Sol Kharkako Katha EP66

कास्की जिल्लाको अर्मलाकोटमाथिको सोल खर्कमा बादल लागेको थियो । त्यही बादलभित्र छोपिएको गोठतिरको हाम्रो यात्रा अबेर सुरु भयो । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं ।  गोठमा आफ्ना आमा बाबुलाई भेट्न हिँडेका निरुना समिर र सचिन हाम्रा साथी थिए । सँगै साथ लागे अर्मला बसेर पढाउने गुल्मीका शिक्षक रविन ढकाल ।  …

Taal pariko Gaun

‘सास पनि डुङ्गामा लास पनि डुङ्गामा’

पाेखरा फेवाताल किनारमा उभिएर पारि हेर्दा तालले किनारा लगाएकाे एउटा गाउँ भेटिन्छ । तालले सिमाना काेरिदिएकाे गाउँकाे कथा बेग्लै छ ।घामको लाली डाँडामा छाउन नपाउँदै गाउँका मान्छेहरुकाे दैनिकी सुरु हुन्छ।कोही भैंसीको लागि कुँडो पकाउने, कोही गाई भैैंसीकाे दूध दुहुने, कोही चाहिँ घाँस काट्न बारीका पाटातिर जाने।सितकाे तप्कना अझैं राेकिएकाे छैन । गाउँलेहरु काँधमा दूधका क्यान …

Chehimko Katha EP65 

घर छेउको बारीमा चिटिक्कको सानो घर छ । बुद्विमान इङनामका लागि यो घर होइन मन्दिर हो । जुनिभरि दुःख सुख काटेकी श्रीमतीलाई उनले अस्ति भर्खर यही मन्दिरमा लगेर सेलाएका थिए ।  बुढ्यौलीले गलिसकेका हात गोडा एकठाउँ स्थिर बस्न मान्दैनन् । माटोसँग खेलिरहन मन लाग्छ । माटोको सुगन्ध प्रिय लाग्छ ।  श्रीमती सरस्वतीले छाडेपछि उनी अलि …

Narainapurko Katha EP64 

यो बाँके राप्तीपारिको नरैनापुर हो । भारतको सिमा नजिकैको बाक्लो मुस्लिम बस्ती । गाउँ गाउँ जस्तो बजार बजार जस्तो । कस्तो कस्तो । यो रङ्गीन गाउँलाई हामीले एउटा पुरानो सम्झनाले तरङ्गित बनाइदियौं – लाठी खेल ।  नेपालगन्जको धम्बोजी चोकबाट जम्माजम्मी ४० किलोमिटर । अहिले पो भर्खरै बाटो बनेको छ । अस्ति भर्खरसम्म नेपालगंज पुग्न पनि …

Ishwarko Katha EP63

इश्वरलाई नाचौं नाचौं लाग्थ्यो ।  डान्स पार्टीका मालिक गुप्ता जीको पछि लागेर इश्वरले नाचेर छाडे ।  आमालाई छोराले पढोस् भन्ने थियो । इश्वर पढ्न छाडेर भागी भागी नाच्न जान्थे । घरबाट आमाका साडीहरु चोरेर लान्थे । सिँगार पटार गर्थे र नाच्थे ।  आमाले छोरालाई कुटिन्, फकाइन् गाली गरिन् । इश्वर नाच्न छाडेनन् ।  नाच्ने कलामा …

Antareko Katha EP62 

कालीबहादुर विष्टका अन्तरे छोरा भेडाको पछि लागेको १५ वर्ष भइसक्यो । काबेली फेदी देखि कन्चनजंघा शीरसम्म उनले थुप्रै  बाटो पैतालाले नापेका छन् ।  जाडो छल्न झरेका भेडाहरु गाउँछेउकै लालीखर्कमा आइपुगेका छन् । असोजदेखि बढेका भेडाका लामा रौंहरु मुण्डन हुँदैछ । गाउँलेहरु सघाउन आएका छन् । सबैलाई भ्याइ नभ्याइ छ । अन्तरेका बुबा कालीबहादुर एकछिन सुस्ताएका …

Bhanteko Katha EP60 

२० वर्षको उमेरमै सन्यासी भएका ३३ वर्षे भिक्षुको जिन्दगीले छोटो समयमा लामो यात्रा गरिसक्यो । भन्तेको कथामा ३  वटा कुरा अघिपछि जेलिँदै आउँछन् । उनको बाल्यकाल र प्रकृतिसँगको प्रेम, उनले बनाएका विद्यालयहरु र  घर परिवार त्यागेर भिक्षु भएको कथा ।   अवधेश त्रिपाठी लुम्बिनी छेउको हुनेखाने बाहुन परिवारमा जन्मेका थिए । घरपरिवार र समाजसँग नजिकिने बुबालाई …

