Herne Katha Episode 09 – A Dark Story । हेर्ने कथा अंक ०९ – एउटा अँध्यारो कथा – कैलाली जिल्लास्थित पूर्वपश्चिम राजमार्ग छेवैको एउटा झुरुप्प बस्ति । बस्तिमा बस्छन् बादी समूदाय । नौला मान्छेसँग हत्तपत्त नखुल्ने यहाँ केही महिलाहरुले आफ्ना जीवनका अँध्यारा कथाहरु हामीलाई अँध्यारो कोठाभित्र सुनाए

१४ १५ वर्षको कलिलो उमेर । महिनावारी समेत भएको थिएन । उनको जीवनको अँध्यारो अध्याय त्यहीदेखि सुरु भयो । त्यसपछिका ४० वर्षमा उनले के मात्रै भोगिनन् । चरम गरिबी अभाव असह्य पीडा विभेद उत्तिकै घृणा अनि प्रेम पनि ।

दिन रात यौन कर्म गरेरै उनले आफ्नो जवानी विताइन् । विहे गर्ने रहर । घरजम गर्ने रहर । जीवनभर एउटै मान्छेसँग सम्बन्ध बनाउने रहर ।आफ्ना दुई छोरा र एक छोरीलाई बाबु चिनाउने रहर । रहर त कत्ति थिए कत्ति । तर विकल्प एउटै थियो यौन कर्म । उनको शरिरसँग प्रेम गर्नेहरु कत्ति कत्ति तर उनलाई प्रेम गर्ने कोही न कोही ।

हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha सब्स्क्राइब गर्नुहोला ।

हेर्ने कथा हरेक अँग्रेजी महिनाको १ तारिख र १५ तारिख प्रसारण हुन्छ । हेर्ने कथाको आठौं अंकमा हामीले यसअघि जुबेदा खातुनको कथा प्रसारण गरेका थियौं ।

तपाईंलाई हेर्ने कथा मन पर्यो भने इन्टरनेटको पहुँच नभएका आफ्ना आफन्त र साथीलाई पनि देखाउनु होला ।

तपाईं हामीसँग फेसबुक ट्वीटरइन्स्टाग्राममा पनि जोडिन सक्नुहुन्छ ।

Join the Conversation

1 Comment

  1. programme is very good bidhya de bt you can do good for them something new .mean help them for her daughter to good schooling.And if possible plz make environmentfor them to leave that dangerous work .

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply