बगान

पूर्वी झापा, मेचिनगर नजिकैको चिया बगान । बगानभित्र कथा बाेकेर आइपुगेका थुप्रै अनुहारहरु भेटिन्छन् । उनीहरु कहाँबाट आएका हाेलान् ? पूर्व कि पश्चिम, पहाड कि तराई ? बगानमा उनीहरु कोसँग आए ? किन आए ? एक्लै आए कि परिवारसँग ? यस्ता थुप्रै प्रश्नहरु मनमा बाेकेर हामी चिया बगान पुगेका थियाैँ । पारीलो घाम लागेको थियो । बगानका …

Bauwako Katha EP77 

वीरगंजको माइस्थान मन्दिर छेवैको एउटा पुरानो गल्लीमा एउटा पुरानो कपडा सिलाउने पसल छ । बौवा टेलर्स । सोध्यो भने जसले नि बताइदिन्छ ! रहरै रहरमा दर्जी पेशा सुरु गरेका बौवालाई अहिले वीरगंजमा यही कामले चिनाएको छ ।  बौवा टेलरका बौवा दाइ ।  बौवा टेलर्समा बौवाका जिगरी दोस्त मनोज परियार पनि भेटिन्छन् । बौवा जस्तै आफ्नो …

Chefako Katha EP76 

यो उदयपुरको उत्तरी भेगमा पर्ने बगुवा गाउँ हो । माझी बस्ती । गाउँ तल कोसी बगेको छ । कोसीपारि भोजपुर जिल्ला ।  नदी छेउका भिराला पाखाहरु सुरिला बाँसघारीले ढाकेका छन् । फविन्द्र माझी र दुई भाइ धमाधम बाँस काटेर पाखाबाट कोसी छेउमा सुल्क्याउँदै थिए ।  भोलि हामी बाँसको  चेफामा उनीहरुसँगै नदीमा बग्ने सोचमा थियौं । …

Lahureko Sapanako Katha EP75 

कर्णबहादुर राई मलायाका लाउरे थिए ।  गाउँघरमै आइपुग्ने गल्लाहरुले पहाडका बलिया पाखुराहरुलाई सात समुद्रपारि उडाएर लैजान्थ्यो ।  मैलो माटोमा हातगोडा जोतिरहेका पहाडका ठिटाहरु लाहुरे बन्ने सुकिला सपनाका पछि लागेर धरान झर्ने गर्थे ।   कल्कलाउँदो उमेरमा देउकुमारले पनि बुबाकै बाटो पछ्याए । लाहुरे बन्ने लहरमा उनको पनि रहर मिसियो । उनी हङकङका लाहुरे भए ।  पहाडमा …

Seto Chini ko Katha EP74

बर्फिलो बिहानी । यो सुदूर गाउँ शान्त छ । मोटरगाडीका आवाज सुनिँदैनन् । नदी बगेको, हावा चलेको र चराचुरुङ्गी चिरबिर गरेको मात्र सुनिन्छन् ।  सल्लाका सुरिला बोटहरु जाडोले कठ्याङ्ग्रिएका छन् । ठाडा खोलामा पानी हैन बरफ नै बगेको भान हुन्छ ।  पारिलो घामले चियाउँछ । ध्वजा पताकाहरु नाच्न थाल्छन् ।  हिमालतिर जाने तयारी सुरु भइसक्यो …

Gaun Farkaneko Katha EP73

गाईको छेउमा मुरली बजाइरहेका उनी कृष्ण होइनन् कुसुम हुन् । कुसुम भण्डारी । लोक गीतका पारखीहरुले कहिँ कतै सुनेको नाम हुनुपर्छ ।  मुरली गाइ फार्ममा उनले हामीलाई मुरली चिया खुवाए । विश्वकर्मा पुजाको दिन हामी पुग्दा रातो टिका लगाइदिइसकेका थिए ।  स्याङ्जा वालिङ नजिकैको गेझा गाउँमा रहेको मुरली गाइ फारममा कुसुमका अरू ३ बालसखाहरु जोडिएका …

