Trailer – Zindagiko Katha ।ट्रेलर – जिन्दगीको कथा

Trailer – Zindagiko Katha – हेर्ने कथाको अर्को अंकमा प्रस्तुत गर्दैछौं – जिन्दगीको कथा । हेर्ने कथाको अंक १४ मा रहेको जिन्दगीको कथा पुरा कार्यक्रम आउँदो शनिबार, सेप्टेम्बर १५ तारिख (भदौ ३० गते) राति ९ बजे प्रसारण हुनेछ । कृपया च्यानल सब्स्क्राइब गर्नुहोला । We are presenting ‘Zindagiko Katha’ (Story of Life) in the next …

Babanpurka Gothalaharu EP13

बबनपुरका गोठालाहरु – बर्दियाको बाँसगढी नगरपालिकाको बबनपुर । यादब गाउँ । पुरै गाउँ शाकाहारी ।माछामासु खाने त परको कुरा गाउँमा हाँस कुखुरा र बाख्रा समेत कसैले पाल्दैनन् । सबैका गोठमा गाई भैंसी मात्र छन् । गाई भैंसी पाल्नु नै यो गाउँको पुर्ख्यौली पेशा हो । सानैदेखि बाउबाजेसँगै गाई भैंसीको पछि लागे । गाई भैंसीसँगै हुर्किए । …

ट्रेलर बबनपुरका गोठालाहरु – Babanpurka Gothala Haru –

ट्रेलर बबनपुरका गोठालाहरु – हेर्ने कथाको अर्को अंकमा  प्रस्तुत गर्नेछौं ‘बबनपुरका गोठालाहरु’ । अहिले चाहिँ ट्रेलर हेर्नुहोस् । 

यी हुन् अँग्रेजी सबटाइटल गरिएका हेर्ने कथाहरु

यी हुन् अँग्रेजी सबटाइटल गरिएका हेर्ने कथाहरु – तपाईहरुको सल्लाह र सुझाव र माग अनुसार हामीले हेर्ने कथा का अंकहरुमा अंग्रेजी सबटाइटल राख्न  थालेका छौ । अहिलेसम्म हेर्ने कथामा १२ वटा अंकहरु प्रसारण भइसकेका छन् । ती मध्ये  ८ वटा अंकहरुमा अंग्रेजी सबटाइटल गरिसकिएको छ । अब बाँकी भएका ४ वटा अंकहरुमा पनि छिट्टै सबटाइटल …

एक्लो कथा – साजनको एक्लोपनमा साथ दिएका प्रतिक्रियाहरु

हेर्ने कथामा अहिलेसम्मका अंकहरुमा एक्लो कथा ले केही रेकर्डहरु तोड्यो । पहिलो सबैभन्दा छिटो १ लाख पटक हेरिने कथा । दोस्रो अहिलेसम्म सबैभन्दा धेरै कमेन्ट गरिएको कथा ।  यो लेखिरहँदा एक्लो कथामा युट्युबमा मात्र  १७ सय ५० कमेन्ट छन् । फेसबुक र ट्वीटरमा पनि सयौं भावनाहरु शब्दमा पोखिएका छन्  ।

Eklo Katha EP12

Eklo Katha – Herne Katha Episode 12 – बुवा बिते । आमा विदेशमा छिन् । दुइ दाजुहरु पनि विदेशमै छन् । एउटी दिदी सँगै थिइन् । उनी पनि विहे गरी पराई घर गइन् ।अनि १२ वर्षका साजन बिक घरमा एक्लै भए । साजन नजिकैको स्कूलमा ५ कक्षामा पढ्छन् । यो घरमा एक्लै बस्छन् । एक्लोपन नै उनको साथी ।

तपाईंलाई विद्या चापागाईको पत्र

विद्या चापागाई,  हेर्ने कथा, ललितपुर प्रिय तपाईं, हेर्ने कथाको युट्युब च्यानलको सब्स्क्राइबर ५० हजार पुगेको छेको पारेर म तपाईंसँग मनका केही कुरा पोख्दैछु । उत्साहका कुरा, भावनाका कुरा, चुनौतीका कुरा । सुरुमा तपाईंलाई धन्यवाद र हामीलाई बधाई ।  

