Posted inHerne Katha Episodes

Baliyo Katha EP45

https://www.youtube.com/watch?v=2Vxl9SBTmW0 १६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला् कि बाङ्गाटिङ्गा ? दुःखको कथा होला कि सुखको कथा होला ?  सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् । हेर्ने कथामा  बलियो […]

Posted inHerne Katha Episodes

Panche Bajako Katha EP44

https://www.youtube.com/watch?v=SBBh0Z8jn2k बालखै छँदा त खासै रोकतोक हुँदैन थियो । बिहे बर्तुन र भोजमा दमाहा बजाउने बुबाको पछि लाग्दै हिँड्न कमला नेपालीलाई कम्ता रमाइलो लाग्दैन थियो ।  कमला ठूली हुँदै गएपछि पन्चे बाजाका तालहरुमा उनी रमाउन पाइनन् । केटी मान्छेले यी बाजा छुन समेत हुन्न भनिन्थ्यो ।  हिरा परियार बजारमा लुगा सिलाउँछिन् । उनका बाबुबाजे पनि […]

Posted inHerne Katha Episodes

Buwako Katha EP43

https://www.youtube.com/watch?v=oWagz_Zj6YU असोज लागिसक्दा पनि बेला बेला झरी परिदिन्छ । खै किन हो ठग्गु झरी पर्दा टोलाइरहन्छन् । गाउँ छाडेर बजार नजिकैको एक कोठे डेरामा आएको धेरै भएको छैन ।  सम्पत्तिको नाममा एउटा साइकल, विछ्यौना र केही थोत्रा लुगाहरु । आफन्तको नाममा ३ वर्षे छोरी । यही सानी छोरीको निर्दोष आँखाहरु हेर्छन् र सन्तोषको सास फेर्छन् […]

Posted inHerne Katha Episodes

Maun Katha EP42

https://www.youtube.com/watch?v=i8Hwn5CGmOQ उनीहरु हामीले बोलेका आवाजहरु कानले सुन्न सक्दैनन् ।  धेरैजसोले आमाले माया गरी बोलाएको, चरा कराएको, हावा चलेको, रेडियो बजेको, सडकमा गाडीले हर्न बजाएको, कसैले गाली गरेको यी आवाजहरु सुन्न सकेनन् । आवाजको दुनियाँसँग उनीहरु बेखबर छन् ।  मिठो आवाज कस्तो हुन्छ, कर्कश आवाज कस्तो हुन्छ । मसिनो आवाज, ठूलो आवाज, मायालु आवाज, रुखो आवाज, […]

Posted inHerne Katha Episodes

Ruwako Katha EP41

https://www.youtube.com/watch?v=AsitDO239DA ६१ वर्षकी शान्ता सानी हुँदा तेह्रथुमको पहाडमा छोरीहरुले पढ्न पाउँदैन थिए । उनका बुबा रामनाथ दाहाल परिवर्तनका लागि पन्चायतविरुद्ध लड्दै थिए । शान्ताले स्कुल जाने अवसर पाइन् ।  मायादेवी सिटौला पनि यस्तै राजनीतिक चेतनाको लहरबिच हुर्केकी थिइन् । उनले घरभित्रैबाट ससाना विद्रोह सुरु गरिन् ।  मुना उप्रेतीले आमाका न्यानो काख महशुस गर्नै पाइनन् ।  […]

Posted inHerne Katha Episodes

Ghumanteko Katha EP40

https://www.youtube.com/watch?v=oQzPca0Luzk उनीहरु घुमन्ते जीवन बिताउँछन् । वस्तुभाउको अाहारविहार र खान्की अनुसार जिन्दगीकाे रुटिन पनि फेरिन्छ । जता जता तिनले डोर्याउँछन् यिनको यात्रा त्यतै सोझिन्छ ।

