विश्व स्वास्थ्य संगठनले खतराको सज्ञां दिएपछि नेपाल सरकारले ५ गते वेलुका अलि धेरै चासो लिएर फटाभट निर्णय गर्न थाल्यो । त्यतिबेला सम्म त नेपालमा आएको छैन के भो र भने जस्तो लाग्थ्यो । तर जव सरकारले एसइइको परिक्षा नै रोक्यो तब संकटै परेको हो कि भन्ने लाग्यो । ५ गते साँझदेखि नै अफिसबाट घर जाने […]
लकडाउन डायरी
आमा छोराको गन्थन
म खुब चिया प्रेमी । त्यसमा पनि दुध चिया । अझ यो लकडाउनले गर्दा झनै बिहान आँखा खुलेदेखि आँखा नअस्ताउँदासम्म दैनिक ५ -७ कप चिया पिउँछु ! यो डायरी भर्दै गर्दा पनि छेउको चियाको कप बेला बेला उठाउँदैछु । चिया धेर भएर हो कि निन्द्रा पनि ढिला लाग्छ ! हुन त यो लकडाउन पछि न […]
आफैँलाई दिएको एक हप्ता
सरकारको पहिलो निर्णय आयो । सेवा दिनु नपर्ने, तर कर्मचारीले नियमित कार्यालय आएर कामकाज गर्नुपर्ने छ। त्यसै गरियो । लकडाउन नै भए पछि भने स्वत: बिदा पाएँ । वरिपरिका साथीहरु सबै गाउँ गए । मलाई गाउँ जान उचित लागेन । काठमान्डौमै बस्ने निधो गरेँ । लकडाउन पालना गर्ने र एक हप्ताको समय आफैलाई दिने निर्णय […]
कोरोनाले सिर्जनशील बनायो
अहिले मेरो दिनचर्या विल्कुल फेरिएको छ । बिहान ६ बजे उठ्ने मान्छे, ५ बजे नै उठि सक्छु । बिहानभर कफी सपमा गफ लडाउँदै बस्ने मान्छे ६ बजे नै रेडियोको कार्यालयमा हाजिर । म रेडियोकर्मी । अरूले सामाजिक सञ्जालमा दिन कटाउन गाह्रो भयो भन्ने स्टाटस, फोटो हालेको हेर्दा अचम्म लाग्छ । साँच्चिकै भनेको हो कि, ख्याल […]
गितार सिक्न थालें
लेखनमा रुची भएको मान्छे त होइन तर सबै जनाको लक डाउन डायरी पढेर केही शब्द कोर्न मन लाग्यो । व्यस्त शहर जापानमा पनि कोरोनाको प्रभाव देखिन थालेको छ । सँधै कोच्चिएर चढ्नु पर्ने ट्रेन अहिले खुकुलो भएको छ । पर्यटक स्थल ,रेस्टुँरा, सुपर मार्केट सबैमा मान्छेको चाप कम देखिन्छ । मैले काम गर्ने पुरानो सभ्यताको […]
एउटा अदृश्य युद्ध
केही दिन देखिकाे घर बसाईले दिनचर्या अलि बिग्रेकाे छ । खाने समय फेरिएको छ । सुत्ने, उठ्ने समय पनि बिग्रिएको छ । अहिले घरमा कसैलाई हतार छैन । कतै जानु छैन । बित्दो केही गर्नु छैन । स्वच्छन्द हिँड्ने हामी सबै घरमै बन्द छाै । केही दिनदेखि कहिल्यै नसुत्ने शहर पनि मस्त निदाएकाे छ । […]
ट्राभलिङ टु किचन, किचन टु बेड
आज लकडाउनको नवौ दिन। म आफ्नो जन्मघर भन्दा टाढा, काठमाडौंको डेरामा आफूलाइ कैद गर्न बाध्य छु। दैनिकी पट्यार लाग्दो छ । ट्राभलिङ टु किचन, किचन टु बेड बाहेक अन्त जाने नयाँ ठाउँ छैन। गेटमा हरबखत ताला झुन्डिरहन्छ। गेट बाहिर सानो बजार छ। एकाध पसलहरु बिहान एकझमट खुल्छ्न् । त्यसपछि बन्द। मान्छेको आवातजावत छैन। कुनै होहल्ला […]
यस्तै छ मेरो लकडाउन
धेरै डर, त्रास, आक्रोश, भय, तिक्तता अनि थारै मात्र सपना र सकरात्मक सोच।यस्तै छ मेरो लकडाउन।
विरानो शहरमा कोरोना कहर
सेक्युरिटीमा काम गर्नेहरूको अवस्था झनै नाजुक छ । हप्तामा चार दिन अनिवार्य ड्युटी गर्नु पर्छ ।कम्पनीले आवश्यक सुरक्षा सामग्रीहरू पनि दिएको छैन । मास्क बजारमा पाईंदैन ।
मेरो लकडाउन उल्लङ्घन
सरकारले तोकेको लकडाउनको पहिलो सात दिनको आज सातौं दिन । भोलिदेखी फेरि अरु आठ दिनको क्वारेन्टाइनमा बस्नु पर्नेछ । तर यो आफ्नै लागि हो । आफ्नाे स्वास्थ्य र सुरक्षाको ख्याल त गर्नै पर्यो । यतिबेला कोही कता, काेही कता छाैं । परिवार एकै ठाउँमा भएको भए मनमा ढुक्क हुन्थ्यो । तर समय र परिस्थिति त्यस्तै […]
१६ दिनदेखि काम गर्ने ठाउँमै
यहाँ म अरु नेपाली, बङ्गलादेशी ,भारतीय,पाकिस्तानी र युगान्डाका साथीहरुसँगै छु । हामी यसरी कार्यालयमै बसेको आज १६ दिन भयो ।
मलेसियाबाट लकडाउन डायरी
हाम्रो दैनिकी फेरियाे । बिहान उठ्ने, खाना बनाउने खाने अनि फेरी बेडमा पल्टिने । रातभरको सुताइ अनि दिनभरको पनि सुताइले शरिर कामले थकित भए भन्दा बढी गल्दो रहेछ ।
मान्छे हुन सकौं
मनमा प्रश्न उठ्छ, के का लागि राज्य ? के का लागि सत्ता ? के का लागि ठूला ठूला महल ? के का लागि चौडा चौडा बाटा ? के का लागि हजारौं फिटको उडान ?