Simanako Katha EP11

सिमानाको कथा – झापाको मेचीपारिको नेपालको कथा व्यथा । दुईतिर मेची नदीका भँगाला अनि सिमानामा भारतको ‘थिचोमिचो’ । हेर्ने कथा अंक ११ – सिमानाको कथा  डुङ्गा चढी आउन सकेन बाटो र विरानो भयो आफ्नै देश  आफ्नै खेत गयो परदेशकहिले नदीले बाटो फेर्योकहिले सिमानालेबाटोफेर्यो। तर उनीहरुको माटो फेरिएन। सिमानामा वर्षौंदेखि सिमाना बनेर उभिएको एउटा गाउँको व्यथासिमानाकोकथा निमलाल राजवंशी चर्को घाममा यात्रु पर्खेर बसेका छन् …

ट्रेलर – सिमानाको कथा । Trailer – Simanako Katha । Herne Katha

ट्रेलर – सिमानाको कथा – हेर्ने कथाको अर्को अंकमा प्रस्तुत गर्नेछौं ‘सिमानाको कथा’ । अहिले चाहिँ ट्रेलर । हेरेर प्रतिक्रिया दिनुहोला । हेर्ने कथाको ११ औं अंकको ‘सिमानाको कथा’ प्रसारण हुने दिन – बुधबार, अगस्ट १ तारिख (साउन १६ गते) राति ९ बजे । Read more “ट्रेलर – सिमानाको कथा । Trailer – Simanako Katha । Herne Katha”

Story of Ward Number 22 EP10

Herne Katha Episode 10 – Story of Ward Number 22 – वडा नम्बर २२ को कथा  – गाउँ भनौं भने शहरको नक्सामा छ । शहर भनौं भने शहरका केही सामान्य विशेषता पनि छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पर्ने ‍‍किंघरियनपुर्वा गाउँको सेरोफेरोको कथा – वडा नम्बर २२ को कथा । यो गाउँमा मुसलमानहरु मात्र …

A Dark Story EP09

Herne Katha Episode 09 – A Dark Story । हेर्ने कथा अंक ०९ – एउटा अँध्यारो कथा – कैलाली जिल्लास्थित पूर्वपश्चिम राजमार्ग छेवैको एउटा झुरुप्प बस्ति । बस्तिमा बस्छन् बादी समूदाय । नौला मान्छेसँग हत्तपत्त नखुल्ने यहाँ केही महिलाहरुले आफ्ना जीवनका अँध्यारा कथाहरु हामीलाई अँध्यारो कोठाभित्र सुनाए

तपाईंको कथा, तपाईंको भाका

हेर्ने कथा तपाईंको कथा, तपाईंको भाका हो । गाउँघर र मानिसका कथा सँगै सम्बन्धित ठाउँका लोक भाका र स्थानीय गीतहरुलाई पनि सँगसँगै प्रस्तुत गर्नु हेर्ने कथाको विशेषता हो । हामीले हेर्ने कथाको पहिलो अंक एउटा स्कूलको कथादेखि आठौं अंक जुबेदा खातुनको कथासम्म आइपुग्दा हरेक कथामा यस्ता भाका र स्थानीय गीतहरु प्रयोग गर्दै आइरहेका छौं । …

जुबेदाकी छोरी हीनाको गायक बन्ने सपना

तपाईंले जुबेदा खातुनको कथा हेरिसक्नु भयो भन्ने पक्कै थाहा भयो होला : जुबेदाकी छोरी हीनाको गायक बन्ने सपना को बारेमा । हीनाले गाएको एउटा हिन्दी गित प्रस्तुत गर्दैछौं जुन कार्यक्रममा समावेश थिएन ।

The Story of Zubaida Khatun EP08

The wait is over. Herne Katha Episode 08 – Story of Zubeda Khatun is finally here. हेर्ने कथाको आठौं अंकमा जुबेदा खातुनको कथा लिएर आएका छौं । यो कथा बर्दियाको बाँसगढीस्थित एउटा मुस्लिम परिवारको कथा हो । र कथाकी मुख्य पात्र हुन् जुबेदा खातुन । सात कक्षा पढ्दा पढ्दा उनकै बिहे भयो । चार छोरीको …

‘एउटा स्कूलको कथा’ अँग्रेजी सबटाइटलसहित

धेरै दर्शक र श्रोताले ‘हेर्ने कथा’ का अंकहरु अंग्रेजीमा पनि राख्नुपर्यो भनेर सुझाव दिनुभएको थियो । तपाईहरुको त्यही सुझावलाई ध्यानमा राखेर हामीले ‘हेर्ने कथा’का अंकहरुमा अंग्रेजी सबटाइटल राख्न सुरु गरेका छौ । यसपालि ‘हेर्ने कथा’को पहिलो अंक ‘एउटा स्कूलको कथा‘को अंग्रेजी सबटाइटल गरेका छौ ।

