पुनमकाे कर्म

दाङको घोराही बजार । बजार नजिकै पुनम नेपाली जुत्ता चप्पल सिलाउँछिन् । यहीँ बाटो भएर ओहोर-दोहोर गर्नेहरू उनैलाई फर्कि फर्कि हेर्छन् । किनकी घोराही चोकमा जुत्ता चप्पल सिलाउने उनी एक मात्र महिला हुन् । सुरु सुरुमा त पुनमलाई यो काम गर्न आउदैन थियो । पहिले घर धन्दामा मात्र व्यस्त हुने पुनमले जुत्ता चप्पल सिलाउन थालेको ६ वर्ष …

नवाज मिर्जा

नवाज मिर्जा र्‌याप हान्न मात्र होइन, क्रिकेटको कमेन्ट्री गर्न पनि पोख्त छन् । कपिलवस्तको बहादुरगंजमा क्रिकेटको मेहफिल जमेको थियाे । मानिसहरु क्रिकेट हेर्न मात्र होइन उनको कमेन्ट्री सुन्न पनि आएका थिए । गाउँठाउँका स्थानीय क्लबका म्याचहरुमा समेत दर्शकहरुको भिड देखेर हामी छक्क पर्यौं । तर यो भिडमा महिलाहरु भने देखिएनन् । पुरुषकाे मात्र उपस्थिती थियाे …

झरिलाल

गाईघाट बजारदेखि परको कुनै एउटा गाउँ । झमझम बर्खे झरी परिरहेको थियो । त्यसैबेला झरिलाल यादव झोला बोकेर पहाडतिर लागे । झरिलाल काम गर्न हिडेका थिए तर के काम गर्ने उनलाई नै थाहा थिएन । हिड्दै, खोज्दै जादा पहाडका खोलानालामा सिँचाइको काम गरे । अप्ठ्यारा र भिराला पाखाहरुमा बाटो बनाउने काम गरे। यसरी काम गर्दै …

शितल छहारी पीपल चाैतारी

सिरहाको हुलाकी मार्ग हुँदै‍ सन्हैठा ‍‍‍‍चोक पुगिन्छ ।चोकदेखि दाँयातिर लाग्दा एउटा ठूलो पीपल चौतारी भेटिन्छ । हामी अटाे चढेर सन्हैठा चाेकमा ओर्लियाैँ । चाैतारीमा मान्छेहरुकाे भीड देखेपछि हाम्राे पाइला त्यतैतिर लम्कियाे। गर्मी महिना । गाउँका मान्छेहरु आराम गर्न, खाना खान, नानीहरु खेल्न, सुत्न पीपल चाैतारीमा आउदा रहेछन् ।मान्छेलाई मात्र हैन गाइँवस्तुको लागि पनि शितल छहारी …

कुम्फुका साना गुरु

पश्चिम रुकुम बाँफिकाेटका डाँडाकाँडा बिहानैदेखि कुहिराेले ढाकेकाे छ ।कुहिराे छिचाेल्दै १४ वर्षका जनक साथीहरूसँग मैदानतिर लाग्छन् ।उमेरले सानै भए पनि उनी आफ्ना साथीहरूका गुरु भएका छन् । मजदुरी गर्न हिडेका आमाबुबासँगै जनक पनि काठमान्डाैँ पुगेका थिए ।डेरा नजिकै अरुले कुम्फाे सिकेकाे देखेर जनकलाई पनि सिक्ने रहर पलायाे । बुबा कमाएकाे पैसा रक्सिमै सक्थे । आमा …

धनसिंह माईला

‘उनी त धनसिंह माइला पाे हुन् ।’ काँधमा रेडियाे बाेकेर गीत गाउदै हिडिरहेकाे व्यक्तिलाई औंलाउदै कसैले भन्याे । गाउँलेका लागि उनी नाैलाे थिएन । तर त्यस गाउँमा पुग्ने नाैलाे मान्छेका लागि उनी नाैलाे थिए तर नजरमा परिहाल्ने । जाे कसैले उनी बारे चासाे नलिने र साेधीखाेजी नगर्ने त कुरै भएन । काेराेना संक्रमन जुम्ला जिल्लाकाे …

