भित्ताको फोटो

सारा संसार लकडाउनमा छ। मानव जाति सबै आ-आफ्नो घरभित्र थन्किएका छन्। सामाजिक दुरी बनाउनुपर्ने भएर कतै निस्कन मिलेको छैन। तर आफू भने परदेशको ठाउँमा दिनरात नभनि ड्युटी गर्नु परिरहेको छ। हप्ताैपछि आज मुस्किलले एक दिन बिदा पाएको छु। कोरोना भाइरसले बिश्व हल्लाइरहेको अवस्थामा पनि मनमा त्रास बोकेर काम गरिरहँदा बेलाबेला शरीर नै लथ्रक्कै गल्नेगरि घरको …

बेमौसमी झरी

याे साता आमाको मुख हेर्ने दिन पर्याे। मलाई कहिल्यै पनि मातातीर्थ औंसीको महत्व भएन। तर यो बर्ष म धेरै नै भावुक भएँ र आमालाई फोन गरेँ। यो विशेष दिनमा आमाको मुख नहेरेको पनि दश बर्ष भइसकेछ। पढ्न भनि सहर पसेको हिजो जस्तै लाग्छ। दिनहरु कति चाडै बित्ने रहेछन् थाहै नहुने। अहिले कोभिड–१९ ले विश्व नै …

दाेधार

खासै कथा लेख्नुपर्ने त केही छैन। तर आज धेरै स्वास्थ्यकर्मी र नर्सहरुमा कोरोना देखियाे भनेर पढ्दा मन नै खिन्न हुन्छ।अनि आफै लेखुँ जस्तो लाग्यो। नर्स बन्ने खासै इच्छा त होइन, तर कसैकाे करकापले अंगालेको पेशा पनि होइन।अपत्यारिलो पारामा मेरो जीवनको गन्तव्य बन्यो यो पेशा। जहाँबाट फेरि मेरो यात्रा अगाडि बढ्नेछ। महँगो शुल्क तिरेर यो तीन …

माटाेसँग प्रेम

गएको फाल्गुन महिनाको अन्तिम सातातिर मलाई कलेज जादा एकदुई दिन त बिदा हुनु नि भन्ने लागिरहन्थ्यो| त्यस बखतको समय मेरा लागि निकै नै महत्वकाे थियो। किनकि त्यति बेला मैले प्रत्येक विषयका आवधिक पत्र कलेज समक्ष बुझाइ सक्नु पर्ने थियो। नभन्दै फाल्गुनको अन्तिम सातादेखि मेरो कलेजले बिदा दिइ सम्पूर्ण आवधिक पत्र बुझाउनका लागि समय निर्धारण गर्यो। …

मनकाे डढेलाे

खै, नियम पालना गरेकाे भनाै कि गुप्तबास भनाैँ ? घरबाट एक पाइला पनि अघि नसारेकाे महिना दिन बितिसक्याे। विश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे यो काेराेना भाइरसले मलाई मात्रै हाेइन विश्वकाे अरु कुनामा बस्ने मै हुँ भन्ने शक्तिशालीलाई पनि घरकाे चारकुने पिंजडामा थुनिन बाध्य बनाएकाे छ। कोराेनाले निम्त्याएको कहालीलाग्दो दिन।  झिसमिसे साँझको बेला थियो। इयरफोन र मोबाइल लिएर …

छिन छिनकाे फोन……

म एक बिद्यार्थी, घर अनि आमाबुवादेखि टाढा बसेर अध्ययन गरिरहेको। कलेजले लिने अन्तिम परीक्षा पनि चलिरहेकै थियो। यो बेला घरको अनि आमाबाबुको न्यास्रो लाग्नु त स्वभाविक नै हो। म भन्दा पनि बढी न्यास्रिनुभएको थियो गाउँमा बाबुआमा। सधैं झैँ हुने फोन कल भन्दा आजकाल २/३ गुनाले बढेकाे थियोे। बिहान र बेलुका गरि २ पटक मात्र हुने …

‘मनो बाबा’

