Sikaribas ko Katha EP93

हुलाकी राजमार्ग हुँदै पर्सा जिल्लाको ठोरी नपुग्दै विजयवस्ती भन्ने ठाउँबाट एउटा साँघुरो कच्चीबाटो जंगलतिर लाग्छ । घना जंगल छिचोलेपछि एउटा गाउँ पुगिन्छ । एकातिर चितवन र अर्कातिर पर्सा राष्ट्रिय निकुन्ज । जंगल माझको यो गाउँ हो शिकारीबास । शिकारीबासको कथा  जंगल सकिने बित्तिकै गोठालाहरु भेटिए । जंगलको छेउमा बाख्रा चराइरहेका । हामीलाई भेट्ने बित्तिकै उनीहरुले …

Baganko Katha EP92

बगानको कथा छेउछाउका पश्चिम बंगालको सिको गर्दै २ हजार १६ सालमा झापामा पहिलो निजि चियाबगान खुल्यो । यो त्यही बगान हो । उ बेलाका जमिन्दार बुधकरण राजवंशीले सुरु गरेको बगानका मालिक अहिले उनका नाती राजेन्द्र राजबंशी हुन् ।  चियाका बोट रोप्नेहरु उसैगरी झारखन्डबाट ओसारिए ।  विहान साँढे ६ बजे साइरन बज्छ । मानिसहरु हतारहतार बगान …

Pani Magne Katha EP91

पर्सा जिल्लाको गोडपसरा गाउँमा यसपालिको बर्खामा पनि पुग्दो पानी परेन । खेतका धान सुक्न थाले । माटो तिर्खाउन थाले । ६ वर्षअघि यस्तै खडेरी परेको थियो । यसपालि पनि पानी नपरेपछि गाउँलेहरुले पानी माग्ने निधो गरे ।  पानी माग्ने चाहिँ देउतासित । एक छिन, एक दिन माग्ने हैन । एक हप्तासम्म मागेको माग्यै गर्ने । …

चिठ्ठी २  

प्रिय तपाईं, सुन्दर क्षणहरु छिटो बित्दारहेछन् कि क्या हो ! पहिलो चिठ्ठीमा आएका तपाईंका जवाफहरुमा रमाउँदै गर्दा अर्को चिठ्ठी लेख्ने बेला भइसकेछ । वाचा गरेकी थिएँ नि महिना दिनमा फेरि लेख्छु भनेर ।  खुशी बाँड्न मन लाग्छ । यसपालिको खुशीको कारण चाहिँ तपाईं । मेरो चिठी पाउन रुचि देखाएर इमेल ठेगाना टिपाउनेहरु झन्डै ४ हजार …

Mitho Katha EP90

झापा रङ्गे डाँडामा अकस्मात भेटिएका थिए अर्जुन मुखिया । रबर बगानमा राखिएका घार वरपर बढेका घाँस उखेल्दा पसिनाले निथ्रुक्क भिजेका अर्जुनसँग हामी हतारमै छुटियौं । उनको कथा सुन्ने धित मरेकै थिएन । अर्जुनलाई खोज्दै हामी दुधेमा रहेको उनको घर पुग्यौं । एकाविहानै आमा छोरा घरधन्दामा व्यस्त थिए ।  शन्तकुमारीले सानैमा आमा गुमाईन् । टुहुरी छोरीलाई …

Julabi Chowk ko Katha EP89

जहाँ गए पनि बाँचुन्जेल साथ नछोड्ने त सम्झनाले पो  रहेछ । मोरङ को सुन्दरहरैचा भन्ने ठाउँको जुलबी चोकले पनि आफूले छाडी आएका पहाडी गाउँहरुलाई बेलाबखत सम्झी बस्छ ।  जुलबी चोकको कथा  गाउँको माझलाई पहिले जुलबी चोक भनिन्थ्यो । बाख्राले खाने  जुलबी भनिने डाले घाँसको बुटो थियो रे । आजकल दुर्गामन्दिर चोक भएको छ । गाउँलेले …

