Posted inHerne Katha Episodes

Sugandhi Katha EP71

https://www.youtube.com/watch?v=buJoTrvQkXc Herne Katha – Episode 71 वीरगन्ज शहरको एउटा होटलमा प्रायजस्तो साँगितिक साँझ हुने गर्छ । एउटा साँझ प्रिती आफ्ना सुमधुर आवाज गुन्जाउँदै थिइन् ।  उनी सुगन्धीकी कान्छी छोरी हुन् । नाच्ने र गीत गाउने कर्म रोजेकी ।  वीरगन्जबाट १० किलोमिटर जति टाढा जितपुर नजिकैको गाउँमा पासवान परिवारको चिटिक्क परेको घर छ । घरमा बस्छन् […]

Posted inHerne Katha Episodes

Gyan Sirko Katha EP70 

https://www.youtube.com/watch?v=iBs_1NUnElA Herne Katha – Episode 70 स्याङ्जा मिर्मीका ज्ञानप्रसाद पाण्डे परिवारका कान्छा छोरा थिए । एसएलसी सकेर पढ्न पोखरा झरे । पिएन क्याम्पसमा पढ्दा खर्च जुटाउन एउटा निजि विद्यालयको होस्टेलमा काम गर्न थाले । जोशिलो उमेरका ज्ञानको ज्ञान र लगन देखेर उनलाई पढाउने काम दिइयो ।  त्यसपछि ज्ञानप्रसाद ज्ञान सर भए ।  ज्ञान सरको कथा […]

Posted inHerne Katha Episodes

Kabitako Katha EP69 

https://www.youtube.com/watch?v=IgIP4nfkSe4 Herne Katha – Episode 69 आजकल कविता गौतमको जिन्दगीको लय फेरिएको छ ।  मैदानमा बलका पछाडि हावा जस्तै दौडिने अनि ब्याट समाएका विपक्षीलाई गोली जस्तै बलिङ गर्ने कविता ६ महिनादेखि घरको आँगनमै सिमित भएकी छिन् । विहान उठेदेखि राति नसुतुन्जेलसम्म वैशाखी मात्र उनको सहारा भएको छ ।  हावा चलेको सुन्नु, डुब्न लागेको घाम हेर्नु, […]

Posted inHerne Katha Episodes

Asoj 5 ko Katha EP68

https://www.youtube.com/watch?v=QNc4raqfUeM Herne Katha – Episode 68 शरद ऋृतु लाग्यो । चाडबाड पनि आउन लाग्यो । गाउँघरमा मकै पाक्न थाले । लेकका पाटनहरुमा थरिथरिका फूलले रङ पोखेका छन् । हिमालका सुगन्ध बोकेका चिसो बतासले चुम्न थालिसकेको छ । बर्खाभरि पाटनमा गुँड लगाएर बसेका गोठहरु आज गाउँ फर्किने दिन हो । आज असोज ५ गते हो । […]

Posted inHerne Katha Episodes

Machhagaunko Katha EP67 

https://www.youtube.com/watch?v=tzWgwIiBjz8 Herne Katha – Episode 67 चारकोसे झाडी छेउको यो गाउँ मधेसका अरु गाउँ जस्तै थियो । पहाडबाट  बसाइं सरेर आउनेहरु थिए । धान फलाउन माटोसँग मरिमेट्नेहरु थिए । उब्जनीभन्दा धेरै पसिना बग्थ्यो । निर्वाहमा मात्र साटिएको परिश्रम थियो ।  ‍‍हुन त सखुवाका मोटा खाँबोमा अडिएका, काठैकाठका पुराना घरहरुले अझै पनि दशकौं अगाडिको उही गाउँको […]

Posted inHerne Katha Episodes

Sol Kharkako Katha EP66

https://www.youtube.com/watch?v=P2PADzuDjsU Herne Katha – Episode 66 कास्की जिल्लाको अर्मलाकोटमाथिको सोल खर्कमा बादल लागेको थियो । त्यही बादलभित्र छोपिएको गोठतिरको हाम्रो यात्रा अबेर सुरु भयो । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं ।  गोठमा आफ्ना आमा बाबुलाई भेट्न हिँडेका निरुना समिर र सचिन हाम्रा साथी थिए । सँगै साथ लागे अर्मला बसेर […]