Biheko Katha EP72 

मंसिर महिनाले बिहेका लगनहरु लिएर आउँछ । यसपालिको मंसिरमा हामी कर्णाली प्रदेशको एउटा बिहेमा सहभागी भयौं । जुम्ला जिल्ला पातारासी गाउँपालिकाको तिर्खु गाउँको बिहे घरमा हामीले ३ दिन बितायौं ।  भोलि जन्ती आउनेछ । आज अबेरसम्म आँगनमा टाटे पाक्दैछ ।  जुम्लाको जाडो माइनसमा ओर्लेको छ । आगो वरिपरि आफन्त महिलाहरु गहुँको पिठोको टाटे पकाउँदैछन् । …

a person in a red saree smiling in front of the camera

Sugandhi Katha EP71

वीरगन्ज शहरको एउटा होटलमा प्रायजस्तो साँगितिक साँझ हुने गर्छ । एउटा साँझ प्रिती आफ्ना सुमधुर आवाज गुन्जाउँदै थिइन् ।  उनी सुगन्धीकी कान्छी छोरी हुन् । नाच्ने र गीत गाउने कर्म रोजेकी ।  वीरगन्जबाट १० किलोमिटर जति टाढा जितपुर नजिकैको गाउँमा पासवान परिवारको चिटिक्क परेको घर छ । घरमा बस्छन् सुगन्धी पासवान, राजवंशी पासवान, २ छोरी, …

Gyan Sirko Katha EP70 

स्याङ्जा मिर्मीका ज्ञानप्रसाद पाण्डे परिवारका कान्छा छोरा थिए । एसएलसी सकेर पढ्न पोखरा झरे । पिएन क्याम्पसमा पढ्दा खर्च जुटाउन एउटा निजि विद्यालयको होस्टेलमा काम गर्न थाले । जोशिलो उमेरका ज्ञानको ज्ञान र लगन देखेर उनलाई पढाउने काम दिइयो ।  त्यसपछि ज्ञानप्रसाद ज्ञान सर भए ।  ज्ञान सरको कथा जिन्दगीका लामा बाटाहरु ज्ञान सरले पढाएरै …

नन्दलालकी माेति

भैरहवाका नन्दलाल बढई कुनै बेला मूर्ति बनाउने काम गर्थे । अहिले उनकी श्रीमती नै मूर्ति जस्तै अचल भएकी छिन् । ८६ वर्षका नन्दलाल बिरामी श्रीमतीको शरीरमा प्राण भरिरहन्छन् । अढाई वर्षदेखि नन्दलाल दम्पती अस्पताल धाएको धायै छन् । ‘धेरै चेकजाँच गराए तर के रोग हो पत्तै लागेको छैन ।’ नन्दलाल ‌‌ओछ्यानमा लडिरहेकी श्रीमतीलाई हेर्छ । …

तराइको घर

जङ्गलको बीचमा यो एक्लो घर छ । अरू घरहरू यहाँबाट निकै टाढा छन् ।नरनाथ घिमिरेले कुनैबेला ठूलठूला चट्टान र जङ्गल फाँडेर यहाँ घर बसाएका थिए ।उनलाई कसैले भस्मेली भन्थे त कसैले तराइ ।त्यस ताका तराइले घर वरिपरिका पाखामा सुन्तला, आँप,कटहर फलाएका थिए । खेतका गह्राहरूमा धान फलाउथे । तराइका छोराछोरीहरु हुर्के बढे । कोही विदेशिए, …

मनेहराकी फगनी

धनगढी बजारदेखि अलि परकाे मनेहरा गाउँ । गाउँ छेउकाे ठूलाे रुखकाे छहारीमा सितल ताप्दै गरेकी फगनी चाैधरी रसरी (प्लाष्टिककाे डाेरी) बाट्दै थिइन् । हामी पनि त्यहीँ रुखमुनि टुसुक्क बस्याैँ । डाेरी किन बाटेकाे रहेछ भनेर हामीलाई जान्न मन लाग्याे । उनले हामीतिर हेरिन् ‘खटिया बनाउन रसरी बाटेकाे’ डाेरी बाट्दै गरेकाे हत्केलामा थुक हालिन् । कामकै …

