Posted inलकडाउन डायरी

सानी नानीकाे अनाैठाे बानी

भनिन्छ, संसारमा सबैभन्दा ठूलो कुरा भनेको स्वास्थ्य हो, स्वास्थ्य शरीर हो। र यही शरीरलाई कोरोना (कोभिड—१९) भाइरसबाट टाढा राख्न आज हामी आफूलाई घरभित्र बन्द गरेर बाध्य छौं। म पनि बन्द छु यो चार पर्खाल भित्र, तर पनि बारम्बार आइरहने अनेकौं समाचारहरुले मनभित्र त्रासलाई बास बसाउनबाट भने रोक्न सकिरहेको छैन। यही लकडाउनको समयका केही भोगाइहरू । […]

Posted inलकडाउन डायरी

म एम्बुलेन्स चालक

कक्षा १० को परीक्षामा बिज्ञान बिषयमा  एउटा यस्तो प्रश्न आउँथ्यो कि यति सानो सियो पानीमा डुब्छ तर यति ठूलो जहाज किन डुब्दैन भनेर। अनि म सबै भन्दा अगाडि हत्तपत्त उत्तर दिन्थे कि जहाज पानीमा डुब्नको लागि बनाकै हैन त कसरी डुब्छ! ….. त्यसैले होला बिज्ञान विषयमा मेराे नम्बर सधै रातो घेरा भित्र हुन्थ्यो। त्यत्तिका बर्ष घोकेर […]

Posted inलकडाउन डायरी

‘तारा’ र मेरी हजुरआमा

विश्वका अधिकांश मुलुकले कोभिड-१९ सॅंग जुध्दनु परेको छ। धेरै मुलुकले यस महामारीको फैलावटलाई न्युन राख्न आफूलाई लकडाउनमा राखेका छन्। हामी नेपाली पनि यस महामारीबाट कहाॅं बच्न सक्छौॅं र? कर्म अनुसारको फल भने जस्तै आज विश्वलाई वातावरणले ठूलो चुनौती दिएको छ। त्यसको स्वरूप हो कोभिड-१९ र यसबाट बच्न अरू मुलुकले जस्तै नेपालले पनि आफूलाई लकडाउनमा राखेको […]

Posted inलकडाउन डायरी

एक गेम हान्दिम न त !

आफ्नै घरको छतमा म एक्लै बसेर आकाशका तारा नियालिरहेको छु, मनसँग मनका कुरा खेलाइरहेको छु। दिन पनि कस्तो आएका हुन्, घर भित्रै कुहिएर बस्न पर्ने। यो लकडाउनले गर्दा घरबाट बाहिर निस्किन पनि पाएको छैन, बजार गएर मम, चाउमिन, पिज्जा जस्ता मन पर्ने परिकार खान पनि पाएको छैन । छेउ मै रहेको गोठिकाँडाको डाँडा घुम्न जाने […]

Posted inलकडाउन डायरी

काेराेनाका कारण मृत्यु र गाउँमा त्रास

लकडाउनको दिनहरू अरू दिनभन्दा निकै लामोलामो लागिरहेको थियो। पढ्न किताबहरू थिएनन्। साथीहरू काठमाडौँमै थिए। यता गाउँमा सधैँ एउटै लयमा बगिरहेको थियो दैनिकी। यसैबिच हाम्रै तिर घर भएकी २९ वर्षीय सुत्केरीकाे २०७७ ज्येष्ठ १ गते धुलिखेल अस्पतालमा मृत्यु भयो। म काठमाडौँ बसेर पढ्दै आइरहेको भएता पनि हजुरबाको बर्खान्तको लागि भनेर सिन्धुपाल्चोक बाह्रबिसेकाे त्यही गाउँमा अाएको थिए। […]

Posted inलकडाउन डायरी

‘पानी बाराबार’

आमा बाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुङामुढा माथि जस्तै त होइन, तर सोचाइ यस्तै परेको हुन सक्छ।काठमाडौँको सुदुर पूर्व पेप्सिकोलामा लकडाउनको २४ औं दिन पार गर्दासम्म घरमा त्यस्तै परेको हुन सक्छ। एक्लो बसाइ अनि अक्सर आफ्नो नजिकको मान्छे कोही नभएको ठाउँमा बसिरहँदा मलाई व्यक्तिगत रुपमा केही समस्या त थिएन। उपलब्ध पुस्तक पढ्ने, फिल्म हेर्ने […]

