Koila Khaniko Katha EP58 

दाङ र रोल्पाका सिमानातिर पर्ने उजाड पहाडका काखतिर सुख्खा गाउँहरु छन् । पहाडको पेटभित्र ती गाउँका पेट पाल्ने कोइला खानीहरु ।  हामी कोइला खानी पुग्दा खाजा खाने समय भएको थियो । यामबहादुर घर्ती र उनका छाेरा पूर्णबहादुर खाजा खाने तरखर गर्दै थिए । १२ बजे कोइला खानी छिर्न हुन्न भन्ने मान्यता रहेछ । २२ वर्ष पहिले कोइलाका भारि …

Paniko Katha EP57 

पश्चिम सुर्खेतको टाढा पहाडको काखमा रेक्चा भन्ने गाउँमा पानीको असाध्यै दुःख छ भन्ने सुनेपछि हाम्रो बाटो त्यतै मोडिने भयो ।  सुख्खा  गाउँमा ५ जना पाहुना लागेपछि पानीको बोझ थपिएला भनेर हामीले आफ्ना लागि पर्याप्त बोतलका पानी किन्यौं ।  पहिलो पटक सुनेका गाउँको नाम हामी एकैछिनमा बिर्सिन्थ्यौं । बाटामा भेटिएका मान्छेहरुलाई छिनछिनमा सोध्दै खोज्दै हामी अघि …

Matoko Katha EP56 

यदि आगो सलाईले नभई आक्रोशले बल्थ्यो भने यो शिविरमा चौबिसै घन्टा डढेलो  मात्र लागिरहेको हुन्थ्यो होला ।  एक जना चट्टान झैं मान्छे छन् । भम्पा राई । शिविरका अवशेषहरुमा डुली हिँड्दा देश फर्किने आशमा बसिरहेका मानिसहरु मकै जस्तै पड्किन्छन् ।  फूल उठेका मकैजस्तै हिउँ परेका बेला जन्मिएका थिए भम्पा । उनी शान्त छन् र अडिग …

Lahureko Gaunko Katha EP55 

गाउँका कथाहरु कथैबाट सुरु हुन्छन् प्राय । आगो, पानी र माटो खोज्दै आएका घोडचढीका कथाबाट । जंगल फाँड्दै, चट्टान फुटाउँदै, पसिनाका पैनी लगाउनेका कथाबाट । बाँच्नका लागि गरेका कठोर संघर्षका कथाबाट ।   भक्तबहादुर गुरुङका जिजुबाजे पनि लमजुङबाट फेवाताल सिरानको तामागी गाउँमा उसैगरी आएका थिए कुनै समय । पन्चासेको काखमा गाउँ बन्यो । बाजे आफैं कथा …

Simanta Katha EP54 

हातमा नक्सा लिएर पल्टाएजस्तो हुँदैन भूगोल । सजिला हुँदैनन् सिमानाका रेखाहरु  ।  नदीहरु सिधा बग्दैनन्  ।  पहाडहरु फड्के साँघुजस्ता हुँदैनन् ।  नेपाल  र भारतको पूर्वी सिमानामा डाँडाँकाँडा छिचोल्दै बग्छ  मेची नदी । मेची नदीकाे घुमाउराे लहरो पछ्याउँदै सिमानाका मान्छेहरु आउजाउ गर्छन् । इलामको सिमान्त गाउँका मान्छेहरु घोडा खच्चड  लिएर सौदा गर्न भारतको नक्सलबारी हाट झर्दा …

Senmikhako Katha EP52

जिन्दगी शायद सम्झनै सम्झनाका फेहरिस्त होलान् । यस्तै एउटा सम्झनाको गोरेटोले हामीलाई फेरि डोर्याएको थियो भोजपुर र खोटाङको सिमानामा उभिएको चखेवा डाँडातिर । जहाँ हामीले केही वर्षअघिको एउटा साँझमा भेटेका थियौं सेन्मिखालाई ।  घाम अस्ताएपछिको त्यो पहिलो भेट ताराहरु अस्ताउन लाग्दासमेत सकिएको थिएन । रातभरि सल्लाका दाउराहरु बलिरहे । हामीले सेन्मिखालाई सुनिरह्यौं । विहानै शीत …

