‘घर सम्म पानी भरिएपछि नानीसँगै बाटोमा आएर बस्छु, पानी बढेपछि कतै जान सकिँदैन । सानो नानी च्यापेर बाटोमा बस्छु ’
विराटनगर–१२ बखरीकी संगिता ऋषीदेवले प्रत्येक वर्षको वर्खामा भोग्नु पर्ने कहर हो । ऋषीदेव टोल हरेक बर्खामा डुब्छ ।
पहिले पहिले उनीहरु आफ्ना सर–सामान बोकेर नजिकै रहेको विद्यालयमा आश्रय लिन पुग्थे । यो वर्ष पनि उनीहरु डुवानको मर्कामा परिसकेका छन् तर विद्यालयमा आश्रय लिन भने गएनन । कोभिड–१९ को कारण उनीहरु यसपालि विद्यालयमा आश्रय लिन नगएका हुन ।
धेरै जना एकै ठाउँमा बस्न नमिल्ने भएकोले विद्यालयमा नजाने संजिव ऋषिदेवले बताए । उनले भने “मरे पनि यहिँ मर्ने”
प्रत्येक वर्खामा भगवानको भरोसामा बाँच्दै आएको संजिव ऋषिदेवले बताए । ‘राति पानी बढ्यो भने भगवानको भरमा बस्छौं, दिनमा बढ्यो घर छोडेर भाग्छौं ।’
उनीहरुका माटो र फुसको घर पानीको कारण ओसिने गरेको छ । डुवानको समयमा घरअगाडिको खोल्सीमा घाँटि भन्दा बढी पानी हुने गरेको संजिवले बताए । ‘डुवानको बेलामा पनि खानु त पर्छ ।’ उनले भने ‘घाँटी घाँटी पानीमा डुबेर बजार गएर दाल चामल ल्याउने गरेको छुु ।’
२०-२५ घर ऋषिदेव रहेको उक्त बस्तिमा चुनावको समयमा मात्र नेताहरु पुग्ने गरेको उनीहरुले गुनासो गरे । चुनावको बेला ताकेता गर्छ । गोडा ढोक्छ । सोझा मान्छेले भोट दिइ हाल्छन् । नेता चुनाव जितेर गैइहाल्छ । हाम्रो यो अवस्था हुँदा पनि फर्केर आउँदैन ।’ पवन ऋषिदेवले बताए ।
बैतडीको सुर्नया गाउँपालिका ६ का पदम राज भट्ट भारतको देहरादूनमा आइएस्सी पढ्दै थिए । एकपटक महेन्द्रनगरमा चाउमिन खाँदा बन्दा देखे । अनि त्यो बन्दा ‘पहाडबाट ल्याएको’ सुनेपछि उनी पनि पहाडतिरै फर्किए बन्दा खेती गर्न ।
पदम अहिले ३४ रोपनी जग्गामा तरकारी खेति गर्छन् । यतिखेर उनी आलु खन्ने र भित्र्याउने चटारोमा छन् । कोरोनाले गर्दा बजारको समस्या होला कि भन्ने चिन्ता परेको छ ।
वैतडीबाट दैनिक ६ जना कमाईका लागि विदेश जान्छन् । तर तरकारी खेती सुरु गरेपछि पदमले अरु विकल्प सोच्नु परेको छैन । एकै सिजनमा ९ लाख सम्म कमाइ हुन्छ ।
तरकारी खेतीकै कमाईले ३ बहिनीलाई शहरमा राखेर पढाएका छन् । अनि
लकडाउनले धेरै प्रभावित भए । धेरैले रोजगारी गुमाए । उद्योगधन्दा ठप्प भए । तर, झापा विर्तामोडकी ३२ वर्षीया विना दाहालको उद्यमले लकडाउनममा पनि निरन्तरता पायो ।
“लकडाउन मलाई त अवसर पो बन्यो विनाले सुनाइन्,‘ लकडाउनमा सबैले घर बसीबसी मिठो र स्वस्थकर खाना खाए, मैले उहाँहरुको माग पुरा गरिदिएँ”
लकडाउनका बेला पनि विना पुलिसको आँखा छल्दै भए पनि आफूले उत्पादन गरेका सामान वोकेर बजार चाहारिन् । घरघर पुगिन् ।
विनाले घरेलु उद्योग संचालन गरेको धेरै भएको छैन, ७४ फागुनबाट हो । यिनको साथमा १८ सय रुपैंया थियो । त्यही रकमले एकमन मकै र २० किलो कोदो किनेर ल्याइन् । धोइपखाली गरेर सुकाइन् । मिलमा गएर कुटेर ल्याइन् र घरमै प्याकेजिङ गरेर बजार पुर्याइन् ।
१८ सयबाट सुरु गरेकी यिनले अहिले मासिक ८, १० लाखको कारोवार गर्छिन् । तीन जना महिला ज्यालादारी कामदार समेत राखेकी छन् । ‘खर्च सर्च कटाएर मासिक ४०,५० हजार आम्दानि भइरहेको छ’, उनले सगौरव सुनाइन् ।
एस.के.डी.फुड्स झापा सप्लायर्स नामको कम्पनी दर्ता गरेर लेवलिङसहित उनी उत्पादित सामग्री बजारमा विक्री गर्छिन् । अर्ग्यानिक फापर, कोदो, मकै, सिस्नोको धुलो, टिमुर, तोरीको तेल झापाका धेरैजसो सपिङ कम्प्लेक्समा विक्री हुन्छन् ।
‘झापाको बजारमा मागको २५ प्रतिशत मात्रै उत्पादन दिन सकेकी छु’, उनी भन्छिन्,‘एउटा मात्रै मेसिन छ, कुटानी पिसानीमा समस्या हुन्छ ।’
