जीवनको फरक यथार्थ

यो महामारीको संकटबाट एकमात्र अभिलाषा जिउ कसरी जोगाउने भन्ने भएकाे बेला दैनिकी अँह कत्ति पनि सामान्य छैन ।करिब करिब दुई महिना त अरु जस्तै म पनि घरभित्रै सिमित रहेर दिनहरु कटाए । सुरुका दिनहरुमा मेरो जिल्ला बाग्लुंग पनि कोरोनाको उच्च जोखिममा थियाे। नजिकैको बस्तीका केही व्यक्तिहरुमा संक्रमणको देखिएको हुनाले लकडाउन एकदम कडाइका साथ पालना गरियो। मनमा …

एउटा लामो विश्राम

दिनहुँ हुने व्यस्तता, शारीरिक अनि मानसिक पीडालाई भुलाउन हामी सबैलाई सायदै एउटा लामो विश्रामको जरुरत थियो। त्यस्तो मनोटोनस जीवनशैलीबाट ब्रेकडाउन भएर यति लामो समय आफैमा भुल्न पाउनु सायदै जीवनको एक अमूल्य उपहार पनि हो। एकान्तमा आफूलाई पर्याप्त समय दिन पाउनु आफैलाई चिन्ने एउटा अवसर हो। त्यसैले महामारीले निम्त्याएको बन्दाबन्दीको समयलाई चुनौती भन्दा पनि आफैलाई चिन्ने …

भित्र न बाहिर…

चितवनको पल्लो छेउ, सदरमुकामबाट झण्डै ३० कि.मी. को दूरी भन्न मिल्छ; जसलाई चितवनकै मान्छेले पनि चितवनमा पर्छ भनेर चिन्न मुस्किल छ। यही कारण हो, ‘अनि घर कता नि तिम्रो’ यो प्रश्न मनै पर्दैन मलाई। चितवन हो भनौँ भने चितवन कता भनेर सोध्छन्; अनि मेघौली भनौँ भने ‘त्यस्तो ठाउँ पनि छ चितवनमा?’ भन्छन्। त्यति नै चासो …

भयकाे लक्ष्मणरेखा

 लकडाउनमा देखेकाे काठमाडाैँकाे कुरा गर्न मन लाग्याे। सधैँ जाम हुने काठमाडौँ उपत्यकाकाे नयाँ रुप देख्न पाए लकडाउनमा। खुल्ला निलो आकाश मुनि खाली बाटाेमा परिणत भएको काठमाडाैँ । लाखौ संख्यामा गुड्ने गाडीहरु अनायसै स्थिर भए।सधैँ धुवा धुलोले अस्तव्यस्त भएका जनावर अनि मान्छेहरूले स्वस्थ श्वास लिन पाए। सधैँ गाडीको अनि मानिसको चापबाट थिचिएका सडकहरुले पनि आनन्दको महशुस गरे …

हराएको चारपाई

जिन्दगीको गतिमा कतै छुटेको साथ हौ तिमी हराएर पनि मन भित्र दबेको याद हौ तिमी आज शुक्रबार हामी गाउँ जाने दिन। हप्ता भरिको मेरो प्रिय दिन। मेरो गाउँ चौधरिया अहिले हामी बस्ने हवल्दारपुर भन्दा ठिक ४ कि .मि टाढा। बाबाले हाम्रो पढाइ सजिलो होस् भनेर यहाँ ल्याउनुभएको पनि धेरै भयो। तर मलाई मेरो आधा परिवार …

न मरिजानु न गरिखानु !

