कौसी खेती गर्न मन छ?

अहिले लकडाउनमा घर बस्दा धेरै जनाले कौसी खेतीमा मन लगाएका छन् । सानो ठाउँ र कौसीमा पनि तरिका पुर्याएर खेती गर्ने हो भने आफूलाई चाहिने सागसब्जी घरमै फलाउन सकिन्छ । कौसी खेती गर्दा ध्यान दिनुपर्ने ससाना कुराहरु समेटेर हामीले एउटा भिडियो तयार पारेका छन् । कौसी बँगैचामा दख्खल राख्ने शेषनारायण महर्जनले हामीलाई केही उपायहरु सुझाएका …

लकडाउन भनेर सर्पले टोक्न छाड्दैन!

लकडाउन भनेर सर्पले टोक्न छाड्दैन! गर्मी र वर्षा सँगै सर्पले टोक्ने क्रम बढेको छ । समयमै उपचार पाइएन भने विषालु सर्पको टोकाईबाट ज्यान जान सक्छ । कपिलवस्तु गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रले १५ वर्षदेखि थुप्रै ज्यान बचाएको छ ।  कोरोना संक्रमणका बेला कतिपय स्वास्थ्य संस्थाले उपचारै दिन छाडेका बेला यो सर्पदंश केन्द्रले २४ सै घन्टा सेवा दिइरहेको …

असार: भूपीको कविता, विद्याको आवाज र केही तस्बिरहरु

असार लाग्यो । असारहरु सदियौैंदेखि थिए । विज्ञानमा असार :  बंगालको खाडीबाट आउने बादलसँगैको पानी हो । व्यवहारमा असार: माटोसँग खेली, माटोमै हुर्काउने बानी हो । असार सृजना हो । असार सपना हो । असार हिलो र माटो हो । असार कर्म फलाउने बाटो हो । space असारबारे थुप्रै काव्यहरु रचिएका छन् । हामीले भूपि …

मलाई नेपाल फर्किन मन छ

विदेशमा रहेका नेपालीहरुलाई हवाइजहाजमार्फत स्वदेश फर्काउने काम सुरु भइसकेको छ । विदेशमा रहेका धेरैको मनमा यतिखेर थुप्रै जिज्ञासाहरु रहेका छन् । कसरी घर फर्किन पाइन्छ? टिकट कसले काटिदिन्छ? गैरकानुनी रुपमा बसेकाको हकमा के हुन्छ ? यस्ता थुप्रै जिज्ञासाको सँगालो तयार पारेर हामीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेलाई सोधेका छौं । तलको …

प्लेन चढेर नेपाल आउँदै हुनुहुन्छ?

हवाईजहाजबाट नेपाल फर्किँदै गरेकाहरुले काठमाडौं विमानस्थलमा झरेपछि पालना गर्नुपर्ने नियम र प्रक्रियाहरु नक्साचित्रमा

हवाई उद्धारको पर्खाइमा ३४ देशका ५६ हजार नेपाली

सरकारले विदेशमा रहेका नेपालीलाई हवाई उद्धार गरेर घर फर्काउने तयारी गरेको समाचार आएका छन् । आज हिमाल खबरमा प्रकाशन भएको समाचार अनुसार ३१ वटा उडानमार्फत ती नेपालीलाई ल्याउने तयारी भएको हो । हामीले उक्त समाचारमा उल्लेख भएका संख्यालाई नक्सा चित्रमा देखाउने प्रयास गरेका छौं ।

बीरबहादुर बाहुनडाँगी आइपुगे

लकडाउनका बेला झापाका बीरबहादुर आले मगरको कोलकातादेखि बाहुनडाँगीसम्मको यात्रा । घर पुग्न जसले घस्रिँदै मेची तरे । कथा कोरोनामा बीरबहादुरको कथा ।

‘पानी बाराबार’

आमा बाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुङामुढा माथि जस्तै त होइन, तर सोचाइ यस्तै परेको हुन सक्छ।काठमाडौँको सुदुर पूर्व पेप्सिकोलामा लकडाउनको २४ औं दिन पार गर्दासम्म घरमा त्यस्तै परेको हुन सक्छ। एक्लो बसाइ अनि अक्सर आफ्नो नजिकको मान्छे कोही नभएको ठाउँमा बसिरहँदा मलाई व्यक्तिगत रुपमा केही समस्या त थिएन। उपलब्ध पुस्तक पढ्ने, फिल्म हेर्ने …

