बीरबहादुर बाहुनडाँगी आइपुगे
लकडाउनका बेला झापाका बीरबहादुर आले मगरको कोलकातादेखि बाहुनडाँगीसम्मको यात्रा । घर पुग्न जसले घस्रिँदै मेची तरे । कथा कोरोनामा बीरबहादुरको कथा ।
‘पानी बाराबार’
आमा बाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुङामुढा माथि जस्तै त होइन, तर सोचाइ यस्तै परेको हुन सक्छ।काठमाडौँको सुदुर पूर्व पेप्सिकोलामा लकडाउनको २४ औं दिन पार गर्दासम्म घरमा त्यस्तै परेको हुन सक्छ। एक्लो बसाइ अनि अक्सर आफ्नो नजिकको मान्छे कोही नभएको ठाउँमा बसिरहँदा मलाई व्यक्तिगत रुपमा केही समस्या त थिएन। उपलब्ध पुस्तक पढ्ने, फिल्म हेर्ने …
इलम – सपना श्रृंखला | Ilam – Sapana Srinkhala EP06 – Herne Katha
थर्क गुरुङको चौैंरी गोठमा आजकल उनका छोरा छेटु गुरुङ रमाउन थालेका छन् । दुबइको मरुभूमिमा मजदुरी गरिरहेका २५ वर्षे छेटु आफ्नै हिमालमा रमाउने सपना देखेर दुई वर्षअघि घर फर्किए । बुढा बाउलाई फूर्सद दिए र सुरु गरे गोठाले जीवन । भारतसँग सीमाना जोडिएको पाँचथरको फालेलुङ गाउँछेउमा छेटुको हिउँदे गोठ आइपुगेको छ । #HerneKatha #SapanaSrinkhala Story …
Read more “इलम – सपना श्रृंखला | Ilam – Sapana Srinkhala EP06 – Herne Katha”
Geetko Katha EP49
बिहे गरेकै बर्ष हो माइती गाउँमा दोहोरी गाउँदा र नाच्दा रात छर्लङग भएको थियो । राम्रो नाच्यो भनेर फुल लगाइदिएका पैसा गन्दा २५ सय पुगको थियो । ति सम्झना अझै ताजा छन् । गाउँका माझमा बसेर गीत गाउन न लाज थियो न धक । त्यतिबेला कास्की फेदिपाटनकी गोमा पौडेल जम्मा १३ बर्षकी थिइन् । श्रीमान …
कर्म – सपना श्रृंखला | Karma – Sapana Srinkhala EP05 – Herne Katha
झिसमिसे जाग्छ । जाग्छन् यहाँका नानीहरु । छितिजमा लाली चढ्न नपाउँदै स्पिकरमा जोशिला गीत घन्किन थाल्छन् । आकाशका तारा जस्तै आलश्य पनि बिलाउँछन् । फूर्तिला विहानी सत्रपछि कर्मको पाठशाला सुरु हुन्छ । खोटाङको यो स्कुलमा दुःख गर्न सिकाइन्छ र कर्म पढाइन्छ । #SapanaSrinkhala #HerneKatha —— यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा मान्छेले आफ्ना सुन्दर …
Read more “कर्म – सपना श्रृंखला | Karma – Sapana Srinkhala EP05 – Herne Katha”
Bhedi Gothko Katha EP48
यो म्याग्दीको दोबा गाउँ हो । पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी गोठाला भएर उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ । अहिले जाडो बढेको छ । नेत्र दाइले गाउँ छेउमै गोठ …
धुन – सपना श्रृंखला | Dhun – Sapana Srinkhala EP04
संगीतले उज्वललाई डोर्यायो । उज्वलले संगीतलाई डोर्याए ।उज्वल र संगीतको यो सहयात्रा जारि छ । उज्वललाई जिन्दगी पूर्ण लाग्छ । उनी घरिघरि भन्छन् ‘जे देख्यो त्यही संसार हो’ । धुन – सपना श्रृंखला अंक ०४ #Dhun #HerneKatha #SapanaSrinkhala Musicial journey of a young man from Jhapa, Nepal. Inspiring and motivating! Dhun – Sapana Srinkhala EP04 …
Read more “धुन – सपना श्रृंखला | Dhun – Sapana Srinkhala EP04”
Marphako Katha EP47
मध्य हिउँदमा मार्फाका धेरैजसो घरहरुमा ताल्चा लाग्छन् । मान्छेहरु हिउँ र जाडो छल्न पोखरा, काठमाडौं झर्छन् । मुखिया र कटवालहरुले चाहिँ गाउँ छाड्न पाउँदैनन् । गाउँ सुनसान भए पनि सदियौंदेखि चलि आएको स्थानीय नियम कानुन र चलनले थकाई मार्न पाउँदैन । छानाभरि परेका हिउँ जथाभावि फालिदिँदा कुलो र बाटोको बाटो छेकिन्छ । मुखियाको उर्दी गाउँभरि …