इलामको दानाबारी, रोङ गाउँपालिका, मोरङको मधुमल्ला, पाँचथर, भोजपुर, झापाकै गरामनी, हल्दिबारी, सालमारा लगायतका ठाउँबाट कच्चा पदार्थ ल्याएर उनी फापर र कोदाको पिठो, तोरीको तेल, सिस्नोको ढुटो, बेसार, तिलको छोप, टिमुर लगायतका सामग्री तयार पार्छिन् ।
जनशक्ति, लगानी र समयको अभावका कारण माग बमोजिमको सामान पुर्याउन नसकेको उनी बताउँछिन् ।
२०६३ सालमा समिर दाससंग विहे गरिन् । एउटा छोरा छ । २०७३ चैतमा श्रीमान् गुमाइन् । श्रीमानको मृत्युपछि विनालाई जीवन निर्वाह गर्न गाह्रो भयो । अनि घरेलु उद्योग संचालनको योजना वुनिन् ।
छोरालाई अटिजम रोग लागेको छ । २४ सै घन्टा छोराकै साथमा बस्नु पर्ने वाध्यता छ । यसका वावजुद पनि उनले हरेश खाइनन् । निरन्तर मेहनत गरिन् । उद्योगमा दिनरात आफैं खट्छिन् । अन्न सुकाउने, धुने र पिस्ने सम्मको काममा आफैं अगाडि वढ्छिन् । भविष्यमा उद्योगलाई अलि वृहत ढंगले अघि वढाउने विना योजना छ । तर, पूँजि भने छैन । ‘सरकारले ऋण सहयोग गरे पनि उद्योगलाई बढाउन सक्ने थिएँ । सरकारले म जस्ता एकल महिलालाई उद्यम गर्न अनुदान पनि दिन्छ रे भन्नु सुनेकी छु, तर कसरी पाउने थाहा छैन ।’
यतिखेर लकडाउनले गर्दा बालबालिकाहरु विद्यालय जान पाएका छैनन् । विद्यालय जान नपाउँदा धेरै बालबालिकको औपचारिक सिकाइ प्रभावित भएको छ ।
कतिपयले त घरमै अभिभावकसँग पढ्ने र सिक्ने गर्नु भएको छ होला । अनि कतिपयलाई चाहिँ के पढ्ने कहाँ सिक्ने भन्ने छटपटी पनि भइरहेको होला ।
सबै बालबालिकाको परिवारको पहुँचमा इन्टरनेट नहुन सक्छ । यद्दपी नेपालमा पनि गाउँ गाउँमा मोबाइलबाट इन्टरनेट चलाउनको संख्या धेरै भइसक्यो । हामी आज बालबालिकाको लागि उपयोगी हुन सक्ने शैक्षिक सिकाईका एपहरुबारे बताउँदैछौं ।
बालबालिकाले मोबाइलमा घन्टौं समय बिताएर गेम खेल्ने र युट्युबका गैरशिक्षामुलक भिडियो हेर्नुभन्दा यी एपहरुबाट ज्ञानगुनका कुरा सिक्न सकिन्छ ।
हामीले छानेका एपहरु सबै नि:शुल्क हुन् र ती एप चलाउँदा त्यसमा घरिघरि दिक्कलाग्दा विज्ञापनहरु पनि आउँदैनन् । हामीलाई थाहा नभएका तर तपाईंलाई थाहा भएका अरु उपयोगी सिकाई एपहरु छन् भने कमेन्टमा लेखिदिनुहोला है ।
बालबालिकाको लागि उपयोगी एपहरु
खान एकेडेमी किड्स
१. हाम्रो पहिलो रोजाई खान एकेडेमी किड्स हो । खान एकेडेमी अमेरिकास्थित ‘नाफा नकमाउने’ शैक्षिक संस्था हो । यसले ठूला मान्छेका लागि मात्र नभई बालबालिकाका लागि पनि निशुल्क डिजिटल शैक्षिक सामाग्रि तयार पार्छ ।
खान एकेडेमि किड्सले वच्चाहरुलाई रमाइलो तरिकाले विभिन्न विषयहरु सिकाउँछ । आफ्नो बच्चाको अकाउन्ट बनाइदिनुभयो भने तपाईंले बच्चाले कति सिक्यो के सिक्यो भनेर हेर्न पनि मिल्छ ।
अहिले लकडाउनका बेला त खान एकेडेमिले शिशु कक्षा देखि १२ कक्षासम्मका विद्यार्थीहरुको लागि सिकाईको रुटिन नै बनाइदिएर पढाउन थालेको छ ।
खान एकेडेमि किड्स एप, एन्ड्रोइड, आइओएस र एमेजनका डिभाइसहरुको लागि उपलब्ध छ । कम्प्युटरमै पनि चलाउन सकिन्छ ।
उनी बलिउडका कलाकार सलमान खान होइनन् है! खान एकेडेमीका संस्थापक हुन् । सलमान खानले केही वर्षअघि सिकाईको बारेमा टेड टकमा बोलेका कुराहरु यहाँ हेर्न सकिन्छ ।
२. ई-पुस्तकालय
साझा शिक्षा इ-पाटी नाामको मुनाफारहित संस्थाले चलाएको ई पुस्तकालयमा ठूला साना सबैका लागि शिक्षामुलक सामग्रिहरु छन् । यसमा नेपाली भाषाका थुप्रै पुस्तक र पत्रपत्रिका पनि नि:शुल्क पढ्न र डाउनलोड गर्न सकिन्छ ।
