Herne Katha Episode 09 - A Dark Story

हेर्ने कथाका केही रोचक तथ्यहरु देखाउँदैछौं । हेर्ने कथाका ११ अंकसम्म आइपुग्दा सबैभन्दा धेरै हेरिएको कथा कुन होला?

सबैभन्दा धेरै हेरिएको कथा – सुनको कथा – अंक ४

हेर्ने कथाको अंक ४ ‘सुनको कथा’ सबैभन्दा धेरै हेरिएको कथा हो । यो कथा अहिलेसम्म ३ लाख २२ हजार पटक हेरिएको छ । 

  1. सुनको कथा३ लाख २२ हजा
  2. बाटोको कथा२ लाख ५४ हजार
  3. घरको कथा२ लाख ५ हजार

सुनको कथा बर्दियाको राजापुरस्थित कर्णाली नदीको किनारामा सुन खोज्ने मान्छेहरुको कथा हो ।

सबैभन्दा कम हेरिएको कथा – सिमानाको कथा

असाध्यै धेरै कमेन्ट र लाइक भएता पनि यो सामग्रि तयार पार्दा सम्म सिमानाको कथा सबैभन्दा कम हेरिने कथा हो । सिमानाको कथा प्रसारण भएको ४ दिन मात्र भएकोले पनि यसो भएको हुनसक्छ । सिमानाको कथा लगायत सबैभन्दा थोरै पटक हेरिने कथाहरु यसप्रकार छन् :

  1. सिमानाको कथा७२ हजार
  2. चिया बगानका सिकारीहरु८२ हजार
  3. वडा नम्बर २२ को कथा१ लाख ६ हजार

झापाको मेचीपारिको नेपालको कथा व्यथा । दुईतिर मेची नदीका भँगाला अनि सीमानामा ‘थिचोमिचो’ । हेर्ने कथा अंक ११ – सिमानाको कथा

सबैभन्दा धेरै कमेन्ट गरिएको कथा – बाटोको कथा

हेर्ने कथामा सबैभन्दा धेरै कमेन्ट गरिएको कथा बाटोको कथा हो । बाटोको कथामा झन्डै १५ सय कमेन्टहरु गरिएका छन् । बाटोको कथापछि एउटा अँध्यारो कथा र सुनको कथामा धेरै कमेन्ट गरिएका छन् । ती दुबै कथामा १ हजार कमेन्ट छन् । 

सबैभन्दा धेरै लाइक पाउने कथा – बाटोको कथा

बाटोको कथाले नै अहिलेसम्म सबैभन्दा धेरै लाइक पाएको छ । बाटोको कथामा झन्डै १० हजार लाइक छन् । 

  1. बाटोको कथा९ हजार ७ सय लाइक्स
  2. सुनको कथा८ हजार ३ सय लाइक्स
  3. घोडेको कथा५ हजार ४ सय लाइक्स

सबैभन्दा धेरै डिसलाइक पाउने कथा – सुनको कथा

लाइक्स पाउनेमा दोस्रो नम्बरमा परे पनि सुनको कथा डिसलाइक पाउनेमा चाहिँ पहिलो नम्बरमा पर्छ । 

  1. सुनको कथा१ सय ६२ डिसलाइक
  2. बाटोको कथा१ सय ३२ डिसलाइक
  3. एउटा स्कूलको कथा ११५ डिसलाइक

अहिलेसम्म सबैभन्दा थोरै डिसलाइक पाउने कथा चाहिँ सिमानाको कथा नै हो । यो कथामा जम्मा ४० डिसलाइक छन् । 

सबैभन्दा धेरै महिलाले हेरेको कथा – एउटा अँध्यारो कथा

हाम्रा कथाका दर्शक धेरैजसो पुरुष हुनुहुन्छ । यद्यपि अहिलेसम्म सबैभन्दा धेरै महिलाले हेरेको कथा चाहिँ एउटा अँध्यारो कथा हो । यो कथा हेर्नेमध्ये २७ प्रतिशत महिला छन् । सबैभन्दा कम महिलाले हेरेको कथा चाहिँ घोडेको कथा हो । यो कथाका कूल दर्शकमध्ये केवल १२ प्रतिशत मात्र महिला छन् । 

अनि सब्स्क्राइबर चाहिँ?

हेर्ने कथाको युट्युब च्यानलको सब्स्क्राइबर संख्या ५० हजार पुग्न लाग्यो । तर केवल २२ प्रतिशत मात्र महिला सब्स्क्राइबर हुनुहुन्छ । यो संख्या कसरी बढाउने होला?

हेर्ने कथाको अहिलेसम्मका केही रोचक जानकारिहरु अहिलेलाई यति नै । तपाईंलाई चाहिँ अहिलेसम्म सबैभन्दा मन परेको र मन नपरेको कथा कुन हो ? कमेन्टमा लेख्नुहोला है ।

Join the Conversation

5 Comments

  1. हेर्ने कथा साच्चै राम्रो छ।। यो कुनै कथा होइन जस्तो लाक्छ यो त नेपाली जनजीवन यथार्थपन हो ।।

  2. malai man chhoye ko katha batoko katha ho tes pachhi simanako katha ani adhyaro katha
    ra arko chukini ko katha pani ho , sabai ramra chhan tara chandrabir ko oli chahi sachai man ruwaune katha chha

  3. 1.gagendra sir
    2.sapana ko katha
    3.shuvam school
    4.sahara ghar
    5 aaune jane ko katha……………….

  4. Herne katha maile hereko ta chaina tara padheko chai chu. ramro lagyo tesko lagi dhanye wad bhanna chanchu

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply