Posted inHerne Katha Episodes

Chudeli Gaunko Katha EP21

https://www.youtube.com/watch?v=zXzi8WYGOOU अछाम सदरमुकाम मंगलसेनबाट साँफेबगर झर्दै गर्दा हामीले बन्दै गरेको मध्यपहाडी लोकमार्ग रोज्यौं । चुडेली गाउँ पुगेपछि मस्जिदबाट आइरहेको प्रार्थनाको आवाजले हामी रोकियौं । यो बस्तिलाई मियाँ टोल भन्दा रहेछन् । पहिले पहिले चुरा बनाउने र बेच्ने पेशा भएकाले गाउँको नाउँ चाहिँ चुडेली । घुम्टो ओडेका महिलाहरु थिएनन् । तर पहाडको दुःखको उही दैनिकी ।

Posted inHerne Katha Episodes

Rauteka Katha EP20

https://www.youtube.com/watch?v=DfrlWm-sWDU राउटेहरु आएर बसेको थाहा पाएपछि हामी सुर्खेतको लेकबेसी नगरपालिकाको एउटा गाउँछेउ पुग्यौं ।  ८-१० वटा पाल टाँगिएका थिए । दैलेखछेउको डाँडाबाट उनीहरुको समूह केही दिन पहिले आइपुगेको रहेछ । अर्को ठूलो समूह चाहिँ माथि डाँडामै भएको थाहा पायौं ।  भोलिपल्ट बिहानै फेरि हामी यसै थलोमा पुग्यौं । डाँडामा बसेका राउटेको ठूलो समूह आज बसाइँ […]

Posted inHerne Katha Episodes

Kinarako Katha EP19

https://www.youtube.com/watch?v=8SmBmL0-p8c लगभग १ घन्टा जंगल छिचोलेपछि डुङ्गाघाट पुग्यौं । नारायणी नदीको एउटा भंगालो । रुख खोपेर बनाएका साँघुरा डुङ्गा हामीले बलियो गरी समात्यौं । माझीहरुले नदीको उल्टो दिशातिर डुङ्गा खियाए । नारायणी नदीको किनारमा जंगलको छेउमा शेरगंज गाउँ छ । गाउँमा माझी र मुसहर बस्छन् । नदीमा माछा मार्ने उनीहरुको मूख्य पेशा ।  गाउँलेहरु आज […]

Posted inHerne Katha Episodes

Bhurti Gaunko Katha EP18

https://www.youtube.com/watch?v=xM1ZONRs1pE दशैंअगाडि हामी दैलेखको सदरमुकामसँगै जोडिएको भुर्ती गाउँ पुगेका थियौं । यो त्यही गाउँको कथा हो । ९२ घर रहेको गाउँमा सार्की, कामी र दमाई मात्र बस्छन् ।  यसअघि हेर्ने कथाको अंक १७ मा हामीले गजेन्द्र सरको कथा देखाएका थियौं । हाम्रा सबै कार्यक्रम हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । 

Posted inHerne Katha Episodes

Gajendra Sirko Katha EP17

https://www.youtube.com/watch?v=EB95io-Notc बालखैमा आमा बासँग विछोड हुन्छ । गजेन्द्र राना मगर अनाथाश्रममा हुर्किन्छन् । एक से एक राम्रा स्कुल पढ्ने मौका पाउँछन् । विकास अध्ययनमा डिग्री गर्छन् । सँगैका साथी युरोप अमेरिका लाग्छन् । काेही एनजिओमा जागिर खान्छन् । गजेन्द्र चाहिँ गाउँ फर्किन्छन् र एउटा सानो स्कुलको मुहार फेर्छन् :  सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित जहरे भन्ने ठाउँबाट […]

Posted inHerne Katha Episodes

Raharko Katha EP16

रहरको कथा – साँझ विहान उनका दौंतरीहरु आँगन छेउमा आएर उफ्री उफ्री खेलिरहन्छन् । उनी मुसुमुसु हाँस्दै हेरिरहन्छन् । दिनभरि बा आमा काममा जान्छन्, एउटा भाइ स्कूल जान्छ । उनी बार्दलीमै बसिरहन्छन् । वरपरका किताब कापीमा घोत्लिरहन्छन् । हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा हेर्नुहोस् […]

Posted inHerne Katha Episodes

Bau Chhoriko Katha EP15

https://www.youtube.com/watch?v=J06N-hgsRlU Bau Chhoriko Katha – युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए ।६ वर्षपछि हामी तिनै बाउछोरीलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौं । झापाको सबैभन्दा दक्षिणी भेग केचना […]