इ-पुस्तकालयमा राखिएको एउटा रमाइलो वाल पुस्तक ‘ङनमती र ञकञके’
बालबालिकाका लागि यहाँ अझै धेरै शिक्षामुलक सामग्री छन् । कक्षा १ देखि ८ सम्म नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रमअनुसार यहाँ अँग्रेजी, गणित, विज्ञान जस्ता विषय अन्तर्क्रियात्मक तरिकाले पढ्न पाइन्छ ।
ई पुस्तकालयमा बालबालिकाका लागि थुप्रै कथा कविताका किताबहरु पनि रहेका छन् । इ पुस्तकालय मोबाइल एप र कम्प्युटर ब्राउजर दुबैमा उपलब्ध छ । अनि नेपाली र अँग्रेजी दुबै भाषामा पनि ।
ई-पुस्तकालयमा हामीलाई पन परेको किताब चाहिँ ‘ङनमति र ञकञके’ हो । तपाईंको नानीलाई चाहिँ कुन किताब मन पर्यो कमेन्टमा लेख्नुस् है ।
सिकाई चौतारी नेपाल सरकारको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले संचालन गरेको उपयोगी अनलाई पोर्टल हो । यहाँ कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको लागि उपयोगी शैक्षिक सामग्रि छन् ।
साना कक्षाका बालबालिकालाई रमाइलो तरिकाले अन्तरक्रियात्मक कक्षा पढाइन्छ भने ठूला कक्षाका विद्यार्थीलाई स्कुलमा गुरु-गुरु आमाले पढाएको जस्तै अँग्रेजी, गणित र विज्ञान कक्षाका विषयगत भिडियोहरु हेर्न सकिन्छ ।
सिकाई चौतारी चाहिँ मोबाइलमा डाउनलोड गर्ने एप नभई ब्राउजरमै गएर चलाउने एप हो । कम्प्युटर अथवा मोबाइल दुबैबाट सिकाई चौतारीको लिङ्क (https://learning.cehrd.edu.np/) क्लिक गरी सिक्ने थलोमा पुगिन्छ ।
बरु मोबाइलमा चाहिँ पटक पटक लिङ्क खोल्नु भन्दा एक पटक खोलिसकेपछि त्यसको ShortCut लाई Home Screen मा राख्नुभयो भने अर्को पटक होम स्क्रिनबाट सिधै सिकाई चौतारीमा पुग्न सकिन्छ ।
४. रिभेट
खासै नाम नसुनिएको यो एप गुगलले तयार पारेको हो । ६ देखि १२ वर्षसम्मका बालबालिकालाई लक्षित गरिएको यो एपले अँग्रेजीका किताबहरु सही उच्चारण सहित पढ्न सिकाउँछ । रिभेटमा ३ हजार ५ सय भन्दा धेरै किताबहरु छन् ।
रिभेट एपपमा उमेर अनुसारका कथाका पुस्तकहरु छन् । कुनै अँग्रेजी शब्दको सहि उच्चारण सोही शब्दमा छोएपछि सुन्न सकिन्छ । अनि तपाईंको नानीबाबुले बोलेको अँग्रेजी उच्चारण मिल्यो कि मिलेन भनेर एपले प्रतिक्रिया पनि दिन्छ ।
कोभिड १९ का सबैभन्दा धेरै देखिने लक्षण भनेका जरो, थकान र सुख्खा खोकी हो । कतिपय संक्रमितलाई कुनै लक्षण पनि नदेखिन सक्छ । कोरोना संक्रमित ८०% मानिसहरु विशेष उपचारविना आफैं निको हुन्छन् ।
अहिलेसम्मको अध्ययन अनुसार कोभिड १९ का ६ जना मध्ये १ जनामा गम्भिर लक्षण देखिन्छन् र सख्त बिरामी हुन्छन् । यो अवस्थामा फोक्सोका वायु थैलीहरु सुन्निन्छन् र सास फेर्न गाह्रो हुन्छ ।
तलको 3D रेखा चित्रमा तपाईंले सामान्य अवस्थाको श्वासप्रश्वास र कोभिड १९ को संक्रमणपछि देखिएको लक्षणहरु अन्तरक्रियात्मक रुपमा हेर्न सक्नुहुन्छ ।
उनी अर्थात रुपन्देहीका पहिलो कोरोना संक्रमित कृष्ण पासी । दिल्लीमा एउटा गार्मेन्ट उद्योगमा काम गर्ने कृष्ण दिल्लीमा कोरोना संक्रमण बढ्दै गए पछि सुरक्षित हुन आफ्नै देश फर्किएका थिए ।
कोटहीमाई गाउँपालिका वडा नम्बर १ घर भएका कृष्णलाई सीमामा खटिएका नेपाली सुरक्षाकर्मिले छिर्न नदिए पछि उनि आफ्नै देशका चोर जस्तै लुकेर आउनु परेको थियो ।
नेपाल छिरेका कृष्ण नै रुपन्देहीको पहिलो कोरोना संक्रमित ठहरिए । त्यस पछि उनलाई बुटवलमा रहेको कोरोना बिशेष अस्पतालमा उपचारको लागी भर्ना भए । अस्पताल भरि नै एक्लो संक्रमित रहेका उनिमा कुनै डर त्रास थिएन । एक्लै भए पनि उनि नाचेरै कोरोना माथी बिजयी पाए । त्यतिबेला आईसोलेसनमा नाचेका कृष्णको नृत्य भाईरल बनेको थियो ।