भीमबहादुरका भेडा

बागलुङ सोलेडाँडा नजिकैको तमान गाउँ वरपर आजकल भीमबहादुरका भेडा भेटिन्छन् । भीमबहादुर दुई तीन सय भेडाको बथान लिएर जाडो छल्न गाउँ झरेका हुन् । तर ती भेडा अब बिस्तारै उकालो लाग्नेछन् ।गर्मी बढ्न थालिसक्यो । भीमबहादुर भेडाहरु लिएर हिमालतिरको लामो यात्रामा निस्कने तयारीमा छन् ।भेडाको पछि लागेर यसरी उकाली ओराली गरेको चार दशक नाघिसक्यो । …

रुमाकाे गुजुल्टा

गाउँमा आज मत्थै दिनपछि डमडम डमडम डमरु बजाउँदै डमरुवाला आया छुन् । बाेहरागाउँका नानाे भाउ चन्दन, डमडम गरि डमरु घुन्कियाकाे सुन्यापछि आफ्नो घरतिर दाैडिया । चन्दनकी आमाले कपाल कोर्नया बेला झरेका रुमाका गुजुल्टा बान्नाका चेपमा काेचेई छिइन् । चन्दनले ति रुमाको गुजुल्टा देखाइकन डमरु बजाउन्यासँग माेलमोलाई गरे। एक्कैचाेटिमै कुणाे मिलेन । चन्दनले रबणा नान्नानाे बल …

सिउरुङका खेलाडी

लमजुङको सिउरुङ गाउँमा आमा पुस्ताका समूह छन् । उनीहरू चुलाचौका, घास दाउरा, मेलापातबाट निस्किएर मैदानमा भेला हुन्छन् । फुटबल खेल्नलाई । गाउँ नजिकैको स्कूलमा फुटबल खेल्ने मैदान छ । त्यहीँ मैदानमा लुङ्गी लगाएका आमाहरू दिनहुँ फुटबल खेल्छन् ।जितेर पाउनु केही छैन । पुग्नु पर्ने कतै छैन । उनीहरूलाई बल तोट्नु छ ।कसैलाई रहर मेटाउनु छ …

गाँसकाे लागि घाँस

नेपालगञ्जको त्रिभुवन चौकदेखि उत्तर तर्फ जादा घसियारन टोल भेटिन्छ ।  घसियारन टोलमा हरेक साँझ घाँसकाे बजार  लाग्छ । घसियारन टाेलका महिला केटाकेटीहरू दिनभरि टाढा-टाढाका जङ्गलसम्म पुग्छन् । अनि घाँस काटी ल्याउँछन् ।  साँझ त्यही घाँस बेचेर उनीहरकाे गुजारा चलाउछन् । याे उनीहरूकाे पुर्खौली पेशा हो ।  मिना केवट पनि छोरीसँगै घाँस बेच्न आएकी थिइन् । …

घर-घरमै उपचार

बागलुङकी नितु खड्का पेशाले स्टाफ नर्स हुन् । काेराेना संक्रमण भए यता नितुलाई फुर्सद छैन । नितु आफ्नो घरबाट सबेरै निस्किन्छिन् र पुग्छिन् काेराेना संक्रमितहरुका घर । अनि संक्रमितको निःशुल्क उपचार गर्छिन् ।कोराेना संक्रमण भएर घरमै आइसाेलेसनमा बसेकाहरुको गाह्रो साह्रो साेध्नु,अक्सिजन, ब्लडप्रेसर नाप्नु, कसैलाई ओखती दिनु उनकाे दैनिकी बनेकाे छ । कसैका लागि त उनको …

बुबाले स्कुल जाँ भन्दा दाउरा बोक्छु भनें : कान्छा तामाङ

दोलखा चरिकोटबाट २ वर्षको उमेरमा आमाबुबासँग काठमाडौं आएका उनको जिन्दगीको ७६औँ वसन्त काठमाडौंमै बितिसके ।काठमाडौंमा पहिले घर थिएन, तर आमाबुबा साथमा थिए ।अहिले घर छ, तर आमाबुबा साथमा छैनन् । अहिले त उनी आफैं बुबा बनिसके । उनी अर्थात कान्छा तामाङ ।“मेरो अर्कै नाम छ तर भन्नू हुदैन । सबैले कान्छा भन्छन् । आमाबुबाले पनि …

