Posted inलकडाउन डायरी

हजार सपनाकाे माया

बुवा आमाकाे मुहारमा खुसी छाउने लक्ष्य लिएर हिडेकाे याे तन मनमा जहिले विघ्न बाधा। आज ३३ दिन भयाे। सुरु सुरुका केही दिनहरु खासै गाह्रो भएन। दिन बित्दै जाँदा लकडाउनकाे अवधि पनि क्रमशः बढ्दै गइरहेको छ। र यी दिनहरु निकै लामा अनि अत्यास लाग्दा भएका छन्। हाे, यसैबेला मेराे गाउँ सम्झिएकाे छु। अनि परिवारकाे मुहारकाे त्याे […]

Posted inलकडाउन डायरी

समय

‘आफ्नो आमा बुवाको काखमा हुँदा कहिले मर्न डर लागेन। तर अहिले एक्लै छु। आमा बुबाको लागि बाँच्न मन छ।’ सधै झैँ भिडीयो कल आउँछ।बिहानी पख आमा बुवा मेरो मुख हेर्न आतुर रहनु हुन्छ।’दिनहुँ के चलिरहेको छ? के गर्दै छस् ?’ मेरो सबै कुरा सुनाउन पर्छ। म सधैं भन्छु, ‘म बहिर जाँदिन। यताको मान्छे नजिक नि आउँदैनन्। […]

Posted inलकडाउन डायरी

‘धन्यवाद कोरोना !’

केही गर्ने फुर्सद नै छैन । एक दिन घर बस्न नपाएको महिनौं बितिसक्यो । दिनहुँ जप्ने मन्त्रजस्तै बनेको थियो यो वाक्य मेरा लागि। शनिबार एक दिन घर बस्न पाए, के के गर्थे होला? सोच्थे – कपालमा तेल लगाउँछु, नुहाएर घाममा कपाल सुकाउँछु, कपडा धुन्छु, कपडा सिलाउन नि अलिअलि आउँथ्यो। बरु केही सिलाउनु सिक्छु। स्कुटर धुन्छु, गित […]

Posted inलकडाउन डायरी

बेसुर छन्दका सुस्केरा !

परिचयबाटै सुरु गरौं न म रेनुका कार्की।हाल उदयपुर। कोरोनाले देशभर चिनाएको जिल्ला र रामपुर कृषि  क्याम्पसमा विद्यार्थी पनि। आज लकडाउन भएको पनि पूरै १ महिना भएछ। ती व्यस्त सहर,गल्ली, चोकहरु, यसरी महिनौं विदामा उपर्खुट्टि लगाएर बस्लान् भन्ने कल्पनामा पनि  थिएन। हुन त  होडबाजीमा हिँडेको यो युगले बेसुर छन्दका सुस्केरा हाल्छ होला भन्ने कस्ले पो कल्पेको थियो होला र?  यहाँ जति आँखा […]

Posted inलकडाउन डायरी

गाउँमा भेटनरी डाक्टर

म पेशाले भेटनरी डाक्टर हो। सन् २०१८ मा त्रिभुवन विश्वविद्यालयबाट स्नातक पास गरी भेटनरी पेशामा संलग्न छु। अहिले कृषि र वन विश्व विद्यालयमा स्नातकोत्तर अन्तर्गत भेटनरी फार्माकोलोजीमा अध्ययनरत विद्यार्थी पनि हुँ। सरकारले लकडाउन गर्नु भन्दा ठीक दुई दिन अगाडि आफ्नो कार्यक्षत्रबाट घर, प्युठान आएको थिएँ। घरमा सबै जना आउनु भएको छ। अध्ययनको सिलसिलामा २०६६ साल […]

Posted inलकडाउन डायरी

अत्यास लाग्दो सहर

कोरोना संक्रमणले नेपालमा लकडाउन भएको महिनादिन बितिसकेछ । सुरुका दिनहरुमा म सोच्थेँ अब कति दिनसम्म लकडाउन हुनेहोला? दिनहरु कस्तो हुने होला? कसरी बित्ने होला? लकडाउन अघि र लकडाउन पछिको काठमाडौँ सहर धेरै नै फरक थियो। कोलाहल र भीडभाडको सहर आज शान्त र सुन्दर छ। लाग्छ सबै मानिसहरु महिना दिन देखि मस्त निन्द्रामा छन्। लकडाउन पछिको […]