कोरोना माथी जित हासील गरे फर्किएका कृष्ण भने त्यस यता हाँस्न पाएका छैनन् । कारण उनको आमा तिलेश्वरी पासी हुन । अहिले तिलेश्वरी क्यान्सरसँग लड्दैछिन् ।
सम्पत्तिको नाममा बाटो नै नभएको थोरै करिब ४ धुर घडेरी छ । भएको एक डेढ कठ्ठा खेत पनि आमाको उपचारको लागी बन्धकी राखेका छन् । त्यतिले मात्र नपुगेर २ लाख ६० हजार ऋण पनि बोकेका छन् ।
विपन्न परिवारका कृष्ण र उनका दाइ अहिले काममा पनि जान सकेका छ्रैनन् । यता उता गर्ने बित्तिकै आमालाई केही भई हाल्ने हो कि भन्दै दुवै जना उनकै स्याहार सुसारमा लागेका छन् । उनिहरुको दैनिकी आमाको स्याहार सुसार गर्नेमा बितिरहेको छ ।
यति हुँदा पनि कृष्णको जोश मरेको छैन । उनी पहिलो कोरोना संक्रमित भएकोले आफु जस्तै अन्य कोरोना संक्रमितहरुको लागी अहिले प्रेरणको श्रोत बनेका छन् । उच्च मनोबल राख्ने हो भने कोरोना माथी सहजै जित पाउने उनको भनाई छ ।
आईसोलेसनमा हुँदा आफुले सिकेका कुराहरु अहिले उनी गाउँपालिकामा रहेको आईसोलेसनमा सिकाई रहेका छन् । तत्कालको लागि आमाको स्याहारमा लागेका उनलाई र उनका दाजुलाई रोजगारकै ठूलो चिन्ता छ । दुवै जना अब भारत फर्किन चाहँदैनन् । सरकारले रोजगारको व्यवस्था गरिदिए आफ्नै देशमा काम गर्ने उनीहरुको धोको छ ।
अहिले लकडाउनमा घर बस्दा धेरै जनाले कौसी खेतीमा मन लगाएका छन् । सानो ठाउँ र कौसीमा पनि तरिका पुर्याएर खेती गर्ने हो भने आफूलाई चाहिने सागसब्जी घरमै फलाउन सकिन्छ ।
कौसी खेती गर्दा ध्यान दिनुपर्ने ससाना कुराहरु समेटेर हामीले एउटा भिडियो तयार पारेका छन् । कौसी बँगैचामा दख्खल राख्ने शेषनारायण महर्जनले हामीलाई केही उपायहरु सुझाएका छन् ।
गर्मी र वर्षा सँगै सर्पले टोक्ने क्रम बढेको छ । समयमै उपचार पाइएन भने विषालु सर्पको टोकाईबाट ज्यान जान सक्छ । कपिलवस्तु गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रले १५ वर्षदेखि थुप्रै ज्यान बचाएको छ ।
कोरोना संक्रमणका बेला कतिपय स्वास्थ्य संस्थाले उपचारै दिन छाडेका बेला यो सर्पदंश केन्द्रले २४ सै घन्टा सेवा दिइरहेको छ ।
यहाँ नेपाली सेनाका दुई जना स्वास्थ्यकर्मी दिनरात खटेका छन् । लकडाउनको अवधिमा जेठ मसान्तसम्म मात्र सर्पले टोकेका १ सय ५६ जना यहाँबाट उपचार पाएर फर्केका छन् । गत वर्ष ६ सय ६५ जनाले यहाँ उपचार गरेका थिए ।
विज्ञानमा असार : बंगालको खाडीबाट आउने बादलसँगैको पानी हो । व्यवहारमा असार: माटोसँग खेली, माटोमै हुर्काउने बानी हो ।
असार सृजना हो । असार सपना हो । असार हिलो र माटो हो । असार कर्म फलाउने बाटो हो ।
space
असारबारे थुप्रै काव्यहरु रचिएका छन् । हामीले भूपि शेरचनको कविता छानेका छौं । कविताको अडियो विद्या चापागाईको आवाजमा तल सुन्न सकिन्छ ।
असार
दूर लाहुरबाट लामो याद र छोटो बिदा बोकेर प्रत्येक वर्ष दशैंमा घर फर्कने लाहुरेझैं ह्रदयभरि सँगीसाथीको लागि प्यार बोकेर झोलाभरि दिदीबहिनीहरूका लागि उपहार बोकेर खल्तिभरि सोल्टिनीका लागि इन्द्रेणीको हार बोकेर गुन्टा बोक्ने भरिया बादललाई फकाएर फुलाएर अघि-अघि छिटो-छिटो पठाएर पछि-पछि आफू झुम्दै-झुम्दै नाच्दै गाउँदै बोटोभरि मादल बजाउँदै बूटको आवाजले आकाश घन्काउदै हतार-हतार चुहाउँदै पसिनाका धार प्रत्येक वर्ष आउँछ असार।
विदेशमा रहेका नेपालीहरुलाई हवाइजहाजमार्फत स्वदेश फर्काउने काम सुरु भइसकेको छ । विदेशमा रहेका धेरैको मनमा यतिखेर थुप्रै जिज्ञासाहरु रहेका छन् । कसरी घर फर्किन पाइन्छ?टिकट कसले काटिदिन्छ?गैरकानुनी रुपमा बसेकाको हकमा के हुन्छ ?
