Posted inलकडाउन डायरी

उल्टो समय

लकडाउन भएको आज १ महिना ३ दिन भयो। सुरुवातमा आत्तिएका हामीलाई धैर्यवान बन्न सिकायो। जब मानिसलाई विपद पर्छ सामना गर्नुको विकल्प पनि नहुँदो रहेछ। यद्यपि कोरोना चाडै विश्वबाट निर्मुल हुन्छ र हाम्रो दैनिकी सामान्य हुन्छ भन्नेमा विश्वस्त छौ। कामना गरिरहेका छौ।यस्तो विपतको दिन आउँला भनेर कसैले कल्पना समेत गरेको थिएन। मानिस कठिन परिस्थितिको सामना गर्न […]

Posted inलकडाउन डायरी

अब के गरूँ !

खै! कहाँबाट सुरु गरूँ, आफ्नो मनको व्यथा। मन भरी सपनाको पोको बोकेर परदेश हिडेँको थिएँ। त्यति ठूलो सपना पनि होइन, थोरै खुसी, थोरै सुख, बुवा आमालाई दिन सकुँ।   परदेश हिडेँको पनि आज १८ महिना भएछ। मेरो बिदेश साउदी। खडीमुलुक भनेर चिन्ने गर्छन् हाम्रो नेपाल तिर.. है. ? खाडि नै सही, मलाई के फरक पर्छ र […]

Posted inलकडाउन डायरी

आशाहरुकाे डायरी

     – बर्षौँ भयो मैले आशाहरु जगाउँदै गरेको , जब दु:ख पर्छ आशाहरु जगाउँछु,जब सुखको अनुभूति गर्छु आशाहरु जगाउँछु।प्रत्येक दिन एउटा न एउटा नयाँ आशा जाग्ने क्रम रुकेको छैन। बर्षौं अघिदेखि जगाएका आशाहरु कल्पनाको बाकस भित्र कहिल्यै नसड्ने गरि र कहिल्यै नहराउने गरि थन्क्याएर राखेको छु। कुनै दिन त पूरा हुन्छन् कि भनेर …….सायद मेरा मात्रै […]

Posted inलकडाउन डायरी

देखेका र दुखेका कुरा

लेखनशैली र शब्दहरुको मिलन राम्रो नभएपनि दैनिकी र मनोभाव भरिएका डायरी र आत्मालोचना भरिएका पानाहरु धेरै छन् जीवनमा। हो, आज पनि त्यस्तै देखेका र दुखेका कुराहरुलाई लेखमा समावेश गर्ने जमर्को गरेकी छु। लकडाउनले हुनेखानेलाई त सहज नै भएको होला वा भनौं यसकाे प्रभाव कम नै भोग्नु परेको होला । लामो समयपछिको पारिवारिक भेटघाट,परिवारसँग समय ब्यतित […]

Posted inलकडाउन डायरी

भित्ताको पनि कान हुन्छ

२५ गते सम्म, ३ गते सम्म, १५ गतेसम्म भन्दा भन्दै लगभग एक महिना बितेको पत्तै भएन।बिहानै उठेर कलेज जाने तयारीमा लाग्ने म आज ६ बजेको alarm राखेर ८ बजे उठ्ने भएकी छु। लकडाउन सुरु हुनु भन्दा अगाडि उब्जेको term paper को चिन्ताले आजभोलि मेरो पछि लाग्न छोडिदिएको छ। लाग्थ्यो त्यो पेपर सकाउन दुई तीन दिन […]

Posted inलकडाउन डायरी

लकडाउनले सरेको मेरो एस.इ.इ

दिक्क लाग्थ्यो मलाई पहिला आफ्नो जिन्दगी देखेर। न त मैले आमाबुवाको लागि समय छुट्याउन पाएकी थिए न आमा बुवाले नै मेरो लागि।म आफ्नो पढाइको धुनमा बिहान ६ देखि बेलुका छ बजेसम्म विद्यालयमा व्यस्त रहन्थे। अनि आमाबुवा पनि हामीलाई शिक्षा दिन र हाम्रा आवश्यकतालाई पूरा गर्नका लागि अफिस र काममा व्यस्त हुनु हुन्थ्यो।  साँच्चै धेरै धेरै […]