Posted inलकडाउन डायरी

हजुरबुवाकाे सम्झनामा

लक डाउन भएकाे ६० दिन बित्याे। सङ्क्रमित र मृत्यु हुनेकाे सङ्ख्या बढेकाले लक डाउन दुखदायी त छँदै थियो, त्यसमाथि झन डर र त्रास थपिदैछ।। डर र त्रासलाई हटाउन आफ्नाे course book पढेँ । युवामञ्च, मधुपर्क, बालपत्रिका , काेपिला लगायतका थुप्रै साहित्यिक लेख तथा रचनाहरु पढेँ। त्यसैगरी केही समय नेपाली, हिन्दी, अङ्ग्रेजी र प्रेरणादायी चलचित्र हेरेर […]

Posted inलकडाउन डायरी

कर्मघर चिन्दै

म रामेछापको एउटा सामान्य गाउँको सामान्य परिवारमा जन्मे हुर्केकाे हुँ। सानोमा चन्चल र जिज्ञासु थिएँ। गाउँमा SLC सम्मकाे पढाइ सकेर म उच्च शिक्षा अध्ययनकाे लागि सहर हानिए। सहर छिरेपछि आफ्नो पढाइ अनि करियरकाे कारणबाट सालमा दुई पटक मुस्किलले गाउँ जाने गर्न थाले। सहर आएकाे करिब तीन वर्षपछि मैले जिन्दगीको अर्काे महत्त्वपूर्ण निर्णय लिएँ। मैले विवाह गरेँ। विवाह […]

Posted inलकडाउन डायरी

‘पागल’सित मलाई प्रेम जो छ!

 “विना कोसेली रित्तै हात आउँछ मेरो दिन विना समाचार निस्तै मुख फर्कन्छ मेरो दिन” भैरव अर्याल “हुरीको पतकर” कविताका यी हरफले केही दिन अघि मलाई झल्याँस्स बिउँझाए। कोसेली त धेरै बोकेर आउँथे मेरा दिनहरु। कानूनका किताबहरु, साहित्यका किताबहरु, मेरो ‘अन्लाईन कक्षा’,  संगीत र धेरै फुर्सदिलो समय बोकेर आएका मेरा दिनहरुलाई मैले रित्तो हात र निस्तो […]

Posted inलकडाउन डायरी

माकुरो

साँझ बिहान कैयौ बितेर गए। कैयौ दिन निदाए, उठे, दिन बिताए। दिन बिताउने क्रममा कसैले केही लेखे। सिके। सिकाए। हेरे। देखाए। उनीहरु सबैको योगदानले केही अर्थ राख्यो होला। राख्यो नै। मैले के गरेँ? म पनि बिहान उठेँ। सामान्य घरधन्दा गरेँ। यस बाहेक सम्झन लायक मैले केही गरिनँ। नयाँ किताब नभएपछि घरमै जालो लागेको एउटा किताब उठाएँ। जालो पुछेँ। माकुरो पनि […]

Posted inलकडाउन डायरी

फर्किने आशा

चारैतिर झ्याल अनि एउटा फराकिलो ढोका। तर पनि थुनिएको मान्छे म। फरक सोच फरक पहिचान बनाउँदै अघि बढ्ने सपना बोकेको मान्छे म। पढाइमा अब्बल दर्जा त पाइएन तर सन्तुष्टि चाहिँ पाए। गहिरिएर सोच्ने अनि मनमा इख गाडिएर हिड्ने व्यक्ति म आज भौतारिएको संसारबाट महिनौ अघि देखि आराममा छु। कोभिड १९ को कारण चीन पश्चात त्राश […]

Posted inलकडाउन डायरी

अत्यासका बिच अक्षरहरुको खेती…

साँच्चै आश्चर्य लाग्दो छैन त वर्तमान ?सायदै कसैले सोचेको थियो, विज्ञान प्रविधिको युगमा एउटा रोगको औषधीको अभावले लाखौँ मानिस निरीह भएर मृत्युवरण गर्नुपर्छ र सन्त्रासपूर्ण समय बाँच्दै आफ्नै कोठामा कैद हुनुपर्छ। विश्व अहिले ठप्प छ, मौन छ तर भित्र कतै सर्वज्ञानी मानिस चित्कार छोडिरहेको छ। क्रन्दन अलापिरहेको छ र जीवनको भिख मागिरहेको छ। ती मानिसहरु […]