बगान

पूर्वी झापा, मेचिनगर नजिकैको चिया बगान । बगानभित्र कथा बाेकेर आइपुगेका थुप्रै अनुहारहरु भेटिन्छन् । उनीहरु कहाँबाट आएका हाेलान् ? पूर्व कि पश्चिम, पहाड कि तराई ? बगानमा उनीहरु कोसँग आए ? किन आए ? एक्लै आए कि परिवारसँग ? यस्ता थुप्रै प्रश्नहरु मनमा बाेकेर हामी चिया बगान पुगेका थियाैँ । पारीलो घाम लागेको थियो । बगानका …

Bauwako Katha EP77 

वीरगंजको माइस्थान मन्दिर छेवैको एउटा पुरानो गल्लीमा एउटा पुरानो कपडा सिलाउने पसल छ । बौवा टेलर्स । सोध्यो भने जसले नि बताइदिन्छ ! रहरै रहरमा दर्जी पेशा सुरु गरेका बौवालाई अहिले वीरगंजमा यही कामले चिनाएको छ ।  बौवा टेलरका बौवा दाइ ।  बौवा टेलर्समा बौवाका जिगरी दोस्त मनोज परियार पनि भेटिन्छन् । बौवा जस्तै आफ्नो …

Chefako Katha EP76 

यो उदयपुरको उत्तरी भेगमा पर्ने बगुवा गाउँ हो । माझी बस्ती । गाउँ तल कोसी बगेको छ । कोसीपारि भोजपुर जिल्ला ।  नदी छेउका भिराला पाखाहरु सुरिला बाँसघारीले ढाकेका छन् । फविन्द्र माझी र दुई भाइ धमाधम बाँस काटेर पाखाबाट कोसी छेउमा सुल्क्याउँदै थिए ।  भोलि हामी बाँसको  चेफामा उनीहरुसँगै नदीमा बग्ने सोचमा थियौं । …

Lahureko Sapanako Katha EP75 

कर्णबहादुर राई मलायाका लाउरे थिए ।  गाउँघरमै आइपुग्ने गल्लाहरुले पहाडका बलिया पाखुराहरुलाई सात समुद्रपारि उडाएर लैजान्थ्यो ।  मैलो माटोमा हातगोडा जोतिरहेका पहाडका ठिटाहरु लाहुरे बन्ने सुकिला सपनाका पछि लागेर धरान झर्ने गर्थे ।   कल्कलाउँदो उमेरमा देउकुमारले पनि बुबाकै बाटो पछ्याए । लाहुरे बन्ने लहरमा उनको पनि रहर मिसियो । उनी हङकङका लाहुरे भए ।  पहाडमा …

Seto Chini ko Katha EP74

बर्फिलो बिहानी । यो सुदूर गाउँ शान्त छ । मोटरगाडीका आवाज सुनिँदैनन् । नदी बगेको, हावा चलेको र चराचुरुङ्गी चिरबिर गरेको मात्र सुनिन्छन् ।  सल्लाका सुरिला बोटहरु जाडोले कठ्याङ्ग्रिएका छन् । ठाडा खोलामा पानी हैन बरफ नै बगेको भान हुन्छ ।  पारिलो घामले चियाउँछ । ध्वजा पताकाहरु नाच्न थाल्छन् ।  हिमालतिर जाने तयारी सुरु भइसक्यो …

Gaun Farkaneko Katha EP73

गाईको छेउमा मुरली बजाइरहेका उनी कृष्ण होइनन् कुसुम हुन् । कुसुम भण्डारी । लोक गीतका पारखीहरुले कहिँ कतै सुनेको नाम हुनुपर्छ ।  मुरली गाइ फार्ममा उनले हामीलाई मुरली चिया खुवाए । विश्वकर्मा पुजाको दिन हामी पुग्दा रातो टिका लगाइदिइसकेका थिए ।  स्याङ्जा वालिङ नजिकैको गेझा गाउँमा रहेको मुरली गाइ फारममा कुसुमका अरू ३ बालसखाहरु जोडिएका …

