउनमा यति फुर्सदिले भइएछ कि पुराना कुराहरु सम्झन थालिसकिएछ। जिन्दगीका अनगिन्ति पाइलाहरु चालिरहँदा केही कुरा यस्ता हुँदारहेछन् कि, मनको कुनै कुनामा जरा गाढेर बसेका हुँदाहेछन् अनि कहिलेकाहीँ झल्याँस्स बनाउँदारहेछन्। गहिरो निन्द्रामा परेको रहेछु झल्याँस्स बिउँझिए। मेरो आँखा […]

Posted inलकडाउन डायरी

मकाउ अनुभव

कुरा सुरुवातबाटै गरौं होला। म मकाउको द भेनेसियन क्यासिनोको सेक्युरीटी डिपार्टमेन्टको मेडिकल टिममा काम गर्ने भएकाले कोरोना भाइरसको बारेमा हल्का अगाडि नै हामीलाई जानकारी थियो। सुरुवातमा त लागेको थियो यो सामान्य रुघाँ नै होला भनेर। तर एक दुई हप्ता पछि थाहा भयो कि यो त ख़तरा महामारी नै पो रहेछ । हालसम्म यसकाे कुनै औषधी पनि छैन। अरुलाई जस्तै ममा पनि […]

Posted inलकडाउन डायरी

ख्याम्पु

मुलुकभर कोभिड–१९ को कारण लकडाउन छ। व्यस्त दैनिकीहरु खुम्चिएर कोठाभित्र सीमित भएका छन्। सुरुवाती दिनहरुमा कोठा वा घरैमा दिन काट्नलाई आम्मै र बाबै गर्ने मनहरु पनि अब त अभ्यस्त भइसकेका छन्। सामाजिक संजालहरुमा त्यस्तो साह्रो हल्ला गर्न छाडेका छन्। पढाइको सिलसिलामा म काठमाण्डौं उपत्यकामा छु र अहिले लकडाउनले कोठामा नै सिमित छ मेराे दैनिकीहरु। दिनहरु […]

Posted inलकडाउन डायरी

भित्ताको फोटो

सारा संसार लकडाउनमा छ। मानव जाति सबै आ-आफ्नो घरभित्र थन्किएका छन्। सामाजिक दुरी बनाउनुपर्ने भएर कतै निस्कन मिलेको छैन। तर आफू भने परदेशको ठाउँमा दिनरात नभनि ड्युटी गर्नु परिरहेको छ। हप्ताैपछि आज मुस्किलले एक दिन बिदा पाएको छु। कोरोना भाइरसले बिश्व हल्लाइरहेको अवस्थामा पनि मनमा त्रास बोकेर काम गरिरहँदा बेलाबेला शरीर नै लथ्रक्कै गल्नेगरि घरको […]

Posted inलकडाउन डायरी

बेमौसमी झरी

याे साता आमाको मुख हेर्ने दिन पर्याे। मलाई कहिल्यै पनि मातातीर्थ औंसीको महत्व भएन। तर यो बर्ष म धेरै नै भावुक भएँ र आमालाई फोन गरेँ। यो विशेष दिनमा आमाको मुख नहेरेको पनि दश बर्ष भइसकेछ। पढ्न भनि सहर पसेको हिजो जस्तै लाग्छ। दिनहरु कति चाडै बित्ने रहेछन् थाहै नहुने। अहिले कोभिड–१९ ले विश्व नै […]

Posted inलकडाउन डायरी

दाेधार

खासै कथा लेख्नुपर्ने त केही छैन। तर आज धेरै स्वास्थ्यकर्मी र नर्सहरुमा कोरोना देखियाे भनेर पढ्दा मन नै खिन्न हुन्छ।अनि आफै लेखुँ जस्तो लाग्यो। नर्स बन्ने खासै इच्छा त होइन, तर कसैकाे करकापले अंगालेको पेशा पनि होइन।अपत्यारिलो पारामा मेरो जीवनको गन्तव्य बन्यो यो पेशा। जहाँबाट फेरि मेरो यात्रा अगाडि बढ्नेछ। महँगो शुल्क तिरेर यो तीन […]

Posted inलकडाउन डायरी

माटाेसँग प्रेम

गएको फाल्गुन महिनाको अन्तिम सातातिर मलाई कलेज जादा एकदुई दिन त बिदा हुनु नि भन्ने लागिरहन्थ्यो| त्यस बखतको समय मेरा लागि निकै नै महत्वकाे थियो। किनकि त्यति बेला मैले प्रत्येक विषयका आवधिक पत्र कलेज समक्ष बुझाइ सक्नु पर्ने थियो। नभन्दै फाल्गुनको अन्तिम सातादेखि मेरो कलेजले बिदा दिइ सम्पूर्ण आवधिक पत्र बुझाउनका लागि समय निर्धारण गर्यो। […]