letter envelope with stamps

पहिलो चिठ्ठी

प्रिय तपाईं, रमाइलो लाग्दैछ। खाम त अस्ति नै पाइसक्नुभयो होला। चिठ्ठी आज। चिठ्ठी भन्ने शब्द नै प्यारो। चिठ्ठी माया, चिठ्ठी गुनासो, चिठ्ठी संवाद। मैलै पठाउने चिठ्ठी पनि यी सबै । हुन त कागज छाम्दै र अक्षर छुँदै पढ्ने चिठ्ठीमा जति भावना त अन्त कहाँ साटिएला र ! पुगे जस्तो, नपुगे जस्तो । भए जस्तो, नभए …

Ama ko Katha – EP88

अनुहारमा छाइरहने मुस्कानले उनको उमेर छोपिदिन्छ । वरपर आइरहने नानीबाबुहरु पुतली जस्ता लाग्छन् । उनी चाहिँ पुतलीको पछाडि दौडिने नानी जस्तो । उनी आमा हुन् । गीता को उमेर ७२ वर्ष कट्यो । पुराना सम्झनाहरु उमेरसँगै ओइलाइसके । तर दैलो छेउ टेबुलमा राखिएको गीताको सादा तस्वीरले विस्मृत कथाहरु अलि अलि सम्झाइदिन्छ । अरु कसैले सुनाइदिएका …

Bhote Gaunko Katha EP87

हिउँको बाटो र भीरको बाटो कति हिँड्नु ! उत्तरी मुगुका १२ गाउँका मान्छेहरु खेती हुने जग्गा खोज्दै जुम्लातिर झर्न थाले । बसाइँ सर्दा केही पाइन्छ, केही गुमाइन्छ । चिसा दुःख बिर्सिन हिमनदीसँगै उँधो झरेका हिमालका मान्छेका सम्झना हिमालतिरै हराए । भाषा हराए । परिचय हराए । पानी र जोगी एकै ठाउँ बस्दैनन् रे । हिमालका …

Sangam Ko Katha EP86 

मान्छेलाई कथाले डोर्याउँदो रहेछ । भेटाउने छुटाउने पनि कथा नै रहेछ ।  अआफ्नै कथाले पोखरा महानगर आइपुगेका एक हुल मान्छेहरु छन् । पेट पाल्नु र बाँच्नु फरक कुरा रहेछ । पेट मात्रै पाल्न त यी मान्छेहरु कोही औषधी पसल चलाउँछन्, कोही दोहोरी साँझमा काम गर्छन् । कोही घरका भित्तामा रंग लगाउँछन् कोही चाहिँ चित्रकारिता गर्छन् …

Harayeko Batoko Katha EP84

पैले पैले मान्छेहरु बास बस्दै बस्दै कैयौं दिन लगाएर मुक्तिनाथ पुग्ने कथाहरु धेरै पुराना भइसकेका छैनन् । अहिले मोटर गाडी चल्न थालेपछि हिँड्ने मान्छे हराए । सँगसँगै हराए घोडा खच्चड र पुराना बाटाहरु । बाटोसँगै ससाना होटल हराए, भरिया हराए, बास बस्ने ठाउँका रमझम हराए ।

Tapuko Katha EP83

सुनसरी र उदयपुरको सिमानामा बग्ने कोशी नदीका भँगालाले साना ठूला टापुहरु बनाएका छन् । यी टापुले मान्छेलाई जीवन दिएका छन् । तर टापुको जिन्दगी सजिलो चाहिँ छैन ।   सुनसरी, प्रकाशपुर नजिकैको ठाकुरबारीबाट हाम्रो टापु यात्रा सुरु भयो । हामीलाई धर्मेन्द्र यादवले बाटो देखाउने भए । घुँडा घुँडा आउने पनेलो तरेपछि कोसीका बालुवा पैतालाले छाम्दै अघि …