हवल्दार्नी आमा

पूर्वपश्चिम राजमार्ग । राैतहट चन्द्रनिगाहपुरको मुख्य चाेकमा एउटा चिया पसल छ । त्यसाे त याे चिया पसलकाे कुनै नाम छैन, न कुनै साइनबाेर्ड नै छ । तर सबैले यसलाई नाम दिएका छन्- ‘आमाकाे चिया पसल’ यहाँ चिया खुवाउने आमा हुन् नरकुमारी गुरुङ । बिहान ४ बजे उठेर उनलाई  अगेनाेमा चियाको कित्ली बसाल्न हतार हुन्छ । छोराछोरीले आमालाई सघाउछन् । धेरैले उनलाई ‘हवल्दार्नी आमा’ पनि भन्दछन् । उनका श्रीमान् हवल्दार थिए रे । जमजुङबाट तनहुँहुँदै हवल्दार श्रीमानकाे कर्मले डाेर्याएर राैतहटसम्म ल्याएकाे थियाे ।  सबेरैदेखि हवल्दार्नी आमाकाेमा चिया पारखीहरुकाे भिड लाग्छ । यहाँ सबैखाले मान्छे आउँछन् । नेतादेखि विद्यार्थीसम्म, साहुदेखि मजदुरसम्म । आमाकाे चियाकाे स्वादले कसैलाई भेदभाव गर्दैन। ‘चिया खान काे-काे आउछन् काे-काे, यादै हुँदैन । सबैतिरका मान्छेहरु यहीँ भेला हुन्छन् । उनीहरुलाई …

चिमारा पाटनका गाेठालाहरु

पहाडकाे अग्लाे डाँडाहरुमा गुन्जिन्छन् बैराग भरिएका भाकाहरु ।अनि त्यही डाँडामा भेटिन्छन् गाई बाख्रा चराउने गाेठालाहरु । जुम्लाकाे याे बुकि फुल्ने चिमारा पाटनमा गाेठालाहरु आएकाे केही महिना भयाे । उनीहरु धेरै जसाे महिलाहरु छन् । यतै बस्ने खाने उनीहरुले बस्ने आँटी(अस्थाई घर) बनाएका छन् । आँफूलाई चाहिने सर-सामान, खाना बनाउने भाडाकुडा पनि साथै ल्याएका छन् ।हरेक …

कुम्फुका साना गुरु

पश्चिम रुकुम बाँफिकाेटका डाँडाकाँडा बिहानैदेखि कुहिराेले ढाकेकाे छ ।कुहिराे छिचाेल्दै १४ वर्षका जनक साथीहरूसँग मैदानतिर लाग्छन् ।उमेरले सानै भए पनि उनी आफ्ना साथीहरूका गुरु भएका छन् । मजदुरी गर्न हिडेका आमाबुबासँगै जनक पनि काठमान्डाैँ पुगेका थिए ।डेरा नजिकै अरले कुम्फाे सिकेकाे देखेर जनकलाई पनि सिक्ने रहर पलायाे । बुबा कमाएकाे पैसा रक्सिमै सक्थे । आमा …

बिदेशबाट सिप ल्याएं गाउँमा पैसा कमाएं

कोही बिदेशबाट पैसा कमाएर फर्कन्छन् त कोही सिप र जाँगर । बैतडीका हरिश महरा भने सिप लिएर फर्किए । बैतडी पाटन नगरपालिकाका हरिश महरा ३ वर्ष कतार बसे । उता हुँदा ग्राफिक्स डिजाइनको काम गर्थे । बिदेशकाे ठाउँमा बसेर काम गरिरहदा देशमा नै केही गर्न सकिन्छ भन्ने उनकाे साेँच आयाे । साेँचलाई व्यवहारमा बदल्नु थियाे …

महाकालीकाे तुइन

दार्चुलाको उत्तरी भेग, दुहुँ ब्याँस गाउँ । गाउँकाे फेदबाट महाकाली नदी बगेको छ ।यहीँ महाकाली नदीले नेपाल र भारतलाई जोडेको छ ।अनि मान्छे जोड्नलाई चाहिँ तुइन बनेको छ । यहाँका स्थानीयहरु नुन तेल गर्न तुइनबाटै भारत जान्छन् । मजदुरी गर्न पारि जानेहरुको बाटो पनि यहीँ नै हो ।तुइनलाई स्थानीय भाषामा ‘घाट’ भन्दछन् । महिलाहरु घिर्नी …

कमीलाको चुरा

वीरगन्जको लङ्गडी चोकमा कमीला खातुनकाे एक कोठे घर छ । त्यहीँ घरको एउटा कुनामा अटाएको छ रंगीन चुराले भरिएको ढकी ।छरछिमेकी गाईवस्तु चराउन फाँटतिर निस्किन्छन् । कमीला चाहिँ थाप्लाेमा ढकी बोकेर गाउँ पस्छिन् । पहिले गाउँका हरेक घरका कम्तिमा एकजना महिला चुरा बेच्न हिँड्थे रे । अहिले कमीला र उनकी बुहारी मात्र चुरा बेच्न हिड्छन् …