Posted inHerne Katha Episodes

Chehimko Katha EP65 

https://www.youtube.com/watch?v=7ooGf2yU3TQ Herne Katha – Episode 65 घर छेउको बारीमा चिटिक्कको सानो घर छ । बुद्विमान इङनामका लागि यो घर होइन मन्दिर हो । जुनिभरि दुःख सुख काटेकी श्रीमतीलाई उनले अस्ति भर्खर यही मन्दिरमा लगेर सेलाएका थिए ।  बुढ्यौलीले गलिसकेका हात गोडा एकठाउँ स्थिर बस्न मान्दैनन् । माटोसँग खेलिरहन मन लाग्छ । माटोको सुगन्ध प्रिय लाग्छ […]

Posted inHerne Katha Episodes

Narainapurko Katha EP64 

https://www.youtube.com/watch?v=XM0CXOrgJ7E Herne Katha – Episode 64 यो बाँके राप्तीपारिको नरैनापुर हो । भारतको सिमा नजिकैको बाक्लो मुस्लिम बस्ती । गाउँ गाउँ जस्तो बजार बजार जस्तो । कस्तो कस्तो । यो रङ्गीन गाउँलाई हामीले एउटा पुरानो सम्झनाले तरङ्गित बनाइदियौं – लाठी खेल ।  नेपालगन्जको धम्बोजी चोकबाट जम्माजम्मी ४० किलोमिटर । अहिले पो भर्खरै बाटो बनेको छ […]

Posted inHerne Katha Episodes

Ishwarko Katha EP63

https://www.youtube.com/watch?v=5tpbeo69smc Herne Katha – Episode 63 इश्वरलाई नाचौं नाचौं लाग्थ्यो ।  डान्स पार्टीका मालिक गुप्ता जीको पछि लागेर इश्वरले नाचेर छाडे ।  आमालाई छोराले पढोस् भन्ने थियो । इश्वर पढ्न छाडेर भागी भागी नाच्न जान्थे । घरबाट आमाका साडीहरु चोरेर लान्थे । सिँगार पटार गर्थे र नाच्थे ।  आमाले छोरालाई कुटिन्, फकाइन् गाली गरिन् । […]

Posted inHerne Katha Episodes

Antareko Katha EP62 

https://www.youtube.com/watch?v=YE6tFBz6mHE Herne Katha – Episode 62 कालीबहादुर विष्टका अन्तरे छोरा भेडाको पछि लागेको १५ वर्ष भइसक्यो । काबेली फेदी देखि कन्चनजंघा शीरसम्म उनले थुप्रै  बाटो पैतालाले नापेका छन् ।  जाडो छल्न झरेका भेडाहरु गाउँछेउकै लालीखर्कमा आइपुगेका छन् । असोजदेखि बढेका भेडाका लामा रौंहरु मुण्डन हुँदैछ । गाउँलेहरु सघाउन आएका छन् । सबैलाई भ्याइ नभ्याइ छ […]

Posted inHerne Katha Episodes

Bhanteko Katha EP60 

https://www.youtube.com/watch?v=tL9_3dWlZDc Herne Katha – Episode 60 २० वर्षको उमेरमै सन्यासी भएका ३३ वर्षे भिक्षुको जिन्दगीले छोटो समयमा लामो यात्रा गरिसक्यो । भन्तेको कथामा ३  वटा कुरा अघिपछि जेलिँदै आउँछन् । उनको बाल्यकाल र प्रकृतिसँगको प्रेम, उनले बनाएका विद्यालयहरु र  घर परिवार त्यागेर भिक्षु भएको कथा ।   अवधेश त्रिपाठी लुम्बिनी छेउको हुनेखाने बाहुन परिवारमा जन्मेका थिए […]

Posted inHerne Katha Episodes

Ramailo Katha EP59

रातभरि परेको झरीले पाँचथरको फिदिम बजार ओभाएको थिएन । एकाविहानै हामीले बमबहादुर सुब्बालाई भेट्यौं । झोलाभरि लोकबाजाहरु बोकेर डुली हिँड्ने सुब्बा यसपटक आफ्नै जन्म-जिल्ला पुगेका रहेछन् । हामी यी रमाइला पात्रको पछि लाग्यौं । https://www.youtube.com/watch?v=AmbdPXbPRRc Herne Katha – Episode 59