Dolpa Jane Batoko Katha EP82

तरेली परेका पहाडहरु – परेलीमा त सुन्दर देखिन्छन् । पहाडिया जिन्दगी बाँच्न भने  उत्ति सजिलो छैन ।  नुन तेल किन्न र बिरामी हुँदा उपचार गर्न कठीन यात्रा गर्नु पहाडका सूदूर गाउँहरुका नमिठा नियती हुन् ।  भिमकाय पहाडका फेदीमा बग्ने नदीसँग कहिले भेटिँदै कहिले छुट्टिँदै कर्णाली राजमार्ग जसोतसो जुम्ला पुगेको छ ।  पहाड चिथोरेर कर्णाली मात्र …

Sainoko Katha EP81

रामेछापका पहाडी दुःखबाट भाग्दा भाग्दा भाग्दा माला तामाङका बुबा लक्ष्मण तामाङ भारतका चियाबगानमा बरालिए । अनि उदयपुरको रामपुर बजार छेउको कालीखोलामा थातथलो बनाइ बसे ।  खोटाङका पहाडबाट उस्तै उस्तै कथाहरुले दुर्गा पौडेलको परिवारलाई पनि मधेस बोलायो ।  यी दुई संयोगहरुले कालीखोलामा दुई किशोरीहरु दुर्गा पौडेल र माला तामाङलाई एउटै टोलमा भेट गरायो । आजभन्दा ३३ …

Giddha Ko Katha EP80 

कति मान्छेका मात्रै कथा देखाउनु । कहिलेकाहिँ पशुपंक्षीका कथा पनि हेरौं न । आज हामी गिद्धको कथा देखाउँदैछौं । गिद्धको कथा खोज्दै कहिले पोखराको सेती नदीका बगरतिर डुल्नेछौं । कहिले चाहिँ घाचोकमा रहेको गिद्ध रेष्टुरेन्टमा गिद्धको पर्खाइमा बस्नेछौं ।  चलचित्र लुटमा काठमाडौंलाई गिद्धै गिद्धको शहर भनिए पनि वास्तवमा काठमाडौंमा गिद्ध देखिन चाहिँ मुस्किल छ ।  …

Kulalbada Ko Katha EP79 

यो जुम्ला बजार नजिकैको कुलालबाडा गाउँ हो । कुलाल जातका मान्छेहरु बस्ने भएकाले कुलालबाडा ।  खेतीकिसानी र मजदुरी  गरेर गुजारा चलाउने यहाँका गाउँलेहरु अरुको हली र गोठालो बने । खान लाउनकै सेरोफेरोमा थुप्रो पुस्ता बित्यो ।   हवाइजहाजले उडाइ ल्याएका भारीहरुमा कुलालहरुले नै नाम्लो लगाउँथे । जुम्लामा थपिँदै गरेका पक्की घरहरु बनाउन कठ्याङ्ग्रिने चिसोमा तिला नदीका …

Doctor Gaun ko Katha EP78 

मोरङ जिल्लाको टंकी सिनुवारी भन्ने ठाउँमा रहेको यादब टोल । झन्डै ८० घर रहेको यो बस्तिले थुप्रै डाक्टरहरु जन्माएको थाहा पायौं ।  राजमार्गका होहल्ला र सिमेन्टीका पक्की घरहरु डेढ किलोमिटर जति छिचोल्दा यो सुन्दर गाउँ पुगिन्छ ।   राजबिहारी यादव आँगनमा बाँधिएका गाई भैंसीको सेवा गर्दै थिए । हामीले उनीसँग जिज्ञासा राख्यौं । उनले उत्साही हुँदै …

 बाँदर धपाउने ठ्यापठ्यापे

ल है ल है लाेखर्केहाम्राे मकै नखाइदेगैरी गाउँकाे धान खाइदेल है ल हैss ल है ल हैssएका बिहानै याे आवाज मेराे कानमा गुञ्जियाे । धेरै पछि म यसपाली खोटाङको आफ्नाे गाउँ पुगेकाे थिएँ । बाँदर धपाउन ठ्पाठ्यापे बजाउने केटाकेटीहरुले मलाई उडाएर बाल्यकालमै पुर्याइदिए । हामी पनि सानाे छँदा ठ्यापठ्यापे बजाउथ्या़ैँ । दिउँसो स्कुल जाने अनि …

खच्चडसँगै हुम्ला जुम्ला

हुम्लाको चखेली लेकबाट सयौँ खच्चर भारी बोकेर आइरहेका थिए ।  कुनै खच्चडले  ग्यास, कुनैले पानी, कुनैले अन्नपात तथा दालचामल बोकेका थिए।  खच्चडको बथानसँगै  अघिपछि दाैडिरहेका थिए सिहं रावल । जुम्लाका सिहं रावलले आफ्नो खच्चड हुम्लातिर ल्याएका छन् । अप्ठ्यारा बाटा अनि भिरपाखा छिचोल्दै उनी हुम्ला जुम्ला गरिरहन्छन् ।   २२ बर्षे रावललाई न बिदेश जाने बाध्यता …

भैलो

हिउँदको महिना । माथि पहाडलाई हिउँले ढाकेको छ । भरखरै घामको न्यानो ताप्दै गरेको गाउँमा जुम्लीका भाकाहरू गुन्जिन्छन् । जुम्ला चन्दननाथ गाउँमा आज भैलो खेल्दैछन् । गाउँलेहरू जम्मा भएर प्रत्येक घरमा ५ दिनसम्म भैलो खेल्ने गर्दछन् । मौलिक शैलीमा भैलेराभैलेरी(भैलाे खेल्ने पुरुष महिला)हरूले हरेक घरमा सुख शान्ति र समृद्धिको कामना गर्छन् । अनि भैलो खेलिएका …

हज्जुकाे अटो एम्बुलेन्स

सुर्खेतका हज्जु अलि एकदिन प्रदेश अस्पताल पुगेका थिए । त्यहाँ उनले एम्बुलेन्स नपाएर बिरामी र उनका आफन्तहरु अलपत्र परेको देखे । एकातिर एम्बुलेन्स नपाएको दुख, त्यसमाथि अस्पताल वरपरका अटोहरुले धेरै भाडा लिएको देखेपछि हज्जुले आफ्नो घरमा थन्काएर राखेको अटो निकाले र कोभिडका बिरामी बोक्न थाले । अटाेबाटै आम्दानी हुने हज्जुको अटोमा काेराेना संक्रमण यता कुनै …

चिडिमार

बाँके हवल्दारपुरको भित्री गाउँ । गाउँमा चिडिमार समुदाय बस्छन् ।चरा शिकार गर्ने उनीहरुलाई चिडिमार जाती भनेरै चिन्दछन् । चरा शिकार गर्नु उनीहरुकाे पुर्खाैली पेशा हो । त्यही समुदायमा मनवा चिडिमार बस्छन् । मनवा चिडिमारले १२ बर्षको उमेरदेखि जङ्गलमा शिकार गर्थे ।टाढा-टाढा जङ्गलमा गएर चरा शिकार गर्ने अनि नेपालगञ्ज लगेर बेचेकाे सम्झना ताजै छ ।पहिले त …

साइकलको भर

झिसमिसे बिहानमा काठमाडाैँबाट गाडी तरहरा चाेक आइपुग्छ ।चाेकमा फ्याट्टफुट्ट मान्छेहरुकाे आवत जावत हुन थाल्छ । मनाेज पाैदार पनि साइकल चढेर त्यहीँ पुग्छन्, गाडीले ल्याएकाे पत्रिका लिन । सधैँ यसरी नै उनकाे दैनिकी सुरु हुन्छ । सानाे छँदा मनाेज फुटबल खेल्थे । उनले सानैमा फुटबल खेलाडी बन्ने सपना बाेकेका थिए । तर एकदिन अचानक मनाेजकाे खुट्टामा …