Posted inलकडाउन डायरी

मनकाे डढेलाे

खै, नियम पालना गरेकाे भनाै कि गुप्तबास भनाैँ ? घरबाट एक पाइला पनि अघि नसारेकाे महिना दिन बितिसक्याे। विश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे यो काेराेना भाइरसले मलाई मात्रै हाेइन विश्वकाे अरु कुनामा बस्ने मै हुँ भन्ने शक्तिशालीलाई पनि घरकाे चारकुने पिंजडामा थुनिन बाध्य बनाएकाे छ। कोराेनाले निम्त्याएको कहालीलाग्दो दिन।  झिसमिसे साँझको बेला थियो। इयरफोन र मोबाइल लिएर […]

Posted inलकडाउन डायरी

छिन छिनकाे फोन……

म एक बिद्यार्थी, घर अनि आमाबुवादेखि टाढा बसेर अध्ययन गरिरहेको। कलेजले लिने अन्तिम परीक्षा पनि चलिरहेकै थियो। यो बेला घरको अनि आमाबाबुको न्यास्रो लाग्नु त स्वभाविक नै हो। म भन्दा पनि बढी न्यास्रिनुभएको थियो गाउँमा बाबुआमा। सधैं झैँ हुने फोन कल भन्दा आजकाल २/३ गुनाले बढेकाे थियोे। बिहान र बेलुका गरि २ पटक मात्र हुने […]

Posted inलकडाउन डायरी

‘मनो बाबा’

पेशाले म एक बेकंर, विगत २१ महिना देखि राष्ट्रिय बाणिज्य बैँक बर्दघाट शाखामा कार्यरत छु ।जन्मघर बर्दघाट र कर्मघर भक्तपुर भएता पनि लकडाउनका कारणले मात्र नभइ जागिरको कारणले पनि म र मेरो छोरी यहाँ बर्दघाट छौँ भने श्रीमान् र परिवार भक्तपुरमा नै हुनुहुन्छ। केही महिना अघि देखि नै सामाजिक संजालका भित्ताहरु हुन् या टिभी च्यानलहरुमा […]

Posted inलकडाउन डायरी

नयाँ परिवार

कोरोना भाईरस रोग बनेर डढेलो जस्तै बिश्वोमा फैलिरहेको बेला लकडाउन औषधी बनेर मान्छेको घर-घरमा छिर्दै थियो। यही रोग र औषधीले हाम्रो देशलाई पनि कहाँ अछुतो राख्थ्यो र बारम्बार ढोका ढक्ढकाउँदै थियो।अब के हुने हो र कस्तो हुने हो भनेर सबैको मनमा उत्सुकता बढ्दै थियो। म विद्यार्थी हुँ । इन्टर्नकै रुपमा भएपनि सरकारी अफिसका दिनहरु भर्खर […]

Posted inलकडाउन डायरी

मुग्लानमा पूरा भएको सपना

कतारमा लक डाउन छैन । तर पनि कोरोना भाइरस संक्रमीत मानिसलाई कम्पनीले काममा पठाउन पाउँदैन। क्याम्प नै सिल गरि राखिएको छ। हाम्रो कम्पनीमा बिहान ६ बजे दिउँसो १२ बजे र साँझको ६ बजे  खाना कोठामा आउँछ।  दिसापिसाब  गर्न पालैपालो ट्वाइलेट जाने भन्दा अरु कामले बाहिर जान पाईंदैन।  कोठा सफा गर्ने मान्छे भन्दा फाल्टु मान्छे कोठामा आउँदैनन् । बाहिर देखेको भनेको […]

Posted inलकडाउन डायरी

सम्धीज्यू

लकडाउनलाई पछ्याउँदै आएको आज ३५ दिन भएछ। दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा काम गर्ने भएकाले बिमानस्थल बन्द भएपछि हाम्रो पनि अनिश्चित तर सुखका दिन आए भन्ने महशुस भयाे। तर कोभिड १९ सङ्क्रमण हुने उच्च जोखिमको ठाँउ हो बिमानस्थल । काम गर्ने ठाउँमा अलग्गै डर। हप्तामै चार भिन्दा-भिन्दै समयमा काममा जानुपर्ने पीडा एकातिर, अर्कोतिर स्यालरी नआउने अपुष्ट समाचार। […]

Posted inलकडाउन डायरी

चार्लि च्याप्लिनका कमेडी र सपनाहरु

आज भन्दा ठ्याक्कै २५ दिन  अघिसम्म युट्युबमा हेर्ने कथा हेरिरहन्थे। अहिले गाउँमा छु युट्युबकाे ढोका उघार्न पाछैन। डाटाबाट युट्युब खोल्न अलि नसकिने रहेछ। तर हेर्ने कथा पेजमा आएका लेखहरु भने समय मिलाएरै पढ्छु। बानी भनौं कि आदत यस्तै जो बसेको छ। खास्सै लेख्ने मान्छे त  हैन म, तर नलेखि बस्न पनि सक्दिन। फेरि जानेर लेख्ने […]

