Posted inछोटो कथा, ब्लग

कल्पनाको सपना

रुकुम आसबिसकोटकी कल्पनाको सानैदेखि धेरै पढ्ने सपना थियो । तर ८ कक्षा पढ्दै गरेकी कल्पनाकाे स्कूल छुट्याे । स्कूल छुटेपनि कल्पनाकाे पढ्ने रहर भने छुटेन । १५ वर्ष अघि भारत गएका उनका बुबा न त घर फर्किए न त सम्पर्कमा नै छन् ।५ छोराछोरीलाई कल्पनाकी आमा एक्लैले हुर्काएकी हुन् । आफैंले कमाएर पढ्ने किशोर सपना […]

Posted inब्लग

गाउँ टाढा माया गाढा

काठमाडौंको जाम र धुलो छिचोलिसक्दा, ‘वाउ !’ खुसी । थानकोटको ओरालो सकेर मुग्लिनतिर तेर्सिदै गर्दा, ‘उफ् !’ दुःखी । “यो पालि त लास्ट गर्मी खाने भइयो है ?” चार जना यात्रीको मुखबाट कम्तिमा एकपटक त यो वाक्य निस्किएकै थियो । हाम्रो जिप जता–जता जान्छ उतै–उतै बगेको छ त्रिशूली । त्यहि नदी हेर्दै कविता फुराउने साथीहरु […]

Posted inब्लग

यात्रा पहिलो दिन – काठमाडौं र चितवन

हेर्ने कथा खोज्न हामी पश्चिम नेपालको यात्रा मा निस्किएका छौं । यात्राका अनुभव भ्याएसम्म लेखेर तपाईंलाई सुनाउनेछौं । हामीले खोजेका कथाहरु हेर्ने कथामा बिस्तारै देखाउँदै जानेछौं काठमाडौं भित्रिन मात्र होइन बाहिरिन पनि सकस छ । तुँवालो र मोटरका धुँवाले सर्लक्कै छोपेको काठमाडौंको घना बस्तीलाई हामीलाई वल्ततल्ल छिचोल्यौैं । कलंकीबाट नागढुङ्गा उम्किन सम्भवत दिनभरिको धैर्य चाहिने […]

Posted inब्लग

एक्लो कथा – साजनको एक्लोपनमा साथ दिएका प्रतिक्रियाहरु

हेर्ने कथामा अहिलेसम्मका अंकहरुमा एक्लो कथा ले केही रेकर्डहरु तोड्यो । पहिलो सबैभन्दा छिटो १ लाख पटक हेरिने कथा । दोस्रो अहिलेसम्म सबैभन्दा धेरै कमेन्ट गरिएको कथा ।  यो लेखिरहँदा एक्लो कथामा युट्युबमा मात्र  १७ सय ५० कमेन्ट छन् । फेसबुक र ट्वीटरमा पनि सयौं भावनाहरु शब्दमा पोखिएका छन्  । हामीले लगभग सबै कमेन्ट पढ्यौं […]

Posted inब्लग

तपाईंलाई विद्या चापागाईको पत्र

विद्या चापागाई,  हेर्ने कथा, ललितपुर प्रिय तपाईं, हेर्ने कथाको युट्युब च्यानलको सब्स्क्राइबर ५० हजार पुगेको छेको पारेर म तपाईंसँग मनका केही कुरा पोख्दैछु । उत्साहका कुरा, भावनाका कुरा, चुनौतीका कुरा । सुरुमा तपाईंलाई धन्यवाद र हामीलाई बधाई ।   अरुका कथा भन्ने कर्मको मैदान मैले युट्युबलाई बनाएँ । परिवेश र जीवनशैली बदलिँदो छ । सूचना […]

Posted inब्लग

हेर्ने कथाका केही रोचक तथ्यहरु

हेर्ने कथाका केही रोचक तथ्यहरु देखाउँदैछौं । हेर्ने कथाका ११ अंकसम्म आइपुग्दा सबैभन्दा धेरै हेरिएको कथा कुन होला? सबैभन्दा धेरै हेरिएको कथा – सुनको कथा – अंक ४ हेर्ने कथाको अंक ४ ‘सुनको कथा’ सबैभन्दा धेरै हेरिएको कथा हो । यो कथा अहिलेसम्म ३ लाख २२ हजार पटक हेरिएको छ ।  सुनको कथा – ३ […]

Posted inब्लग

मुस्कुराउनुहोस् तपाईं धनकुटामा हुनुहुन्छ !

भानु चोकका भानुभक्त उखरमाउलो गर्मीमा ‘बधु शिक्षा’ र छाता-साता हुर्याइदिएर बाटैबाटो उकालो लाग्छन् । पुग्छन् भेडेटार र बनिदिन्छन् ईमानसिंह चेम्जोङ । अनि उभिन्छन् बिच सडकमा बादल ओढेर ।

Posted inब्लग

वर्षमान पुनलाई चिन्ने हाम्रो कुकुर रवि!