Trailer – Story of Zubaida Khatoon । जुबेदा खातुन

Trailer – Story of Zubaida Khatoon – हेर्ने कथाको अंक ०८ मा हामी लिएर आउनेछौं ‘जुबेदा खातूनको कथा’ । पुरा कथा प्रसारण हुनेछ आउने सुक्रबार जुन १५ तारिख (असार १ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा । अहिलेलाई चाहिँ झलक हेर्नुहोस् र कस्तो लाग्यो भन्नुहोस् है । अनि यो कथा …

Ghodeko Katha EP07

Ghodeko Katha – Herne Katha Episode 07 ।  । घोडेको कथा । अंक ०७ दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा । घोडेको कथा । गाउँको नाउँ हो बनगाउँ । दाङको तुल्सीपुरनजिकै पर्छ । यही बस्छन् घुमलाल चौधरी । उनले एउटा घोडा पालेका छन् । बनगाउँका अरु ४० घरमा पनि घोडा छन् । …

हेर्ने कथामा घोडेको कथा

हेर्ने कथामा आज घोडेको कथा – आज जुन महिनाको १ तारिख । अर्थात् हेर्ने कथामा नयाँ कथा हेर्ने दिन । हेर्ने कथाको सातौं अंकमा हामी आज लिएर आउँदैछौं ‘घोडेको कथा’ । यो कथा दाङ जिल्लाको तुल्सीपुर आसपासमा खोजिएको कथा हो । घोडेको कथा आज राति ठीक ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब् च्यानल https://youtube.com/hernekatha मा …

Trailer Ghodeko Katha ।घोडेको कथा ट्रेलर

Trailer Ghodeko Katha – हेर्ने कथामा नयाँ कथा आउने बेला हुनै लाग्यो । हेर्ने कथाको अंक ०७ मा हामी लिएर आउनेछौं ‘घोडेको कथा’ । पुरा कथा प्रसारण हुनेछ आउने सुक्रबार जुन १ तारिख (जेठ १८ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा । अहिलेलाई चाहिँ झलक हेर्नुहोस् र कस्तो लाग्यो भन्नुहोस् है । अनि यो कथा के विषयमा होला जस्तो लाग्छ? मनमा लागेका कुरा कमेन्टमा लेख्न सक्नुहुन्छ । अनि हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला है ।

Read more “Trailer Ghodeko Katha ।घोडेको कथा ट्रेलर”

Chiya Baganka Shikariharu EP06

चिया बगानका सिकारीहरु – पूर्व झापाको ज्यामिरगढीस्थित वेन्डी वस्ति । मेची नदीको किनारैमा चियावगान माझको सन्थाल गाउँ । गाउँका धेरैजसो मान्छे चियावगानमै काम गर्छन् अनि फूर्सदमा चाहिँ शिकार गर्न हिँड्छन् । मुसाको शिकार । वेन्डी वस्तिका सन्थालहरुसँगै हामी पनि आज मुसाको शिकारमा जाँदैछौं । झापाको चियाबगान वरपर मुसा सिकार गरेर खानेहरुको कथा ‘चिया बगानका सिकारीहरु’ …

Gharko Katha with English Subtitles

हामीलाई धेरै दर्शकहरुले बारम्बार एउटा आग्रह गर्नुहुन्छ ‘हेर्ने कथाका कथाहरुमा अँग्रेजी सबटाइटल पनि राख्नुपर्यो’ । दर्शकहरुको चाहना हुन्छ कि हामी हाम्रा कथाहरु गैरनेपालीभाषी विश्वलाई पनि देखाउन सकौं । हुन त हामीलाई पनि सुरुदेखि नै अँग्रेजी सबटाइटल राख्न मन नलागेको होइन । तर हामीले हाम्रा बाध्यता बेलाबेला सामाजिक संजालका कमेन्टमार्फत नि व्यक्त गरिसकेका छौं ‘हामी असाध्यै …

Chiya Baganka Shikari Haru Trailer

चिया बगानका सिकारीहरु ट्रेलर – हेर्ने कथाको आगामि अंकमा हामी प्रस्तुत गर्दैछौं ‘चिया बगानका सिकारीहरु’ । यो हेर्ने कथाको छैठौं अंक हो । यो कथा मंगलबार मे १५ तारिख (जेठ १ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा प्रसारण हुन्छ । अहिलेको लागि ‘चिया बगानका सिकारीहरु’ को पहिलो झलक हेर्नुहोस् ।