Posted inलकडाउन डायरी

पुलिसको भ्यान

साेमबारको दिन थियो। सधैं झैँ आज पनि भान्साघरबाट आमाले नानी ६ बजिसक्यो, चिया खान आइज भन्नुहुन्छ भनेर सुति रहेको थिएँ। तर त्यसदिन आमाले बोलाउनु अघिनै घर बाहिरबाट धेरैनै हल्ला सुनियो। पहिले त बिहानमा टाढा टाढाबाट साइकलमा तरकारी बेच्नेहरु आउँथे पक्कै उनीहरु नै होलान् भनेर बाहिरसम्म पनि निस्कन अल्छि गरेँ। आमाको ‘नानी माथि आइज’ शब्दकै प्रतिक्षामा […]

Posted inलकडाउन डायरी

ज्यामी दाइ

जीवन मूल्यवान त थियो नै! तर कति मूल्यवान हुँदोरहेछ भन्ने आधार र प्रमाण यो महामारीको संत्रासले पक्कै आकलन गर्न सकिन्छ। भोलिका दिनमा खै यो मास्क लाउने चलनले कतिसम्म निरन्तरता पाउँला! तर आज चाहिँ मास्क लगाउनुपर्ने बाध्यता छ। हातमा लगाउने सेनिटाइजरको बजारको मागले भने मास्क र सेनिटाइजरको व्यापारीहरुलाई गतिलै फाइदा भएको हाेला। यो संकटमा गाउँ जाने […]

Posted inलकडाउन डायरी

कसरी म भुलें केमा म भुलें…

प्यारो सम्झनाको बगैंचा, तिमीलाई सम्झिँदै म त फेरि आएँ आज अर्को सम्झना रोप्न आएँ रोप्दा रोप्दै कलमको मसी रोकियो। आकाशमा उडने हवाईजहाज रोकियो। गुडी हिँड्ने मोटर रोकियो। रोकियो उडी हिँड्ने प्रदुषण। रोकिएनन् त दुःखी हिँड्ने पाइला। अनि रोकिँदैनन् खै आमाको चिन्ता! दिदीबहिनीको हाँसो र नाच रोकिँदैनन्। बाबाको न्युज 24 रोकिँदैन र रोकिँदैन छिमेकी आन्टिको गफ। […]

Posted inलकडाउन डायरी

‘बिसु’काे सम्झना

बहिनी यसपालि एस.इ.इ परीक्षाको तयारीमा थिइन्। उनकाे परीक्षा स्थगित भयाे। केही दिनपछि नेपाल सरकारले लकडाउन सुनायो। बस टिकटको लागि गोङ्गवु बसपार्कबाट २ चोटी रित्तै हात फर्कनु पर्यो। साथीहरुलाई समेत टिकटको लागि भनेको कतै भेटिएन। र अन्त्यमा जे जस्तो भए पनि अब काठमाडौं मै बस्ने निधोँ गरे। आजभोलि घरबाट आमाबुवाले दैनिक फोन गर्नुहुन्छ। आफ्नो कोठामा बसिरहनु, […]

Posted inलकडाउन डायरी

मनकाे सन्नाटा

म अहिले दिपायल, डोटीबाट करिब ८३२ कि.मि. टाढा रहेको गोठाटार, काठमाडाैंमा बस्दै आइरहेको छु । गाउँ छोड्दा अरुले झैँ मनमा अनगिन्ति सपनाहरु साँचेको थिए सके लोक सेवामा नाम, नसके राम्रो निजि कम्पनीमा काम, परिवार प्रतिको मेरो जिम्मेवारी बढ्दै गएको जो थियो। तर अहिले आएर मेरो मात्रै के भनौँ पूरै संसारको प्रगति, उन्नति, आशाको घडी एकएक […]

Posted inलकडाउन डायरी

मेरी आमा र गोमा आमाकाे त्याे भेट

२०७६ साल जसरी २०७७ सालको नयाँ वर्षको उमगं हामी माझ छ कि छैन त थाहा छैन, तर कोरोनाको त्रास भने देशविदेशका मानिसको मन र मस्तिष्कमा यसरी गडीन पुगेको छ कि, मानिसहरु आफूले माया गर्ने व्यक्तिहरुको मुहार हेर्न आफ्नो गाउँघर फर्कने चहानामा देखिन्छन्। जसरी काक्रो खादैँ जादाँ फेद तितो हुन्छ, त्यसरी नै हेर्ने हो भने, विदेशमा […]