Posted inHerne Katha Episodes

Aaune Janeko Katha EP39

https://www.youtube.com/watch?v=rTdpLqquunE ५० को दशकमा गाउँगाउँमा द्वन्द्वको आगो सल्किएको थियो । पश्चिम रुकुमको एउटा विकट गाउँको दलित परिवारमा छाक टार्न धाै धाै थियो । भर्खर १० – १२ वर्षमा पाइला टेक्दै गरेकाे एउटा वालकलाई युद्धका नाराहरुले लोभ्यायो । त्यो बालक युद्धको बाटो हिड्यो । खारामा एकदिन डरलाग्दो लडाईं भयो र त्यो बालक हरायो । #HerneKatha #AauneJanekoKatha […]

Posted inHerne Katha Episodes

Sapanako Katha EP38

https://www.youtube.com/watch?v=YKG_ZvruttU रौतहटको चन्द्रनिगाहपुर महिला फूटवलमा नाम चलेको ठाउँ रहेछ । यहाँका चेलीहरु कसरी फूटवलमा पोख्त भए भनेर बुझ्न हामी त्यही पुगेका थियौं ।  एकाविहानै जंगल छेउको चौरमा धमाधम अभ्यास हुँदै थियौं ।  पहिले शेरबहादुर दर्लामी केटीहरुले पनि फूटबल खेल्नु पर्छ भनेर घर घर पुग्थे । त्यो बेला छोरीहरुलाई हाफ प्यान्ट र टिसर्ट लगाएर खेल्न पठाउन […]

Posted inHerne Katha Episodes

Sangeetko Katha EP37

https://www.youtube.com/watch?v=58UYS2M1B3A संगीतजस्तै, जिन्दगी आरोह अवरोहको धुन रहेछ । कहिले उज्यालो कहिले अँध्यारो आकाशको जुन रहेछ । जिन्दगीका कतिपय लयहरु यसै यसै विलय भएपछि संगीतलाई साथी बनाएका जीवन्त जिन्दगीहरु इटहरीमा भेटिए । #HerneKatha #SangeetkoKatha Stories of three different lives from Eastern Nepal who have befriended music. We met them at a music school run by Sunita […]

Posted inHerne Katha Episodes

Eauta Yatrako Katha EP36

https://www.youtube.com/watch?v=WQoew4xe32U कतिपय यात्राहरु रहर हुन्छन् । कतिपय बाध्यता । हातमुख जोर्न सप्तरी गोबरगाडा टापुका मान्छेहरु दिनरात कोशीमा हेलिँदै बाध्यताको यात्रा गर्दा रहेछन् । हामीले पनि उनीहरुसँगै यो यात्रा गर्ने रहर गर्यौं ।  सप्तरी हनुमाननगरसम्म हामी मोटर चढेरै गयौ । त्यसपछि पैदल । हनुमाननगर बजारमा डेरा लिएर दश कक्षामा पढ्ने शंकर यादब साइकल ठेल्दै अघि लागे  […]

Posted inHerne Katha Episodes

Biteka Katha EP35

https://www.youtube.com/watch?v=5H3_cLwpZqU अस्ति भर्खर जस्तो लाग्छ सल्यानकी चेतना बोहोरालाई अन्यायविरुद्ध लड्न बन्दुक उठाउनु पर्छ भन्ने चेतना आएको । आमालाई फकाएर युद्धको मोर्चामा हिँडेकी चेतना अहिले आफैं आमा भएकी छिन् ।  हेटौंडा छेउमा आजकल घरपरिवारको मोर्चा सम्हाल्छिन् । चेतनाकै घरसँगै निर्मला वाइवाको घर जोडिएको छ । उनीसँग शरिरभरि गोलीका डोब छन् र मनभरि सम्झनाका डोबहरु, बितेका कथाका […]

Posted inHerne Katha Episodes

Ekadeshka Dakaharu EP34

https://www.youtube.com/watch?v=7ZdMqLNvZGo एकादेशमा धनुषा जिल्लाको झिँझा भन्ने गाउँमा डाँकाहरु बस्ने गर्थे । माधव पासवान र राजलाल पासवानहरु उ बेलाका कुख्यात डाँकु थिए । उनीहरु टाढा टाढासम्म डकैती गर्न जान्थे र परिवार पाल्थे । झिँझाका अधिकांशको पुर्ख्यौली पेशा नै डकैती थियो । बाबु बाजेले गरेको पेशा माधव र राजलालहरुले सिकेका थिए ।  ३५ सालतिर धनुषाका डाँकुहरुलाई सर्लाहीको […]