Biheko Katha EP72 

मंसिर महिनाले बिहेका लगनहरु लिएर आउँछ । यसपालिको मंसिरमा हामी कर्णाली प्रदेशको एउटा बिहेमा सहभागी भयौं । जुम्ला जिल्ला पातारासी गाउँपालिकाको तिर्खु गाउँको बिहे घरमा हामीले ३ दिन बितायौं ।  भोलि जन्ती आउनेछ । आज अबेरसम्म आँगनमा टाटे पाक्दैछ ।  जुम्लाको जाडो माइनसमा ओर्लेको छ । आगो वरिपरि आफन्त महिलाहरु गहुँको पिठोको टाटे पकाउँदैछन् । …

a person in a red saree smiling in front of the camera

Sugandhi Katha EP71

वीरगन्ज शहरको एउटा होटलमा प्रायजस्तो साँगितिक साँझ हुने गर्छ । एउटा साँझ प्रिती आफ्ना सुमधुर आवाज गुन्जाउँदै थिइन् ।  उनी सुगन्धीकी कान्छी छोरी हुन् । नाच्ने र गीत गाउने कर्म रोजेकी ।  वीरगन्जबाट १० किलोमिटर जति टाढा जितपुर नजिकैको गाउँमा पासवान परिवारको चिटिक्क परेको घर छ । घरमा बस्छन् सुगन्धी पासवान, राजवंशी पासवान, २ छोरी, …

Gyan Sirko Katha EP70 

स्याङ्जा मिर्मीका ज्ञानप्रसाद पाण्डे परिवारका कान्छा छोरा थिए । एसएलसी सकेर पढ्न पोखरा झरे । पिएन क्याम्पसमा पढ्दा खर्च जुटाउन एउटा निजि विद्यालयको होस्टेलमा काम गर्न थाले । जोशिलो उमेरका ज्ञानको ज्ञान र लगन देखेर उनलाई पढाउने काम दिइयो ।  त्यसपछि ज्ञानप्रसाद ज्ञान सर भए ।  ज्ञान सरको कथा जिन्दगीका लामा बाटाहरु ज्ञान सरले पढाएरै …

नन्दलालकी माेति

भैरहवाका नन्दलाल बढई कुनै बेला मूर्ति बनाउने काम गर्थे । अहिले उनकी श्रीमती नै मूर्ति जस्तै अचल भएकी छिन् । ८६ वर्षका नन्दलाल बिरामी श्रीमतीको शरीरमा प्राण भरिरहन्छन् । अढाई वर्षदेखि नन्दलाल दम्पती अस्पताल धाएको धायै छन् । ‘धेरै चेकजाँच गराए तर के रोग हो पत्तै लागेको छैन ।’ नन्दलाल ‌‌ओछ्यानमा लडिरहेकी श्रीमतीलाई हेर्छ । …

तराइको घर

जङ्गलको बीचमा यो एक्लो घर छ । अरू घरहरू यहाँबाट निकै टाढा छन् ।नरनाथ घिमिरेले कुनैबेला ठूलठूला चट्टान र जङ्गल फाँडेर यहाँ घर बसाएका थिए ।उनलाई कसैले भस्मेली भन्थे त कसैले तराइ ।त्यस ताका तराइले घर वरिपरिका पाखामा सुन्तला, आँप,कटहर फलाएका थिए । खेतका गह्राहरूमा धान फलाउथे । तराइका छोराछोरीहरु हुर्के बढे । कोही विदेशिए, …

मनेहराकी फगनी

धनगढी बजारदेखि अलि परकाे मनेहरा गाउँ । गाउँ छेउकाे ठूलाे रुखकाे छहारीमा सितल ताप्दै गरेकी फगनी चाैधरी रसरी (प्लाष्टिककाे डाेरी) बाट्दै थिइन् । हामी पनि त्यहीँ रुखमुनि टुसुक्क बस्याैँ । डाेरी किन बाटेकाे रहेछ भनेर हामीलाई जान्न मन लाग्याे । उनले हामीतिर हेरिन् ‘खटिया बनाउन रसरी बाटेकाे’ डाेरी बाट्दै गरेकाे हत्केलामा थुक हालिन् । कामकै …