Ramailo Katha EP59

रातभरि परेको झरीले पाँचथरको फिदिम बजार ओभाएको थिएन । एकाविहानै हामीले बमबहादुर सुब्बालाई भेट्यौं । झोलाभरि लोकबाजाहरु बोकेर डुली हिँड्ने सुब्बा यसपटक आफ्नै जन्म-जिल्ला पुगेका रहेछन् । हामी यी रमाइला पात्रको पछि लाग्यौं ।

Koila Khaniko Katha EP58 

दाङ र रोल्पाका सिमानातिर पर्ने उजाड पहाडका काखतिर सुख्खा गाउँहरु छन् । पहाडको पेटभित्र ती गाउँका पेट पाल्ने कोइला खानीहरु ।  हामी कोइला खानी पुग्दा खाजा खाने समय भएको थियो । यामबहादुर घर्ती र उनका छाेरा पूर्णबहादुर खाजा खाने तरखर गर्दै थिए । १२ बजे कोइला खानी छिर्न हुन्न भन्ने मान्यता रहेछ । २२ वर्ष पहिले कोइलाका भारि …

Paniko Katha EP57 

पश्चिम सुर्खेतको टाढा पहाडको काखमा रेक्चा भन्ने गाउँमा पानीको असाध्यै दुःख छ भन्ने सुनेपछि हाम्रो बाटो त्यतै मोडिने भयो ।  सुख्खा  गाउँमा ५ जना पाहुना लागेपछि पानीको बोझ थपिएला भनेर हामीले आफ्ना लागि पर्याप्त बोतलका पानी किन्यौं ।  पहिलो पटक सुनेका गाउँको नाम हामी एकैछिनमा बिर्सिन्थ्यौं । बाटामा भेटिएका मान्छेहरुलाई छिनछिनमा सोध्दै खोज्दै हामी अघि …

Matoko Katha EP56 

यदि आगो सलाईले नभई आक्रोशले बल्थ्यो भने यो शिविरमा चौबिसै घन्टा डढेलो  मात्र लागिरहेको हुन्थ्यो होला ।  एक जना चट्टान झैं मान्छे छन् । भम्पा राई । शिविरका अवशेषहरुमा डुली हिँड्दा देश फर्किने आशमा बसिरहेका मानिसहरु मकै जस्तै पड्किन्छन् ।  फूल उठेका मकैजस्तै हिउँ परेका बेला जन्मिएका थिए भम्पा । उनी शान्त छन् र अडिग …

Lahureko Gaunko Katha EP55 

गाउँका कथाहरु कथैबाट सुरु हुन्छन् प्राय । आगो, पानी र माटो खोज्दै आएका घोडचढीका कथाबाट । जंगल फाँड्दै, चट्टान फुटाउँदै, पसिनाका पैनी लगाउनेका कथाबाट । बाँच्नका लागि गरेका कठोर संघर्षका कथाबाट ।   भक्तबहादुर गुरुङका जिजुबाजे पनि लमजुङबाट फेवाताल सिरानको तामागी गाउँमा उसैगरी आएका थिए कुनै समय । पन्चासेको काखमा गाउँ बन्यो । बाजे आफैं कथा …

Simanta Katha EP54 

हातमा नक्सा लिएर पल्टाएजस्तो हुँदैन भूगोल । सजिला हुँदैनन् सिमानाका रेखाहरु  ।  नदीहरु सिधा बग्दैनन्  ।  पहाडहरु फड्के साँघुजस्ता हुँदैनन् ।  नेपाल  र भारतको पूर्वी सिमानामा डाँडाँकाँडा छिचोल्दै बग्छ  मेची नदी । मेची नदीकाे घुमाउराे लहरो पछ्याउँदै सिमानाका मान्छेहरु आउजाउ गर्छन् । इलामको सिमान्त गाउँका मान्छेहरु घोडा खच्चड  लिएर सौदा गर्न भारतको नक्सलबारी हाट झर्दा …

Senmikhako Katha EP52

जिन्दगी शायद सम्झनै सम्झनाका फेहरिस्त होलान् । यस्तै एउटा सम्झनाको गोरेटोले हामीलाई फेरि डोर्याएको थियो भोजपुर र खोटाङको सिमानामा उभिएको चखेवा डाँडातिर । जहाँ हामीले केही वर्षअघिको एउटा साँझमा भेटेका थियौं सेन्मिखालाई ।  घाम अस्ताएपछिको त्यो पहिलो भेट ताराहरु अस्ताउन लाग्दासमेत सकिएको थिएन । रातभरि सल्लाका दाउराहरु बलिरहे । हामीले सेन्मिखालाई सुनिरह्यौं । विहानै शीत …

