Gyan Sirko Katha EP70 

स्याङ्जा मिर्मीका ज्ञानप्रसाद पाण्डे परिवारका कान्छा छोरा थिए । एसएलसी सकेर पढ्न पोखरा झरे । पिएन क्याम्पसमा पढ्दा खर्च जुटाउन एउटा निजि विद्यालयको होस्टेलमा काम गर्न थाले । जोशिलो उमेरका ज्ञानको ज्ञान र लगन देखेर उनलाई पढाउने काम दिइयो ।  त्यसपछि ज्ञानप्रसाद ज्ञान सर भए ।  ज्ञान सरको कथा जिन्दगीका लामा बाटाहरु ज्ञान सरले पढाएरै …

नन्दलालकी माेति

भैरहवाका नन्दलाल बढई कुनै बेला मूर्ति बनाउने काम गर्थे । अहिले उनकी श्रीमती नै मूर्ति जस्तै अचल भएकी छिन् । ८६ वर्षका नन्दलाल बिरामी श्रीमतीको शरीरमा प्राण भरिरहन्छन् । अढाई वर्षदेखि नन्दलाल दम्पती अस्पताल धाएको धायै छन् । ‘धेरै चेकजाँच गराए तर के रोग हो पत्तै लागेको छैन ।’ नन्दलाल ‌‌ओछ्यानमा लडिरहेकी श्रीमतीलाई हेर्छ । …

तराइको घर

जङ्गलको बीचमा यो एक्लो घर छ । अरू घरहरू यहाँबाट निकै टाढा छन् ।नरनाथ घिमिरेले कुनैबेला ठूलठूला चट्टान र जङ्गल फाँडेर यहाँ घर बसाएका थिए ।उनलाई कसैले भस्मेली भन्थे त कसैले तराइ ।त्यस ताका तराइले घर वरिपरिका पाखामा सुन्तला, आँप,कटहर फलाएका थिए । खेतका गह्राहरूमा धान फलाउथे । तराइका छोराछोरीहरु हुर्के बढे । कोही विदेशिए, …

मनेहराकी फगनी

धनगढी बजारदेखि अलि परकाे मनेहरा गाउँ । गाउँ छेउकाे ठूलाे रुखकाे छहारीमा सितल ताप्दै गरेकी फगनी चाैधरी रसरी (प्लाष्टिककाे डाेरी) बाट्दै थिइन् । हामी पनि त्यहीँ रुखमुनि टुसुक्क बस्याैँ । डाेरी किन बाटेकाे रहेछ भनेर हामीलाई जान्न मन लाग्याे । उनले हामीतिर हेरिन् ‘खटिया बनाउन रसरी बाटेकाे’ डाेरी बाट्दै गरेकाे हत्केलामा थुक हालिन् । कामकै …

हवल्दार्नी आमा

पूर्वपश्चिम राजमार्ग । राैतहट चन्द्रनिगाहपुरको मुख्य चाेकमा एउटा चिया पसल छ । त्यसाे त याे चिया पसलकाे कुनै नाम छैन, न कुनै साइनबाेर्ड नै छ । तर सबैले यसलाई नाम दिएका छन्- ‘आमाकाे चिया पसल’ यहाँ चिया खुवाउने आमा हुन् नरकुमारी गुरुङ । बिहान ४ बजे उठेर उनलाई  अगेनाेमा चियाको कित्ली बसाल्न हतार हुन्छ । छोराछोरीले आमालाई सघाउछन् । धेरैले उनलाई ‘हवल्दार्नी आमा’ पनि भन्दछन् । उनका श्रीमान् हवल्दार थिए रे । जमजुङबाट तनहुँहुँदै हवल्दार श्रीमानकाे कर्मले डाेर्याएर राैतहटसम्म ल्याएकाे थियाे ।  सबेरैदेखि हवल्दार्नी आमाकाेमा चिया पारखीहरुकाे भिड लाग्छ । यहाँ सबैखाले मान्छे आउँछन् । नेतादेखि विद्यार्थीसम्म, साहुदेखि मजदुरसम्म । आमाकाे चियाकाे स्वादले कसैलाई भेदभाव गर्दैन। ‘चिया खान काे-काे आउछन् काे-काे, यादै हुँदैन । सबैतिरका मान्छेहरु यहीँ भेला हुन्छन् । उनीहरुलाई …