इलम – सपना श्रृंखला | Ilam – Sapana Srinkhala EP06 – Herne Katha

थर्क गुरुङको चौैंरी गोठमा आजकल उनका छोरा छेटु गुरुङ रमाउन थालेका छन् । दुबइको मरुभूमिमा मजदुरी गरिरहेका २५ वर्षे छेटु आफ्नै हिमालमा रमाउने सपना देखेर दुई वर्षअघि घर फर्किए । बुढा बाउलाई फूर्सद दिए र सुरु गरे गोठाले जीवन । भारतसँग सीमाना जोडिएको पाँचथरको फालेलुङ गाउँछेउमा छेटुको हिउँदे गोठ आइपुगेको छ । #HerneKatha #SapanaSrinkhala Story …

Geetko Katha EP49

बिहे गरेकै बर्ष हो माइती गाउँमा दोहोरी गाउँदा र नाच्दा रात छर्लङग भएको थियो । राम्रो नाच्यो भनेर फुल लगाइदिएका पैसा गन्दा २५ सय पुगको थियो । ति सम्झना अझै ताजा छन् । गाउँका माझमा बसेर गीत गाउन न लाज थियो न धक । त्यतिबेला कास्की फेदिपाटनकी गोमा पौडेल जम्मा १३ बर्षकी थिइन् । श्रीमान …

कर्म – सपना श्रृंखला | Karma – Sapana Srinkhala EP05 – Herne Katha

झिसमिसे जाग्छ । जाग्छन् यहाँका नानीहरु । छितिजमा लाली चढ्न नपाउँदै स्पिकरमा जोशिला गीत घन्किन थाल्छन् । आकाशका तारा जस्तै आलश्य पनि बिलाउँछन् । फूर्तिला विहानी सत्रपछि कर्मको पाठशाला सुरु हुन्छ । खोटाङको यो स्कुलमा दुःख गर्न सिकाइन्छ र कर्म पढाइन्छ । #SapanaSrinkhala #HerneKatha —— यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा मान्छेले आफ्ना सुन्दर …

Bhedi Gothko Katha EP48

यो म्याग्दीको दोबा गाउँ हो ।  पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी गोठाला भएर उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ ।  अहिले जाडो बढेको छ  । नेत्र दाइले गाउँ छेउमै गोठ …

धुन – सपना श्रृंखला | Dhun – Sapana Srinkhala EP04

संगीतले उज्वललाई डोर्यायो । उज्वलले संगीतलाई डोर्याए ।उज्वल र संगीतको यो सहयात्रा जारि छ । उज्वललाई जिन्दगी पूर्ण लाग्छ । उनी घरिघरि भन्छन् ‘जे देख्यो त्यही संसार हो’ । धुन – सपना श्रृंखला अंक ०४ #Dhun #HerneKatha #SapanaSrinkhala Musicial journey of a young man from Jhapa, Nepal. Inspiring and motivating! Dhun – Sapana Srinkhala EP04 …

Marphako Katha EP47

मध्य हिउँदमा मार्फाका धेरैजसो घरहरुमा ताल्चा लाग्छन् । मान्छेहरु हिउँ र जाडो छल्न पोखरा, काठमाडौं झर्छन् । मुखिया र कटवालहरुले चाहिँ गाउँ छाड्न पाउँदैनन् । गाउँ सुनसान भए पनि सदियौंदेखि चलि आएको स्थानीय नियम कानुन र चलनले थकाई मार्न पाउँदैन ।  छानाभरि परेका हिउँ जथाभावि फालिदिँदा कुलो र बाटोको बाटो छेकिन्छ । मुखियाको उर्दी गाउँभरि …

उज्यालो – सपना श्रृंखला । Ujyaalo – Sapana Srinkhala EP03 – Herne Katha

आज मनमायालाई पोखरा जानु छ । नाती पर्नेको छेवरमा । घरका काम हतार हतार भ्याउनु छ । स्कुल गएर हाजिरी गरी विदा मागेर जाने सुर छ । मनमाया १ कक्षामा पढ्छिन् । #SapanaSrinkhala #HerneKatha Stories of mothers and grandmothers from Myagdi who go to school . —— यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा मान्छेले …