Posted inलकडाउन डायरी

मनैबाट देखिएका सपनाहरु

१२ कक्षाको बोर्ड परीक्षा नजिकिदै जाँदा सबै कोर्स सक्ने चटारोसँगै परीक्षाको पनि उत्तिकै प्रेसर थियो, विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि। त्यस बेलामा फाट्टफुट्ट कोरोनाको खबर त सुनि राखिएको थियो। तर पनि त्यति धेरै ध्यान गएको थिएन। त्यति चटारोको बिचमा पनि म भने हरेक दिन योजना बनाइरहेको थिएँ। राजधानी बाहिर बस्नुको सानोतिनो समस्या भोगिरहेकै बेला कलेजको […]

Posted inलकडाउन डायरी

छात्राबासमा त्रास

बुढानिलकण्ठ स्कुलको छात्रावासमा बसेर कक्षा १२ को तयारी गरिरहेकी थिएँ। चैत्र ५ गते बेलुकाको खाना खान डाइनिङ हलतिर जाँदै गर्दा एस् .ई.ई परीक्षा सर्‍यो रे भन्ने गाइगुइँ हल्ला सुनियो। विद्यालयभित्रकाे ताजा खबर कि सूचना पाटीमा हुन्थ्यो कि त्याे समाचार भोलिपल्टको पत्रिकामा पढ्न पाइन्थ्यो। त्यो रात मैले कसरी खाना खाएँ पत्तै भएन।  भोलि हुने भनिएको एस् […]

Posted inलकडाउन डायरी

परदेशबाट छोरीलाई सम्झना

प्यारी छोरी प्रिन्शा, तिमीलाई धेरै धेरै सम्झना र माया छ है। हुन त तिमी यस धर्तीमा पाइला टेकेको ३ महिना पूरा हुन लागेको छ। आजसम्म तिमीले बाबा देख्नु पाएकी छैनाैं। तिम्राे बाबाले पनि तिमीलाई देख्न पाएकाे छैन। यस क्षितिज पारीबाट छोरीलाई धेरै सम्झना त छदै नै छ। तिमीलाई भेट्न छिट्टै घर फर्केने तयारी पनि भइरहेको […]

Posted inलकडाउन डायरी

सपनाकाे चित्र

हेर्दा हेर्दै महिना बितिसकेछ। मलाई एउटा मात्रै पिर थियो, त्यो हो एक हप्तासम्म घरबाट बाहिर नै ननिस्कि कसरी बस्ने ! तर बिस्तारै दिनहरु बित्दै गए, कोरोना संक्रमित मानिसहरु पनि बढ्दै गए। सँगै लकडाउन पनि थपिदै गयो। अहिले त कति दिन बिते, आज कुन बार हो भन्ने समेतको पत्तो हुन छाडी सक्यो।  यस लकडाउनले मेरो दैनिकी […]

Posted inलकडाउन डायरी

लकडाउनमा ३० वर्ष

कोरोना भाईरसको कारण लकडाउन भएको डेढ महिना पुगिसक्यो।मलाई घरभित्र बस्न अतेस लागिसक्यो। बुवा पनि त्यसै भन्नुहुन्छ।भाइ पनि छट्पटिएर झ्याल बाहिर हेरेकाे हेरेकै गर्छ। मेरी आमा भने खुसी खुसी देख्छु। लकडाउन हुनु अघि जीवन सामान्य लाग्दथ्यो मलाई मेरी आमालाई चाहिँ लकडाउन पछि बल्ल जीवन सामान्य लागेको छ अरे ! बुवा,म र भाइ सबै जागिरे। बिहान उठ्नासाथ […]

Posted inलकडाउन डायरी

साँझमा हेर्ने कथा

म सुप्रिया चाम्लिङ, हाल बिज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनत छु। खासै लेख्न नजानेता पनि सानैदेखि आफ्नो दैनिकी अनि मनमा लागेका कुराहरु आफ्नो सानो डायरीमा अटाउने गर्थे। तर बिस्तारै पढाइ र अन्य कुरामा व्यस्त भएर केही कोर्न भ्याएकी थिइन। तर हालको देशव्यापी लकडाउनको अवस्था र संचालन हुन लागेको बार्षिक परीक्षा स्थगित भएको कारण पुन: […]

Posted inलकडाउन डायरी

भाउअ !