उज्यालो – सपना श्रृंखला । Ujyaalo – Sapana Srinkhala EP03 – Herne Katha
आज मनमायालाई पोखरा जानु छ । नाती पर्नेको छेवरमा । घरका काम हतार हतार भ्याउनु छ । स्कुल गएर हाजिरी गरी विदा मागेर जाने सुर छ । मनमाया १ कक्षामा पढ्छिन् । #SapanaSrinkhala #HerneKatha Stories of mothers and grandmothers from Myagdi who go to school . —— यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा मान्छेले …
Read more “उज्यालो – सपना श्रृंखला । Ujyaalo – Sapana Srinkhala EP03 – Herne Katha”
Taroko Katha EP46
म्याग्दी सदरमुकाम बेनीबाट म्याग्दी खोलालाई नै पछ्याउँदै हामीले दरबांग जाने बाटो समातेका थियाैं । हामी कथाको खोजिमा थियाैं । कथा खोजीका हाम्रा यात्राहरु यस्तै हुने गर्छन् । कहाँ कतिखेर अडिन्छौं पत्तो हुँदैन । पात्रहरुले लोभ्याएपछि गन्तव्य बिर्सिदिन्छौं र त्यही सेरोफेरोमा कथा बुनिदिन्छौं । बजार बन्दै गरेका गाउँहरु छिचोल्दै थियौं । बाबियाचौर नजिकै मेला लागेको छ …
सहारा – सपना श्रृंखला | Sahara – Sapana Srinkhala EP02 – Herne Katha
पहिचान बनाउन खोज्नेहरुको संसारमा उनीहरु अपवाद हुन् । धेरैलाई आफ्नो भूगोल थाहा छैन, जात, धर्म थाहा छैन । नाम थर थाहा छैन । यति मात्रै होइन आफैं बाँचेको जिन्दगीको सम्झना थाहा छैन । गाउँ शहरका बाटा घाटामा निष्फिक्री हिँडेर छाडेका पैतालाका डोब थाहा छैन । #HerneKatha #SapanaSrinkhala —— यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा …
Read more “सहारा – सपना श्रृंखला | Sahara – Sapana Srinkhala EP02 – Herne Katha”
Baliyo Katha EP45
१६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला् कि बाङ्गाटिङ्गा ? दुःखको कथा होला कि सुखको कथा होला ? सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् । हेर्ने कथामा बलियो कथा …
लक्ष्य – सपना श्रृंखला । Lakshya – Sapana Srinkhala EP01 – Herne Katha
शायद जति भारी बोक्यो जिन्दगी उति गह्रुङ्गो हुँदो रहेछ । धन सम्पत्ति र व्यवहारका भारीबाट मुक्त भएर आफ्ना छरिता र मिठा सपना पछ्याइरहेकाहरुको कथा – लक्ष्य । सपना श्रृंखला ०१ #HerneKatha #SapanaSrinkhala Young boys from Nepalgunj desperately following their ‘dancing dream’ despite of poverty. Lakshya – Sapana Srinkhala EP01 —- SAPANA SRINKHALA IS BROUGHT TO …
Read more “लक्ष्य – सपना श्रृंखला । Lakshya – Sapana Srinkhala EP01 – Herne Katha”
Panche Bajako Katha EP44
बालखै छँदा त खासै रोकतोक हुँदैन थियो । बिहे बर्तुन र भोजमा दमाहा बजाउने बुबाको पछि लाग्दै हिँड्न कमला नेपालीलाई कम्ता रमाइलो लाग्दैन थियो । कमला ठूली हुँदै गएपछि पन्चे बाजाका तालहरुमा उनी रमाउन पाइनन् । केटी मान्छेले यी बाजा छुन समेत हुन्न भनिन्थ्यो । हिरा परियार बजारमा लुगा सिलाउँछिन् । उनका बाबुबाजे पनि लुगा …
Buwako Katha EP43
असोज लागिसक्दा पनि बेला बेला झरी परिदिन्छ । खै किन हो ठग्गु झरी पर्दा टोलाइरहन्छन् । गाउँ छाडेर बजार नजिकैको एक कोठे डेरामा आएको धेरै भएको छैन । सम्पत्तिको नाममा एउटा साइकल, विछ्यौना र केही थोत्रा लुगाहरु । आफन्तको नाममा ३ वर्षे छोरी । यही सानी छोरीको निर्दोष आँखाहरु हेर्छन् र सन्तोषको सास फेर्छन् । …