Posted inHerne Katha Episodes

Akashko Katha EP33

https://www.youtube.com/watch?v=UWofOk4UUx4 सगरमाथाबाट हाम्फालेर बंगालको खाडीमा पुग्ने लाक्पा शेर्पा, लाहुरे बन्न नसकेपछि घर फर्किन पनि नसकेका गोर्खाका जुद्ध गुरुङ र पोखरा पश्चिमको हर्पन डाँडा जस्तै उकाली ओराली खेपेका दीपक पौडेल । यी तिनै जनाको भेट विशाल आकाशमा भएको थियो । लाक्पा  कहिले हिमाल चढ्न हिँडिदिन्थे कहिल हावामा कावा खान । आकाश र हिमाललाई मोबाइलको टावरले के […]

Posted inHerne Katha Episodes

Eauti Ketiko Katha – 32

१५ महिना अघि एउटा चिसो विहानीमा हामीले शरियम खातुनलाई भेटेका थियौ ।काठमाडौं बल्खु नजिकै बागमती नदी किनारको टहरामा । केही दिनअघि हामी फेरि उनलाई खोज्न निस्कियौं । 

Posted inHerne Katha Episodes

Mayako Katha EP31

https://www.youtube.com/watch?v=2QZAUVMkKg8 माया हराउँदै गएको शहरमा मायाको कथा भेटियो । ललितपुर कुपन्डोलको गल्लीमा एउटा गाडी वर्कशप भित्र । यही वर्कशपमा राम दाइ र उनको ठूलो परिवार बस्छन् । परिवारमा मान्छे ४ जना । कुकुरहरु चाँही १७ जना। विहान उनीहरुसँगै कुकुरहरु उठ्छन् । राम दाइ वर्कसपको एउटा थोत्रो जिपको धुलो झार्छन् । मासु किन्न जाने तयारी हुँदैछ […]

Posted inHerne Katha Episodes

Jhyaulika Juntara EP30

https://www.youtube.com/watch?v=SLeeshpO9V8 राजनीतिक परिवर्तनको उर्बर भूमिमा उनीहरु जन्मिए । दाङ र रोल्पामा खान लाउन पुगेन । काठमाडौं छेउका उर्बर भूमिमा खुलेका इँटाभट्टाले उनीहरुलाई बोलायो । उनीहरु गाउँलाई छाडेर आए । रहरलाई छाडेर आए । परिवारलाई छाडेर आए ।  किर्तिपुरपारि फाँटको इँटाभट्टा एकाविहानै जाग्छ । सँगै जाग्छन् यहाँका मिनी रोल्पा र दाङहरु ।  हरेकका अनेक कथा छन्। […]

Posted inHerne Katha Episodes

Gaun Khane Katha EP29

https://www.youtube.com/watch?v=xrCRGHtgnLw सिराहाको लाहान वरपरका डोम समुदायमा गाउँ खाने चलन छ । गाउँको किनबेच पनि हुन्छ । मधेशको यो रमाइलो चलनबारे आजको हेर्ने कथा – गाउँ खाने कथा ।

Posted inHerne Katha Episodes

Akhada EP28

https://youtu.be/0bjM29Jc7kc यो गाउँमा कुस्ती को क्रेज कहिलेदेखि सुरु भयो ठ्याक्कै थाहा छैन । तर गाउँका दाह्री कपाल फुलेकाहरुको पनि सबैभन्दा पुराना सम्झनाहरु कुस्ति कै छन् ।  नवलपरासी सदरमुकाम परासी बजारबाट दक्षिणतिरको पाल्हीनन्दन गाउँपालिका । भारतसँगै सीमाना जोडिएको गाउँको नामा चाहिँ पडहरी । गाउँमा धेरैजसो यादवहरु बस्छन् ।  जिन्दगीमा एकपटक कुस्ती नखेलेको केटा मान्छे गाउँमा कोही […]