पेशाले म एक बेकंर, विगत २१ महिना देखि राष्ट्रिय बाणिज्य बैँक बर्दघाट शाखामा कार्यरत छु ।जन्मघर बर्दघाट र कर्मघर भक्तपुर भएता पनि लकडाउनका कारणले मात्र नभइ जागिरको कारणले पनि म र मेरो छोरी यहाँ बर्दघाट छौँ भने श्रीमान् र परिवार भक्तपुरमा नै हुनुहुन्छ। केही महिना अघि देखि नै सामाजिक संजालका भित्ताहरु हुन् या टिभी च्यानलहरुमा …

नयाँ परिवार

कोरोना भाईरस रोग बनेर डढेलो जस्तै बिश्वोमा फैलिरहेको बेला लकडाउन औषधी बनेर मान्छेको घर-घरमा छिर्दै थियो। यही रोग र औषधीले हाम्रो देशलाई पनि कहाँ अछुतो राख्थ्यो र बारम्बार ढोका ढक्ढकाउँदै थियो।अब के हुने हो र कस्तो हुने हो भनेर सबैको मनमा उत्सुकता बढ्दै थियो। म विद्यार्थी हुँ । इन्टर्नकै रुपमा भएपनि सरकारी अफिसका दिनहरु भर्खर …

मुग्लानमा पूरा भएको सपना

कतारमा लक डाउन छैन । तर पनि कोरोना भाइरस संक्रमीत मानिसलाई कम्पनीले काममा पठाउन पाउँदैन। क्याम्प नै सिल गरि राखिएको छ। हाम्रो कम्पनीमा बिहान ६ बजे दिउँसो १२ बजे र साँझको ६ बजे  खाना कोठामा आउँछ।  दिसापिसाब  गर्न पालैपालो ट्वाइलेट जाने भन्दा अरु कामले बाहिर जान पाईंदैन।  कोठा सफा गर्ने मान्छे भन्दा फाल्टु मान्छे कोठामा आउँदैनन् । बाहिर देखेको भनेको …

सम्धीज्यू

लकडाउनलाई पछ्याउँदै आएको आज ३५ दिन भएछ। दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा काम गर्ने भएकाले बिमानस्थल बन्द भएपछि हाम्रो पनि अनिश्चित तर सुखका दिन आए भन्ने महशुस भयाे। तर कोभिड १९ सङ्क्रमण हुने उच्च जोखिमको ठाँउ हो बिमानस्थल । काम गर्ने ठाउँमा अलग्गै डर। हप्तामै चार भिन्दा-भिन्दै समयमा काममा जानुपर्ने पीडा एकातिर, अर्कोतिर स्यालरी नआउने अपुष्ट समाचार। …

चार्लि च्याप्लिनका कमेडी र सपनाहरु

आज भन्दा ठ्याक्कै २५ दिन  अघिसम्म युट्युबमा हेर्ने कथा हेरिरहन्थे। अहिले गाउँमा छु युट्युबकाे ढोका उघार्न पाछैन। डाटाबाट युट्युब खोल्न अलि नसकिने रहेछ। तर हेर्ने कथा पेजमा आएका लेखहरु भने समय मिलाएरै पढ्छु। बानी भनौं कि आदत यस्तै जो बसेको छ। खास्सै लेख्ने मान्छे त  हैन म, तर नलेखि बस्न पनि सक्दिन। फेरि जानेर लेख्ने …

बरण्डा

बिहानीपखको मिठो निन्द्रा बिगार्ने  मोबाइलको झर्को लाग्दो घन्टीको आवाज नसुनेको पनि निकै दिन भइसक्यो। अहँ , पटक्कै  छैन, हतार दौड धूप केही छैन। पहिले र अहिलेको  दैनिकी पुरै फेरिएका छ। बिहान मज्जाले निन्द्रा पुगिन्जेल सुत्छु। उठेर  झ्याल खोलेर बाहिर हेर्छु नरमाइलो लाग्छ। बिहानीले मलाई नै जिस्काए जस्तो। हावाका झोक्काहरुले पनि मुटुमै हाने जस्तो! सधैं पाउने शुभबिहानीकाे आभास, अहँ पटक्कै पाउँदिन।       प्रभातसँगै मनमा केही आशाको किरण सहित हतार हतार मोबाइल …