म दिउँसोको खाजा लिएर पल्लो कोठामा पस्दै गर्दा हातमा पैसा बोकेर आमा छोरा बिच यस्ताे गन्थन चल्दै थियाे। छोरा: हेर्नुस त मम्मी मैले घरभाडा अनि सागसब्जी किन्न पुग्ने गरि पैसा ल्याएको छु । मम्मी: खै खै हेरु त। तलब दियाे कि कसो ?  म: ए ! ATM जाने काम छ भन्दै हुनुहुन्थ्यो। त्यति भको नि …

मायाकाे गाउँ

 उच्च शिक्षाको लागि भनेर घर छोडेर हिडेको पनि आज सम्म आउदा ५ बर्ष बितिसक्यो । सानै थिए घर छोड्दा। परिवारमा म भन्दा अग्रज मेरा दाजुहरु नै हुनुहुन्छ । सबै कुरा बन्दोबस्त मिलाउने । घरपरिवारको जिम्मेवारी उहाँहरूले नै लिइसक्नुभएको थियाे र आजसम्म पनि त्यसमै तल्लीन हुनुहुन्छ ।  हृदय देखि सम्मान छ मेरा दाजुहरूलाई….. परिवारमा कान्छो सन्तानको रुपमा …

आशा, निराशा र खुसी

मार्च २७, २०२० – आनन्द, केही दिन विश्राम। टेबलको कुनाबाट मलाई हेरिरहेको डायरी आज खोलेँ । केही दिनको विश्रामले केही महिना छोइसकेछ । सधैँ आफूलाई समय नदिएको भन्दै, मलाई आखाँ तर्दै, कलेजका कामहरुलाई कराउने डायरी शान्त हुँदा वातावरण नै आनन्दमय लागेको थियो ।  सुरुमा त हेर्न बाँकी सबै सिरियल, फिल्म सकेर केही हप्ता पछि आरामले …

किसानलाई केको लकडाउन !

कोराना भाइरस फैलिन नदिनका लागि लकडाउन गरिएकाे छ । स्कुल, कलेज, अफिस, सरकारी तथा निजी कार्यालय प्रायः सबै बन्द छन् । अहिले पनि मानिसहरू आफ्नो समय घरपरिवारसँगै बिताउँदै छन् । यो समयमा मानिसहरु आफ्नो घरको विभिन्‍न काम सिक्दै गर्दैछन् । म पनि आफ्नो समय परिवारकाे साथ बिताउँदै छु । घरका विभिन्‍न कामहरु पनि सिक्दै छु ।  …

त्याे चुलबुले केटी

सानैबाट चुलबुले स्वभावको म । साथीहरुसँग भेट्ने, घुम्ने, डुल्ने, ठूला साना सबैसँग रमाउने, गफ हान्ने, सायद म जन्मिएकै चञ‌चल पुतली झैँ उड्न होला जस्तो लग्थ्यो ।  एक्कासी आयो कोरोना भाइरस। कलेज स्कुल वरपर सबै बन्द भए। अनि सुरु भयो लकडाउनका दिन।  सबैको जस्तै न हो मेरो पनि आजहरु हिजोका भन्दा कुनै फरक छैनन्।  ठ्याक्कै फोटोकपि । …

शून्य कोठालाई समय

दुर्गम गाउँबाट केही गर्ने आँट बाेकेर काठमाडौँ छिरेको म गाउँले ठिटो! आएको केही समय पछि नै वाध्यता र व्यवस्थाले पछ्याउन थाल्याे! त्यसपछि पढाइको साथसाथै सानो तिनो काम गरी खाने मेरो बाध्यता बन्यो!

सम्झना मनैमा

कोरोना महामारीको समयमा जन्मभूमिबाट कर्मभूमीमा आफ्नो पसिनालाई बिक्री गरेर आफ्नो घरपरिवारलाई खुशी र सुखी बनाउने अपेक्षा लिएर मिठा मिठा सपना बोकेर हिडि रहेको छु।  खै, मलाई पनि थाहा छैन कहाँ कति बेला के हुने हो भनेर !मनमा कोरोनाको त्रास नै त्रास। अर्को तिर घरपरिवारको याद । यसरी नै चलि रहेको छ मेरो जिन्दगी । यो लकडाउनको …

अब म भाग्दिनँ !