यसैगरी एक हप्तासम्म रविलाई लुकाईयो । घिउ खुवाएपछि कुकुर पल्किन्छन भन्ने सुनेर आमा नभएको बेला घरको घिउ चोरेर पनि खुवाईयो । उता अर्को बेटे कुकुर चाहिँ भोलिपल्ट नै आफ्नो घर टाप कसेछ ।

Posted inब्लग

हरेक मान्छे एउटा कथा

एक साँझ अनायसै भेटिएका आँखा देख्न नसक्ने एकजना भाईले आफ्नी प्रेमिकाको रुपरंगको व्याख्या गरे । त्यो प्रेम कति मिठ्ठो । ह्लीलचियरमा अन्नपूर्ण पदयात्रा गरेका पत्रकार गजेन्द्र बुढाथोकीको यात्राको बखान: त्यो यात्रा कत्ति मिठ्ठो । वर्षदिन अघि भोजपुरमा भेटिएका सेन्मिखा भाईले आफ्नो नामको बखान गरे । त्यो नाम कति मिठ्ठो । अघिल्लो महिना दाङमा भेटिएका चन्द्रवीर बाले खुसीको बखान गरे । त्यो खुसी कत्ति मिठ्ठो । बाग्लुङको ढोरपाटनमा भेटिएकी सुर्विता आमाले साउदीमा मरेको छोराको बखान गरिन् । त्यो ममता कत्ति मिठ्ठो ।

Posted inब्लग

विद्या चापागाई लाई चन्द्रवीरका छोराले यसरि चिनेका थिए

विद्या चापागाई सहित हामी हेर्ने कथा टोली चन्द्रवीरको घर भर्खरै पुगेका थियौं । खुलेर कुराकानी भइसकेको थिएन ।  हाम्रो टोली उनको आँगन वरपर थियो । चन्द्रबीर र साइँला छोरा लोकराज आँगन छेउको फलेकमा बसेका थिए । चन्द्रबीरका अरु सन्तानजस्तै लोकराज पनि आँखा देख्दैनन् । चन्द्रबीरको घरमा टिभी छैन । रेडियो चाहिँ उनीहरुको हरवखतको साथी रहेछ । […]

Posted inब्लग

जिन्दगीका बाटाहरु – विद्या चापागाई

जिन्दगीका बाटाहरु – विद्या चापागाई – बुवा दुध बेच्न जानुहुनथ्यो । घरका वस्तुभाउका दूधले मात्र पुग्दनथ्यो । गाउँबाट दूध किन्नुहुन्थ्यो । हल्का पानी मिसाउनु हुन्थ्यो । अनि दूधको स्वाद नपाएका शहरियाहरुलाई बेच्न जानु हुन्थ्यो क्यानमा बोकेर । आमा साग बेच्नुहुन्थ्यो । कठै, सागमा त के मिसाउनु । साग, सागै हुन्थ्यो । हरिया कलिला साग । गोबरको […]

Posted inब्लग

‘चौकिनीको कथा’को कथा – विद्या चापागाई

‘चौकिनीको कथा’को कथा – विद्या चापागाई – अघिल्लो साता हामी काठमाडौंमै थियौं । शहरमा नारी दिवसको रमझम थियो । मान्छेहरु महिलाका अधिकारबारे आफ्ना बेजोड धारणाले सामाजिक सन्जालका भित्ताहरु रङ्गीन बनाइरहेका थिए । ‘भजाइना मोनोलोग’ जस्ता नवीन विषयहरुले नारी दिवसका एजेन्डाहरुलाई थप रोमान्चित बनाएको थियो । हामी भने ढोरपाटनमा भेटिएका चौकिनीहरुको कथाका पानाहरु पल्टाउँदै सम्पादनको चरणमा […]

Posted inब्लग

‘एउटा स्कूलको कथा’ को कथा

कपिलवस्तुका  पत्रकार गोपाल भण्डारीले फोनमा सुनाएका थिए “केटीहरु मात्रै पढ्ने यहाँका धेरै मदरसामा पुरुषहरुले पढाउँछन् तर पर्दाभित्रैबाट । शिक्षक र विद्यार्थीले एक अर्कालाई देख्दैनन् ।” सुन्दै अनौठो लाग्यो । “के हामीलाई त्यहाँ जान अनुमति मिल्छ ?”  मैले सोधेकी थिएँ । “प्रयास गरौं” – उनले भने । यो कुराकानीको झन्डै एक सातापछि हामी पुगेका थियौं कपिलवस्तुको […]