माया बाँडिन्न मैयाँ

साँच्चिकै उनको माया नहुँदो हो त यो कथा लेख्ने नि थिइँन होला!  मेरी एउटी सानी मैयाँ छिन्। जसलाई म असाध्यै माया गर्छु। यो माया कुनै शब्दले परिभाषित गर्नै सक्दैन। एउटी राजकुमारीकाे मिठो कल्पना थियो चाहाना थियो। अनि भगवानसँग प्रार्थना पनि।जसलाई पाउँदा संसार जितेजस्तै भयो। जस्लाई देख्दा म सधैँ फुरुङ्ग हुन्छु। उनी मेरो जीवनलाई स्वर्ग बनाउने परी …

पात्रको क्वारेन्टाइन २

नमस्कार !  मेरो कोठाको साथी कोरोना संक्रमित भएकोले म अहिले क्वारेन्टाइनमा छु। हौसला मिले चौध दिनको क्वारेन्टाइन अनुभव डायरी यसरी नै पठाउनेछु। अप्रिल २२, प्रेमिकासँग मस्त कुरा गरिरहेको हुन्छ। कसैले बिहानको नौ बजेतिर ढोका ढकढकाउँछ र भन्छ  ‘आज दुई बजे कोरोना टेस्टका लागि जान तयार हुनु।आवाज कर्कश हो तर जीवन रक्षा गर्नु पनि त छ। …

एउटा अनौठो अनुभव

करिब दुइ वर्षदेखि पढाइको सिलसिलामा अस्ट्रेलियाको सुन्दर सहर सिड्नीमा छु।  संसारभरिबाट आएका मानिसहरुको कर्मथलो बनेको सिड्नी सहर हरेक प्रहर ब्यस्त रहने गर्दछ। आफ्नै गतिमा बगिरहेको यो सहर आफूसँगै वर्षौदेखि यहाँ बस्ने मानिसहरुको सपना साथ लिएर हिंडिरहेको छ। सपनाहरु पूरा गर्न हिँडेकाहरुको कथाले सिड्नी भरिएको छ। बितेका दुई वर्षको मेरो दैनिकी पनि यहाँका अरु मानिसहरु जस्तै भागदौडमै …

दिउँसो कि राति?

कोरोना संत्रासले झ्याप्पै छोप्यो। यदाकदा नेपाल बन्दको अनुभूतिमा अभ्यस्त नै बनिसकेका भए पनि एकान्तबास या बन्दाबन्दीकोबारे यसअघि त्यस्तो अनुभव त के अन्दाज समेत थिएन। त्यसैले त सुरुका केही दिनहरुमा बन्दाबन्दीमा रहन निकै सकस भयो।  लामो दुरीका गाडीहरु बन्द हुने खबर आउनासाथ अब ‘लकडाउन’ हुने भयो भन्दै सहरलाई कर्मक्षेत्र बनाएकाहरु गाउँ जान हतारिए। ८ चैत्रमा नयाँबसपार्क …

पंख फिँजाइ आकाशमा उड्न चाहन्छु म!

हामीले सुन्दै आएको र भोग्दै आएको कुरा हो  कि “समय परिवर्तनशील छ।” आज आफै कोठाको एउटा कुनामा बसेर सोच्दै छु, महसुस गर्दै छु, अपनाउँदै छु । हिजो के थियो, आज के भयो …. हे दैव ! भोलि के हुने हो। सबैको रक्षा गर। ‘यो के भयो।आनौठो कुरा आयो के जाति रोग आयो’ भन्दै हुनुहुन्थ्यो आमाले …

उही तपाईंको काले!