चिमारा पाटनका गाेठालाहरु

पहाडकाे अग्लाे डाँडाहरुमा गुन्जिन्छन् बैराग भरिएका भाकाहरु ।अनि त्यही डाँडामा भेटिन्छन् गाई बाख्रा चराउने गाेठालाहरु । जुम्लाकाे याे बुकि फुल्ने चिमारा पाटनमा गाेठालाहरु आएकाे केही महिना भयाे । उनीहरु धेरै जसाे महिलाहरु छन् । यतै बस्ने खाने उनीहरुले बस्ने आँटी(अस्थाई घर) बनाएका छन् । आँफूलाई चाहिने सर-सामान, खाना बनाउने भाडाकुडा पनि साथै ल्याएका छन् ।हरेक …

कुम्फुका साना गुरु

पश्चिम रुकुम बाँफिकाेटका डाँडाकाँडा बिहानैदेखि कुहिराेले ढाकेकाे छ ।कुहिराे छिचाेल्दै १४ वर्षका जनक साथीहरूसँग मैदानतिर लाग्छन् ।उमेरले सानै भए पनि उनी आफ्ना साथीहरूका गुरु भएका छन् । मजदुरी गर्न हिडेका आमाबुबासँगै जनक पनि काठमान्डाैँ पुगेका थिए ।डेरा नजिकै अरले कुम्फाे सिकेकाे देखेर जनकलाई पनि सिक्ने रहर पलायाे । बुबा कमाएकाे पैसा रक्सिमै सक्थे । आमा …

बिदेशबाट सिप ल्याएं गाउँमा पैसा कमाएं

कोही बिदेशबाट पैसा कमाएर फर्कन्छन् त कोही सिप र जाँगर । बैतडीका हरिश महरा भने सिप लिएर फर्किए । बैतडी पाटन नगरपालिकाका हरिश महरा ३ वर्ष कतार बसे । उता हुँदा ग्राफिक्स डिजाइनको काम गर्थे । बिदेशकाे ठाउँमा बसेर काम गरिरहदा देशमा नै केही गर्न सकिन्छ भन्ने उनकाे साेँच आयाे । साेँचलाई व्यवहारमा बदल्नु थियाे …

महाकालीकाे तुइन

दार्चुलाको उत्तरी भेग, दुहुँ ब्याँस गाउँ । गाउँकाे फेदबाट महाकाली नदी बगेको छ ।यहीँ महाकाली नदीले नेपाल र भारतलाई जोडेको छ ।अनि मान्छे जोड्नलाई चाहिँ तुइन बनेको छ । यहाँका स्थानीयहरु नुन तेल गर्न तुइनबाटै भारत जान्छन् । मजदुरी गर्न पारि जानेहरुको बाटो पनि यहीँ नै हो ।तुइनलाई स्थानीय भाषामा ‘घाट’ भन्दछन् । महिलाहरु घिर्नी …

कमीलाको चुरा

वीरगन्जको लङ्गडी चोकमा कमीला खातुनकाे एक कोठे घर छ । त्यहीँ घरको एउटा कुनामा अटाएको छ रंगीन चुराले भरिएको ढकी ।छरछिमेकी गाईवस्तु चराउन फाँटतिर निस्किन्छन् । कमीला चाहिँ थाप्लाेमा ढकी बोकेर गाउँ पस्छिन् । पहिले गाउँका हरेक घरका कम्तिमा एकजना महिला चुरा बेच्न हिँड्थे रे । अहिले कमीला र उनकी बुहारी मात्र चुरा बेच्न हिड्छन् …

वनकरियाकी गुरु आमा

कुनै बेला जङ्गलमै रमाउने वनकरियाहरू अचेल हेटौंडा नजिकै मुसेधाप गाउँमा स-साना झुप्रो बनाएर बसेका छन् । सन्तोषीलाई हामीले त्यहीँ भेटेका थियाैँ । उनकाे बाल्यकाल जङ्गलमै बित्याे । उनले ९ वर्षकाे उमेरमा बल्ल अक्षर चिन्न पाइन् । अक्षर चिन्दै जादा अक्षरका पानाहरू फेरिए । सँगसँगै उनको जिन्दगीको पाना पनि फेरिएको छ । उनले हेटाैडामा जेटिए पढिन् …