The Man Who Died Once EP51

राती देखेको सपनाले सन्तोषीलाइ सन्तोष दिएको थिएन । साउदी अरबमा भएका श्रीमानसंग कुरा नगरी मन मानेन । त्यही दिन सन्तोषीका श्रीमान सुवास तामाङले साउदीमा तलब थापेका थिए । घरमा पैसा पठाउन ट्याक्सी चढे । अरू चार साथी पनि संगै थिए । तर घरमा पैसा हैन यस्तो खबर आयो । जुन ट्याक्सीमा सन्तोषीका श्रीमान् सुवास तामागसहित अरु …

हरेक बर्खामा डुब्छ बखरी

‘घर सम्म पानी भरिएपछि नानीसँगै बाटोमा आएर बस्छु,  पानी बढेपछि कतै जान सकिँदैन । सानो नानी च्यापेर बाटोमा बस्छु ’ विराटनगर–१२ बखरीकी संगिता ऋषीदेवले प्रत्येक वर्षको वर्खामा भोग्नु पर्ने कहर हो । ऋषीदेव टोल हरेक बर्खामा डुब्छ ।  पहिले पहिले उनीहरु  आफ्ना सर–सामान बोकेर नजिकै रहेको विद्यालयमा आश्रय लिन पुग्थे । यो वर्ष पनि उनीहरु …

बहुला कुकुरले टोकिदिएको एउटा सपना

रौतहटको चन्द्रनिगाहपुरबाट उत्तरमा पर्ने असनवा गाउँकी प्रल्हादिया देवी चौधरीको सानो संसारमा पुरा हुनै लागेको एउटा सानो सपना कसरी तुहियो?

चाउमिन खाँदा देखेको सपना

बैतडीको सुर्नया गाउँपालिका ६ का पदम राज भट्ट भारतको देहरादूनमा आइएस्सी पढ्दै थिए । एकपटक महेन्द्रनगरमा चाउमिन खाँदा बन्दा देखे । अनि त्यो बन्दा ‘पहाडबाट ल्याएको’ सुनेपछि उनी पनि पहाडतिरै फर्किए बन्दा खेती गर्न ।  पदम अहिले ३४ रोपनी जग्गामा तरकारी खेति गर्छन् । यतिखेर उनी आलु खन्ने र भित्र्याउने चटारोमा छन् । कोरोनाले गर्दा …

परिश्रम गर्नेको पिठो पनि बिक्छ

लकडाउनले धेरै प्रभावित भए । धेरैले रोजगारी गुमाए । उद्योगधन्दा ठप्प भए । तर, झापा विर्तामोडकी ३२ वर्षीया विना दाहालको उद्यमले लकडाउनममा पनि निरन्तरता पायो । “लकडाउन मलाई त अवसर पो बन्यो विनाले सुनाइन्,‘ लकडाउनमा सबैले घर बसीबसी मिठो र स्वस्थकर खाना खाए, मैले उहाँहरुको माग पुरा गरिदिएँ” लकडाउनका बेला पनि विना पुलिसको आँखा छल्दै …

बालबालिकाको लागि उपयोगी एपहरु

यतिखेर लकडाउनले गर्दा बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । विद्यालय जान नपाउँदा धेरै बालबालिकको औपचारिक सिकाइ प्रभावित भएको छ । कतिपयले त घरमै अभिभावकसँग पढ्ने र सिक्ने गर्नु भएको छ होला । अनि कतिपयलाई चाहिँ के पढ्ने कहाँ सिक्ने भन्ने छटपटी पनि भइरहेको होला । सबै बालबालिकाको परिवारको पहुँचमा इन्टरनेट नहुन सक्छ । यद्दपी नेपालमा …

कोभिड १९ का लक्षणहरु 3D मोडलमा

कोभिड १९ का सबैभन्दा धेरै देखिने लक्षण भनेका जरो, थकान र सुख्खा खोकी हो । कतिपय संक्रमितलाई कुनै लक्षण पनि नदेखिन सक्छ । कोरोना संक्रमित ८०% मानिसहरु विशेष उपचारविना आफैं निको हुन्छन् । अहिलेसम्मको अध्ययन अनुसार कोभिड १९ का ६ जना मध्ये १ जनामा गम्भिर लक्षण देखिन्छन् र सख्त बिरामी हुन्छन् । यो अवस्थामा फोक्सोका …

कोरोनालाई जितियो यसरी, गरिबीलाई जित्ने कसरी?