The Man Who Died Once EP51

राती देखेको सपनाले सन्तोषीलाइ सन्तोष दिएको थिएन । साउदी अरबमा भएका श्रीमानसंग कुरा नगरी मन मानेन । त्यही दिन सन्तोषीका श्रीमान सुवास तामाङले साउदीमा तलब थापेका थिए । घरमा पैसा पठाउन ट्याक्सी चढे । अरू चार साथी पनि संगै थिए । तर घरमा पैसा हैन यस्तो खबर आयो । जुन ट्याक्सीमा सन्तोषीका श्रीमान् सुवास तामागसहित अरु …

हरेक बर्खामा डुब्छ बखरी

‘घर सम्म पानी भरिएपछि नानीसँगै बाटोमा आएर बस्छु,  पानी बढेपछि कतै जान सकिँदैन । सानो नानी च्यापेर बाटोमा बस्छु ’ विराटनगर–१२ बखरीकी संगिता ऋषीदेवले प्रत्येक वर्षको वर्खामा भोग्नु पर्ने कहर हो । ऋषीदेव टोल हरेक बर्खामा डुब्छ ।  पहिले पहिले उनीहरु  आफ्ना सर–सामान बोकेर नजिकै रहेको विद्यालयमा आश्रय लिन पुग्थे । यो वर्ष पनि उनीहरु …

बहुला कुकुरले टोकिदिएको एउटा सपना

रौतहटको चन्द्रनिगाहपुरबाट उत्तरमा पर्ने असनवा गाउँकी प्रल्हादिया देवी चौधरीको सानो संसारमा पुरा हुनै लागेको एउटा सानो सपना कसरी तुहियो?

चाउमिन खाँदा देखेको सपना

बैतडीको सुर्नया गाउँपालिका ६ का पदम राज भट्ट भारतको देहरादूनमा आइएस्सी पढ्दै थिए । एकपटक महेन्द्रनगरमा चाउमिन खाँदा बन्दा देखे । अनि त्यो बन्दा ‘पहाडबाट ल्याएको’ सुनेपछि उनी पनि पहाडतिरै फर्किए बन्दा खेती गर्न ।  पदम अहिले ३४ रोपनी जग्गामा तरकारी खेति गर्छन् । यतिखेर उनी आलु खन्ने र भित्र्याउने चटारोमा छन् । कोरोनाले गर्दा …

परिश्रम गर्नेको पिठो पनि बिक्छ

लकडाउनले धेरै प्रभावित भए । धेरैले रोजगारी गुमाए । उद्योगधन्दा ठप्प भए । तर, झापा विर्तामोडकी ३२ वर्षीया विना दाहालको उद्यमले लकडाउनममा पनि निरन्तरता पायो । “लकडाउन मलाई त अवसर पो बन्यो विनाले सुनाइन्,‘ लकडाउनमा सबैले घर बसीबसी मिठो र स्वस्थकर खाना खाए, मैले उहाँहरुको माग पुरा गरिदिएँ” लकडाउनका बेला पनि विना पुलिसको आँखा छल्दै …

बालबालिकाको लागि उपयोगी एपहरु

यतिखेर लकडाउनले गर्दा बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । विद्यालय जान नपाउँदा धेरै बालबालिकको औपचारिक सिकाइ प्रभावित भएको छ । कतिपयले त घरमै अभिभावकसँग पढ्ने र सिक्ने गर्नु भएको छ होला । अनि कतिपयलाई चाहिँ के पढ्ने कहाँ सिक्ने भन्ने छटपटी पनि भइरहेको होला । सबै बालबालिकाको परिवारको पहुँचमा इन्टरनेट नहुन सक्छ । यद्दपी नेपालमा …

कोभिड १९ का लक्षणहरु 3D मोडलमा

कोभिड १९ का सबैभन्दा धेरै देखिने लक्षण भनेका जरो, थकान र सुख्खा खोकी हो । कतिपय संक्रमितलाई कुनै लक्षण पनि नदेखिन सक्छ । कोरोना संक्रमित ८०% मानिसहरु विशेष उपचारविना आफैं निको हुन्छन् । अहिलेसम्मको अध्ययन अनुसार कोभिड १९ का ६ जना मध्ये १ जनामा गम्भिर लक्षण देखिन्छन् र सख्त बिरामी हुन्छन् । यो अवस्थामा फोक्सोका …

कोरोनालाई जितियो यसरी, गरिबीलाई जित्ने कसरी?

कोरोनालाई जितेका उनि अहिले गरिबीसँग हार्दै छन् ।  उनी अर्थात रुपन्देहीका पहिलो कोरोना संक्रमित कृष्ण पासी । दिल्लीमा एउटा गार्मेन्ट उद्योगमा काम गर्ने कृष्ण दिल्लीमा कोरोना संक्रमण बढ्दै गए पछि सुरक्षित हुन आफ्नै देश फर्किएका थिए । कोटहीमाई गाउँपालिका वडा नम्बर १ घर भएका कृष्णलाई सीमामा खटिएका नेपाली सुरक्षाकर्मिले छिर्न नदिए पछि उनि आफ्नै देशका …