Posted inलकडाउन डायरी

फुर्सदिला आँखाहरु

अकल्पनीय लामो लकडाउनका कारण अचेल समयै समय छ म सँग। यो समयलाई संचय गर्न मिल्ने भए, बैंकमा लगेर संचित गर्थें।जब समयको अभाव हुन्छ, तब बैंकबाट समय निकालेर समय कै बजारमा खर्च गर्थेँ। तर यी सब त स्वप्न न हुन्। हुन त मैले म सँग समय छ भनेर फगतमा लेखेँ जस्तो लाग्यो। समय त उसैसँग हुन्छ, […]

Posted inलकडाउन डायरी

खिचडी !

अस्पतालको जागिर ! बिहान १०:०० बजेबाट ५:०० बजे सम्म काममा जानै पर्ने।  रोजीरोटी पनि त्यहीँ। अनि आफूसित भएको सीप देश संकटमा परेको बेला लुकाउने कुरो पनि आएन। घरमा भएका मान्छेहरु पनि पहाड तिर उकालिए , घरमा एक्लो भइयो। अस्पताल जस्तो कोरोना संक्रमण जोखिम ठाउँमा काम गर्ने भएपछि एक्लै क्वारेन्टाइनमा बस्नु नै मेरो अनि परिवारका लागि […]

Posted inलकडाउन डायरी

जिन्दगीको किताब

समय सधैं सफल भएर अघि बढ्ने गर्छ । कहिले घाम कहिले पानी हावा, हुरी त कहिले आँधीबेहरी सबै परिस्थितिलाई छिचोल्दै अघि बढ्छ र त हरेक अवस्थामा सफल हुन्छ । समयलाई नै चुनौती दिदै सफलताको यात्रामा भाग दौड गरिरहेको म ।  जन्म त मेरो सहजतामा नै भएको रहेछ तर जब आफूले आफूलाई बुझ्न थाले। त्यतिनै जिम्मेवारी […]

Posted inलकडाउन डायरी

व्यस्त दिनहरु

लकडाउनको समय कार्यालय र घरायसी काममा व्यस्त हुन्छु। कार्यालय सुरु हुनभन्दा अघि व्यक्तिगत र घरायसी काममा बित्छ। कार्यालय विहान ८:३० बजे सुरु हुन्छ।आधा घण्टा अघिल्लो दिन र आकस्मिक सेवाको रिपोर्टिङ हुन्छ। त्यसपछि छानबिन क्लिनिकमा नयाँ बिरामीहरुको स्क्रिनिङमा व्यस्त रहन्छु। अहिलेको दैनिक क्रियाकलाप टाढा टाढाबाट विशेष छालाको समस्या लिएर आउछन्। उनीहरुमा कतै कोभिड १९ सक्रमण छ […]

Posted inलकडाउन डायरी

उही चमक फेरि कसाे नफर्किएला!

एकनास गतिमा बगिरहेको थियोे समय, संसार निकै सुन्दर लाग्थ्यो, पूर्वदेखि पश्चिमसम्म उत्तरदेखी दक्षिणसम्म स्वतन्त्र भइ हिड्ने हामी नेपाली आज एक अर्काकाे समिपमा जान पनि डराउनु पर्ला भन्ने कदापि साेचिएकाे थिएन। राेक्दा राेक्दै याे महामारी एवं रितले अराजक गीत गाउँदै हिड्दैछ। के मन्दिर के मस्जिद के गुम्बा के विहार हरेक स्थानलाई लकडाउनले छाेयाे हरेक बिहान खुलेर […]

Posted inलकडाउन डायरी

लकडाउन कि लभडाउन

आज म घर आएको ५७ दिन हो। कलेज पढ्न काठमाडौँ छिरेदेखिको मेरो सबैभन्दा लामो घरबसाइ हो यो। कोरोनाको असर दिनदिनै चुलीचुली हुँदैछ। स्थिति अस्सनिस्स छ। पढाइको चक्कर, जागिरको रुटिन अनि साथीहरुको रमझममा भुल्ने मेरा दिनरातहरु अचेल घरकै यात्रु हुन पुगेका छन्। लकडाउनको सुरुवातमा यति लामो बसाइ होला भनेर सायदै कसैले सोचेको थियो। पाल्पाको कुनै क्याफेमा […]