यस्ता थुप्रै जिज्ञासाको सँगालो तयार पारेर हामीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेलाई सोधेका छौं ।
तलको च्याट बक्समा प्रश्नोत्तर शैलीमा तपाईंका जिज्ञासाका जवाफहरु थाहा पाउन सक्नुहुन्छ ।
सुरुमा ‘Enter Story’ गर्नुहोस्
अर्को पेजमा ‘Meet your Interviewees’ क्लिक गर्नुहोस्
त्यसपछि सुमन घिमिरेको तस्बिर देखिन्छ । त्यहाँ क्लिक गरेर जिज्ञासा राख्ने पेजमा पुग्न सकिन्छ
यहाँ प्रायको मनमा उठ्ने जिज्ञासाहरुलाई समेट्ने कोशिस गरिएको छ । हामीले छुटाएका केही जिज्ञासा भए कमेन्टमा लेख्नुहोला । अर्कोपटक हामी त्यसको जवाफ खोज्ने प्रयास गर्नेछौं
सरकारले विदेशमा रहेका नेपालीलाई हवाई उद्धार गरेर घर फर्काउने तयारी गरेको समाचार आएका छन् । आज हिमाल खबरमा प्रकाशन भएको समाचार अनुसार ३१ वटा उडानमार्फत ती नेपालीलाई ल्याउने तयारी भएको हो । हामीले उक्त समाचारमा उल्लेख भएका संख्यालाई नक्सा चित्रमा देखाउने प्रयास गरेका छौं ।
आमा बाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुङामुढा माथि जस्तै त होइन, तर सोचाइ यस्तै परेको हुन सक्छ।काठमाडौँको सुदुर पूर्व पेप्सिकोलामा लकडाउनको २४ औं दिन पार गर्दासम्म घरमा त्यस्तै परेको हुन सक्छ। एक्लो बसाइ अनि अक्सर आफ्नो नजिकको मान्छे कोही नभएको ठाउँमा बसिरहँदा मलाई व्यक्तिगत रुपमा केही समस्या त थिएन। उपलब्ध पुस्तक पढ्ने, फिल्म हेर्ने गरेर मेरो दिन राम्रै बितिरहेकाे थियो। तर घरको कान्छो छोरा घरमा बा आमा मेरै पिरले खर्लप्पै दुब्लाइसकेका। जिल्ला प्रशासनमा पास बनाउने, उपलब्ध एम्बुलेन्सलाई बिरामी बनाएर ल्याउने देखि काठमाडौँमा भएका सवारीबाहक मार्फत छोरा घर फर्काउने उपाय सफल हुन नसकेपछि बा आफै हिडेर छोरा ल्याउन तयार भएपछि अन्तमा एउटा बिकल्प निस्कियो। काठमाडौँमा रहेका एकजना प्रहरी दाइले आधा बाटाेसम्म ल्याइदिने र आधा बाटो घरबाट लिन जाने।
२४ औ दिनको एका बिहानै एकजना दाइले फोन गरेर ९ बजे जडिबुटी आउन भन्नु भयो। म एक्लै बसिरहेको एक्लोपनले कहिले चिमोटेन। दाइको ड्युटी सकेर करिब १२ बजे घरकाे बाटाे लागे। माथि चढ्न अलि बाटो खराब र पानी पनि परेकाले करिब १५ मिनेटको बाटो हिडेर जाने निर्णय गँरे र दाइलाई त्यहाँबाट बिदा गरेर लागे आफ्नो बाटो। जब चेकपोस्ट पुगेँ, सिमा सुरक्षामा खटिएका सेना र प्रहरी दाजुभाइले नुवाकोट जाँदै गरेका र काठमाडौ फर्किदै गरेका १५ जना यात्रीलाई रोकेर राखेका थिए। सुरुमा मैले आफ्नो बिबरण सुनाएर जान दिन आग्रह गरेँ। तर जान नमिल्ने सुझाएपछि मैले मेरा एकजना कर्णेल मित्रलाई फोन गरेर सहज बनाइदिन आग्रह गरे। उनले उक्त गणमा फोन गरेर मलाई जाने वातावरण मिलाइदिए।