Posted inलकडाउन डायरी

बरण्डा

बिहानीपखको मिठो निन्द्रा बिगार्ने  मोबाइलको झर्को लाग्दो घन्टीको आवाज नसुनेको पनि निकै दिन भइसक्यो। अहँ , पटक्कै  छैन, हतार दौड धूप केही छैन। पहिले र अहिलेको  दैनिकी पुरै फेरिएका छ। बिहान मज्जाले निन्द्रा पुगिन्जेल सुत्छु। उठेर  झ्याल खोलेर बाहिर हेर्छु नरमाइलो लाग्छ। बिहानीले मलाई नै जिस्काए जस्तो। हावाका झोक्काहरुले पनि मुटुमै हाने जस्तो! सधैं पाउने शुभबिहानीकाे आभास, अहँ पटक्कै पाउँदिन।       प्रभातसँगै मनमा केही आशाको किरण सहित हतार हतार मोबाइल […]

Posted inलकडाउन डायरी

माया बाँडिन्न मैयाँ

साँच्चिकै उनको माया नहुँदो हो त यो कथा लेख्ने नि थिइँन होला!  मेरी एउटी सानी मैयाँ छिन्। जसलाई म असाध्यै माया गर्छु। यो माया कुनै शब्दले परिभाषित गर्नै सक्दैन। एउटी राजकुमारीकाे मिठो कल्पना थियो चाहाना थियो। अनि भगवानसँग प्रार्थना पनि।जसलाई पाउँदा संसार जितेजस्तै भयो। जस्लाई देख्दा म सधैँ फुरुङ्ग हुन्छु। उनी मेरो जीवनलाई स्वर्ग बनाउने परी […]

Posted inलकडाउन डायरी

पात्रको क्वारेन्टाइन २

नमस्कार !  मेरो कोठाको साथी कोरोना संक्रमित भएकोले म अहिले क्वारेन्टाइनमा छु। हौसला मिले चौध दिनको क्वारेन्टाइन अनुभव डायरी यसरी नै पठाउनेछु। अप्रिल २२, प्रेमिकासँग मस्त कुरा गरिरहेको हुन्छ। कसैले बिहानको नौ बजेतिर ढोका ढकढकाउँछ र भन्छ  ‘आज दुई बजे कोरोना टेस्टका लागि जान तयार हुनु।आवाज कर्कश हो तर जीवन रक्षा गर्नु पनि त छ। […]

Posted inलकडाउन डायरी

एउटा अनौठो अनुभव

करिब दुइ वर्षदेखि पढाइको सिलसिलामा अस्ट्रेलियाको सुन्दर सहर सिड्नीमा छु।  संसारभरिबाट आएका मानिसहरुको कर्मथलो बनेको सिड्नी सहर हरेक प्रहर ब्यस्त रहने गर्दछ। आफ्नै गतिमा बगिरहेको यो सहर आफूसँगै वर्षौदेखि यहाँ बस्ने मानिसहरुको सपना साथ लिएर हिंडिरहेको छ। सपनाहरु पूरा गर्न हिँडेकाहरुको कथाले सिड्नी भरिएको छ। बितेका दुई वर्षको मेरो दैनिकी पनि यहाँका अरु मानिसहरु जस्तै भागदौडमै […]

Posted inलकडाउन डायरी

दिउँसो कि राति?

कोरोना संत्रासले झ्याप्पै छोप्यो। यदाकदा नेपाल बन्दको अनुभूतिमा अभ्यस्त नै बनिसकेका भए पनि एकान्तबास या बन्दाबन्दीकोबारे यसअघि त्यस्तो अनुभव त के अन्दाज समेत थिएन। त्यसैले त सुरुका केही दिनहरुमा बन्दाबन्दीमा रहन निकै सकस भयो।  लामो दुरीका गाडीहरु बन्द हुने खबर आउनासाथ अब ‘लकडाउन’ हुने भयो भन्दै सहरलाई कर्मक्षेत्र बनाएकाहरु गाउँ जान हतारिए। ८ चैत्रमा नयाँबसपार्क […]

Posted inलकडाउन डायरी

पंख फिँजाइ आकाशमा उड्न चाहन्छु म!

हामीले सुन्दै आएको र भोग्दै आएको कुरा हो  कि “समय परिवर्तनशील छ।” आज आफै कोठाको एउटा कुनामा बसेर सोच्दै छु, महसुस गर्दै छु, अपनाउँदै छु । हिजो के थियो, आज के भयो …. हे दैव ! भोलि के हुने हो। सबैको रक्षा गर। ‘यो के भयो।आनौठो कुरा आयो के जाति रोग आयो’ भन्दै हुनुहुन्थ्यो आमाले […]

Posted inलकडाउन डायरी

उही तपाईंको काले!

प्रिय आमा, खै आज के भयो, निन्द्रा लाग्या छैन। अहिले मध्य रातको १ बजिसकेको छ। करिब ६/ ७ वर्ष भएछ आमासँग बसेर सँगै चाडपर्व नमनाएको। हालको लकडाउन जस्तै बनेछ हाम्रो समय पनि। अझै पनि याद आउँछ त्यस दिन, ड्याडीलाई रु.१० मागेर लालमोहन ल्याएर तपाईंको मुख हेरेको थिएँ। हामी एक आपसमा आमा छोरा भन्दा साथीेको व्यवहार […]