Posted inलकडाउन डायरी

लकमा छु, डाउन भएको छैन

बिहानको किरणसँगै मेरा आँखाका परेली पनि झुल्के घाम र नयाँ परिवर्तन हेर्न आतुर छन्। तर सधैँ जसो मेरो दिनको सुरूवात इन्टरनेटमा “कोरोना” भाइरसको अपडेट संगै हुने गरेको छ।  मलाई लक डाउनको तेस्रो दिन सम्म पनि थाहा थिएन “लक-डाउन”को अर्थ के थियो भनेर तर पालना भने गरिनै रहेको थिएँ। बिस्तारै फेसबुक र इन्टरनेट तिर यसको व्यापक […]

Posted inलकडाउन डायरी

फेरिएका दिनहरु

लकडाउनले म लगायत धेरैको दैनिकी फेरिएको छ।  म कर्मथलोबाट जन्मथलो फर्किएको छु । मेरो घर तराईमा पर्छ। गाउँघरका मान्छेहरु खेतबारीको काम गर्न अनि गाईवस्तु चराउने सिलसिलामा घर बाहिर निस्किरहनु पर्ने हुनाले यता मान्छेहरुको चहलपहल भैरहन्छ।                                            […]

Posted inलकडाउन डायरी

सपनाकाे महल

जब चीनको बुहान सहरमा कोरोनाको आतंक मच्चिरहेको थियाे, त्यतिबेला हामी काम गर्ने देशमा त्यस्तो केही हल्ला खल्ला थिएन। हामीलाई त पत्यार नै लाग्दैन थियो कि त्यसले यति ठूलो रुप लिनेछ भनेर। हामीले काम गर्ने छिमेकी देश इरानमा नि निकै मानवीय क्षति भैसकेको थियो। त्यसपछि यसकाे बारेमा चासो बढ्न थाल्यो। अनि मनमा डर पनि। बिस्तारै हामी […]

Posted inलकडाउन डायरी

अरबमा एकदिन

जिन्दगीकाे सँधै एउटै रुटिन उत्साह त खासै थिएन तैपनि दिन हो बितिदिन्छ, म हुँ बिताइदिन्छु । पहिलो बर्ष हो अरबमा। निन्द्रा मजाले नखुली नै a/c को भ्यार्‍र्‍र आवाज सधैं झै… बेड छेउमा रहेको टेबल माथिको रिमोटले बन्द गरिदिएँ। सँगै भएको मोबाइल ताने अनि थाहा भो बिहानको ९:३० भएछ। टाइम चेक पछिको दोस्रो काम १ मेसेज, […]

Posted inलकडाउन डायरी

आफूलाई बुझ्दै

सहर बसेको पनि ६ वर्ष भैसकेछ । गाउँबाट एस.एल.सी दिएर उच्च शिक्षा हासिल गर्न काठमाडौँ छिरेको म ठिटो , हेर्दा हेर्दै २४ वर्ष लागि सकेछु । गाउँकै एक सामान्य सरकारी विद्यालयबाट एस.एल.सी प्रथमश्रेणीमा उतीर्ण हुँदा के के न पाए र जस्तो भएकाे थियाे। साथमा केही सपना बोकि काठमाडौँ  छिरेको म गाउँ र काठमाडौको वातावरणमा आकाश […]

Posted inलकडाउन डायरी

डायरीमा आमा

हुन त अरुको डायरी पढ्न रमाइलो लाग्छ ! तर मैले भने तिमीलाई पहिलो चोटी सम्झिने कोसिस गरेकी छु ।  पहिलो चोटि तिमीसँग मित्रता गाँस्दा आफ्नो जीवनको अभिन्न अंगकाे बारेमा तिमीलाई केही बताउन चाहे। मेरो जीवनको महत्वपूर्ण अङ्ग अर्थात ‘मेरी आमा !’ सानैदेखि परिवारसँगै हुर्किने मौका पाएँ । परिवारबाट टाढा छुट्टै बस्ने अनुभव नै भएन । […]

Posted inलकडाउन डायरी

‘मुटु माथि ढुङ्गा राखि हाँस्नु पर्या छ’