त्यहाँ अरु पनि मान्छे भएकाले एक जना सैनिक दाइले जङ्गलको बाटो देखाउनु भयो। मैले सूर्यचौर जाने बाटो हुँदै यात्रा तय गरेँ। शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै चराको चिरबिर आवाजसँगैकाे यात्रा तय भयो। अलि अगाडि पुगेपछि के लाग्याे भने यहाँ गरिब र पहुँच नहुनेको केही नहुने रहेछ। कति समस्या बोकेर यात्रा गरेका मानिसहरु सिमानामा यसरी रोकिनु परेको छ। मेरो पनि कर्नेल साथी नभएको भए म त्यही बस्नुपर्ने वा फेरि काठमाडौँ नै फर्किने अवस्था आउने रहेछ भन्ने सम्झिदा चाहिँ मन कटक्क खायो। राजमार्गमा हिडेका हजारौं यात्रीहरुले कति दुख पाएका होलान्। समाचारमा देखे सुनेको भन्दा अझ कति दुख सहेका होलान्। समाजबाद र खै के के वाद ल्याउनका लागि भनेर १२ बर्ष लडेका र १९ दिने जनअन्दोलनमा परिवर्तनको लागि लड्ने योद्धाहरुलाई, फेरि पनि मजदुरले नै दुख पाएको देख्दा, समाज परिवर्तन र भोका दुखीको लागि राजनीति गरेको भन्ने नेताहरु देखि कति ग्लानी भयो हाेला? अझ गाउँ गए भोकले नमरिने सोचेर, राजमार्गमा भोकै रात दिन नभनि १२/१५ दिनको यात्रा तय गरेकाहरुकाे मन एकतर्फ भोकै हिड्नुको पीडा र अर्को तर्फ प्रशासन र सुरक्षाकर्मीले दिएको पीडाले कति अमिलो भएको होला। सम्झेर आँखाबाट आँसु झर्छ। फेरि एकछिन भावनामा डुल्न पुगेँ। जे होस् जङ्गलमा हिँडेर एकछिन भएपनि प्रकृतिसँग रुझ्न पाउँदा औधी खुसी लाग्यो। एकछिनको पैदल यात्रापछि तल गुरुङ गाउँबाट दाइसँगै घरसम्मको यात्रा तय गरियो।
वास्तविक ‘अछुत’ त घर गएपछि भइयो। न घरमा भाकोले आफ्नो सोच्न थाले न त छरछिमेकीले। घरमा परिवारका सदस्यसँग २ मिटरको दुरी राखेरै बसेँ। घर आए देखि मेरो खाजा, खाना, चिया र तातो पानी सबै मेरै रुममा नै खाने गर्छु। म लगभग १३ बर्षे काठमाडौँ बसाइमा ८/९ बर्ष त एक्लै बसेको छु। मलाई एक्लै बस्नमा केही समस्या छैन तर अवस्था यस्तो होला भन्ने सोचेको थिएन। घरमा खासै काम नहुने हुनाले केही पुस्तक झोलामा र केही पुस्तक मोबाइलमा हाल्न सकेकोले समय बिताउन केही समस्या छैन। तर काठमाडौमा हुँदा तास खेल्ने टिम र युट्युव चाहिँ खुब मिस गरिरहेको छु। घरमा वाइफाइ नभएकाले मोबाइल डाटाबाट सामाजिक संजाल पनि हेरिराको छु।
काठमाडौँबाट कोही मान्छे आउँदा त गाउँमा पानी बाराबारको अवस्था छ भने झनै रोग नै लाग्यो भने त बिरामीले पानी पनि पिउन नपाउने हाेलान्। सावधानी अपनाउनु त ठिकै हो, अपनाउन पर्छ तर बहिष्कारणको नीति चाहिँ ठिक होइन। समाजमा रहेका शिक्षित वर्गले पनि यसबारे अनभिज्ञता प्रस्तुत गर्दा भोलि गाउँमा कोही बिरामी भए उपचार नपाउने र अन्य कारणले मान्छे मरे पनि मलामी नपाउने अवस्था नआउला भन्न सकिन्न।
थर्क गुरुङको चौैंरी गोठमा आजकल उनका छोरा छेटु गुरुङ रमाउन थालेका छन् । दुबइको मरुभूमिमा मजदुरी गरिरहेका २५ वर्षे छेटु आफ्नै हिमालमा रमाउने सपना देखेर दुई वर्षअघि घर फर्किए । बुढा बाउलाई फूर्सद दिए र सुरु गरे गोठाले जीवन । भारतसँग सीमाना जोडिएको पाँचथरको फालेलुङ गाउँछेउमा छेटुको हिउँदे गोठ आइपुगेको छ ।
#HerneKatha #SapanaSrinkhala
Story of a Yak Herder from the mountains of Eastern Nepal, bordering Sikkim India.
========================
💁♂️💁♂️💁♂️ Support Us 💁♂️💁♂️💁♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
🙏 Support us on Patreon: https://bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on YouTube.