Posted inलकडाउन डायरी

तरकारीकाे स्वाद

अहिले विश्वव्यापी रूपमा आतंक फैलिरहेको कोभिड -19 नोबेल कोरोना भाइरस को कारणले स्वदेशी उत्पादनहरुले निरन्तर बजार पाइरहेका छैनन। कयौं कुहिएर नष्ट पनि भएका छन्। यसले कृषक अनि देशलाई धेरै नोक्सान भएको छ। बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आदि हामी आयात गर्ने गर्दैछौं। जुन नेपाली स्वाभिमान अनि कृषिकर्मको आदर्श विरुद्ध हो भन्दा फरक […]

Posted inलकडाउन डायरी

गाउँकाे माटाे र मुग्लानकाे बाटाे

बिहानैदेखि आकाश निकै कालो भएर धुम्मिएको थियो। कालो बादल आकाश मडारिएको देख्दा मनमा ठूलो पहिरो गएको अनुभूति भएकोे थियो। बिहान १० बजे पछि भने आकाश हल्का खुल्दै गएर सौर्यकिरण देखिन थालेकोले मनमा हर्षको सिमा नै थिएन । यसो चारै भञ्ज्याङ्मा देखिएका पहाडहरुलाई नियालेर हेरेँ, आज धर्ती पनि रोइरहेको प्रतित भयो। भनिन्छ प्रकृति आमा हुन्, आमा […]

Posted inलकडाउन डायरी

१९ वर्षमा नफेरिएकाे मेराे गाउँ

एउटा गाउँको सामन्य परिवारमा जन्मिएकी मलाई आफ्नो बाल्यकाल हजुरबुवाआमाकै काखमा बिताउने साैभाग्य मिल्यो। गाउँमा गुणस्तरीय शिक्षाको अभावले सहर सम्मको यात्रा गर्नु पर्यो। पढ्नका लागि सहर गए पनि, मेरो मन मस्तिष्कमा भने गाउँकै आकृति सलबलाउँथ्यो। कहिले शुक्रबार आउँला र गाउँ जान पाइएला भनेर अति उत्सुक हुने म र मेरा भाइका कलिला हातका अौलाहरु आइतबार, सोमबार गर्दै […]

Posted inलकडाउन डायरी

मौन युद्ध

एउटा सानो घाउ लाग्दा, एक हप्तासम्म रुने म। जिन्दगीमा केही आपत आइ पर्दा साथीलाई नसुनाइ बस्न नसक्ने म। अनि साथीहरुलाई समस्या पर्दा सबै भन्दा पहिले समाधान खोजिदिने म। सबैसँग परिचित तर स्वयंसँग अपरिचित म। सम्भवत: यो समय मेरो लागि एना बनेको छ। मैले अब आफूलाइ आफ्नै नयनबाट नियाल्न थालेकी छु। सधैँ हतारमा हराउने मलाई स्थिरता […]

Posted inलकडाउन डायरी

चरी भए भुरूरू जान्थे उडेर…

चरी भए भुरूरू जान्थे उडेर, सन्चो छ कि बिसन्चो छ आउथेँ बुझेर । जब प्रत्येक पटक बबिना किराँती दिज्यूको गीत सुन्छु,मन नै अमिलो भएर आँउछ। जीवन जोखिम, सर्वत्र लकडाउन र बन्धनले स्वतन्त्रताको धज्जी उडेको भान हुन्छ। तर के गर्नु!   सामान्य जीवन कस्तो हुन्छ नै विर्ससकेँ।बाहिर निस्किनु निकै नौलो लाग्छ। लकडाउनले मेरो दैनिकी नै परिवर्तन […]

Posted inलकडाउन डायरी

‘९ दिनमा नौलो, २० दिनमा बिर्सियाे’

चाइनामा कोरोना कहर शुरु हुनुभन्दा २ महिना अघि नै मेरी आमालाई श्वास प्रश्वासको समस्याले थला पारेपछि २ हप्ता आइसियु कक्षमा उपचार गराइ निको भएपछि घर ल्याइएको थियो। घरको २ छोरा मध्य म कान्छो छोरो, बुवाआमासँगै मेरी श्रीमती र छोरा छोरी गरि ६ जना बस्दछौं। दाइ, भाउजु अनि भतिज कामकाे सिलसिलाले छुट्टै बस्दछन्। आमाले जति धेरै […]