वनकरियाकी गुरु आमा

कुनै बेला जङ्गलमै रमाउने वनकरियाहरू अचेल हेटौंडा नजिकै मुसेधाप गाउँमा स-साना झुप्रो बनाएर बसेका छन् । सन्तोषीलाई हामीले त्यहीँ भेटेका थियाैँ । उनकाे बाल्यकाल जङ्गलमै बित्याे । उनले ९ वर्षकाे उमेरमा बल्ल अक्षर चिन्न पाइन् । अक्षर चिन्दै जादा अक्षरका पानाहरू फेरिए । सँगसँगै उनको जिन्दगीको पाना पनि फेरिएको छ । उनले हेटाैडामा जेटिए पढिन् …

हिउँका पाइलाहरु

हिउँका पाइलाहरु

के हिउँद,के बर्खा ?कहिले शहर, कहिले खर्क,समय दौडिरहेछ, तिमी नपर्ख ! उकाली-ओराली गर्न सिकाउने भूगोल र साहस दिइरहने हिमाली हावाले यस्तै भनिरहेछ ।जुम्ला, पातारासीकी सविता र राममायाले समयको दौडाई पछ्याउने कोशिस गरिरहेका छन् । सविता र राममाया साथी हुन् । उनीहरु दाैडनका लागि मैदान जान तरखर गर्दैछन् ।घरबाहिर हिउँ जमेको छ । आमाले पकाएकाे काेदाेकाे …

Kabitako Katha EP69 

आजकल कविता गौतमको जिन्दगीको लय फेरिएको छ ।  मैदानमा बलका पछाडि हावा जस्तै दौडिने अनि ब्याट समाएका विपक्षीलाई गोली जस्तै बलिङ गर्ने कविता ६ महिनादेखि घरको आँगनमै सिमित भएकी छिन् । विहान उठेदेखि राति नसुतुन्जेलसम्म वैशाखी मात्र उनको सहारा भएको छ ।  हावा चलेको सुन्नु, डुब्न लागेको घाम हेर्नु, कहिले भित्र कहिले बाहिर गरिरहनु । …

कल्पनाको सपना

रुकुम आसबिसकोटकी कल्पनाको सानैदेखि धेरै पढ्ने सपना थियो । तर ८ कक्षा पढ्दै गरेकी कल्पनाकाे स्कूल छुट्याे । स्कूल छुटेपनि कल्पनाकाे पढ्ने रहर भने छुटेन । १५ वर्ष अघि भारत गएका उनका बुबा न त घर फर्किए न त सम्पर्कमा नै छन् ।५ छोराछोरीलाई कल्पनाकी आमा एक्लैले हुर्काएकी हुन् । आफैंले कमाएर पढ्ने किशोर सपना …

A lady smoking

Asoj 5 ko Katha EP68

शरद ऋृतु लाग्यो । चाडबाड पनि आउन लाग्यो । गाउँघरमा मकै पाक्न थाले । लेकका पाटनहरुमा थरिथरिका फूलले रङ पोखेका छन् । हिमालका सुगन्ध बोकेका चिसो बतासले चुम्न थालिसकेको छ । बर्खाभरि पाटनमा गुँड लगाएर बसेका गोठहरु आज गाउँ फर्किने दिन हो । आज असोज ५ गते हो । पश्चिम बाग्लुङको रुकुम रोल्पासँग सिमाना जोडिएका …

Machhagaunko Katha EP67 

चारकोसे झाडी छेउको यो गाउँ मधेसका अरु गाउँ जस्तै थियो । पहाडबाट  बसाइं सरेर आउनेहरु थिए । धान फलाउन माटोसँग मरिमेट्नेहरु थिए । उब्जनीभन्दा धेरै पसिना बग्थ्यो । निर्वाहमा मात्र साटिएको परिश्रम थियो ।  ‍‍हुन त सखुवाका मोटा खाँबोमा अडिएका, काठैकाठका पुराना घरहरुले अझै पनि दशकौं अगाडिको उही गाउँको तस्बिर जोगाएर राखेका छन् । तर …