Posted inHerne Katha Episodes

Koila Khaniko Katha EP58 

https://www.youtube.com/watch?v=vhuUuzz9-Jc दाङ र रोल्पाका सिमानातिर पर्ने उजाड पहाडका काखतिर सुख्खा गाउँहरु छन् । पहाडको पेटभित्र ती गाउँका पेट पाल्ने कोइला खानीहरु ।  हामी कोइला खानी पुग्दा खाजा खाने समय भएको थियो । यामबहादुर घर्ती र उनका छाेरा पूर्णबहादुर खाजा खाने तरखर गर्दै थिए ।१२ बजे कोइला खानी छिर्न हुन्न भन्ने मान्यता रहेछ । २२ वर्ष पहिले कोइलाका भारि […]

Posted inHerne Katha Episodes

Paniko Katha EP57 

https://www.youtube.com/watch?v=NS6wkQegOkE पश्चिम सुर्खेतको टाढा पहाडको काखमा रेक्चा भन्ने गाउँमा पानीको असाध्यै दुःख छ भन्ने सुनेपछि हाम्रो बाटो त्यतै मोडिने भयो ।  सुख्खा  गाउँमा ५ जना पाहुना लागेपछि पानीको बोझ थपिएला भनेर हामीले आफ्ना लागि पर्याप्त बोतलका पानी किन्यौं ।  पहिलो पटक सुनेका गाउँको नाम हामी एकैछिनमा बिर्सिन्थ्यौं । बाटामा भेटिएका मान्छेहरुलाई छिनछिनमा सोध्दै खोज्दै हामी […]

Posted inHerne Katha Episodes

Matoko Katha EP56 

https://www.youtube.com/watch?v=CZGXRhHfXkg यदि आगो सलाईले नभई आक्रोशले बल्थ्यो भने यो शिविरमा चौबिसै घन्टा डढेलो  मात्र लागिरहेको हुन्थ्यो होला ।  एक जना चट्टान झैं मान्छे छन् । भम्पा राई । शिविरका अवशेषहरुमा डुली हिँड्दा देश फर्किने आशमा बसिरहेका मानिसहरु मकै जस्तै पड्किन्छन् ।  फूल उठेका मकैजस्तै हिउँ परेका बेला जन्मिएका थिए भम्पा । उनी शान्त छन् र […]

Posted inHerne Katha Episodes

Lahureko Gaunko Katha EP55 

https://www.youtube.com/watch?v=h0DU8CV3yIg गाउँका कथाहरु कथैबाट सुरु हुन्छन् प्राय । आगो, पानी र माटो खोज्दै आएका घोडचढीका कथाबाट । जंगल फाँड्दै, चट्टान फुटाउँदै, पसिनाका पैनी लगाउनेका कथाबाट । बाँच्नका लागि गरेका कठोर संघर्षका कथाबाट ।   भक्तबहादुर गुरुङका जिजुबाजे पनि लमजुङबाट फेवाताल सिरानको तामागी गाउँमा उसैगरी आएका थिए कुनै समय । पन्चासेको काखमा गाउँ बन्यो । बाजे आफैं […]

Posted inHerne Katha Episodes

Simanta Katha EP54 

https://www.youtube.com/watch?v=Uir-A-H0b4A Herne Katha – Epsiode 54 हातमा नक्सा लिएर पल्टाएजस्तो हुँदैन भूगोल । सजिला हुँदैनन् सिमानाका रेखाहरु  ।  नदीहरु सिधा बग्दैनन्  ।  पहाडहरु फड्के साँघुजस्ता हुँदैनन् ।  नेपाल  र भारतको पूर्वी सिमानामा डाँडाँकाँडा छिचोल्दै बग्छ  मेची नदी । मेची नदीकाे घुमाउराे लहरो पछ्याउँदै सिमानाका मान्छेहरु आउजाउ गर्छन् । इलामको सिमान्त गाउँका मान्छेहरु घोडा खच्चड  लिएर […]

Posted inHerne Katha Episodes

Thakurniko Katha EP53

जहेदा मोरङकी मञ्जुलियादेवीलाई गाउँलेहरु ‘ठाकुर्नी’ भनेर चिन्छन् । गाउँघर डुलेर दाह्री कपाल काट्ने श्रीमान् बितेपछि मञ्जुलियादेबी आफैं कैंची र छुरासँग खेल्न थालिन् । https://youtu.be/ea5Dxr61v-E