Taroko Katha EP46

म्याग्दी सदरमुकाम बेनीबाट म्याग्दी खोलालाई नै पछ्याउँदै हामीले दरबांग जाने बाटो समातेका थियाैं । हामी कथाको खोजिमा थियाैं ।  कथा खोजीका हाम्रा यात्राहरु यस्तै हुने गर्छन् । कहाँ कतिखेर अडिन्छौं पत्तो हुँदैन । पात्रहरुले लोभ्याएपछि गन्तव्य बिर्सिदिन्छौं र त्यही सेरोफेरोमा कथा बुनिदिन्छौं ।  बजार बन्दै गरेका गाउँहरु छिचोल्दै थियौं । बाबियाचौर नजिकै मेला लागेको छ …

सहारा – सपना श्रृंखला | Sahara – Sapana Srinkhala EP02 – Herne Katha

पहिचान बनाउन खोज्नेहरुको संसारमा उनीहरु अपवाद हुन् । धेरैलाई आफ्नो भूगोल थाहा छैन, जात, धर्म थाहा छैन । नाम थर थाहा छैन । यति मात्रै होइन आफैं बाँचेको जिन्दगीको सम्झना थाहा छैन । गाउँ शहरका बाटा घाटामा निष्फिक्री हिँडेर छाडेका पैतालाका डोब थाहा छैन । #HerneKatha #SapanaSrinkhala —— यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा …

Baliyo Katha EP45

१६ वर्षे उमेरको जिन्दगीका भोगाइ कति होलान् ? भर्खर वालवयबाट उँभो लागिरहेको यो उमेरले तय गरेको यात्रा सरल होला् कि बाङ्गाटिङ्गा ? दुःखको कथा होला कि सुखको कथा होला ?  सबिनासँग दुई वटा विकल्प थिए: आफ्नो जिन्दगीको कथा अरुलाई लेख्न दिने कि आफै लेख्ने । आँटिली सबिनाले दोस्रो बाटो रोजिन् । हेर्ने कथामा  बलियो कथा …

लक्ष्य – सपना श्रृंखला । Lakshya – Sapana Srinkhala EP01 – Herne Katha

शायद जति भारी बोक्यो जिन्दगी उति गह्रुङ्गो हुँदो रहेछ । धन सम्पत्ति र व्यवहारका भारीबाट मुक्त भएर आफ्ना छरिता र मिठा सपना पछ्याइरहेकाहरुको कथा – लक्ष्य । सपना श्रृंखला ०१ #HerneKatha #SapanaSrinkhala Young boys from Nepalgunj desperately following their ‘dancing dream’ despite of poverty. Lakshya – Sapana Srinkhala EP01 —- SAPANA SRINKHALA IS BROUGHT TO …

Panche Bajako Katha EP44

बालखै छँदा त खासै रोकतोक हुँदैन थियो । बिहे बर्तुन र भोजमा दमाहा बजाउने बुबाको पछि लाग्दै हिँड्न कमला नेपालीलाई कम्ता रमाइलो लाग्दैन थियो ।  कमला ठूली हुँदै गएपछि पन्चे बाजाका तालहरुमा उनी रमाउन पाइनन् । केटी मान्छेले यी बाजा छुन समेत हुन्न भनिन्थ्यो ।  हिरा परियार बजारमा लुगा सिलाउँछिन् । उनका बाबुबाजे पनि लुगा …

Buwako Katha EP43

असोज लागिसक्दा पनि बेला बेला झरी परिदिन्छ । खै किन हो ठग्गु झरी पर्दा टोलाइरहन्छन् । गाउँ छाडेर बजार नजिकैको एक कोठे डेरामा आएको धेरै भएको छैन ।  सम्पत्तिको नाममा एउटा साइकल, विछ्यौना र केही थोत्रा लुगाहरु । आफन्तको नाममा ३ वर्षे छोरी । यही सानी छोरीको निर्दोष आँखाहरु हेर्छन् र सन्तोषको सास फेर्छन् ।  …