प्रिय आमा, खै आज के भयो, निन्द्रा लाग्या छैन। अहिले मध्य रातको १ बजिसकेको छ। करिब ६/ ७ वर्ष भएछ आमासँग बसेर सँगै चाडपर्व नमनाएको। हालको लकडाउन जस्तै बनेछ हाम्रो समय पनि। अझै पनि याद आउँछ त्यस दिन, ड्याडीलाई रु.१० मागेर लालमोहन ल्याएर तपाईंको मुख हेरेको थिएँ। हामी एक आपसमा आमा छोरा भन्दा साथीेको व्यवहार …

हजार सपनाकाे माया

बुवा आमाकाे मुहारमा खुसी छाउने लक्ष्य लिएर हिडेकाे याे तन मनमा जहिले विघ्न बाधा। आज ३३ दिन भयाे। सुरु सुरुका केही दिनहरु खासै गाह्रो भएन। दिन बित्दै जाँदा लकडाउनकाे अवधि पनि क्रमशः बढ्दै गइरहेको छ। र यी दिनहरु निकै लामा अनि अत्यास लाग्दा भएका छन्। हाे, यसैबेला मेराे गाउँ सम्झिएकाे छु। अनि परिवारकाे मुहारकाे त्याे …

समय

‘आफ्नो आमा बुवाको काखमा हुँदा कहिले मर्न डर लागेन। तर अहिले एक्लै छु। आमा बुबाको लागि बाँच्न मन छ।’ सधै झैँ भिडीयो कल आउँछ।बिहानी पख आमा बुवा मेरो मुख हेर्न आतुर रहनु हुन्छ।’दिनहुँ के चलिरहेको छ? के गर्दै छस् ?’ मेरो सबै कुरा सुनाउन पर्छ। म सधैं भन्छु, ‘म बहिर जाँदिन। यताको मान्छे नजिक नि आउँदैनन्। …

‘धन्यवाद कोरोना !’

केही गर्ने फुर्सद नै छैन । एक दिन घर बस्न नपाएको महिनौं बितिसक्यो । दिनहुँ जप्ने मन्त्रजस्तै बनेको थियो यो वाक्य मेरा लागि। शनिबार एक दिन घर बस्न पाए, के के गर्थे होला? सोच्थे – कपालमा तेल लगाउँछु, नुहाएर घाममा कपाल सुकाउँछु, कपडा धुन्छु, कपडा सिलाउन नि अलिअलि आउँथ्यो। बरु केही सिलाउनु सिक्छु। स्कुटर धुन्छु, गित …

बेसुर छन्दका सुस्केरा !

परिचयबाटै सुरु गरौं न म रेनुका कार्की।हाल उदयपुर। कोरोनाले देशभर चिनाएको जिल्ला र रामपुर कृषि  क्याम्पसमा विद्यार्थी पनि। आज लकडाउन भएको पनि पूरै १ महिना भएछ। ती व्यस्त सहर,गल्ली, चोकहरु, यसरी महिनौं विदामा उपर्खुट्टि लगाएर बस्लान् भन्ने कल्पनामा पनि  थिएन। हुन त  होडबाजीमा हिँडेको यो युगले बेसुर छन्दका सुस्केरा हाल्छ होला भन्ने कस्ले पो कल्पेको थियो होला र?  यहाँ जति आँखा …

गाउँमा भेटनरी डाक्टर

म पेशाले भेटनरी डाक्टर हो। सन् २०१८ मा त्रिभुवन विश्वविद्यालयबाट स्नातक पास गरी भेटनरी पेशामा संलग्न छु। अहिले कृषि र वन विश्व विद्यालयमा स्नातकोत्तर अन्तर्गत भेटनरी फार्माकोलोजीमा अध्ययनरत विद्यार्थी पनि हुँ। सरकारले लकडाउन गर्नु भन्दा ठीक दुई दिन अगाडि आफ्नो कार्यक्षत्रबाट घर, प्युठान आएको थिएँ। घरमा सबै जना आउनु भएको छ। अध्ययनको सिलसिलामा २०६६ साल …

अत्यास लाग्दो सहर

कोरोना संक्रमणले नेपालमा लकडाउन भएको महिनादिन बितिसकेछ । सुरुका दिनहरुमा म सोच्थेँ अब कति दिनसम्म लकडाउन हुनेहोला? दिनहरु कस्तो हुने होला? कसरी बित्ने होला? लकडाउन अघि र लकडाउन पछिको काठमाडौँ सहर धेरै नै फरक थियो। कोलाहल र भीडभाडको सहर आज शान्त र सुन्दर छ। लाग्छ सबै मानिसहरु महिना दिन देखि मस्त निन्द्रामा छन्। लकडाउन पछिको …