Posted inHerne Katha Episodes

Duita Katha EP27

https://www.youtube.com/watch?v=mJenRWmwbHY आज हेर्ने कथामा दुइटा कथा देखाउदैछौ । फरक फरक जीवन र परिवेश बाँचिरहेका दुई जना नेपाली महिलाको कथा । एक – गीत मेरो साथी पहिलो कथा झुप्री कुमारी भण्डारीको । गएको असोजमा हामी अछामतिर थियौं । ठूलासेन नजिकै तारेखा गाउँको एउटा झुप्रोमा हामीले झुप्रीलाई भेट्यौ । झुप्री उदास थिइन् । जिन्दगीसँग विरक्तिएकी । झुप्रीलाई […]

Posted inHerne Katha Episodes

Jogiko Katha EP26

https://www.youtube.com/watch?v=acLBE4K0TMo राति राति फेरी लगाउँदै हिँड्ने जोगीको कथा । हेर्ने कथा अंक २६ – जोगीको कथा झापा जिल्लाको बाहुनडाँगी नजिकै जोगीडाँडा भन्ने ठाउँ छ । जोगी डाँडामा ४० घर जोगीहरु बस्छन् । उनीहरु पहाडका विभिन्न ठाउँबाट बसाइ सरेरर त्यहाँ आएका हुन् । जोगीहरुको पुर्ख्यौली पेशा भनेको चैत र कार्तिक महिनामा गाउँ गाउँ डुलेर बराँटको सिङ […]

Posted inHerne Katha Episodes

Netako Katha EP25

https://www.youtube.com/watch?v=fUtZ5i45zIo गत वर्षको फागुनमा हामी देउखुरीको यो गाउँ पुगेका थियौं । महादेवा गाउँको नाम फेरिएर गढवा नगरपालिका भएको थियो । अनि गाउँकी गीतगाउनेआइमाइ भनेर चिनिने निर्मला चौधरीको नयाँ चिनारी बनेको थियो ।  जिन्दगीका धेरै फागुन र साउनहरु खेतबारी र चुलो चौकोमै बिताएकी निर्मलालाई खोज्दै अघिल्लो फागुन मान्छेहरु उनको घरमै आइपुगे । 

Posted inHerne Katha Episodes

Belly Blues EP24

https://www.youtube.com/watch?v=_7ik4xi9fjU स्टोर रुम भित्रको ओछ्यानछेउमा विहानै मोबाइलको अलार्म बज्छ । उनी आँखा मिच्दै उठ्छन् र हतार हतार गृहकार्य सक्छन् । राति सँधै अबेर भइसकेको हुन्छ । थाकेको ज्यानले ओछ्यान रोज्छ ।  मूल ढोकाका साँचो लिएका मानिस मस्त निद्रामा हुन्छन् । उनलाई उठाउन मन लाग्दैन । झ्यालबाट निस्किन्छन् र क्याम्पस जान्छन् ।  १० बजे क्याम्पस छुट्टी […]

Posted inHerne Katha Episodes

Head Mistriko Katha EP23

https://www.youtube.com/watch?v=NgqrYKHu_Ck जिन्दगीका असंख्य दुःख र पीडाहरुलाई जितेकी दाङ देउखुरीकी कमला चौधरीको संघर्ष, साहस र सफलताको कथा – हेड मिस्त्रीको कथा – हेर्ने कथा अंक २३

Posted inHerne Katha Episodes

Durga Bajyai ko Katha EP22

डडेलधुराकी ६० वर्षकी दुर्गा पाण्डेको कथा । साथीहरु उनलाई दुर्गा बज्यै भनेर बोलाउँछन् । दुर्गा बज्यै कक्षा २ मा पढ्छिन् । हेर्नुहोस् दुर्गा बज्यैको कथा