Posted inHerne Katha Episodes

Zindagiko Katha EP14

https://www.youtube.com/watch?v=x712l1yIPRc जिन्दगीको कथा – समयका फरक फरक छालहरुमा तैरिँदै केही जिन्दगीहरु धनकुटाको मुलघाटस्थित तमोर नदी छेउ सुसाइरहेका छन् । मन्दिरमा बेला बेला बजिरहने घन्टका आवाज, आँपका डालीमा आएर कराइरहने कागहरु, एक तमासले सुसाइरहने तमोर, साँझ विहानको हरिकिर्तन । यस्तै छ यहाँको चित्र ।  प्राय सबै शान्त छन् । बिस्तारै हिँड्छन् । सुस्तरि बोल्छन् । कोही […]

Posted inHerne Katha Episodes

Babanpurka Gothalaharu EP13

https://www.youtube.com/watch?v=HX6puwP3VEA बबनपुरका गोठालाहरु – बर्दियाको बाँसगढी नगरपालिकाको बबनपुर । यादब गाउँ । पुरै गाउँ शाकाहारी ।माछामासु खाने त परको कुरा गाउँमा हाँस कुखुरा र बाख्रा समेत कसैले पाल्दैनन् । सबैका गोठमा गाई भैंसी मात्र छन् । गाई भैंसी पाल्नु नै यो गाउँको पुर्ख्यौली पेशा हो । सानैदेखि बाउबाजेसँगै गाई भैंसीको पछि लागे । गाई भैंसीसँगै हुर्किए […]

Posted inHerne Katha Episodes

Eklo Katha EP12

Eklo Katha – Herne Katha Episode 12 – बुवा बिते । आमा विदेशमा छिन् । दुइ दाजुहरु पनि विदेशमै छन् । एउटी दिदी सँगै थिइन् । उनी पनि विहे गरी पराई घर गइन् ।अनि १२ वर्षका साजन बिक घरमा एक्लै भए । साजन नजिकैको स्कूलमा ५ कक्षामा पढ्छन् । यो घरमा एक्लै बस्छन् । एक्लोपन नै उनको साथी ।

Posted inHerne Katha Episodes

Simanako Katha EP11

https://www.youtube.com/watch?v=sgNY6S-gSgA Simanako Katha – Herne Katha Episode 11 सिमानाको कथा – झापाको मेचीपारिको नेपालको कथा व्यथा । दुईतिर मेची नदीका भँगाला अनि सिमानामा भारतको ‘थिचोमिचो’ । हेर्ने कथा अंक ११ – सिमानाको कथा  डुङ्गा चढी आउन सकेन बाटो र विरानो भयो आफ्नै देश  आफ्नै खेत गयो परदेशकहिले नदीले बाटो फेर्योकहिले सिमानालेबाटोफेर्यो। तर उनीहरुको माटो फेरिएन। सिमानामा वर्षौंदेखि सिमाना बनेर उभिएको एउटा गाउँको व्यथासिमानाकोकथा […]

Posted inHerne Katha Episodes

Story of Ward Number 22 EP10

Herne Katha Episode 10 – Story of Ward Number 22 – वडा नम्बर २२ को कथा  – गाउँ भनौं भने शहरको नक्सामा छ । शहर भनौं भने शहरका केही सामान्य विशेषता पनि छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पर्ने ‍‍किंघरियनपुर्वा गाउँको सेरोफेरोको कथा – वडा नम्बर २२ को कथा । यो गाउँमा मुसलमानहरु मात्र […]

Posted inHerne Katha Episodes

A Dark Story EP09

https://www.youtube.com/watch?v=By5kEGocNFM Herne Katha Episode 09 – A Dark Story । हेर्ने कथा अंक ०९ – एउटा अँध्यारो कथा – कैलाली जिल्लास्थित पूर्वपश्चिम राजमार्ग छेवैको एउटा झुरुप्प बस्ति । बस्तिमा बस्छन् बादी समूदाय । नौला मान्छेसँग हत्तपत्त नखुल्ने यहाँ केही महिलाहरुले आफ्ना जीवनका अँध्यारा कथाहरु हामीलाई अँध्यारो कोठाभित्र सुनाए १४ १५ वर्षको कलिलो उमेर । महिनावारी […]