याे स्वास्थ्यकर्मीहरुले आफ्नो जीवनलाई खुकुरीको धारमा राखे झै गरेर काम गरिराख्नु परेको छ । काम नगरौँ भने पनि सकिन्न।गर्न पनि डरमर्दाे। तर यो स्वास्थ्यकर्मीको जिम्मेवारी हो । म पनि एक स्वास्थ्यकर्मी हुँ। देशमा लकडाउन छ । मलाई भने लकडाउनले झनै बढी संवेदनशील व्यस्त र अझै जिम्मेवार बनाएको छ। मैले काम गर्ने अस्पतालले आकस्मिक सेवा, अन्तरंग सेवा […]

Posted inलकडाउन डायरी

मलेसियाको उकाली ओरालीहरुमा

कामको सिलसिलामा म मलेसिया आएको आउँदो अगस्ट ४ तारिखमा ६ वर्ष पुग्छ। म अगस्टको १/२ तारिखमा घरमा जाने आशामा बसेको छु। म यहाँ सुरक्षागार्डको काम गर्दैछु। सुरक्षागार्डलाई न त छुट्टी मिल्ने न त आराम नै मिल्ने। नियमित कामको सास्ती पाएको अवस्थामा लकडाउनले गर्दा ड्युटीमा मलाई केही राहत मिलेको छ । मलेसियामा अहिले देशभर कोभिड-१९ रोगले […]

Posted inलकडाउन डायरी

बाँडिएको मन

चैत्र १० गते सोमबारको दिनसम्म कार्यालय जानु परिरहेको थियो। एकाएक साँझको करिब ६ बजेतिर समाचारमा सुनेँ “भोलिबाट सरकारी कर्मचारीलाई घरबाटनै काम गर्ने वातावरण मिलाइने भयो।” लामो समयदेखि घर जान आत्तिरहेको मेरो मन खुसी हुँदै इसेवामा फ्लाईटको टिकट हेर्न पुग्यो । किनकी लामो दुरीका गाडीहरु दुई दिन अघिबाट नै बन्द भैसकेका थिए। भैरहवा, नेपालगंज, पोखरा कहाँको […]

Posted inलकडाउन डायरी

राहत कसलाई ?

म आफ्नो घरमा बन्दाबन्दिमा रहेर झ्यालबाट देखिएको राहत बितरणका नमूना हेरिरहेकाे छु। र केही पात्रहरूको बारेमा तपाईंलाई बताउँदैछु। पहिलो पात्र : यी पात्र शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ तर स्नातकोत्तर गर्नुभएका।उहाँकी श्रीमती पनि शारीरिक रूपमा श्रीमान जस्तै हुनुहुन्छ तर सरकारी तलब लिने सेवामा हुनुहुन्छ। त्यो घरमा एउटा गैरसरकारी, गैह्रनाफा मुलक संस्थाको बोर्ड झुन्डिएको छ जुन वहाँको […]

Posted inलकडाउन डायरी

आ-आफ्नै कथा

वर्ष दिनको महान चाड दशैँलाई बिदा गरेर तिहार नजिकिँदै गर्दा, परदेशीहरु घरदेश फर्किने समयमा गाउँभरी मखमली अनि चमेलीहरु फुल्दै गर्दा, म भने, मनभरी घरदेशको सम्झना अनि आखाँभरी सपनाहरु बोकेर, जीवनकाे पहिलो जहाजमा, एउटा बेग्लै यात्रा तय गर्न निस्किएँ— बाबा आमाको आशीर्वादलाई शिरमा सजाएर । साथीभाइ अनि आफन्तको मायालाई हृदयमा सङ्गालेर, २०१९ को अन्त्यतिर, अक्टोबर महिनाको […]

Posted inलकडाउन डायरी

इन्टर्न डाक्टरको डायरी

मेरो इन्टर्नसीप दैनिकी भने सबै कुराहरु बन्द रहँदा पनि सदा झै खुल्लै छन्। म चाहिँ नेपालगन्ज मेडिकल कलेजमा कार्यरत इन्टर्न डा.रोजी थपलिया। डब्लु एच ओले विश्व स्वास्थ्य संकटकाल घोषणा गरे लगत्तै काठमाडाैं विश्व विद्यालय अन्तर्गतका सबै पठन पाठन बन्द भयाे। छात्र छात्रावास पनि खाली खाली छ। छात्रावास अहिले भूत बंगला भन्दा कम लाग्दैन मलाई। सबैको […]