🚀🚀🚀 Production Team 🚀🚀🚀
🎥 Cinematographer – Jeevan Rijal (https://www.facebook.com/jeevan.rijal.58)
🎥 Camera Assistant – Ashma Adhikari
Producer – Asha Thapa
👩 Presenter – Bidhya Chapagain (https://twitter.com/cbidhya)
🎬 Director – Kamal Kumar (https://twitter.com/qamalqumar)
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: http://bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people’s stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
बिहे गरेकै बर्ष हो माइती गाउँमा दोहोरी गाउँदा र नाच्दा रात छर्लङग भएको थियो । राम्रो नाच्यो भनेर फुल लगाइदिएका पैसा गन्दा २५ सय पुगको थियो । ति सम्झना अझै ताजा छन् । गाउँका माझमा बसेर गीत गाउन न लाज थियो न धक । त्यतिबेला कास्की फेदिपाटनकी गोमा पौडेल जम्मा १३ बर्षकी थिइन् ।
श्रीमान बिते । छोराछरी लाखापाखा लागे । गोमा दुखको बेला डाँको छोडेर रुदिनन् बरु जिन्दगीको गीत भाका हालेरै सुनाउँछिन् ।
गोमाका गीत न कतै लेखिएका छन् न कतै कोरिएका । मनका पानाहरु कहिले भरिन्छन् उनलाई नै थाहा छैन ।
कहिलेकाँहि त पोखरा बजारका रडियोमा पनि गीत आउन पुग्छिन् ।
जिन्दगीको सन्तावन्न् (५७) वर्षे यात्रामा गोमाले कति सय वटा गीत गार्इन् गन्न भ्याउँदिनन् । न गनिदिने घरमा कोहि छन् नै ।
त्यसैले त हरेक दिन झिसमिसेमै उठेर बिरौटा बजार झर्छिन् । बजार उनको घरको साग र भैँसीको दुध कुरिरहेको हन्छ ।
यो पालि हाम्री साथि आशा उनको झिसमिसे यात्राकी सहयात्री बनिन् ।
उनि डालो बाकेर बजार झर्दा बजारका मानिसहरु मर्निङ वाकमा गाउँ उक्लिनछन् । गोमा उतिखेरै गीत जोडिहाल्छिन् अनि माहोल बनिहाल्छ ।
रात होस कि बिहान । घमाइलो होस कि धमीलो गीत नै गोमाको साथी ।
झिसमिसे जाग्छ । जाग्छन् यहाँका नानीहरु । छितिजमा लाली चढ्न नपाउँदै स्पिकरमा जोशिला गीत घन्किन थाल्छन् । आकाशका तारा जस्तै आलश्य पनि बिलाउँछन् । फूर्तिला विहानी सत्रपछि कर्मको पाठशाला सुरु हुन्छ । खोटाङको यो स्कुलमा दुःख गर्न सिकाइन्छ र कर्म पढाइन्छ ।
#SapanaSrinkhala #HerneKatha
——
यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा मान्छेले आफ्ना सुन्दर सपना पुरा गर्न बटुलेका साहस र दृढताका कथाहरु समेट्छौं । सपना श्रृंखला तयार पार्न एनसेलले सघाएको छ ।
This is Sapana Srinkhala (Dream Series), the video stories produced by ‘Herne Katha’ that follow the dreams and aspirations of ordinary people and their struggles behind. ‘Sapana Srinkhala’ is supported by Ncell.
========================
💁♂️💁♂️💁♂️ Support Us 💁♂️💁♂️💁♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
🙏 Support us on Patreon: https://bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on YouTube.
🚀🚀🚀 Production Team 🚀🚀🚀
🎥 Cinematographer – Jeevan Rijal (https://www.facebook.com/jeevan.rijal.58)
Producer – Asha Thapa
👩 Presenter – Bidhya Chapagain (https://twitter.com/cbidhya)
🎬 Director – Kamal Kumar (https://twitter.com/qamalqumar)
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: http://bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people’s stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
यो म्याग्दीको दोबा गाउँ हो । पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी गोठाला भएर उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ ।
अहिले जाडो बढेको छ । नेत्र दाइले गाउँ छेउमै गोठ ल्याइपुर्याएका छन् । गाउँ छेउ भएर के गर्नु नेत्र दाइको बास उही भेडी गोठ ।
बा ब्रिटिस लाहुरे थिए रे । उतै बिते । आमा पनि बितिसकिन् । दाजुभाइ लाखापाखा लागे । नेत्रले पनि बिदेस जाने सपना नबुनेका होइनन् । तर जुरेन । बरु बिदेस गएका उनका छोरा भेडा चराउनै भनेर घर फर्किए ।
आज नेत्र दाइको गोठमा एउटा पाठो जन्म्यो । उता जंगलमा हिजो हराएका भेडा पनि खोज्नुछ । पारिलो घामले डाँडाकाँडा चुमेपछि नेत्र दाइले गोठ खोलिदिए । हामी भेडाका बथानसँगै नेत्र दाइ र परिवारको पछि लाग्यौं ।
एकछिन जंगलमा खोजेपछि हिजो हराएको एउटा पाठो मरेको भेटियो । जन्मिने र मर्ने सिलसिला नेत्र दाइको गोठमा चलिरहन्छ ।
साँझ घर फर्किने बेलामा पानी पर्यो । यस्ता घाम पानी र इन्द्रेणीहरु कति भोगे कति नेत्र दाइले । भेडाहरु घर फर्किन थाले । गोठमै पाठा पाठी छाडेर आएका आमाहरु चाहिँ अलि हतारमा थिए । दिनभरि चरेर भेडाहरु टन्न अघाएका थिए । नेत्र दाइ चाहिँ भोकै । घर फर्किएपछि अँगनो छेउमा बसेर मकै खाँदै उनले भेडासँगकाे सुखदुख सुनाए । भोली फेरि उहि दिन दाेहोर्यउनु त छँदै छ ।
संगीतले उज्वललाई डोर्यायो । उज्वलले संगीतलाई डोर्याए ।उज्वल र संगीतको यो सहयात्रा जारि छ । उज्वललाई जिन्दगी पूर्ण लाग्छ । उनी घरिघरि भन्छन् ‘जे देख्यो त्यही संसार हो’ ।
धुन – सपना श्रृंखला अंक ०४
#Dhun #HerneKatha #SapanaSrinkhala
Musicial journey of a young man from Jhapa, Nepal. Inspiring and motivating!