हिजो मात्रै जस्तो लाग्छ जब मेरो साहुनीले मलाई भन्नुहुन्थ्यो “तँलाई केही गर्न आउँदैन, यसैको लागि मैले तेरो आमालाई पैसा दिएर पठाको ? राम्रोसँग काम गर् नत्र तँलाई घर पठाएर मेरो पैसा फिर्ता ल्याउँछु।” आज जत्ति याद ताजा छ, त्यत्ति नै घाउ पनि ताजै रहेछ । थाहै नपाइ आँखा पो रसाइसकेछ । ती दिनहरु बिर्सने कोसिस …

जुनी खाने कसरी!

सबै नेपालीको सपना हो काठमाडौँ । अनायासै म पनि काठमाडौँ पुगे र क्रमशः अन्जानमै पाइलाहरुले फड्को मार्नु थाले । अनुभवहिन यात्री, यात्रा अनुभवमा निस्के । म बाङ्गो रुखलाई पनि सोझो देख्ने मान्छे । जानेको कुरा पनि प्रस्तुति र प्रदर्शन गर्न नसक्ने म, नभएको कुरा गर्नु त आकाश खसाउनु जत्तिकै गाह्रो । पढाइको पनि छुरा नभइ …

गज्जबका दिनहरु !

समयसँग साँच्चै नै बेखबर हुँदै बितिरहेका छन् मेरा लकडाउनका दिनहरु। गाउँ आए पछि कति गते, कुन बार अनि कुन महिना चलिरहेको छ, केही पत्तो नहुने। आज ममीले “नानी, मसान्त गैसक्यो र?” भन्नुहुँदा पनि उत्तर थिएन मसँग। छेउमा टपरी बुनिरहनु भएकी हजुरआमाले मेरो उत्तरको प्रतिक्षा नगरी सहजै भनिदिनु भयो, ” साँझमा झ्याउकिरी कराउन सुरु गरिसक्यो,पधेँराको मूल …

युरोपकाे लकडाउन

१४ मार्चबाट सुरु भएको युरोपको स्पेनमा लकडाउनपछि लगातारकाे घर बसाइबाट मैले जीवनमा धेरै  नयाँ कुराहरु सिक्न अनि अनुभव गर्न पाए ! लकडाउन सुरु हुनु भन्दा १ हप्ता मात्र अगाडि पुरानो बास स्थान छोडेर नयाँ शहर Palma De Mallorca आइपुगेको थिएँ। ठूलो सपना नभए पनि यो समरको काम सकाएर नेपाल फर्कने रहर बाेकेकाे थिएँ। मन मनै …

मन्त्रीज्यूलाई मेराे निमन्त्रणा

आज जेठ ३१ गते शनिबार Lockdown को कति औं दिन पनि याद छैन। एक डेढ महिना त याद भयो। त्यस पछिका दिनहरुमा त याद हुनै छाड्यो। मैले यो अवधिमा social media मा कहिले लिपुलेक कालापानी देखि जाजरकोट रुकुम हत्या काण्ड, कहिले गगन थापा vs प्रधानमन्त्री ओलीकाे संसदमा सवाल जवाफ त कहिले पुण्य गौतम, मुकुन्दे घिमिरे, डोनाल्ड ट्रम्पकाे video …

लकडाउनकाे मेराे आफ्नै परिभाषा

चितुवाको रफतारमा चलेको जिन्दगी अचानक पाण्डवको गुप्त वास झैं कोरोना गुप्तवासमा परिणत भयो जिन्दगी , कति थप्छौ जीवन यात्राको पुस्तकको पानामा सफलताका तिता मिठा पलहरु  समयमा सचेत बनौ थपौ प्रकृतिमा नयाँ हाँगा बिँगाहरु ।। लकडाउनकाे सुरुवातसँगै सबैको झैँ मेरो पनि दैनिक कार्यहरुमा तालाबन्दी भयो । यो लकडाउनको बेला, खुला आकासको छत्रछायाँमा, शितल, सन्तुष्टि र शरीरका अङ्ग अङ्गमा प्रकृतिको स्नेहपूर्ण चुम्बन महसुस गरेको छु । आफूलाई …

गुन्द्रुक र ढिँडो,खेत र गोठ यहीँ जीवन गै जाला!

