Posted inलकडाउन डायरी

मास्क

एकाबिहानै हजुरआमाको नियमित खाने औषधि सकिएका कारण औषधि पसल जाने आदेश आयो । सरकारको लकडाउनको पालना गर्नु पर्ने पनि छ । सरकारले सर्वसाधरणका लागि भनेर बिहान ७ बजे देखि ९ बजे सम्म पसल खोल्ने निर्णय गरेको कुरा छिमेकबाट आए पछि करिब ७:४० तिर औषधि किन्न बजार लागे । करिब ४० मिनेटको हिडेर  बजार पुगे । […]

Posted inलकडाउन डायरी

एउटा स्वास्थ्यकर्मीको डायरी

हामी एउटा मास्क र पन्जाको भरमा बिरामी हेर्दैछौ । त्यै पनि पुग्दो छैन । प्रयोग गरिसकेकाे मास्क र पन्जा नै धोइ पखाली गरेर फेरि प्रयोग गर्दैछाै ।

Posted inलकडाउन डायरी

हराएका सम्झनाहरुको सम्झनामा

यो सब सकिएपछि, म मेरो दशौ पुस्तालाई पाल्ने जल पिउन, क ख रा सिकाउने स्कुल हेर्न, तलको फाँट,माथिको लेक, घना जंगल , मेरो जन्म आँगन टेक्न र मेरो घरको भित्तो सुम्सुम्याउन पुग्नेछु ।

Posted inलकडाउन डायरी

रित्ताे रित्ताे मन

म फेब्रुवरी महिनाको २८ तारिख बेलुकी १० बजे हिमालय एयरलाइन्स मार्फत कतारको हमाद इन्टरनेसनल एयरपोर्टमा अवतरण गरेको आज ठ्याक्कै एक महिना भयो ।  बैदेशिक रोजगारीका विषयमा तपाईको हेर्ने कथाका कुनै अंक कथा बनेनन् । हुन त म पनि नेपालमै थिए उसबेला । जतिबेला मेरा प्यारा प्यारा नेपाली दिदी वहिनी तथा दाजुभाइ यही मरुभूमीमा कयौँ फुस्रो […]

Posted inलकडाउन डायरी

एउटा झ्यालबाट देखिने संसार

सधैं झैं उमंग र उर्जा छैन बिहानीमा, दिन उस्तै, समय उही । बदलिँदो मौसम जस्तै बदलिँदा भोगाई सँगैका भावनाहरु ।  एउटा सानो संसार भन्नु नै आफू बस्दै आएको कोठा, क्षितिजलाई नियाल्ने झ्याल र साँघुरो घेरामा अटाएका दृश्यहरु ।कोठाको आकार उस्तै, भित्ता उस्तै,सँगै जोडिएको झ्यालको उचाई र चौडाइ उस्तै, कोठामा आ–आफनो स्थानको स्वामित्व जमाएर बसेका सामान […]

Posted inलकडाउन डायरी

गृहिणीलाई बोझ !

भोगाइका थुप्रै दुख सुखका थुङगाहरु छन् तर शब्दमा उनेर पेज भर्न गाह्रो भयो । पहिलो पटक यो डायरी लेख्ने प्रयास गरेको छु । स्कूल पढ्दा दैनिकी लेखेको बाहेक कहिल्यै लेखेको थिएन । लकडाउनको बेला पनि हामी महिलालाई भने अरुकै चिन्ता । कोरोना भाइसरको सङक्रमण बढेका कारण लकडाउन भएको पनि एकहप्ता बितिसक्यो । हामी सबैले लकडाउनको […]

Posted inलकडाउन डायरी

त्रासभित्रको आश

आज त २ हप्ता नै भएछ घर भित्र एउटै कोठामा बसेको पनि । एक हप्ता ज्वरो र रुघा लागेर ।अर्को हप्ता कोरोनाको त्रासले।                                                   बाधा अबरोध अनि आरोह अवरोहका बीच माैसम झै बदली बदली आगाडि बढ्ने जिन्दगीका यात्राहरूमा दुःखकष्ट नसही सरल तरिकाले जीवन जीउन गाह्राे हुँदाेरहेछ । सोचे जस्तो कहाँ हुँदाे रहेछ र जीवन । उकाली […]

Posted inलकडाउन डायरी

‘लकडाउन’ मा मनडाउन नहोस् !