Posted inHerne Katha Episodes

The Story of Zubaida Khatun EP08

The wait is over. Herne Katha Episode 08 – Story of Zubeda Khatun is finally here. हेर्ने कथाको आठौं अंकमा जुबेदा खातुनको कथा लिएर आएका छौं । यो कथा बर्दियाको बाँसगढीस्थित एउटा मुस्लिम परिवारको कथा हो । र कथाकी मुख्य पात्र हुन् जुबेदा खातुन । सात कक्षा पढ्दा पढ्दा उनकै बिहे भयो । चार छोरीको […]

Posted inHerne Katha Episodes

Ghodeko Katha EP07

Ghodeko Katha – Herne Katha Episode 07 ।  । घोडेको कथा । अंक ०७ दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा । घोडेको कथा । गाउँको नाउँ हो बनगाउँ । दाङको तुल्सीपुरनजिकै पर्छ । यही बस्छन् घुमलाल चौधरी । उनले एउटा घोडा पालेका छन् । बनगाउँका अरु ४० घरमा पनि घोडा छन् । […]

Posted inHerne Katha Episodes

Chiya Baganka Shikariharu EP06

चिया बगानका सिकारीहरु – पूर्व झापाको ज्यामिरगढीस्थित वेन्डी वस्ति । मेची नदीको किनारैमा चियावगान माझको सन्थाल गाउँ । गाउँका धेरैजसो मान्छे चियावगानमै काम गर्छन् अनि फूर्सदमा चाहिँ शिकार गर्न हिँड्छन् । मुसाको शिकार । वेन्डी वस्तिका सन्थालहरुसँगै हामी पनि आज मुसाको शिकारमा जाँदैछौं । झापाको चियाबगान वरपर मुसा सिकार गरेर खानेहरुको कथा ‘चिया बगानका सिकारीहरु’ […]

Posted inHerne Katha Episodes

Sunko Katha EP04

https://www.youtube.com/watch?v=eNrm6JkR2AY सुनको कथा । Sunko Katha । Story of Gold – हेर्ने कथाको चौथो अंकमा सुनको कथा । यो कथा बर्दियाको राजापुरस्थित कर्णाली नदीको किनारामा सुन खोज्ने मान्छेहरुको कथा हो । बर्दियाको राजापुर । कर्णाली नदीकै किनारामा एउटा चिटक्कको गाउँ छ । चैतको टन्टलापुर घाममा गाउँका आइमाइ केटाकेटीहरु टाउकामा केही सरसामान बोकेर नदीको बगरतिर लागे […]

Posted inHerne Katha Episodes

Gharko Katha EP03

https://www.youtube.com/watch?v=DqGJDGRgsIU घरको कथा – उनीहरु भूटान भन्ने देशमा रहेको आफ्नो घर छाडेर दुःखका पहाडहरु काट्दै नेपाल आए । यही घर बनाए । जीवनका कैयौं घामपानी उनीहरुले यहिँको माटोमा बिताए । ९ वर्षपहिले फेरि उनीहरुको घर बदलियो । सपनाका सात समुद्रमाथि उड्दै उनीहरु क्यानडा पुगे । घर त्यहिँ भयो । झन्डै १ दशकपछि अहिले उनीहरु आफूले […]

Posted inHerne Katha Episodes

Chaukini ko Katha EP02

Herne Katha Episode 02 – Chaukini ko Katha – हेर्ने कथाको दोस्रो अंक चौकिनीको कथा । असोज अन्तिम साता ढोरपाटनका बुकीहरु ओइलाउन थाल्छन् र मानिसहरु बेँसी झर्न थाल्छन् । मध्य हिउँदका केही महिना यहाँका बाटाघाटा, चौर चौतारी, खोला नाला, अनि वन जंगलहरु लगभग एक्ला हुन्छन् । घरहरुमा ताल्चा लाग्छन् । तर पुरै गाउँ रेखदेख गर्ने जिम्मा […]

Posted inHerne Katha Episodes

Eauta School ko Katha EP01

https://www.youtube.com/watch?v=LPGauGMiSYg Eauta School ko Katha – कपिलवस्तुको मायादेवी नगरपालिका-२, भै‌सकुण्डास्थित मुस्लिम केटीहरु मात्र पढ्ने उम्मे उम्मार कन्या क्याम्पसभित्र आजसम्म कोही पनि संचारकर्मीले प्रवेश पाएका थिएनन् । हामीले त्यो दूर्लभ मौका पायौं । हेर्ने कथाको यो अंक त्यही एउटा स्कुलको एक दिनको कथा हो । हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत […]