Ekadeshka Dakaharu EP34

एकादेशमा धनुषा जिल्लाको झिँझा भन्ने गाउँमा डाँकाहरु बस्ने गर्थे । माधव पासवान र राजलाल पासवानहरु उ बेलाका कुख्यात डाँकु थिए । उनीहरु टाढा टाढासम्म डकैती गर्न जान्थे र परिवार पाल्थे । झिँझाका अधिकांशको पुर्ख्यौली पेशा नै डकैती थियो । बाबु बाजेले गरेको पेशा माधव र राजलालहरुले सिकेका थिए ।  ३५ सालतिर धनुषाका डाँकुहरुलाई सर्लाहीको लालबन्दी …

Akashko Katha EP33

सगरमाथाबाट हाम्फालेर बंगालको खाडीमा पुग्ने लाक्पा शेर्पा, लाहुरे बन्न नसकेपछि घर फर्किन पनि नसकेका गोर्खाका जुद्ध गुरुङ र पोखरा पश्चिमको हर्पन डाँडा जस्तै उकाली ओराली खेपेका दीपक पौडेल । यी तिनै जनाको भेट विशाल आकाशमा भएको थियो । लाक्पा  कहिले हिमाल चढ्न हिँडिदिन्थे कहिल हावामा कावा खान । आकाश र हिमाललाई मोबाइलको टावरले के भेट्टाउँथ्यो …

Eauti Ketiko Katha – 32

१५ महिना अघि एउटा चिसो विहानीमा हामीले शरियम खातुनलाई भेटेका थियौ ।काठमाडौं बल्खु नजिकै बागमती नदी किनारको टहरामा । केही दिनअघि हामी फेरि उनलाई खोज्न निस्कियौं । 

Mayako Katha EP31

माया हराउँदै गएको शहरमा मायाको कथा भेटियो । ललितपुर कुपन्डोलको गल्लीमा एउटा गाडी वर्कशप भित्र । यही वर्कशपमा राम दाइ र उनको ठूलो परिवार बस्छन् । परिवारमा मान्छे ४ जना । कुकुरहरु चाँही १७ जना। विहान उनीहरुसँगै कुकुरहरु उठ्छन् । राम दाइ वर्कसपको एउटा थोत्रो जिपको धुलो झार्छन् । मासु किन्न जाने तयारी हुँदैछ । …

Jhyaulika Juntara EP30

राजनीतिक परिवर्तनको उर्बर भूमिमा उनीहरु जन्मिए । दाङ र रोल्पामा खान लाउन पुगेन । काठमाडौं छेउका उर्बर भूमिमा खुलेका इँटाभट्टाले उनीहरुलाई बोलायो । उनीहरु गाउँलाई छाडेर आए । रहरलाई छाडेर आए । परिवारलाई छाडेर आए ।  किर्तिपुरपारि फाँटको इँटाभट्टा एकाविहानै जाग्छ । सँगै जाग्छन् यहाँका मिनी रोल्पा र दाङहरु ।  हरेकका अनेक कथा छन्। अनगिन्ति …

Gaun Khane Katha EP29

सिराहाको लाहान वरपरका डोम समुदायमा गाउँ खाने चलन छ । गाउँको किनबेच पनि हुन्छ । मधेशको यो रमाइलो चलनबारे आजको हेर्ने कथा – गाउँ खाने कथा ।

Akhada EP28

यो गाउँमा कुस्ती को क्रेज कहिलेदेखि सुरु भयो ठ्याक्कै थाहा छैन । तर गाउँका दाह्री कपाल फुलेकाहरुको पनि सबैभन्दा पुराना सम्झनाहरु कुस्ति कै छन् ।  नवलपरासी सदरमुकाम परासी बजारबाट दक्षिणतिरको पाल्हीनन्दन गाउँपालिका । भारतसँगै सीमाना जोडिएको गाउँको नामा चाहिँ पडहरी । गाउँमा धेरैजसो यादवहरु बस्छन् ।  जिन्दगीमा एकपटक कुस्ती नखेलेको केटा मान्छे गाउँमा कोही पनि …

Duita Katha EP27

आज हेर्ने कथामा दुइटा कथा देखाउदैछौ । फरक फरक जीवन र परिवेश बाँचिरहेका दुई जना नेपाली महिलाको कथा । एक – गीत मेरो साथी पहिलो कथा झुप्री कुमारी भण्डारीको । गएको असोजमा हामी अछामतिर थियौं । ठूलासेन नजिकै तारेखा गाउँको एउटा झुप्रोमा हामीले झुप्रीलाई भेट्यौ । झुप्री उदास थिइन् । जिन्दगीसँग विरक्तिएकी । झुप्रीलाई आफ्नो …

Jogiko Katha EP26

राति राति फेरी लगाउँदै हिँड्ने जोगीको कथा । हेर्ने कथा अंक २६ – जोगीको कथा झापा जिल्लाको बाहुनडाँगी नजिकै जोगीडाँडा भन्ने ठाउँ छ । जोगी डाँडामा ४० घर जोगीहरु बस्छन् । उनीहरु पहाडका विभिन्न ठाउँबाट बसाइ सरेरर त्यहाँ आएका हुन् । जोगीहरुको पुर्ख्यौली पेशा भनेको चैत र कार्तिक महिनामा गाउँ गाउँ डुलेर बराँटको सिङ बजाउँदै …

Netako Katha EP25

गत वर्षको फागुनमा हामी देउखुरीको यो गाउँ पुगेका थियौं । महादेवा गाउँको नाम फेरिएर गढवा नगरपालिका भएको थियो । अनि गाउँकी गीतगाउनेआइमाइ भनेर चिनिने निर्मला चौधरीको नयाँ चिनारी बनेको थियो ।  जिन्दगीका धेरै फागुन र साउनहरु खेतबारी र चुलो चौकोमै बिताएकी निर्मलालाई खोज्दै अघिल्लो फागुन मान्छेहरु उनको घरमै आइपुगे । 

Belly Blues EP24

स्टोर रुम भित्रको ओछ्यानछेउमा विहानै मोबाइलको अलार्म बज्छ । उनी आँखा मिच्दै उठ्छन् र हतार हतार गृहकार्य सक्छन् । राति सँधै अबेर भइसकेको हुन्छ । थाकेको ज्यानले ओछ्यान रोज्छ ।  मूल ढोकाका साँचो लिएका मानिस मस्त निद्रामा हुन्छन् । उनलाई उठाउन मन लाग्दैन । झ्यालबाट निस्किन्छन् र क्याम्पस जान्छन् ।  १० बजे क्याम्पस छुट्टी हुन्छ …

Head Mistriko Katha EP23

जिन्दगीका असंख्य दुःख र पीडाहरुलाई जितेकी दाङ देउखुरीकी कमला चौधरीको संघर्ष, साहस र सफलताको कथा – हेड मिस्त्रीको कथा – हेर्ने कथा अंक २३

Durga Bajyai ko Katha EP22

डडेलधुराकी ६० वर्षकी दुर्गा पाण्डेको कथा । साथीहरु उनलाई दुर्गा बज्यै भनेर बोलाउँछन् । दुर्गा बज्यै कक्षा २ मा पढ्छिन् ।

Chudeli Gaunko Katha EP21

अछाम सदरमुकाम मंगलसेनबाट साँफेबगर झर्दै गर्दा हामीले बन्दै गरेको मध्यपहाडी लोकमार्ग रोज्यौं । चुडेली गाउँ पुगेपछि मस्जिदबाट आइरहेको प्रार्थनाको आवाजले हामी रोकियौं । यो बस्तिलाई मियाँ टोल भन्दा रहेछन् । पहिले पहिले चुरा बनाउने र बेच्ने पेशा भएकाले गाउँको नाउँ चाहिँ चुडेली । घुम्टो ओडेका महिलाहरु थिएनन् । तर पहाडको दुःखको उही दैनिकी ।

Rauteka Katha EP20

राउटेहरु आएर बसेको थाहा पाएपछि हामी सुर्खेतको लेकबेसी नगरपालिकाको एउटा गाउँछेउ पुग्यौं ।  ८-१० वटा पाल टाँगिएका थिए । दैलेखछेउको डाँडाबाट उनीहरुको समूह केही दिन पहिले आइपुगेको रहेछ । अर्को ठूलो समूह चाहिँ माथि डाँडामै भएको थाहा पायौं ।  भोलिपल्ट बिहानै फेरि हामी यसै थलोमा पुग्यौं । डाँडामा बसेका राउटेको ठूलो समूह आज बसाइँ सर्ने …

Kinarako Katha EP19

लगभग १ घन्टा जंगल छिचोलेपछि डुङ्गाघाट पुग्यौं । नारायणी नदीको एउटा भंगालो । रुख खोपेर बनाएका साँघुरा डुङ्गा हामीले बलियो गरी समात्यौं । माझीहरुले नदीको उल्टो दिशातिर डुङ्गा खियाए । नारायणी नदीको किनारमा जंगलको छेउमा शेरगंज गाउँ छ । गाउँमा माझी र मुसहर बस्छन् । नदीमा माछा मार्ने उनीहरुको मूख्य पेशा ।  गाउँलेहरु आज पनि …

Bhurti Gaunko Katha EP18

दशैंअगाडि हामी दैलेखको सदरमुकामसँगै जोडिएको भुर्ती गाउँ पुगेका थियौं । यो त्यही गाउँको कथा हो । ९२ घर रहेको गाउँमा सार्की, कामी र दमाई मात्र बस्छन् ।  यसअघि हेर्ने कथाको अंक १७ मा हामीले गजेन्द्र सरको कथा देखाएका थियौं । हाम्रा सबै कार्यक्रम हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । 

Gajendra Sirko Katha EP17

बालखैमा आमा बासँग विछोड हुन्छ । गजेन्द्र राना मगर अनाथाश्रममा हुर्किन्छन् । एक से एक राम्रा स्कुल पढ्ने मौका पाउँछन् । विकास अध्ययनमा डिग्री गर्छन् । सँगैका साथी युरोप अमेरिका लाग्छन् । काेही एनजिओमा जागिर खान्छन् । गजेन्द्र चाहिँ गाउँ फर्किन्छन् र एउटा सानो स्कुलको मुहार फेर्छन् :  सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित जहरे भन्ने ठाउँबाट भेरी …

हेराईमा नौलोपन – हेर्ने कथा प्रिमियर

हेर्ने कथाको अंक १७ मा आज बेलुकी ९ बजे गजेन्द्र सरको कथा प्रसारण हुँदैछ । यसपटकदेखि तपाईंले युट्युबमा हेर्ने कथा हेर्दा केही नौलोपन महशुस गर्न सक्नुहुन्छ । 

Raharko Katha EP16

रहरको कथा – साँझ विहान उनका दौंतरीहरु आँगन छेउमा आएर उफ्री उफ्री खेलिरहन्छन् । उनी मुसुमुसु हाँस्दै हेरिरहन्छन् । दिनभरि बा आमा काममा जान्छन्, एउटा भाइ स्कूल जान्छ । उनी बार्दलीमै बसिरहन्छन् । वरपरका किताब कापीमा घोत्लिरहन्छन् । हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा

Bau Chhoriko Katha EP15

Bau Chhoriko Katha – युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए ।६ वर्षपछि हामी तिनै बाउछोरीलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौं । झापाको सबैभन्दा दक्षिणी भेग केचना कवल …

ट्रेलर – बाउ छोरीको कथा

ट्रेलर – बाउ छोरीको कथा – हेर्ने कथामा नयाँ अंक आउने बेला हुनै लाग्यो । आगामि अंकमा हामी देखाउने छौं “बाउ छोरीको कथा” । अहिले चाहिँ ट्रेलर हेर्नुहोस् ।  बाउ छोरीको कथा पुरा कार्यक्रम आउने सोमबार अर्थात् अक्टोबर १ तारिख (असोज १५ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानलमा प्रसारण गर्नेछौं । हाम्रो …

कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ

कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ, यो गाउँलाई छोडेर भन कहाँ जाउँ । पूर्व झापाका गन्धर्वहरुले गाएको यो मार्मिक लोकभाका प्रस्तुत गर्दैछौं मजा लिनुहोस् ।  हामीले यो गीतको केही अंश हेर्ने कथाको अंक ११ मा प्रसारण भएको सिमानाको कथामा पनि प्रयोग गरेका थियौं । हेर्ने कथाको आउँदो अंक “बाउ छोरीको कथा” बनाउने सिलसिलामा हामी झापाका …

Zindagiko Katha EP14

जिन्दगीको कथा – समयका फरक फरक छालहरुमा तैरिँदै केही जिन्दगीहरु धनकुटाको मुलघाटस्थित तमोर नदी छेउ सुसाइरहेका छन् । मन्दिरमा बेला बेला बजिरहने घन्टका आवाज, आँपका डालीमा आएर कराइरहने कागहरु, एक तमासले सुसाइरहने तमोर, साँझ विहानको हरिकिर्तन । यस्तै छ यहाँको चित्र ।  प्राय सबै शान्त छन् । बिस्तारै हिँड्छन् । सुस्तरि बोल्छन् । कोही बोल्दै …