सधैँ झै बिहानी भयो । बर्खामा झरीले, शरदमा चाडबाडले, हिउँदमा चिसोले ब्युँझाउने प्रातकालीन निन्द्रा वसन्ती पवनका बेला चराहरुको चिरविरले ब्युझाईदिन्छ । बिबिध ऋतुहरुमध्ये मलाई असाध्यै मनपर्ने ऋतु हो, वसन्त ऋतु । यो बेला डाँडापाखा र बनजंगल घुम्न खुबै रमाईलो हुन्छ । तर वर्तमान भनेजस्तो छैन, यो विहानीमा सबै रहरहरु बन्द कोठामा सिमित भएका छन् । […]

Posted inलकडाउन डायरी

मलेसियाबाट देशको चिन्ता

म यति बेला मलेसियामा छु।मलेसिया सरकारले मार्च १८ तारिखदेखि मार्च ३१ तारिखसम्म लकडाउन घोषणा गरेको थियो। कोरोना सङक्रमितको सङख्या बढ्दै गएपछि फेरि दुई हप्ता थपेको छ। दुई हप्ता भनेको मार्च १८ देखि ३१ हुँदै अब अप्रिल १४ सम्म लम्बिएको छ। हामी होस्टेलमा क्वारेनटाईनमा छो‌। बहुत गाह्रो छ समय बिताउन तर पनि यहाँको जनताले सरकारको आदेश, […]

Posted inलकडाउन डायरी

प्यारो डायरी

Day – zero एउटा शून्य दिन प्यारो डायरी , धेरै भयो तिमीसँग नभेटेको ।दिनको के कुरा,वर्षाै वर्ष भयो । न्यास्रो नलागेको हैन । तर खै , के ले रोक्यो, रोक्यो !  केही त पक्कै थिए भन्ने कुरा तिमीलाई । केही त पक्कै थिए सुनाउने कुरा तिमीलाई । कहाँबाट सुरु गराैं ?  सम्झना पनि हराउँदो रहेछ […]

Posted inलकडाउन डायरी

समयको प्रश्न

बाबालाई विश्व अर्थतन्त्र, इतिहास र समसामयिक कुराहरुमा रुची भएर होला यी बिषयमा हाम्रो घरमा पहिला देखि नै बेलाबेलामा छलफल हुने गर्थ्यो। हाम्रो घरमा हाँसो,ठट्टा, रमाइलो भन्दा बढि छलफल, कुराकानी बढी हुनेगर्छ। चिनबाट सुरु भएर एक दुई देशमा संक्रमित देखिन पाएको छैन, बाबा चाहिं हाम्रै घरको परिवार मध्ये कोही  संक्रमित भएजत्तिकै गम्भीरताका साथ कुरा गर्नु हुन्थ्यो। […]

Posted inलकडाउन डायरी

टोल नथर्काइ हुन्न !

टिडिङ….. टिडिङ….. आजभोलि मेरो अलार्मको धुन फेरिएको छ ।  “हेलो ! उठ्याै ? ६ बज्न लागिसक्यो।” आमाले ठ्याक्कै यतिबेला फोन गरेर यही प्रश्न सोध्न थालेको आज साता दिन भइसकेछ । परिवारका सबै गाउँ जानुभएको छ । दश गतेबाट लामो दुरीको सवारीसाधन नचल्ने भनेपछि कोठा भाडामा बस्ने अंकल र उहाँको परिवार पनि गाउँ हिँडिसके । घर […]

Posted inलकडाउन डायरी

हलुङ्गो, हलुङ्गो

लकडाउनका दिनहरु हलुङ्गा छन् । यो समयले हलुङ्गो हुन सिकाएको छ ।  महामारिको त्रासदीले यतिखेर सारा मानवजातिलाई समयको बन्दी बनाइरहँदा म पनि बन्द भएको छु पर्खालभित्र । अस्तिसम्म खै कहाँ पो पुग्न हो दिनरात दौडिरहने म, बसेको बस्यै छु ।  वल्लो झ्यालबाट हेर्दा हरिया गहुँबारी देखिन्छ । पल्लो झ्यालमा हिमाल मुस्काइरहेको । आजकल मौसम पनि […]

Posted inलकडाउन डायरी

डर

२०७६/१२/११ मंगलबार आजको बिहानी हरेक दिन जस्तो थिएन अलि भिन्न थियो । आजको बिहानीमा डर थियो त्रास थियो । मेरो आमाको मुहारमा चिन्ता थियो, बुबाको मुहारमा आश । हिजो मात्र हामीले आफिसमा अब घर बाट काम गर्ने कि भनेर सल्लाह गरेका थियौँ । भोलिपल्ट सरकारले ‘७’ दिनका लागि लकडाउनको आदेश सुनायो । एकछिन त म […]