हिउँका पाइलाहरु

के हिउँद,के बर्खा ?कहिले शहर, कहिले खर्क,समय दौडिरहेछ, तिमी नपर्ख ! उकाली-ओराली गर्न सिकाउने भूगोल र साहस दिइरहने हिमाली हावाले यस्तै भनिरहेछ ।जुम्ला, पातारासीकी सविता र राममायाले समयको दौडाई पछ्याउने कोशिस गरिरहेका छन् । सविता र राममाया साथी हुन् । उनीहरु दाैडनका लागि मैदान जान तरखर गर्दैछन् ।घरबाहिर हिउँ जमेको छ । आमाले पकाएकाे काेदाेकाे …

Kabitako Katha EP69 

आजकल कविता गौतमको जिन्दगीको लय फेरिएको छ ।  मैदानमा बलका पछाडि हावा जस्तै दौडिने अनि ब्याट समाएका विपक्षीलाई गोली जस्तै बलिङ गर्ने कविता ६ महिनादेखि घरको आँगनमै सिमित भएकी छिन् । विहान उठेदेखि राति नसुतुन्जेलसम्म वैशाखी मात्र उनको सहारा भएको छ ।  हावा चलेको सुन्नु, डुब्न लागेको घाम हेर्नु, कहिले भित्र कहिले बाहिर गरिरहनु । …

कल्पनाको सपना

रुकुम आसबिसकोटकी कल्पनाको सानैदेखि धेरै पढ्ने सपना थियो । तर ८ कक्षा पढ्दै गरेकी कल्पनाकाे स्कूल छुट्याे । स्कूल छुटेपनि कल्पनाकाे पढ्ने रहर भने छुटेन । १५ वर्ष अघि भारत गएका उनका बुबा न त घर फर्किए न त सम्पर्कमा नै छन् ।५ छोराछोरीलाई कल्पनाकी आमा एक्लैले हुर्काएकी हुन् । आफैंले कमाएर पढ्ने किशोर सपना …

Asoj 5 ko Katha EP68

शरद ऋृतु लाग्यो । चाडबाड पनि आउन लाग्यो । गाउँघरमा मकै पाक्न थाले । लेकका पाटनहरुमा थरिथरिका फूलले रङ पोखेका छन् । हिमालका सुगन्ध बोकेका चिसो बतासले चुम्न थालिसकेको छ । बर्खाभरि पाटनमा गुँड लगाएर बसेका गोठहरु आज गाउँ फर्किने दिन हो । आज असोज ५ गते हो । पश्चिम बाग्लुङको रुकुम रोल्पासँग सिमाना जोडिएका …

Machhagaunko Katha EP67 

चारकोसे झाडी छेउको यो गाउँ मधेसका अरु गाउँ जस्तै थियो । पहाडबाट  बसाइं सरेर आउनेहरु थिए । धान फलाउन माटोसँग मरिमेट्नेहरु थिए । उब्जनीभन्दा धेरै पसिना बग्थ्यो । निर्वाहमा मात्र साटिएको परिश्रम थियो ।  ‍‍हुन त सखुवाका मोटा खाँबोमा अडिएका, काठैकाठका पुराना घरहरुले अझै पनि दशकौं अगाडिको उही गाउँको तस्बिर जोगाएर राखेका छन् । तर …

Sol Kharkako Katha EP66

कास्की जिल्लाको अर्मलाकोटमाथिको सोल खर्कमा बादल लागेको थियो । त्यही बादलभित्र छोपिएको गोठतिरको हाम्रो यात्रा अबेर सुरु भयो । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं ।  गोठमा आफ्ना आमा बाबुलाई भेट्न हिँडेका निरुना समिर र सचिन हाम्रा साथी थिए । सँगै साथ लागे अर्मला बसेर पढाउने गुल्मीका शिक्षक रविन ढकाल ।  …

‘सास पनि डुङ्गामा लास पनि डुङ्गामा’

