ट्रेलर – सिमानाको कथा । Trailer – Simanako Katha । Herne Katha

ट्रेलर – सिमानाको कथा – हेर्ने कथाको अर्को अंकमा प्रस्तुत गर्नेछौं ‘सिमानाको कथा’ । अहिले चाहिँ ट्रेलर । हेरेर प्रतिक्रिया दिनुहोला । हेर्ने कथाको ११ औं अंकको ‘सिमानाको कथा’ प्रसारण हुने दिन – बुधबार, अगस्ट १ तारिख (साउन १६ गते) राति ९ बजे । Read more “ट्रेलर – सिमानाको कथा । Trailer – Simanako Katha । Herne Katha”

Story of Ward Number 22 EP10

Herne Katha Episode 10 – Story of Ward Number 22 – वडा नम्बर २२ को कथा  – गाउँ भनौं भने शहरको नक्सामा छ । शहर भनौं भने शहरका केही सामान्य विशेषता पनि छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ मा पर्ने ‍‍किंघरियनपुर्वा गाउँको सेरोफेरोको कथा – वडा नम्बर २२ को कथा । यो गाउँमा मुसलमानहरु मात्र …

A Dark Story EP09

Herne Katha Episode 09 – A Dark Story । हेर्ने कथा अंक ०९ – एउटा अँध्यारो कथा – कैलाली जिल्लास्थित पूर्वपश्चिम राजमार्ग छेवैको एउटा झुरुप्प बस्ति । बस्तिमा बस्छन् बादी समूदाय । नौला मान्छेसँग हत्तपत्त नखुल्ने यहाँ केही महिलाहरुले आफ्ना जीवनका अँध्यारा कथाहरु हामीलाई अँध्यारो कोठाभित्र सुनाए

तपाईंको कथा, तपाईंको भाका

हेर्ने कथा तपाईंको कथा, तपाईंको भाका हो । गाउँघर र मानिसका कथा सँगै सम्बन्धित ठाउँका लोक भाका र स्थानीय गीतहरुलाई पनि सँगसँगै प्रस्तुत गर्नु हेर्ने कथाको विशेषता हो । हामीले हेर्ने कथाको पहिलो अंक एउटा स्कूलको कथादेखि आठौं अंक जुबेदा खातुनको कथासम्म आइपुग्दा हरेक कथामा यस्ता भाका र स्थानीय गीतहरु प्रयोग गर्दै आइरहेका छौं । …

जुबेदाकी छोरी हीनाको गायक बन्ने सपना

तपाईंले जुबेदा खातुनको कथा हेरिसक्नु भयो भन्ने पक्कै थाहा भयो होला : जुबेदाकी छोरी हीनाको गायक बन्ने सपना को बारेमा । हीनाले गाएको एउटा हिन्दी गित प्रस्तुत गर्दैछौं जुन कार्यक्रममा समावेश थिएन ।

The Story of Zubaida Khatun EP08

The wait is over. Herne Katha Episode 08 – Story of Zubeda Khatun is finally here. हेर्ने कथाको आठौं अंकमा जुबेदा खातुनको कथा लिएर आएका छौं । यो कथा बर्दियाको बाँसगढीस्थित एउटा मुस्लिम परिवारको कथा हो । र कथाकी मुख्य पात्र हुन् जुबेदा खातुन । सात कक्षा पढ्दा पढ्दा उनकै बिहे भयो । चार छोरीको …

‘एउटा स्कूलको कथा’ अँग्रेजी सबटाइटलसहित

धेरै दर्शक र श्रोताले ‘हेर्ने कथा’ का अंकहरु अंग्रेजीमा पनि राख्नुपर्यो भनेर सुझाव दिनुभएको थियो । तपाईहरुको त्यही सुझावलाई ध्यानमा राखेर हामीले ‘हेर्ने कथा’का अंकहरुमा अंग्रेजी सबटाइटल राख्न सुरु गरेका छौ । यसपालि ‘हेर्ने कथा’को पहिलो अंक ‘एउटा स्कूलको कथा‘को अंग्रेजी सबटाइटल गरेका छौ ।