नारा र प्लेकार्डले मात्र बन्दैन देश  न माटो र पत्थरले बन्छ बन्द र हड्तालले बन्दैन देश न शोषण र भाषणले बन्छ  देश त बरु कृषिमा क्रान्तिले बन्छ सम्पूर्ण नेपालीको रोजगार प्राप्तिले बन्छ सत्यम्, सुखम्, सुन्दरम् नेपाल चाहनेहरु हो , देश अब कृषिमा क्रान्तिले बन्छ !  यस्तो समय आउला भन्ने कल्पना सायदै हामी कसैले गरेका थियाैं। समयले गराएको गाउँघरसँगैको भेट अनि समयसँगै बितेका …

कहाँ छाै कहाँ ?

बिहान भाले नबास्तै देखि सुरुवात हुने मेरो व्यस्तताले विश्राम पाएको छ अहिले। कुनैबेला एक कप चिया पिउन समय थिएन तर आज मसँग चिया, कप  र समय सबैथोक छ। पन्ध्र वर्ष लामो विद्यार्थी जीवनको इतिहासमा नभएको बिदा मेरै अघिल्तिर ठिङ्ग उभिदिएको छ । शरिरको तौलले नयाँ आकार लिएको छ । ४३ बाट ५२ केजी भएकी छु। बिहान उठेर कलेज …

त्याे दिनको पर्खाइ

हामी अहिले आफ्नो – आफ्नो  सुरक्षार्थ  लकडाउनमा  छौं। यो माहामारीको लहरले जीवजन्तु, पशुपंक्षी लगायत वातावरणकाे लागि राम्राे गरेकाे छ । तर बाहिर सडकपेटीमा रहेका प्राणीको भोक कसले मेटाउँछ भनेर मनमा दुख लाग्छ। हरेक दिन फालिएका बासी भात, कुहिएको, सडेगलेका खानेकुराले भाेक मेटाउनेका लागि याे एकदम गाह्राे बेला हाे। उनीहरुलाई यस्ताे बेलामा खानेकुराकाे व्यवस्था गरेर माया …

मेराे सुख दुःखकाे कारण

उकुसमुकुस मनले साँच्चै नै सास फेरे झैँ बगिरहेका नदिहरु रोकिए झैँ अनि हतासिएको जिन्दगीले विश्राम पाए झैँ लकडाउनले कसैलाई खुसी बनाएकाे छ भने कसैलाई याे कष्टकर अनि पीडादायी बनेकाे छ। कामको सिलसिलामा परिवार र आफन्तबाट टाढा पुगेका मानिसलाई लक डाउन परिवारसँग समय बिताउने मौका बनेको छ। तर दैनिक ज्याला मजदुरी गरेर परिवारको छाक टार्दै आएका श्रमिकलाई …

मेरी हजुरआमाकाे डायरी

“ यस्तो रुढि (रोग) त हाम्रो पालामा कति थिए, कति थिए नानी।  यसरी समाचार सुन्ने हेर्ने टि.भि. रेडियो फोन हुँदैन थियो । आफ्नो नजिक भए थाहा पाइन्थ्यो । नत्र कहाँ के हुन्छ केही थाहा हुँदैन थियो। यस्ता रोगले कति गाउँ नै सखाप भाकाे देख्या छु मैले। अहिले नाम अर्कै दिए- कोरोना कि के जाति। पहिला …

मन चङ्गा

बाहिरी दुनियाँमा पाे लकडाउन छ त ! मन,ज्यान र ध्यान त झन व्यस्त हुँदाे रैछ। प्रकृतिसँग खेल्न र  फाेटाेहरू कैद गर्न। गाउँको बसाइँ यति रमणीय बन्दै छ कि चैतमा घर आएकी म हिउँदे धान राेप्न भ्याएँ। अहिले त्यो धानका बाला लहलह झुल्न थालेका छन्। समय यति मज्जाले छिट्टै बित्दै छ कि, म शब्दमा व्यक्त गर्नै सक्दिन। आज …