‘भाउअ, खै के के हो के के भाईरस आको छ रे त्यहाँ त, घर आइजा न त।’ आमाले एका बिहानै फोन गरेर अस्ति नै भन्नु भएको थियो। त्यो बेला लकडाउन सुरु भैसकेको थिएन। गाडी, प्लेन सबै चलिरहेकै थिए । मैले मन मनै हिसाब गरे, यहाँबाट नेपालगन्ज वा सुर्खेत सम्मको गाडी भाडा १२०० देखि १५००, बाटोमा […]

Posted inलकडाउन डायरी

सिन्कीकाे झाेल

गाउँमा पालुवाका पात र पाकेका काफलले सम्झदै होलान् मलाई ।सम्झिन त म पनि सम्झिन्छु नि तर बिपतमा अड्किदा  प्रकृतिसँग आमने-सामले हुने मौका गुमाएँ कि मैले ? आफूले आफैलाई प्रश्न ताक्दै टोलाइरहन्छु|| लकडाउनको पालना बङ्गलामुखी ललितपुरको एउटा गल्ली घरको पहिलो तलामा बसेर हुँदैछ। गाउँ जान कम्मर कस्दा-कस्दै महँगी र समस्याले थलिएको सहरमै अड्किन पुगें। अपाङ्गताको क्षेत्रमा […]

Posted inलकडाउन डायरी

यतै अड्किए..

के भनेर सुरु गरुँ !  एक महिना भन्दा बढी भइसक्यो कोठामा बसेको पनि अब त। घर जानको लागि भनेर काम छोडेकाे थिएँ। तर खै! कस्तो समय पर्‍यो! मेरो क्यान्सिलेसन पेपर र पासपाेर्ट  म सम्म नआइपुग्दै सबै तिर यस्तो महामारी फैलियो। म अलपत्र परेँ। नेपालको एयरपोर्ट पनि बन्द भयो । यताको पनि बन्द भयो । दिन […]

Posted inलकडाउन डायरी

मकै पोल्ने आमालाई एउटा पत्र

प्यारी आमा, सादर ढोग तथा नमस्कार ! आराम छु, आरामको कामना गर्दछु । तर मलाई लाग्दै छ, तपाईंलाई मनमा एकरती पनि आराम छैन । लकडाउनले गर्दा मकै पोलेर बेच्न नपाएपछि तपाईंलाई हातमुख जोर्न मुस्किल हुँदै गएको होला। तपाईंले वर्षौदेखि मकै पोल्ने रानीबारीकाे उकालो अहिले सुनसान छ। बिहान बेलुकी तपाईं पनि त्यो सन्नाटा हेर्न आउनु भएकै […]

Posted inलकडाउन डायरी

उफ् जिन्दगी !

भनिन्छ जिन्दगीमा केही गर्ने, केही बन्ने, सपना सबैले देखेको हुन्छ। तर ती सपनाहरू कति पूरा हुन्छन्, त कति हुँदैनन् ।त्यस्तै मैले पनि जिन्दगीमा केही बन्ने र बनाउने सपनाहरु सजाएको थिए। के ती सपनाहरू पूरा होलान् ??     सामन्यतया सपनाहरू ढिलो चाडो पूरा हुँदै जान्छन् भन्ने आश हुन्छ, हुन्थ्यो। तर अहिलेको अवस्थामा मेरो सपनालाई अन्न्योलमा पारिदिएको छ। कोरोनाले गर्दा ज्युँदो रहुँला या नरहुँला ! रहे […]

Posted inलकडाउन डायरी

निकुञ्जकाे लकडाउन

हिजोआजको बिहानी सँधैको भन्दा भिन्न छ । सँधै सवारी साधनको चर्काे हर्नले बिउँझिने म आज चराचुरुङ्गीकाे मिठो चिरबिरले बिउझिएँ। लकडाउनले गर्दा सवारी साधनको आवाज स्वाट्टै कम भएपछि यहाँ विहानीपख मयूर, ढुकुर, चिबे, सुगाहरुले चिरबिर गरेकाे खुब सुन्न पाइन्छ। आफ्नै कार्यालय वरिपरि नै मयुरकाे नाच, गैँडा, चित्तल, रतुवाकाे चरण हेरेर मन आनन्दित भएर आउँछ । याे […]