Trailer – Story of Zubaida Khatoon । जुबेदा खातुन

Trailer – Story of Zubaida Khatoon – हेर्ने कथाको अंक ०८ मा हामी लिएर आउनेछौं ‘जुबेदा खातूनको कथा’ । पुरा कथा प्रसारण हुनेछ आउने सुक्रबार जुन १५ तारिख (असार १ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा । अहिलेलाई चाहिँ झलक हेर्नुहोस् र कस्तो लाग्यो भन्नुहोस् है । अनि यो कथा …

Ghodeko Katha EP07

Ghodeko Katha – Herne Katha Episode 07 ।  । घोडेको कथा । अंक ०७ दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा । घोडेको कथा । गाउँको नाउँ हो बनगाउँ । दाङको तुल्सीपुरनजिकै पर्छ । यही बस्छन् घुमलाल चौधरी । उनले एउटा घोडा पालेका छन् । बनगाउँका अरु ४० घरमा पनि घोडा छन् । …

हेर्ने कथामा घोडेको कथा

हेर्ने कथामा आज घोडेको कथा – आज जुन महिनाको १ तारिख । अर्थात् हेर्ने कथामा नयाँ कथा हेर्ने दिन । हेर्ने कथाको सातौं अंकमा हामी आज लिएर आउँदैछौं ‘घोडेको कथा’ । यो कथा दाङ जिल्लाको तुल्सीपुर आसपासमा खोजिएको कथा हो । घोडेको कथा आज राति ठीक ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब् च्यानल https://youtube.com/hernekatha मा …

Trailer Ghodeko Katha ।घोडेको कथा ट्रेलर

Trailer Ghodeko Katha – हेर्ने कथामा नयाँ कथा आउने बेला हुनै लाग्यो । हेर्ने कथाको अंक ०७ मा हामी लिएर आउनेछौं ‘घोडेको कथा’ । पुरा कथा प्रसारण हुनेछ आउने सुक्रबार जुन १ तारिख (जेठ १८ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा । अहिलेलाई चाहिँ झलक हेर्नुहोस् र कस्तो लाग्यो भन्नुहोस् है । अनि यो कथा के विषयमा होला जस्तो लाग्छ? मनमा लागेका कुरा कमेन्टमा लेख्न सक्नुहुन्छ । अनि हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला है ।

Read more “Trailer Ghodeko Katha ।घोडेको कथा ट्रेलर”

Chiya Baganka Shikariharu EP06

चिया बगानका सिकारीहरु – पूर्व झापाको ज्यामिरगढीस्थित वेन्डी वस्ति । मेची नदीको किनारैमा चियावगान माझको सन्थाल गाउँ । गाउँका धेरैजसो मान्छे चियावगानमै काम गर्छन् अनि फूर्सदमा चाहिँ शिकार गर्न हिँड्छन् । मुसाको शिकार । वेन्डी वस्तिका सन्थालहरुसँगै हामी पनि आज मुसाको शिकारमा जाँदैछौं । झापाको चियाबगान वरपर मुसा सिकार गरेर खानेहरुको कथा ‘चिया बगानका सिकारीहरु’ …

Gharko Katha with English Subtitles

हामीलाई धेरै दर्शकहरुले बारम्बार एउटा आग्रह गर्नुहुन्छ ‘हेर्ने कथाका कथाहरुमा अँग्रेजी सबटाइटल पनि राख्नुपर्यो’ । दर्शकहरुको चाहना हुन्छ कि हामी हाम्रा कथाहरु गैरनेपालीभाषी विश्वलाई पनि देखाउन सकौं । हुन त हामीलाई पनि सुरुदेखि नै अँग्रेजी सबटाइटल राख्न मन नलागेको होइन । तर हामीले हाम्रा बाध्यता बेलाबेला सामाजिक संजालका कमेन्टमार्फत नि व्यक्त गरिसकेका छौं ‘हामी असाध्यै …

Chiya Baganka Shikari Haru Trailer

चिया बगानका सिकारीहरु ट्रेलर – हेर्ने कथाको आगामि अंकमा हामी प्रस्तुत गर्दैछौं ‘चिया बगानका सिकारीहरु’ । यो हेर्ने कथाको छैठौं अंक हो । यो कथा मंगलबार मे १५ तारिख (जेठ १ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा प्रसारण हुन्छ । अहिलेको लागि ‘चिया बगानका सिकारीहरु’ को पहिलो झलक हेर्नुहोस् ।