पाेखरा फेवाताल किनारमा उभिएर पारि हेर्दा तालले किनारा लगाएकाे एउटा गाउँ भेटिन्छ । तालले सिमाना काेरिदिएकाे गाउँकाे कथा बेग्लै छ ।घामको लाली डाँडामा छाउन नपाउँदै गाउँका मान्छेहरुकाे दैनिकी सुरु हुन्छ।कोही भैंसीको लागि कुँडो पकाउने, कोही गाई भैैंसीकाे दूध दुहुने, कोही चाहिँ घाँस काट्न बारीका पाटातिर जाने।सितकाे तप्कना अझैं राेकिएकाे छैन । गाउँलेहरु काँधमा दूधका क्यान …

Chehimko Katha EP65 

घर छेउको बारीमा चिटिक्कको सानो घर छ । बुद्विमान इङनामका लागि यो घर होइन मन्दिर हो । जुनिभरि दुःख सुख काटेकी श्रीमतीलाई उनले अस्ति भर्खर यही मन्दिरमा लगेर सेलाएका थिए ।  बुढ्यौलीले गलिसकेका हात गोडा एकठाउँ स्थिर बस्न मान्दैनन् । माटोसँग खेलिरहन मन लाग्छ । माटोको सुगन्ध प्रिय लाग्छ ।  श्रीमती सरस्वतीले छाडेपछि उनी अलि …

Narainapurko Katha EP64 

यो बाँके राप्तीपारिको नरैनापुर हो । भारतको सिमा नजिकैको बाक्लो मुस्लिम बस्ती । गाउँ गाउँ जस्तो बजार बजार जस्तो । कस्तो कस्तो । यो रङ्गीन गाउँलाई हामीले एउटा पुरानो सम्झनाले तरङ्गित बनाइदियौं – लाठी खेल ।  नेपालगन्जको धम्बोजी चोकबाट जम्माजम्मी ४० किलोमिटर । अहिले पो भर्खरै बाटो बनेको छ । अस्ति भर्खरसम्म नेपालगंज पुग्न पनि …

Ishwarko Katha EP63

इश्वरलाई नाचौं नाचौं लाग्थ्यो ।  डान्स पार्टीका मालिक गुप्ता जीको पछि लागेर इश्वरले नाचेर छाडे ।  आमालाई छोराले पढोस् भन्ने थियो । इश्वर पढ्न छाडेर भागी भागी नाच्न जान्थे । घरबाट आमाका साडीहरु चोरेर लान्थे । सिँगार पटार गर्थे र नाच्थे ।  आमाले छोरालाई कुटिन्, फकाइन् गाली गरिन् । इश्वर नाच्न छाडेनन् ।  नाच्ने कलामा …

Antareko Katha EP62 

कालीबहादुर विष्टका अन्तरे छोरा भेडाको पछि लागेको १५ वर्ष भइसक्यो । काबेली फेदी देखि कन्चनजंघा शीरसम्म उनले थुप्रै  बाटो पैतालाले नापेका छन् ।  जाडो छल्न झरेका भेडाहरु गाउँछेउकै लालीखर्कमा आइपुगेका छन् । असोजदेखि बढेका भेडाका लामा रौंहरु मुण्डन हुँदैछ । गाउँलेहरु सघाउन आएका छन् । सबैलाई भ्याइ नभ्याइ छ । अन्तरेका बुबा कालीबहादुर एकछिन सुस्ताएका …

Bhanteko Katha EP60 

२० वर्षको उमेरमै सन्यासी भएका ३३ वर्षे भिक्षुको जिन्दगीले छोटो समयमा लामो यात्रा गरिसक्यो । भन्तेको कथामा ३  वटा कुरा अघिपछि जेलिँदै आउँछन् । उनको बाल्यकाल र प्रकृतिसँगको प्रेम, उनले बनाएका विद्यालयहरु र  घर परिवार त्यागेर भिक्षु भएको कथा ।   अवधेश त्रिपाठी लुम्बिनी छेउको हुनेखाने बाहुन परिवारमा जन्मेका थिए । घरपरिवार र समाजसँग नजिकिने बुबालाई …

Ramailo Katha EP59

रातभरि परेको झरीले पाँचथरको फिदिम बजार ओभाएको थिएन । एकाविहानै हामीले बमबहादुर सुब्बालाई भेट्यौं । झोलाभरि लोकबाजाहरु बोकेर डुली हिँड्ने सुब्बा यसपटक आफ्नै जन्म-जिल्ला पुगेका रहेछन् । हामी यी रमाइला पात्रको पछि लाग्यौं ।