Dhun – Sapana Srinkhala EP04
Link to Ujjwal Sagar’s YouTube channel : https://www.youtube.com/channel/UChJhjcQDHOWgpyI0AmCYn6g
——
यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा मान्छेले आफ्ना सुन्दर सपना पुरा गर्न बटुलेका साहस र दृढताका कथाहरु समेट्छौं । सपना श्रृंखला तयार पार्न एनसेलले सघाएको छ ।
This is Sapana Srinkhala (Dream Series), the video stories produced by ‘Herne Katha’ that follow the dreams and aspirations of ordinary people and their struggles behind. ‘Sapana Srinkhala’ is supported by Ncell.
========================
💁♂️💁♂️💁♂️ Support Us 💁♂️💁♂️💁♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
🙏 Support us on Patreon: https://bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on YouTube.
🚀🚀🚀 Production Team 🚀🚀🚀
🎥 Cinematographer – Jeevan Rijal (https://www.facebook.com/jeevan.rijal.58)
🎥 Camera Assistant – Ashma Adhikari
Producer – Asha Thapa
👩 Presenter – Bidhya Chapagain (https://twitter.com/cbidhya)
🎬 Director – Kamal Kumar (https://twitter.com/qamalqumar)
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: http://bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people’s stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
मध्य हिउँदमा मार्फाका धेरैजसो घरहरुमा ताल्चा लाग्छन् । मान्छेहरु हिउँ र जाडो छल्न पोखरा, काठमाडौं झर्छन् । मुखिया र कटवालहरुले चाहिँ गाउँ छाड्न पाउँदैनन् । गाउँ सुनसान भए पनि सदियौंदेखि चलि आएको स्थानीय नियम कानुन र चलनले थकाई मार्न पाउँदैन ।
छानाभरि परेका हिउँ जथाभावि फालिदिँदा कुलो र बाटोको बाटो छेकिन्छ । मुखियाको उर्दी गाउँभरि हाँक हालेर सुनाउँदैछन् सोमबहादुर बागदास।
उसो त गाउँका स्थायी बासिन्दा, सबैले मुखिया र कटुवालको काम आलोपालो गर्नुपर्छ । हिउँका चिसो सोरेर आउने ठिहिर्याउने बतासमा बस्न कसलाई पो बस्न मन लाग्छ र । केटाकेटीका स्कुल छुट्टी हुन्छन् । पर्यटक पनि घुम्न आउँदैनन् । होटल र पसलमा समेत ताल्चा लाग्छन् । न्यानोमा घर हुनेहरु तल झर्छन् । अनि आफ्नो जिम्माको कटुवाल काम तल झर्न नसक्नेहरुलाई पैसा दिएर जिम्मा लाउँछन् ।
केही दिन अघि परेको हिउँले ढाकेका स्याउबारी छिचोल्दै कटुवालको नियमित गस्ति सुरु हुन्छ ।
गाउँ घुमेको प्रमाणस्वरुप उनले चिचे अमिलको हाँगा भाच्छन् । गाउँको पुछारमा खोला छेउमा मात्र चिचे अमिलोको बोट छ । चिचे अमिलोको हाँगा लगेर मुखियाको ढोकामा सिउरिदिएपछि कटुवालले गाउँ घुम्ने काम फत्ते गरेको थाहा हुन्छ ।
भोलि झन् धेरै हिउँ पर्छ – रेडियोले भनेको छ । गाउँमै अल्मलिएका मान्छेहरु फटाफट बसको टिकट काटेर तल झर्दैछन् । बाटा घाटा र स्याउका बगैंचाहरु झन् एक्लिँदैछन् । हिउँद्का केही महिना हिमालपारिका यी गाउँहरु बेसी झर्छन् । जोड जोडले हिउँ परिरहन्छ, बतास चलिरहन्छ । तर गाउँ आँफैले धेरै वर्ष अघि बनाएको विधिको स्यानो शासन चलिरहन्छ मार्फा गाउँमा ।