Maun Katha EP42
उनीहरु हामीले बोलेका आवाजहरु कानले सुन्न सक्दैनन् । धेरैजसोले आमाले माया गरी बोलाएको, चरा कराएको, हावा चलेको, रेडियो बजेको, सडकमा गाडीले हर्न बजाएको, कसैले गाली गरेको यी आवाजहरु सुन्न सकेनन् । आवाजको दुनियाँसँग उनीहरु बेखबर छन् । मिठो आवाज कस्तो हुन्छ, कर्कश आवाज कस्तो हुन्छ । मसिनो आवाज, ठूलो आवाज, मायालु आवाज, रुखो आवाज, सुनिरहुँ …
Ruwako Katha EP41
६१ वर्षकी शान्ता सानी हुँदा तेह्रथुमको पहाडमा छोरीहरुले पढ्न पाउँदैन थिए । उनका बुबा रामनाथ दाहाल परिवर्तनका लागि पन्चायतविरुद्ध लड्दै थिए । शान्ताले स्कुल जाने अवसर पाइन् । मायादेवी सिटौला पनि यस्तै राजनीतिक चेतनाको लहरबिच हुर्केकी थिइन् । उनले घरभित्रैबाट ससाना विद्रोह सुरु गरिन् । मुना उप्रेतीले आमाका न्यानो काख महशुस गर्नै पाइनन् । गोमा …
Ghumanteko Katha EP40
उनीहरु घुमन्ते जीवन बिताउँछन् । वस्तुभाउको अाहारविहार र खान्की अनुसार जिन्दगीकाे रुटिन पनि फेरिन्छ । जता जता तिनले डोर्याउँछन् यिनको यात्रा त्यतै सोझिन्छ ।
Aaune Janeko Katha EP39
५० को दशकमा गाउँगाउँमा द्वन्द्वको आगो सल्किएको थियो । पश्चिम रुकुमको एउटा विकट गाउँको दलित परिवारमा छाक टार्न धाै धाै थियो । भर्खर १० – १२ वर्षमा पाइला टेक्दै गरेकाे एउटा वालकलाई युद्धका नाराहरुले लोभ्यायो । त्यो बालक युद्धको बाटो हिड्यो । खारामा एकदिन डरलाग्दो लडाईं भयो र त्यो बालक हरायो । #HerneKatha #AauneJanekoKatha Eighteen …
Sapanako Katha EP38
रौतहटको चन्द्रनिगाहपुर महिला फूटवलमा नाम चलेको ठाउँ रहेछ । यहाँका चेलीहरु कसरी फूटवलमा पोख्त भए भनेर बुझ्न हामी त्यही पुगेका थियौं । एकाविहानै जंगल छेउको चौरमा धमाधम अभ्यास हुँदै थियौं । पहिले शेरबहादुर दर्लामी केटीहरुले पनि फूटबल खेल्नु पर्छ भनेर घर घर पुग्थे । त्यो बेला छोरीहरुलाई हाफ प्यान्ट र टिसर्ट लगाएर खेल्न पठाउन आमा …
Sangeetko Katha EP37
संगीतजस्तै, जिन्दगी आरोह अवरोहको धुन रहेछ । कहिले उज्यालो कहिले अँध्यारो आकाशको जुन रहेछ । जिन्दगीका कतिपय लयहरु यसै यसै विलय भएपछि संगीतलाई साथी बनाएका जीवन्त जिन्दगीहरु इटहरीमा भेटिए । #HerneKatha #SangeetkoKatha Stories of three different lives from Eastern Nepal who have befriended music. We met them at a music school run by Sunita Katwal …
Eauta Yatrako Katha EP36
कतिपय यात्राहरु रहर हुन्छन् । कतिपय बाध्यता । हातमुख जोर्न सप्तरी गोबरगाडा टापुका मान्छेहरु दिनरात कोशीमा हेलिँदै बाध्यताको यात्रा गर्दा रहेछन् । हामीले पनि उनीहरुसँगै यो यात्रा गर्ने रहर गर्यौं । सप्तरी हनुमाननगरसम्म हामी मोटर चढेरै गयौ । त्यसपछि पैदल । हनुमाननगर बजारमा डेरा लिएर दश कक्षामा पढ्ने शंकर यादब साइकल ठेल्दै अघि लागे । …
Biteka Katha EP35
अस्ति भर्खर जस्तो लाग्छ सल्यानकी चेतना बोहोरालाई अन्यायविरुद्ध लड्न बन्दुक उठाउनु पर्छ भन्ने चेतना आएको । आमालाई फकाएर युद्धको मोर्चामा हिँडेकी चेतना अहिले आफैं आमा भएकी छिन् । हेटौंडा छेउमा आजकल घरपरिवारको मोर्चा सम्हाल्छिन् । चेतनाकै घरसँगै निर्मला वाइवाको घर जोडिएको छ । उनीसँग शरिरभरि गोलीका डोब छन् र मनभरि सम्झनाका डोबहरु, बितेका कथाका । …