Posted inलकडाउन डायरी

तङ्ग्रिएकाे घरगाउँ

लामो समय भयो  लकडाउनले घेरेको अनि काेराेनाले विश्वलाई बिक्षिप्त बनाएकाे। आनन्दी मनले बस्ने दिन कहिले आउँला? शुभ समाचार सुन्ने दिन कहिले आउँला? आजकाल हरेक दिन अनुहार किताबमै जाेतेरै बित्छ । साथीभाइसँग चिया अड्डामा भेट नगरेको र तातो चियासँगै मिठा मिठा गफ नगरेको पनि हप्तौ भैइसक्यो । अहिले  मानिसहरुलाई आ-आफ्नै गाउँ जान पाए भन्नेमात्रै भएकाे छ। […]

Posted inलकडाउन डायरी

कास हिँडेरै पुग्ने गन्तव्य हुँदाे हाे…..

काेराेना कहरको बेला याे विरानाे सहरबाट तपाईं सम्पूर्णमा नमस्कार। विश्वकै शक्तिशाली अनि विकसित राष्ट्रमा पाइला टेक्न पाएँ भनेर जिन्दगीमा कहिल्यै फुर्किनँ। हाे, याे पक्का सत्य हाे। प्रवासी भएदेखि परिस्थितिले मानिसलाई दासी बनाउँछ भन्ने कुरा यकिनमा परिणत भएकाे छ। जीवन संघर्षमय हुन्छ भनेर सबैलाई भने पनि संघर्ष गरेर कहिल्यै नहारेका ती विगतहरु वास्तवमै आ…हा थिए। अहिले […]

Posted inलकडाउन डायरी

दाजुकाे माया

हेर्ने कथा हेर्दै जाँदा  आँखा टिलपिल बग्ने आँशुले बताउँछ कि दु:ख र सङ्घर्षकाे असली मतलब। दिन बित्दै जाँदा र रात छिप्पिदै जाँदा अनेकौं सिकायत रहन्छ जिन्दगीसँग र जिन्दगी दिनेवालासँग। हरेक ब्यक्ति आफ्नै सेराेफेराेमा अल्झिरहेकाे हुन्छ।कसैलाई म:म, चाउमिन खान नपाएर टेनसन छ त कसैलाई दुई छाक खाना खान नपाएर। समस्य आफ्नै ठूलाे लाग्छ। लकडाउन डायरी लेख्न […]

Posted inलकडाउन डायरी

घरधन्दामा म

सरकारले कोरना भाइरस सङ्क्रमण रोकथामको लागि भन्दै जारी गरेको लकडाउन भन्दा एक हप्ता अगावै मेरो कलेज छुट्टि भएको थियो। त्यो हप्ता बिदा हुनु मेरो लागि ईश्वरसँग मागेको वरदान जस्तै भएको थियो। किनकि त्यही हप्ता मेरो आमाको भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने मिति तय भएको थियो। म कसरी त्यो समयमा विद्यालयको पढाइलाई व्यवस्थित […]

Posted inलकडाउन डायरी

ठूलाबाकाे मास्क

मेरो गाउँ बिदुर ७- सोले नुवाकोट हो । आजकाल बिहानै उठेर आँखा मिचि मिचि बिहानी कक्षा कुद्ने भाइबहिनी, गुरुहरु भेटिदैनन् मेरो गाउँमा। लौन !बिहानको १० बजिसक्यो। अफिस पुग्नै पर्छ नभए हिजो झैँ हाकिमले झपार्छन् भन्ने कर्मचारी दाजु, भाउजु, आजभोलि उठ्न हतार गर्नुहुँदैन। लाग्छ समयले पनि धेरै माइलको यात्रापछि केही समयको निम्ति बिश्राम लिएको छ। गाउँघरमा […]

Posted inलकडाउन डायरी

पिँजडाकाे घर

बिगत चार हप्ता देखीको लकडाउनले गर्दा खाने, बस्ने,सुत्ने मात्र भएको छ दिनचर्या। बिहान अलि अबेर उठ्ने बानी परेको छ तर बिहान सबेरै निन्द्रा खुल्यो, मनमा अनौठो उकुसमुकुस भयो। अनेक थरीका बिचारहरु मनमा खेलिरह्यो ।   आलस्य हुँदै बेडबाट उठे… किचनमा गएर तातो ब्ल्याक कफी बनाए। अनि सरासर कोठासँगैको खुला बाल्कोनीमा बसे । बाल्कोनीमा रहेका ५-७ जोडी […]