विद्या चापागाई लाई चन्द्रवीरका छोराले यसरि चिनेका थिए

विद्या चापागाई सहित हामी हेर्ने कथा टोली चन्द्रवीरको घर भर्खरै पुगेका थियौं । खुलेर कुराकानी भइसकेको थिएन ।  हाम्रो टोली उनको आँगन वरपर थियो । चन्द्रबीर र साइँला छोरा लोकराज आँगन छेउको फलेकमा बसेका थिए । चन्द्रबीरका अरु सन्तानजस्तै लोकराज पनि आँखा देख्दैनन् । चन्द्रबीरको घरमा टिभी छैन । रेडियो चाहिँ उनीहरुको हरवखतको साथी रहेछ । …

Sunko Katha EP04

सुनको कथा । Sunko Katha । Story of Gold – हेर्ने कथाको चौथो अंकमा सुनको कथा । यो कथा बर्दियाको राजापुरस्थित कर्णाली नदीको किनारामा सुन खोज्ने मान्छेहरुको कथा हो । बर्दियाको राजापुर । कर्णाली नदीकै किनारामा एउटा चिटक्कको गाउँ छ । चैतको टन्टलापुर घाममा गाउँका आइमाइ केटाकेटीहरु टाउकामा केही सरसामान बोकेर नदीको बगरतिर लागे । …

सुनको कथा ट्रेलर ०२ – Trailer 02 – Story of Gold

सुनको कथा ट्रेलर – हेर्ने कथाको आगामि अंक ‘सुनको कथा’ । दोस्रो झलक हेर्नुहोस् । सुनको कथा आइतबार, अप्रिल १५ तारिख (वैशाख २ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक च्यानलमा प्रसारण हुनेछ । Read more “सुनको कथा ट्रेलर ०२ – Trailer 02 – Story of Gold”

Story of Gold Trailer 01 । सुनको कथा ट्रेलर ०१

Story of Gold Trailer – हेर्ने कथाको आगामि अंक ‘सुनको कथा’ । पहिलो झलक हेर्नुहोस् । सुनको कथा आइतबार, अप्रिल १५ तारिख (वैशाख २ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक च्यानलमा प्रसारण हुनेछ । Read more “Story of Gold Trailer 01 । सुनको कथा ट्रेलर ०१”

Gharko Katha EP03

घरको कथा – उनीहरु भूटान भन्ने देशमा रहेको आफ्नो घर छाडेर दुःखका पहाडहरु काट्दै नेपाल आए । यही घर बनाए । जीवनका कैयौं घामपानी उनीहरुले यहिँको माटोमा बिताए । ९ वर्षपहिले फेरि उनीहरुको घर बदलियो । सपनाका सात समुद्रमाथि उड्दै उनीहरु क्यानडा पुगे । घर त्यहिँ भयो । झन्डै १ दशकपछि अहिले उनीहरु आफूले छोडिगएको …

घरको कथा ट्रेलर ०२ । Gharko Katha Trailer 02 ।

घरको कथा ट्रेलर ०२ । घरको कथाको दोस्रो ट्रेलर हेर्नुहोस् । यो कथा ९ वर्षपछि आफू हुर्की बढेको आँगन सम्झी क्यानडाबाट झापाको शिविर आइपुगेका भुटानी शरणार्थीहरुको परिवारको कथा हो ।  Read more “घरको कथा ट्रेलर ०२ । Gharko Katha Trailer 02 ।”

Folk Songs Baglung Dhorpatan । ढोरपाटनको भाका

Folk Songs Baglung Dhorpatan – चौकिनीको कथामा समावेश भएका ठेट भाकाहरु पुरा अपलोड गरेका छौं । आशा छ मन पराउनु हुनेछ ।

यस भिडियोमा ढोरपाटनका चौकिनी आमाहरुले खाउँ त भने सुन्तला पानी, यानीमाया जस्ता पश्चिमका पुराना र हराउँदै गएका मिठा लोक भाकाहरु गाउनु भएको छ । हेरेर आनन्द लिनुहोला ।

Read more “Folk Songs Baglung Dhorpatan । ढोरपाटनको भाका”