Posted inHerne Katha Episodes

Senmikhako Katha EP52

https://www.youtube.com/watch?v=dgRRY0dHrW0 Herne Katha – Episode 52 जिन्दगी शायद सम्झनै सम्झनाका फेहरिस्त होलान् । यस्तै एउटा सम्झनाको गोरेटोले हामीलाई फेरि डोर्याएको थियो भोजपुर र खोटाङको सिमानामा उभिएको चखेवा डाँडातिर । जहाँ हामीले केही वर्षअघिको एउटा साँझमा भेटेका थियौं सेन्मिखालाई ।  घाम अस्ताएपछिको त्यो पहिलो भेट ताराहरु अस्ताउन लाग्दासमेत सकिएको थिएन । रातभरि सल्लाका दाउराहरु बलिरहे । […]

Posted inHerne Katha Episodes

The Man Who Died Once EP51

https://youtu.be/uIB7NUJ4_Jk राती देखेको सपनाले सन्तोषीलाइ सन्तोष दिएको थिएन । साउदी अरबमा भएका श्रीमानसंग कुरा नगरी मन मानेन । त्यही दिन सन्तोषीका श्रीमान सुवास तामाङले साउदीमा तलब थापेका थिए । घरमा पैसा पठाउन ट्याक्सी चढे । अरू चार साथी पनि संगै थिए । तर घरमा पैसा हैन यस्तो खबर आयो ।जुन ट्याक्सीमा सन्तोषीका श्रीमान् सुवास तामागसहित अरु […]

Posted inHerne Katha Episodes

Geetko Katha EP49

https://www.youtube.com/watch?v=9IZMdVCOH6M Herne Katha – Episode 49 बिहे गरेकै बर्ष हो माइती गाउँमा दोहोरी गाउँदा र नाच्दा रात छर्लङग भएको थियो । राम्रो नाच्यो भनेर फुल लगाइदिएका पैसा गन्दा २५ सय पुगको थियो । ति सम्झना अझै ताजा छन् । गाउँका माझमा बसेर गीत गाउन न लाज थियो न धक । त्यतिबेला कास्की फेदिपाटनकी गोमा पौडेल […]

Posted inHerne Katha Episodes

Bhedi Gothko Katha EP48

https://www.youtube.com/watch?v=8szW37VMHhQ यो म्याग्दीको दोबा गाउँ हो ।  पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी गोठाला भएर उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ ।  अहिले जाडो बढेको छ  । नेत्र दाइले गाउँ छेउमै […]

Posted inHerne Katha Episodes

Marphako Katha EP47

https://www.youtube.com/watch?v=uTwA0Vp0cMo मध्य हिउँदमा मार्फाका धेरैजसो घरहरुमा ताल्चा लाग्छन् । मान्छेहरु हिउँ र जाडो छल्न पोखरा, काठमाडौं झर्छन् । मुखिया र कटवालहरुले चाहिँ गाउँ छाड्न पाउँदैनन् । गाउँ सुनसान भए पनि सदियौंदेखि चलि आएको स्थानीय नियम कानुन र चलनले थकाई मार्न पाउँदैन ।  छानाभरि परेका हिउँ जथाभावि फालिदिँदा कुलो र बाटोको बाटो छेकिन्छ । मुखियाको उर्दी […]

Posted inHerne Katha Episodes

Taroko Katha EP46

https://www.youtube.com/watch?v=EVvHnd4X3Y4 म्याग्दी सदरमुकाम बेनीबाट म्याग्दी खोलालाई नै पछ्याउँदै हामीले दरबांग जाने बाटो समातेका थियाैं । हामी कथाको खोजिमा थियाैं ।  कथा खोजीका हाम्रा यात्राहरु यस्तै हुने गर्छन् । कहाँ कतिखेर अडिन्छौं पत्तो हुँदैन । पात्रहरुले लोभ्याएपछि गन्तव्य बिर्सिदिन्छौं र त्यही सेरोफेरोमा कथा बुनिदिन्छौं ।  बजार बन्दै गरेका गाउँहरु छिचोल्दै थियौं । बाबियाचौर नजिकै मेला लागेको […]