कोरोनालाई जितेका उनि अहिले गरिबीसँग हार्दै छन् ।  उनी अर्थात रुपन्देहीका पहिलो कोरोना संक्रमित कृष्ण पासी । दिल्लीमा एउटा गार्मेन्ट उद्योगमा काम गर्ने कृष्ण दिल्लीमा कोरोना संक्रमण बढ्दै गए पछि सुरक्षित हुन आफ्नै देश फर्किएका थिए । कोटहीमाई गाउँपालिका वडा नम्बर १ घर भएका कृष्णलाई सीमामा खटिएका नेपाली सुरक्षाकर्मिले छिर्न नदिए पछि उनि आफ्नै देशका …

कौसी खेती गर्न मन छ?

अहिले लकडाउनमा घर बस्दा धेरै जनाले कौसी खेतीमा मन लगाएका छन् । सानो ठाउँ र कौसीमा पनि तरिका पुर्याएर खेती गर्ने हो भने आफूलाई चाहिने सागसब्जी घरमै फलाउन सकिन्छ । कौसी खेती गर्दा ध्यान दिनुपर्ने ससाना कुराहरु समेटेर हामीले एउटा भिडियो तयार पारेका छन् । कौसी बँगैचामा दख्खल राख्ने शेषनारायण महर्जनले हामीलाई केही उपायहरु सुझाएका …

लकडाउन भनेर सर्पले टोक्न छाड्दैन!

लकडाउन भनेर सर्पले टोक्न छाड्दैन! गर्मी र वर्षा सँगै सर्पले टोक्ने क्रम बढेको छ । समयमै उपचार पाइएन भने विषालु सर्पको टोकाईबाट ज्यान जान सक्छ । कपिलवस्तु गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रले १५ वर्षदेखि थुप्रै ज्यान बचाएको छ ।  कोरोना संक्रमणका बेला कतिपय स्वास्थ्य संस्थाले उपचारै दिन छाडेका बेला यो सर्पदंश केन्द्रले २४ सै घन्टा सेवा दिइरहेको …

असार: भूपीको कविता, विद्याको आवाज र केही तस्बिरहरु

असार लाग्यो । असारहरु सदियौैंदेखि थिए । विज्ञानमा असार :  बंगालको खाडीबाट आउने बादलसँगैको पानी हो । व्यवहारमा असार: माटोसँग खेली, माटोमै हुर्काउने बानी हो । असार सृजना हो । असार सपना हो । असार हिलो र माटो हो । असार कर्म फलाउने बाटो हो । space असारबारे थुप्रै काव्यहरु रचिएका छन् । हामीले भूपि …

मलाई नेपाल फर्किन मन छ

विदेशमा रहेका नेपालीहरुलाई हवाइजहाजमार्फत स्वदेश फर्काउने काम सुरु भइसकेको छ । विदेशमा रहेका धेरैको मनमा यतिखेर थुप्रै जिज्ञासाहरु रहेका छन् । कसरी घर फर्किन पाइन्छ? टिकट कसले काटिदिन्छ? गैरकानुनी रुपमा बसेकाको हकमा के हुन्छ ? यस्ता थुप्रै जिज्ञासाको सँगालो तयार पारेर हामीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेलाई सोधेका छौं । तलको …

प्लेन चढेर नेपाल आउँदै हुनुहुन्छ?

हवाईजहाजबाट नेपाल फर्किँदै गरेकाहरुले काठमाडौं विमानस्थलमा झरेपछि पालना गर्नुपर्ने नियम र प्रक्रियाहरु नक्साचित्रमा

हवाई उद्धारको पर्खाइमा ३४ देशका ५६ हजार नेपाली

सरकारले विदेशमा रहेका नेपालीलाई हवाई उद्धार गरेर घर फर्काउने तयारी गरेको समाचार आएका छन् । आज हिमाल खबरमा प्रकाशन भएको समाचार अनुसार ३१ वटा उडानमार्फत ती नेपालीलाई ल्याउने तयारी भएको हो । हामीले उक्त समाचारमा उल्लेख भएका संख्यालाई नक्सा चित्रमा देखाउने प्रयास गरेका छौं ।