जय संगीत
लि अस्तितिर स्व. मदनमणि दीक्षित सरको ‘माधवी’ उपन्यास हेरेर नकिनि फर्केकोमा अहिले पछुतो लागिरहेको छ। ‘लकडाउन’ खुलेपछि किन्ने सोचमा छु।
भाँडो जिन्दगी
अहिलेको यो समयमा मैले मेरो एउटा पुरानाे बानीलाई निरन्तरता दिन थालेको छु । नयाँ बानी त नभनौँ, पुरानै हो ! तर शैली नयाँ ! हा.. हा… कत्ति न के के गरे जस्तो के !!
जापानबाट एउटा कलमी जँड्याहाको डायरी
यस्तै छ परदेश । यहाँ मेरो रहर र खुशी चल्दैन ।हप्तामा पाँच दिन , त्राहिमाम् हुँदै अफिस जा ! कोरोना कहरमा काम गर ! डरलाग्दै घर फर्कि । हैट् यतिबेला सम्झन्छु यमराजकै पन्जामा पो छु कि म कतै।
प्रहरीको ड्युटी
भोक लाग्थ्यो । चियाको तलतल लाग्थ्यो । पसल कतै खुलेका थिएनन् । भोको पेटमै प्रहरीका अनगिन्ती चेकिङहरु पार गर्दै म काठमाण्डौ छिरे । सिधै कार्यालयमा हाजिर भए । युनिफर्म लगाए । र ड्युटीमा खटिए ।
गाउँको चहलपहल
पल्लाघरका दाजु भाउजु पनि काठमाडौं देखि घर फर्कनु भएको छ। गाउँको शुन्य झुपडीहरुमा कोरोनाले चहलपहल बढाएको छ अचेल।
पुराना याद बटुल्दै
यो लकडाउन प्रकृतिलाई आराम मात्र नभएर, मेरा आफ्ना टुटे फुटेका नाता, खराब आनीबानी सुधार्ने सुनौलो मौका पनि बनेको छ।
तिमी वारि म पारि बिचैमा पापी कोरोना
आज पनि बिहान पाँच बजे नै अलार्म बज्यो, निन्द्रा खुल्यो। यता उति हेरें सबै साथीहरु मस्त निन्द्रामै थिए। कम्पनिले काम बन्द गरेको हप्ता दिन भो। बेतलबी छुट्टिमा सबै बसेका छौँ। बाहिर गएर चिया खाने मन भयो गेट सम्म गएँ। बाफ्रे ! आज भोलि त lockdown पो छ त? गेटको ढोका खोलेर हेरें मान्छे र सवारी […]
शान्त शहर, अशान्त मन
सुरूमा त लाग्याे, हर दिन व्यस्त रहने यो शहर र यहाँका मान्छेहरू कसरी शान्त होलान र घर भित्रै बस्न सक्लान ! तर यथार्थ फरक हुँदो रहेछ । यदि यो संसारमा कसैले कसैलाई प्रेम गर्दछ भने त्यो आफूलाई नै हो । मान्छे आफूलाई जति प्रेम कसैलाई गर्दैन । सबैलाई बाँच्ने रहर हुन्छ नै । शहर सुनसान […]
हिजो,आज,म र भोलि
२०२० जनवरीको पहिलो साता देखी नै मैले फाट्ट-फुट्ट सुन्न थलेको थिए कोरोनाको बारेमा । जब पहिलो चोटी सुनेको थिए खासै त्रसित थिईंन । तर आज भने USA र Italy जस्ता देशहरुले पनि यो दुखद घडीमा घुडाँ टेक्नु परेको देख्दा, अलिकति मन खल्बलिएको छ । लकडाउनको एक दिन अगाडिसम्म पनि म कलेज जाँदै थिए, पब्लिक बसको […]
आहा! मेराे गाउँ
घरको झ्यालबाट पारी डाँडा हेर्छु । बिहान घाम झुल्किने बेला र साँझ घाम अस्ताउने बेलामा त्यो फालेलुङ डाँडा साँच्चै सुन्दर देखिन्छ । झन् यो हिउँ परेको समय त आहा ! कति राम्रो रमाइलो देखिने । अहिले नै जाउँ जाउँ लाग्ने । भारतको सिक्किम सिमाना र वेस्ट बङ्गालसंग नेपालको सिमाना जोडिएकोले ‘तीन सिमाना’ पनि भन्ने गरिन्छ […]
गाउँको कथा
इन्जिनियरिङको पाचौं सेमेस्टरको परीक्षा अर्को हप्ताबाट हुने भनिएको थियो। नसकिएका कोर्सहरु दिनभर पढाइ हुन्थे, जति कोरोनाका समाचार हेरेपनि पोखराको भिडभाड रोकिने छाँटकाँट थिएन। कोरोनालाई सामान्य रुपमा लिएका हामीहरुलाइ एक्कासी लकडाउनको खबरले शसन्कित बनाइदियो। एकदुई दिन त कोठामै बसेर पढियो पनि । तर घरको दबाब अनि घर फर्कनेको लर्को देख्दा बस्न मनै लागेन। नेटको असुबिधा र […]